संकटमा पनि सङ्कीर्णता!
२७ वैशाख २०७२
•
१८ मिनेट पाठ
संकटमा पनि सङ्कीर्णता!
बितेको सातादेखि भूकम्पको मूर्च्छाबाट जनजीवन बौरन थाल्यो। सक्नेहरू सबै कुनै न कुनैरूपमा प्रभावितलाई सहायता पुर्या उन इच्छुक र अग्रसर देखिए। प्रभावितहरू पनि जुर्मुराउन थाले। आफन्त गुमाएकाले अन्तिम संस्कार पनि सिध्याए। अब काममा लाग्ने बेला भयो।सरकार भने बितेको साता पनि अलमलमै देखियो। अलमलको मूल कारण प्रशासनको परम्परागत कारिन्दा शैली नबदलिनु नै हो। सरकार बलियो छ र उसको उपस्थिति पनि अरू सबै क्षेत्रभन्दा व्यापक छ। तर अरू सबै पात्र सरकारी कर्मचारी मातहतका कारिन्दा वा जनता रैतीचाहिँ हैनन्। सबैलाई साथमा लिएरमात्र सरकारको प्रयास पनि प्रभावकारी हुनसक्छ। आकस्मिक सहायता र पुनःस्थापनाको काम गर्दा जनताको हित जसरी हुन्छ त्यही शैली अपनाउनुपर्छ। ठूलोसानो, बलियोनिर्धो, अहंकार र स्वाभिमान आदि इत्यादिमा अलमलिने सजिलो बेलामा मात्रै हो।

पुनःस्थापनाको नेपाली ढाँचा
भारतीय उद्धारकर्मीले राम्रो काम गरे तर छुच्चो सञ्चार शैलीले गर्दा नेपालीको मन दुख्यो। अमेरिकी विमान पनि नेपालको भूगोलमा प्रभावकारी भएन। तर अमेरिकाकै अन्तरिक्ष कार्यक्रम नासाले विकास गरेको प्रविधि प्रयोग गरेर पुरिएका व्यक्ति जिउँदै रहेनरहेको थाहा पाउन र तिनलाई बचाउन सकियो। अर्थात्, विदेशी सबै काम लाग्ने वा नलाग्ने हैन। हामीले नै उपयोगी र अनुकूल विधि तथा प्रविधि छान्न एवं प्रयोग गर्न जान्नुपर्छ।

नेपालमा हाइटीमा जस्तो भुइँचालोपछि हैजाको महामारी फैलिएन तर वर्षा लाग्नेबित्तिकै बाढी र पहिरोले हामीलाई बढी अत्याउन सक्छ। यस्तै हाइटीको जस्तैे भ्रष्टाचार वा परनिर्भरता पनि यहाँ बढ्न सत्तै्कन। तैपनि, सहायता खेर नजाओस् र दुरुपयोग पनि नहोस् भनेर सावधान हुनैपर्छ। हाइटी हुने हल्ला नगरौँ र ढुक्क पनि नबनौँ। हाम्रा कमजोरी र क्षमता आफ्नै प्रकारका छन्।

सर्वदलीय संयन्त्र निगरानीमा
राजनीतिक दलका कार्यकर्तालाई सहायता वितरणमा संलग्न गराउनु हुँदैन। उनीहरू दलगत आधारमा हैन स्वयंसेवी भएर काम गरे भइहाल्छ। अहिले कर्मचारीलाई पन्छाएर सहायता वितरण र पुनःस्थापनाको काम हुन सत्तै्कन। कर्मचारी र राजनीतिक दलका कार्यकर्ताको मिलोमतो नभए भ्रष्टाचार गर्ने आँट दुवै थरीले गर्न सत्तै्कनन्। सबै दलका कार्यकर्ता नमिले पनि भ्रष्टाचारको सम्भावना कम हुन्छ। यसैले सर्वदलीय संयन्त्रलाई अनुगमन र निगरानीमा केन्द्रित गर्नुपर्छ भने गाउँ विकास समितिमा कम्तीमा शाखा अधिकृतस्तरका कर्मचारीलाई खटाएर स्थानीय शिक्षक, आमा समूहजस्ता सामुदायिक समूहहरू, गैरसरकारी सामाजिक संघसंस्थाका प्रतिनिधि, प्राविधिकलगायत संलग्न टोलीलाई वितरणको जिम्मा दिनु उचित हुनेछ। दलका प्रतिनिधि कसैलाई चिड्याउन चाहँदैनन्। यसैले निर्णयमा ढिलो हुने वा निर्णय नै नहुने गरेको देखिएको छ। आकस्मिक सहायतालाई भोटको राजनीति बन्न दिनु हुँदैन।

भत्काउन सुरक्षाकर्मी
भत्केका घर धेरै जोखिमपूर्ण पनि छन्। सबैभन्दा जोखिमपूर्ण काम सायद अब यही हो। यो स्वयंसेवीले गर्न सक्ने काम पनि होइन। यसैले सुरक्षाकर्मीलाई अब उद्धारकै अर्को चरणमा संलग्न गराऊँ। आवश्यक उपकरण र प्रविधि जुटाउन सरकारले कुनै कन्जुसी नगरोस्। भारत र चीनसँग प्रविधि, उपकरण र जनशक्तिको सहयोग मागे पनि हुन्छ। पाए सहयोग माग्ने नभए किनेरै पनि उपकरण जुटाउन ढिलो गर्नु हुँदैन। भुइँचालोसँगको युद्ध बाँकी छ। यस्तो काम युद्ध स्तर र शैलीमै गर्नुपर्छ।

उद्धारदेखि पुनर्निर्माणसम्म
आपत्कालीन व्यवस्थापनमा उद्धार, आकस्मिक सहायताको पहिलो, दोस्रो र तेस्रो चरण, पुनःस्थापना र पुनःनिर्माणका लागि चरणबद्ध योजना बनाएर क्रमशः दक्षता बढाउँदै स्वयंसेवक परिचालन गरेमा कार्यान्वयन धेरै सहज हुनेछ। यस क्रममा प्रभावित जनतामा माग्ने बानी लाग्न नदिन पनि सावधान हुनुपर्छ। बिस्तारै राज्यले अवसर जुटाइदिने तर सक्नेजति सबैले काम गरेर गुजारा चलाउने अभ्यास बसाउनुपर्छ। अप्ठेरोलाई सजिलै तह लगाउने बानी परेका नेपालीले केही न केही गरेर गुजारा चलाउन थाल्नेछन्।

पुनःनिर्माणमा सरकारले समुदायले नसक्ने ठूला सडक र पुलमा ध्यान केन्द्रित गर्नुपर्छ। अब सार्वजनिक भवन भव्य हैन सुरक्षित, सुविधाजनक र पहुँचयोग्य बनाउनु उचित हुनेछ। बढीमा एक तले घर बनाउने र कर्मचारीले कोठामा हैन 'क्युबिकल'मा काम गर्ने बानी बसाल्नुपर्छ। निर्माणमा खर्चै थोरै भएपछि भ्रष्टाचार पनि कम हुनेछ।

विद्यालय र स्वास्थ्य संस्थाको मर्मत वा पुनर्निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई जिम्मा दिए हुन्छ। रसुवाका स्वास्थ्य संस्थाको पुनर्निर्माणको जिम्मा करुणा फाउन्डेसन, नेपाललाई दिइएको थाहा भएको छ। यस्तै अरू जिल्ला पनि सक्षम संस्थाहरूलाई जिम्मा दिए हुन्छ। त्यसो भए काम छिटै सुरु हुनेछ। विद्यालयको पुनर्निर्माणका लागि पनि त्यसै गरी जिल्ला वा गाविसको जिम्मा दिन सके आवश्यक रकम पनि उनीहरूले नै जुटाउनेछन्। बाँकी रहेका जिल्ला र गाउँमा सरकारले स्थानीय निकायलाई रकम निकासा दिनु उचित हुन्छ। अन्तर्राष्ट्रिय गैससहरूलाई पुल, सडक, सरकारी कार्यालय बनाउनका लागि रकम जुटाउन जति कठिन हुन्छ विद्यालय र स्वास्थ्य संस्थाका लागि पैसा उठाउन अपेक्षाकृत सहज हुन्छ।

निर्माण कार्य सकेसम्म स्थानीय अर्थतन्त्र गतिशील र उत्प्रेरित हुने गरी गराउनु उपयुक्त हुन्छ। सरकारले सहायता उपलब्ध गराउने तर काम गर्न स्थानीय तहमै अधिकार सुम्पने गर्नुपर्छ। अलिकति सिर्जनशील हुने हो भने पुनःस्थापनाका काममा सहयोग जुटाउँदा गाउँ वा बस्तीहरूलाई सहयोग प्रायोजन गर्ने संस्थागत व्यवस्था मिलाउन पनि सकिएला। उदाहरणका लागि अहिले विराटनगर वा वीरगन्जले बारपाकलाई पुनःस्थापनामा सहयोग गर्नसक्छन्— पैसा, निर्माण सामग्री, स्वयंसेवक उपलब्ध गराएर। अनि जमदार गजे घले भीसीको गुन तिर्न पनि बेलायतले बारपाकको पुनःर्निमाणमा सघाउन सक्छ। कतिपय नगर र केही गाउँको समेत विदेशका ठूला सहर र गाउँसँग मितेरी साइनो छ। तिनले पनि सघाउन सक्छन्।

गाउँमा स्थानीय निर्माण व्यवसायीलाई नै काम गर्न दिने हो भने स्थानीय अर्थतन्त्र पनि गतिशील हुन्छ। निर्माणको घटाघट र बढाबढको विधि अपनाउन खोज्दा ढिलो हुन्छ र बाहिरकाले मौका पाउँछन्। यसैले गाउँका कार्यालय वा विद्यालय बनाउने जस्ता निर्माण कार्य लागत इस्टमेटमा काम गर्न दिनुपर्छ। त्यसमा कर र भैपरी खर्च कटाएर भुक्तानी दिने हो भने कर पनि उठ्छ अनि निर्माणको गुणस्तरको ग्यारेन्टी पनि हुन्छ।

बस्ती विकास
गाउँ र नगरमा आवासको योजना बनाउँदा अधिग्रहण गर्नेभन्दा सरकारले बसोबास गर्न उपयुक्त जमिनमा बस्ती विकास योजना बनाएर जग्गाधनीलाई फिर्ता दिने (ल्यान्ड पुलिङ) शैली अपनाउनु उचित हुन्छ। परिवारको आकारअनुसारका घर बनाउने सुविधा दिने तर सुरक्षामा भने सम्झौता नगर्ने नीति अवलम्बन गर्नु उचित हुनेछ। निजी घरका हकमा सरकारले बैंकहरूबाट सस्तो ब्याजमा सहजरूपमा ऋण दिने। धितो नभई चित्त नबुझ्ने अनुदार प्रवृत्ति छाड्नुपर्छ। सरकारले ऋणको बिमा गर्ने र बैंकलाई शोधभर्ना दिने कार्यशैली अपनाएमा वितरण सहज एवं सुरक्षित हुनेछ। त्यही बन्ने घरलाई धितो मानेर कागज बनाए पनि हुन्छ। थप झन्झट र दुःख दिनु हुँदैन। कच्ची घर हुनेको छानामात्रै भए पनि पक्की बनाउने प्रयास गरौँ। सक्नेले आफै गर्लान् नसक्नेलाई ऋण दिने र तिर्नै नसक्नेलाई सहायता दिने। जमिन नहुनेलाई बजार बस्ती नजिकै जग्गा किनेर घर बनाउने सघाउने। सुकुमबासीको संख्या पनि कम हुन्छ।

उदार नीति र कार्यक्रम
शास्त्रीय उदारवादमा एउटा मान्यता छ— सबै विचार र सिद्धान्तलाई उदार र अनुदारमा विभाजन गर्न सकिन्छ। व्यक्ति मूलतः असल हुन्छ यसैले सकेसम्म कम नियम कानुन बनाउनुपर्छ भन्ने उदारवादी मान्यता हो। मानिस मूलतः खराब हुने भएकाले सकेसम्म धेरै विधि र निषेधले उसलाई बाँध्नुपर्छ भन्ने मान्यता अनुदारवादी हो। उदारवादको मूल मान्यता र मर्म नबुझ्नेहरूले पुँजीवादलाई उदारवादसँग जोड्ने गर्छन्। उदारवादीहरू व्यक्तिको अहित नहुने गरी बजारलाई स्वतन्त्रता दिनुपर्छ भन्ने मान्यता राख्छन्।

अहिले सरकार यथार्थमै उदार हुनुपर्छ। राज्यको ढुकुटीमा भएको पैसा कन्जुसी नगरी खर्च गर्नुपर्छ। खर्च गर्दा विवेक पुर्यासउने र लोभ नगर्ने हो भने नेपालकै अनुहार परिवर्तन गर्न सकिने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग आउनसक्छ। स्थानीय अर्थतन्त्रमा हलचल आयो भने जनजीवन पनि छिटै र सजिलै सामान्य हुनेछ। सामान्य अवस्थामा सरकारको कार्यक्षेत्र जति सीमित बनायो उति नै जाति हुन्छ तर विशेष परिस्थितिमा सरकारको कामकाज पनि फराकिलो बनाउनुपर्छ। अहिले हामी विशेष अवस्थामा छौँ। यसैले अर्थशास्त्रीहरूले पनि अंकशास्त्री भएर हैन समाजशास्त्री भएर सोच्नु जरुरी छ।

अहिलेसम्मको परियोजना व्यवस्थापनभन्दा बेग्लै अवधारणा अपनाऊँ। अल्पकालीन कामका लागि विदेशी बोलाउने र धेरै पैसा दिने चलन छ। यस पटक स्वयंसेवकहरूको समूह निर्माण गरौँं। तिनलाई पूर्ण नभए पनि आंशिक रोजगारी दिउँ कि। नेपाली युवालाई राष्ट्र निर्माणमा योगदान गर्ने अवसर दिऊँ। उनीहरूलाई अहिले निर्वाह भत्तामात्र दिए हुन्छ र पछि सरकारी सेवामा निश्चित अंक र प्राथमिकता दिने नीति अपनाउन सकिन्छ। तीमध्ये कतिपय त सधैँ नै तिनै गाउँमा बसिरहने छन्। शिक्षक, चिकित्सक, व्यापारी, उद्यमी र केही त घरज्वाइँसमेत भएर।

सरकारको यही वर्षको बजेटलाई पनि विपत्ति व्यवस्थापन उन्मुख बनाइने र आगामी वर्षमा पनि नियमित बजेटको साटो विपत्ति व्यवस्थापनमुखी बजेट बनाइने घोषणा प्रधान मन्त्री सुशील कोइरालाले व्यवस्थापिका संसद्मा गरिसकेका छन्। त्यस्ता कार्यक्रम कार्यान्वयनका लागि सरकारले उदार र अग्रगामी सोच राख्नुपर्छ। पुनःस्थापना र पुनर्निर्माणका क्रममा सरकार र सहयोगी दुवै समूह बढी उदार हुनु आवश्यक छ। काम गर्न सक्ने र साख नगुमाएका संस्थालाई तत्काल काम गरिहाल्न दिनुपर्छ। अहिले यसलाई दिने यसलाई नदिने भनेर रोज्नपट्टि लाग्ने बेला हैन। सबै कामको मापदण्ड तयार गरेर स्वयंसेवी संस्थालाई रोजेको ठाउँमा रोजेकै काम गर्न दिनुपर्छ तर विदेशी विशेषज्ञ थुपारेर पैसा जति उतै लैजाने शैलीलाई प्रोत्साहन गर्नु हुँदैन। नेपालीसँग दक्षता नभएका विषयमा मात्र वैदेशिक सल्लाहकारको सेवा लिउँ कि। सरकारले दाताहरूलाई आफ्नो प्राथमिकता स्पष्टसँग बताउनुपर्छ। विदेशबाट आउने ठूलारकम सरकारी कोषमै जम्मा गर्न लगाउनुपर्छ। विगतको अनुभवबाट तर्सेका धेरैले वैयक्तिकरूपमा संकलन गरेको रकम सरकारलाई दिन हिचकिचाएका छन्। तिनलाई धेरै बन्देज लगाए त्यस्तो पैसा बेइमानहरूको हातमा पनि पर्न सक्छ। कतिपयले ठूला अन्तर्राष्ट्रिय संस्थामार्फत् पठाउन चाहनेछन्। सरकारी कोषको रकम दुरुपयोगभन्दा बढी अनुपयोग हुनेगरेको छ। ठूला संस्थालाई दिइएको पैसा उनैका कर्मचारीमा धेरै खर्च हुन्छ। यसैले सरकारले पैसा थुपारेर नराख्ने विश्वास दिलाउनु जरुरी छ भने ठूला संस्थाले सहायताका लागि प्राप्त रकम 'ओभरहेड'मा खर्च नगर्ने घोषणा गर्नुपर्छ।

जनता लागे पुनःनिर्माण कठिन हुनेछैन। नेपाली सभ्यता संसारकै पुरानोमध्येको हो र जाति दुनियाँमै जीवटमध्येको मानिन्छ। नेपाली समाजको विविधतामात्र हैन एकता, सद्भाव र सहिष्णुता संसारमै उदाहरणीय छ। कठिन परिस्थितिको सजिलै सामना गर्ने जातिका रूपमा नेपाली विश्वविख्यात छ। यसैले हाइटीको परिस्थिति दोहोरिएला भनेर नतर्सौं। सावधान हुनुपर्छ तर आत्तिनु जरुरी छैन। यत्ति हो, सरकार चलाउनेहरूको इच्छाशक्ति बलियो र नियत सफा भने हुनैपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस