क्षतिको सामाजिक व्याख्या
२८ वैशाख २०७२
•
१७ मिनेट पाठ
क्षतिको सामाजिक व्याख्या
महाभूकम्पले थल्लिएको आठ दिनपछि, धादिङ नलाङबाट आएर हाल काठमाडौं बस्दै आएकाहरूले पीडितलाई सहयोग गर्ने हेतु छलफल गरे। तत्कालीन र दिर्घकालीन संस्थागत विपत व्यवस्थापन केन्द्रित छलफल महत्वपूर्ण थियो। राजनीतिक आस्थाभन्दा माथि उठेर ऐक्यबद्ध स्थानीय र राष्ट्रिय राजनीतिकर्मी, प्राध्यापक, व्यापारी, कर्मचारी, विद्यार्थी, मजदुरआदिको सहभागिता यसको प्रमाण हो। सन् १९९० पछिका २५ वर्षमा एकै ठाउँ जुटेका नलाङबासीको यो छलफल, भूकम्पजस्तो प्राकृतिक विपत्तिले कसरी सामाजिक सम्बन्धको पुनर्निर्माण गर्छ भन्ने कुराको दृष्टान्त हो।भूकम्प, क्षति र त्यसपछिका सामाजिक, सांस्कृतिक वा अर्थराजनीतिक सम्बन्धलाई कसरी हेर्ने भन्ने दृष्टिकोणमा भरपर्ने विषय हो। भूकम्पीय क्षतिभित्र हामी द्वन्द्व वा सहकार्य के खोज्छौँ भन्ने कुराले यसमा अर्थ राख्छ।  
भूकम्प टार्न नसकिने विपत्ति हो। यसबाट हुने ध्वस्त संरचनाको लेखाजोखा, सहायताको अपेक्षा र वितरण, मानवीय क्षतिलाई सामान्यतः भौतिक र आर्थिक आँखाबाट हेरिन्छ। अलमलिएको सामाजिक, सांस्कृतिक, राजनीतिकजस्ता विविध सम्बन्धमाथि खासै चर्चा हुँदैन। भएका चर्चा पनि सहकार्यभन्दा द्वन्द्व विश्लेषणमा खर्चिएको देखिन्छ। नासिएका, बिग्रिएका, भत्किएका चर्चा प्राथमिकतामा परेका छन्। अर्थात्, राज्यले समयमा घाइतेको उद्धार नगरेको, सहायता नदिएको, राज्य उदासीन भएको भन्दै राज्य र नागरिकको अन्तर्सम्बन्ध कमजोर गर्ने विश्लेषण भएको पाइन्छ।
महाभूकम्प अघि वा पछि समाज सपाट वा बनिबनाउ थिएन र छैन। विगतमा हाम्रो समाज विविध कारणले जतिसुकै रुग्ण र शिथिल थियो भनिए पनि सामान्यभन्दा विपत्तिजन्य अवस्थाले थप्ने चुनौती कठिन नै लाग्छ। दशक लामो द्वन्द्वले आर्थिक, सामाजिक वा सांस्कृतिक सम्बन्धमाथि राजनीतिको प्रभुत्व कायम गरायो। बढ्दो श्रम आप्रवासनले राजनीति, सामाजिक, सांस्कृतिक सम्बन्धमा आर्थिक महत्वाकांक्षालाई उभ्यायो भने महाभूकम्पजस्ता प्राकृतिक विपत्तिले जीवन महत्वअघि आर्थिक,राजनीति, सामाजिक, सांस्कृतिकजस्ता सम्बन्धलाई निरीह बनाइदिएको छ। क्षतिको चरित्रले धनी वा गरिब, हुन वा नहुने, आर्यखस, जनजाति, दलित, गाउँ वा सहरबीचको विभेदपूर्ण मानसिकतालाई मेटेको छ।
कुनैपनि समाज विगतजस्तो रहिरहन सक्दैन। यो सामाजिक यथार्थ हो। बीस वर्षअघि जस्तो त परे जाओस् समाज अहिले दुरुस्तै २ वर्षअघिको जस्तो छैन। दिनानुदिन बदलिएका स्रोतको प्रयोग र उपयोगका तरिका वा शैलीले विगतको तुलनामा समाजलाई ऊर्जाशील वा जीवन्त नरहेको देख्नु स्वभाविक हो। तर भूकम्पजस्ता महाविपत्तिले राष्ट्रिय/स्थानीय राजनीतिलाई गोलबद्ध पारेको, सामाजिक समूहहरूलाई एकै ठाउँमा ल्याउँदै गरेको, सामाजिक समूहबीचमा रहेका अप्ठेरो सम्बन्ध सुल्भि्कन थालेका विषयलाई सामाजिक परिवेशमा थपिएको जटिलता भनेर बु‰नु हुँदैन। तराईका बाढी पीडितले भूकम्प पीडितलाई गरेको आर्थिक सहयोग यसको उदाहरण हो।
प्राकृतिक विपत्तिको भौतिक वा अभौतिक सिधा सम्बन्ध, पीडित समाजको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक पक्षसँग हुन्छ। विपत्तिको सामाजिक प्रभावमा समूह/जातजाति/वर्गगत विभेद हुँदैन। उदाहरणका लागि, काठमाडौंमा महाभूकम्पले ध्वस्त भौतिक संरचना क्षतिको मार घरधनी वा डेरावाल दुवैमा समानरूपमा परेको छ। दुवैथरीले बासगाँसको समान समस्या व्यहोरे। आर्थिक हैसियत, चेतनाको स्तर, विकासको अवस्थासँग कुनै सम्बन्ध रहेन। तर क्षतिको अवस्था भने राज्यको स्रोत, अवसर वा विकास वितरण अभ्यासले थिचेको देखियो। अर्थात् काठमाडौंमा जत्तिकै आर्थिक, शैक्षिक वा अन्य अवसर र व्यवस्थापन भइदिएको भए सबैभन्दा बढी जनधनको क्षति व्यहोर्ने प्रभावित क्षेत्रको पहिचान काठमाडौंले बोक्नुपर्ने थिएन।
हाम्रोमा प्राकृतिक विपत्तिको सामाजिक प्रभावबारे अध्ययन गर्ने प्राज्ञिक र व्यावहारिक परम्परा छैन। तर भूकम्पजन्य क्षतिका हकमा सामाजिक प्रभावको सीमा लागु हुन्न। काठमाडौं उपत्यकाभित्र भएका तुलनात्मक भूकम्पीय क्षतिको विश्लेेषणले यसलाई पुष्टि गर्न सक्छ। बसपार्क नजिकै रहेको गोंगबुमा जत्तिकै आर्थिक अवसर अन्त पनि भइदिएको भए क्षतिको दर घट्न सक्ने रहेछ।
सुरक्षित स्थान र सुरक्षित संरचना, यसलाई व्यहोर्ने हैसियत र सामाजिक अवस्था एकापसमा जोडिएको देख्नुु समाजशास्त्रीय होइन। यसको उदाहरण, काठमाडौं गोंगबु क्षेत्रमा भएको क्षतिले सुरक्षित स्थान र संरचनाबीच जति सम्बन्ध राख्छ, त्यति सम्बन्ध मानिसको कमजोर क्षमता र क्षतिको अवस्था भन्ने अवधारणाले राख्दैन भन्ने पुष्टि गरेको छ। किनभने अहिलेको बजार मूल्यमा गोंगबु क्षेत्रमा आवास निर्माण गर्नेहरू आर्थिक वा सामाजिक हिसाबले सबलमध्येकै छन्। त्यहीँ उच्च क्षति भएको छ। यो त राज्यको गलत विकास तथा अवसर सिर्जना र वितरण नीति एवं अभ्यासमा निहित कमजोरीको नतिजा हो।
जोखिमका प्रभाव र असर एउटै विषय होइनन्। प्रभाव तत्कालीन हुने भएकाले यसमा वर्गीयता, क्षेत्रीयता वा लैंगिकता जोडिँदैन। काठमाडौंको टुँडिखेलमा अस्थायी आश्रय लिने करोडपति वा सुकुम्बासी सबै एउटै अवस्था र मानसिकताबाट पिरोलिएका थिए। सबैले विगतको अभ्यासलाई गुमाएका थिए। घर हुने नहुनेमा ओर्लिएका थिए भने नहुने त नहुने भइहाले। तर असरको चरित्र दीर्घकालिन हुने भएकाले यसको सामाजिक अर्थमा वर्गीय असर रहन्छ। सम्पन्नहरूले ऋण सापटी लिने हैसियत राख्ने र विपन्नले नराख्ने हुँदा विपन्नता वा गरिबी थप तीव्र हुन्छ।
पूर्ण औद्योगिक भई नसकेको र बजार अर्थतन्त्रले मात्र धानिएको समाज हाम्रोमा छैन। अझैपनि जीविकामुखी कृषिकै बोलवाला छ। कृषि उत्पादन र वितरणको अवस्थाले अनिकालजस्ता प्राकृतिक महामारी निम्त्याउने हो। यसर्थ पनि अनिकालजस्तै भूकम्पको प्रभाव पनि सामाजिक पुँजी कमजोर भएका गरिब तथा पिछडिएका वर्गमा बढी पर्छ भन्नु गलत हुन्छ। असरको चर्चा वा अध्ययन नगरी प्रभावलाई असर मान्दै त्यसको सामान्यीकरण गर्नु नै समाजशास्त्रीय नहुनु हो।
भूकम्पीय क्षतिको सामाजिक प्रभाव/असर तत्काल देखिन्न। यसको प्रभाव उस्तै  देखिए पनि असर भने सामाजिक बनोट, क्रियाशील आर्थिक, राजनीतिक, सांस्कृतिकजस्ता विविध सम्बन्धपिच्छे फरक पर्छ। काठमाडौंका घरधनीले र गाउँमा बसोबास गर्ने किसानले घर गुमाउँदा बेहोर्ने असर एउटै हुँदैन। खर्च वा आम्दानी क्षमता अन्तरले, किसानले बोहोर्ने आर्थिक सामाजिक बोझभन्दा सहरको धेरै भारी हुन्छ। तर यसैले सहरी बसाइँसराइ गराउने कुरा उपयुक्त होइन।
राज्य र नागरिकबीचको अन्तर्सम्बन्ध कमजोर छ भन्ने भ्रमलाई जवरजस्त सत्य, अकाट्य, अमिट बनाइएको छ। यस्तो सम्बन्ध सधैँ उस्तै द्वद्वात्मक र सहकार्यात्मक हुन्छ भन्ने होइन। भूकम्पजस्तो प्राकृतिक विपत्तिले राज्य र नागरिक वा नागरिकनागरिकबीचको अन्तर्ससम्बन्धलाई थप सुदृढ र नवीकरण गराउँछ। प्रतीकात्मक रूपमै भए पनि प्रत्यक्ष संवाद गराउँछ। तर यो राज्यसत्ताको चरित्र र शासकको नियतमा भर पर्छ। जहाँसम्म सदरमुकाम वा बजारकेन्द्रित सार्वजनिक सेवाप्रदायक संरचनाको सवाल छ, यो त द्वन्द्वोत्तर विपन्न सम्पन्न सबैको पहुँच बाहिरै छ।
महाभूकम्प प्रभावित ग्रामीण क्षेत्रका संरचना तहसनहस त भएका छन् तर त्यहाँ आय आर्जनसँग प्रत्यक्ष जोडिएका कृषिबाहेकका उत्पादनमूलक अन्य संरचना नभएकाले दिगो असर पर्दैन। गाउँबाट सहर बसाइँ सर्ने र यो तीव्र हुने वा नहुने विषय प्राकृतिक विपत्तिजन्य प्रभावभन्दा पनि सहरमा उपलब्ध आर्थिक अवसरमा निर्भर हुने हो। सहरमा ‘स्लम’ निर्माण हुनु त पूर्ण औद्योगिक भई नसकेको बजारमुखी समाजको विशेषता नै हो। हिजो पनि थियो र आज पनि रहनेछ। राजनीतिक द्वद्वरत अवस्थाले जस्तै विपत्तिले यस्तो बसाइँसराइलाई धेरै उत्प्रेरित गर्दैन। कृषिमा आधारित सामाजिक वा सांस्कृतिक सम्बन्धले बाँधिएको हाम्रोजस्तो समाजमा त्यसो भइहाल्ने अवस्था पनि छैन।
प्रभावित ग्रामीण क्षेत्रमा सामाजिक सुरक्षा घर र सम्पत्तिसँग जोडिन्छ। पूरै भत्किएका घरभित्र भएका अन्न, गरगहना वा नगदजस्ता सम्पत्ति पुरिएका वा नष्ट भएका छन्। यति बेला हुनसक्ने लुटपाट वा ज्यादतीलाई राज्यको मातहत नियन्त्रणमा ल्याउन सकिने हुँदा सामाजिक असुरक्षा त्यति ठूलो समस्या होइन। आन्तरिक द्वन्द्व त समाजको चरित्र र यथार्थ नै हो। यसको व्यवस्थापन गर्ने विषय भूकम्प पछिमात्र नभएर सधैँ नै चुनौती हो।  
लोकतन्त्र संस्थागत हुँदै गरेको र सामाजिक न्याय, अधिकार तथा सुरक्षा प्रणाली पूर्णतः स्वायत्त भई नसकेको अवस्थामा समाजका सबैभन्दा कमजोर समूह प्रभावित थियो र हुने नै भयो। यसको भूकम्प वा अन्य प्राकृतिक विपत्तिसँग सिधा सम्बन्ध छ भन्नु समाजशास्त्रीय विश्लेषणमा गैरऐतिहासिक हुन्छ।
सहरी नेतृत्वमा हुने परिवर्तनले सहर वा सहरीकरणलाई प्राथमिकता दिनु स्वाभाविक हो। त्यस्तो हुन्नथियो भने राजधानीमा जनसभा गर्न सुदूर गाउँबाट सार्वजनिक सवारी साधन ‘रिजर्भ’ गरेर आफ्ना समर्थक वा कार्यकर्ता ल्याइने थिएन। राज्य कल्याणकारी नभएर नेताका पछि डोरिएपछि विपन्नता कार्यक्रममा नभएर मुद्दामा अल्भि्कन्छ नै। विकास अधिकार संस्कारका रूपमा अर्थ्याइनु, दिनेलिने विनिमय सम्झनु नै ग्रामीण जीवनमाथि सहरीया ठालुपनको प्रभुत्व कायम हुनु हो – सहरजस्तै भवन, समाज, विकास आदि। सहर वा गाउँ गरेर छुट्याइने विकास योजना वा अभ्यास र विकास अधिकार आफैँमा विभेद भएकाले प्राकृतिक विपत्ति हुनु/नहुनुले यस्तो सामाजिक सम्बन्ध प्रभावित हुँदैन।  
मानवीय क्षतिसँगै जीवन जिउन बनेका अर्थतन्त्रजन्य अपरिहार्य सामाजिक सम्बन्ध पनि प्रभावित छन्। सामाजिक, सांस्कृतिक, राजनीतिक र मनोविज्ञानजस्ता विविध संरचनात्मक चरित्रगत सम्बन्धमा आकस्मिक हस्तक्षेप भएको छ। सहर/बजार वा गाउँको विनिमय सम्बन्ध अस्थायीरूपमा विच्छेद भएको छ। त्यसको दुरुस्तै तत्काल पुनःनिर्माण जटिल छ।
मानिसले विविध हिसाबमा जमिनसँग बनाएको सम्बन्धलाई कमजोर बनाएको छ। विकल्पहीन जमिनमाथिको मानवीय भरोसा खल्बलिएको छ। घरबार ढल्दा छिमेकीसँग छुटाएको छ। अकल्पनीय पारिवारिक सम्बन्ध, नाता, भरोसामा सन्तुलन गुमेको छ।   
संस्थागत हिसाबले प्रत्यक्ष मार घरपरिवारले बढी खेपेका भए पनि, राज्यका सेवाप्रदायक विद्यालय, अस्पतालजस्ता संस्था पनि मारमा परेका छन्। यसको प्रणालीगत हिसाबमा राज्य र यसका प्रशानिक, कानुनी, सुरक्षा संयन्त्र, औपचारिक वा अनौपचारिक आर्थिक संस्था, राजनीतिक दल वा आदर्श, नेताकार्यकर्ता, समर्थक, धार्मिक आस्था, अभ्यास, मान्यता, शैक्षिक प्रणाली, उद्देश्य र अपेक्षा समेत प्रभावित भएको छ।
समाजशास्त्री ⁄ अध्यापक — त्रिचन्द्र क्याम्पस, काठमाडौं।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस