महाभूकम्प पीडितको उद्धार र राहतका लागि संसार नै जुर्मुरायो। विदेशी उद्धारकर्ताहरू राहतका साथ उपस्थित भए। नेपाली सेना, प्रहरी र सशस्त्रका जवानले पनि आफ्नो दक्षता भरपूर प्रदर्शन गरे। तत्कालका लागि कसैसँग खासै गुनासो छैन। प्रधान मन्त्री सुशील कोइरालाले ३ दलका शीर्ष नेताहरूलाई सँगै लिएर प्रभावित क्षेत्रहरूको अवलोकन पनि गरे। मेचीदेखि महाकालीसम्म राहत र उद्धारमा जुरुक्क उठेको छ। यी सबै कुराका बीचमा पनि समन्वय राम्रै भएको देखियो। यो चरणसम्म आइपुग्दा महाविपत्तिलाई सामना गर्नका लागि सबैले योगदान दिएको देखियो। सोचेभन्दा सजिलो गरी उद्धारकार्य अगाडि बढ्यो भने महाविपत्तिमा परी सर्वस्व गुमाएकाहरूले पनि खान नपाउने अवस्था रहेन। अथवा खान नपाएर अर्को दुर्घटनाको सिकार हुनुपरेन।
सबैभन्दा चुनौतीको समय अब सुरु हुन्छ। तत्कालको व्यवस्थापन आफैँ वा स्वतःस्फूर्त हुनसक्दो रहेछ। सबैको चासो र सहयोगी हातहरू खुलेर प्रकट हुँदारहेछन्। तर अब पीडितहरूको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कुरा अनि भत्किएका ऐतिहासिक महत्वका संरचनाहरूको पुनर्निर्माणको काम सिंगै बाँकी छ। एकीकृत बस्ती बसाल्नका लागि यो विपद्पछिको क्षणलाई सदुपयोग गर्न सकिने अवस्था छ। यसका लागि सरकारले स्पष्ट नीति बनाउँदै अगाडि बढ्नुपर्ने हुन्छ। नीति बनाउने कुरामा समस्या नहोला, तर अब ती नीतिका साथै विपत्तिपछिको अवस्थाको व्यवस्थापनमा अहोरात्र खट्नुपर्ने समय भएको छ। शुक्रबारको संसद्मा प्रधान मन्त्री सुशील कोइरालाले भनेझैँ 'एकएक पैसा र एकएक सेकेन्डको सदुपयोग' गर्ने बेला आएको छ। यसका लागि स्थानीय सरकारको विकल्प छैन।
संविधान सभा, संघीयता, प्याकेजमा सहमतिजस्ता कुराका पछि लागेर स्थानीय निर्वाचनलाई ओझेलमा पार्दै गर्दा समाजमा विकासको गतिलाई अगाडि बढाउने कुरा, थोरै पैसामा धेरै काम गर्ने कुरा, जनसहभागितालाई अर्थपूर्ण बनाउने कुरा, विकास मेरा लागि हो भन्ने भावना प्रत्येक नागरिकमा जगाउने कुरा र समाजमा साझा व्यक्ति खोजेर उसको अगुवाइमा समाज विकासको हरेक अभियानमा सँगै जुट्ने कुरा क्रमशः हाम्रो समाजबाट हराउँदै गयो। जसका कारण यस्ता विपद्हरूपछिको अवस्थाको व्यवस्थापन चुनौतीपूर्ण हुनपुगेको छ। समाजमा काम गर्न चाहनेले पनि त्यसका लागि आवश्यक समन्वयको अभाव महसुस गर्नपर्ने अवस्था जन्मिएको छ।
हिजो निर्वाचित स्थानीय सरकारका प्रमुखले (गाविस अध्यक्ष, वडा अध्यक्ष, मेयर, जिविस सभापति)ले सिंगो गाँउलेलाई नै एक सूचनाका भरमा स्थानीय विकासका लागि परिचालन गर्दथे। स्थानीय तहले भोगेका विपत्तिहरूको सहजरूपमा सामना गर्न गाँउ नै परिचालित हुन्थे। मर्दापर्दा पैसाको अभावले दाहसंस्कारमा समस्या हुन्थेन। झैझगडाहरू स्थानीय प्रमुखले मिलाइदिन्थे। उसको 'न्याय'ले एउटा अनुशासनको वातावरण निर्माण गरिदिएको हुन्थ्यो। राजनीतिकरूपमा असहमत भए पनि पञ्चायतकालीन प्रधान पञ्चहरूले समेत यस्तो भूमिका निर्वाह गर्थे। आज मुलुकले विपद् व्यहोरिरहेको अवस्थामा यस्तै स्थानीय सरकारको आवश्यकता महसुस भैरहेको छ। कर्मचारीहरूले काम गरिरहेका छन्, खटिरहेका छन्। प्रधान मन्त्रीदेखि सभासद्हरूसम्मले पनि प्रभावित क्षेत्रको अवलोकन गरिरहेका छन्। राहत संकलन र वितरणमा उनीहरू लागिपरेका छन्। तर यी र यस्ता क्रियाकलापले मात्र पीडितमा अपनत्वको भाव जगाउन सक्दोरहेनछ। अतिथिमात्रै मानिँदा रहेछन् उनीहरू सबै। सत्य हो, अतिथिको सहयोग क्षणभरका लागिमात्र हुन्छ। आज पीडितका लागि सधैँ सहयोग गर्ने पात्र गाउँमा चाहिएको छ, समाजमा चाहिएको छ। गाउँलेबाटै निर्वाचित एउटा गाउँलेको नेतृत्वमा पुनर्निर्माणको अभियान जति सहज हुन्छ, 'अतिथि'को नेतृत्वमा त्यो सम्भव हँुदैन। त्यो पारदर्शी पनि हुँदैन। त्यो अभियानमा जीवन्तता हुँदैन, कागजी घोडा खडा गरेर उनीहरू प्रतिवेदन बुझाउन काठमाडौँतिर हिँड्न हतारिन्छन्। त्यसकारण महाविपद्पछि अल्पकालीन र दीर्घकालीन व्यवस्थापनका लागि पनि स्थानीय सरकार अति नै आवश्यक छ। विपद्का बेला स्थानीय सरकारको आवश्यकता महसुस गर्ने र त्यो क्षण टर्यो् भने फेरि बिर्सने प्रवृत्तिलाई निरन्तरता दियौँ भने पटकपटक पछुताउनुपर्ने अवस्था आइलाग्न सक्छ। त्यसकारण अब तत्काल स्थानीय निकायको निर्वाचन पहिलो एजेन्डा बन्नुपर्छ। जसरी विपद्मा मुलुक फसेको समयमा सबै दल एक पक्ष भएर उभिएका छन्, त्यसरी नै विपद् व्यवस्थापन तथा आवश्यक संरचना निर्माणका लागि पनि उनीहरू दलीय स्वार्थभन्दा माथि उठेर प्रस्तुत हुन सक्नुपर्छ। त्यो संरचना भनेकै स्थानीय सरकार हो।
हामी एकछिन कल्पना गरौँ, स्थानीय सरकार हुँदो हो त, पालको ठाउँमा स्थानीय सिपालु हातहरूको व्यापक सदुपयोग गरी बाँसका छाप्रा फटाफट बनाउन सकिन्थ्यो र पीडितलाई केही व्यवस्थित बसोबासको प्रबन्ध हुन्थ्यो। त्यतिबेला न त बाँस किन्ने पैसा चाहिन्थ्यो, न त बजेट माग्न केन्द्रसम्म धाउनुपर्थ्यो। जनसहभागितामा, कम खर्चमा, पारदर्शीरूपमा, जीवन्त सहयोगी भावनाले काग हुनेथियो त्यतिबेला। तर दुभार्ग्य भन्नुपर्छ, यही स्थानीय सरकारको नहुँदा आवश्यक समन्वय र नेतृत्वका अभावमा ती सिपालु हात पनि राहत थाप्न विवश हुनपरेको छ। सिपालुका सीपलाई थाँती राखेर हात थाप्ने परिस्थिति बन्न दिनु सुखद कुरा होइन। 'कोही आइदेला र गरिदेला' भन्ने भावनाको अन्त्य नुहँदासम्म प्रधान मन्त्री कोइरालाले संसद्मा जतिसुकै ठूला प्रतिबद्धता जनाए पनि न त दुई वर्षमा भूकम्प पीडितको आवास सम्भव होला, न त ५ वर्षभित्र सबै ऐतिहासिक संरचनाको पुनर्निर्माण सम्भव होला! त्यसैगरी एकीकृत बस्ती विकासको नारा पनि 'नारामै सिमित' हुनेछ, त्यो नाममा दुईचार जना जग्गा कारोबारी मोटाउनेबाहेक, उपलब्धिमूलक काम हुनसक्ने छैन। प्रधान मन्त्रीले संसद्मा गरेको प्रतिबद्धता कार्यान्वयनका लागि पनि स्थानीय सरकार आवश्यक छ। सरकारले अधिकृतसहित ५ जनाको टोली बनाएर गाउँगाउँ खटाउने गरी संरचना बनाएको छ। सरकारका यी सबै प्रयास सकारात्मक नै छन्, तर अब चाहिएको छ ती प्रयासलाई साकार पार्नका लागि जनताको अत्यधिक सहभागिताको सुनिश्चितता। त्यसका लागि स्थानीय सरकारको उपस्थिति अनिवार्य छ।
मध्यपश्चिममा गत वर्षायाममा आएको बाढीपछि स्थानीय सरकारको आवश्यकताको चर्चा गरियो, तर फेरि सेलायो। अहिले फेरि विपत्ति भोग्नुपर्योो, अनि कुरा उठेको छ। यसरी अप्ठ्यारो परेपछिमात्र आवश्यक संयन्त्रको कुरा उठ्ने अनि भुल्ने बानीले विपद् व्यवस्थापन जटिल बन्न पुगेको छ। बाढी पीडितको उद्धारका निम्ति गरिएका कामहरू प्रशंसनीय थिए। तर त्यसपछिको व्यवस्थापन हुनसकेन। र, तिनको जीवन अस्तव्यस्त हुनपुगेको छ। पुनर्निर्माणको काम प्रभावकारी र पारदर्शी ढंगले हुनसकेन। उठेको राहतको पारर्शितामा पनि शंका उब्जेका छन्। आपश्यक तटबन्ध र भूक्षय रोकथामका योजनाहरू प्राथमिकताका आधारमा भन्दा पहँुचका भरमा छानिए। त्यो पीडा व्यहोरेलगत्तै अर्को महाविपत्तिको सामना हामीले गर्नुपरेको छ। र, यसको अल्पकालीन, दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने आपश्यकता महसुस हुनपुगेको छ। यो भोगाइले पनि हामी एकमत भएर स्थानीय निकायको निर्वाचनको पक्षमा उभिन प्रेरित गरिरहेको छ। नुवाकोटमा सँगै उभिएर विनाश हेरेर फेर्केका सुशील कोइराला, केपी ओली र प्रचण्डले त्यहाँको भत्किएको घरको माटो हातमा लिइ, छातीमा टाँसेर १ मिनेट सोचून्, त्यो भत्किएको घरको व्यवस्थापनका लागि उपयुक्त संरचना के हुनसक्छ? 'अतिथि'हरूबाट सम्भव छ त्यस्तो व्यवस्थापन? कि स्थानीय नेतृत्वको आवश्यकता छ त्यहाँ, जसले व्यवस्थापनका लागिमात्रै होइन, पुनर्निर्माणका लागि महाअभियान नै थाल्नसकोस्? नेताहरूले एक मिनेट गमेर जवाफ खोजे भने र त्यो जवाफअगाडि राजनीतिक लाभहानीको हिसाबकिताब गरेनन् भने हामी स्थानीय निकायको निर्वाचनमा जाने ढोका खुल्नेछ। अबको व्यवस्थापन र पुनर्निर्माणको अभियानको थालनी स्थानीय निकायको निर्वाचनबाटै सुरु हुनु पर्दछ। लोकतन्त्रले पनि यही भन्छ, लोकले पनि यही चाहन्छ भने विलम्बचाहिँ किन?