सिन्धुपाल्चोक भोटेनाम्लाङ गाविसका बस्तीमाथि घाम ओरालो लाग्न थालिसकेको भए पनि अझै चर्कै थियो। तीनजना मानिस हामी भएतिर बिस्तारै आउँदै थिए। एकजनाले डोको बोकेका थिए। बिरामी बोकेर ल्याएजस्तो देखिन्थ्यो। नजिकै आएपछि थाहा भयो – बिरामी नै बोकेर ल्याएका रहेछन्। चराको जस्तो सानो जिउकी बिरामी नानी यति सानी थिइन् कि ती डोकामै हराएकी थिइन्।
के भयो, कहाँबाट ल्याएको भनेर सोध्दै गर्दा उनलाई ओढाइदिएको ओढ्ने उचालेको मात्र थिएँ – ती बच्चीलाई लिएर जान आतुर मृत्युको डरलाग्दो रूप देखेँ। सेतो कागजजस्ती भएकी थिइन् ती आन्तरिक रक्तश्रावका कारण। आठ वर्षकी ती बच्ची दुई वर्षकी जस्तै सानी थिइन्। त्यस पहाडी बस्तीमा अक्सिजनको कमी थिएन तर अंगप्रत्यंगसम्म त्यसलाई पुर्याअइदिने रगत भने ठुलै मात्रामा रक्तनली छाडेर पेटमा कतै थुप्रेर बसेको थियो। अति छिटोछिटो ससानो सास फेरिरहेकी थिइन् ती। अत्यन्त क्षीण नाडीको गति प्रतिमिनट १६१ पुगिसकेको थियो। पेट ढुंगाजस्तो सारो भएकोथियो, ठूलो भएको थियो। छटपटीमा थिइन् ती। अर्थात्, मृत्युले उनलाई लैजाने पूरा तयारी गरिसकेको थियो र कालको हातबाट ती बच्चीलाई खोस्न तत्काल शल्यक्रिया (अपरेसन) नगरी हुन्नथ्यो। तर त्यो कुनै अस्पतालभित्रको कुरा थिएन। केही गर्न सकिन्छ कि भनेर विपत्तीग्रस्त ठाउँमा फाल हान्दै गएका केही डाक्टर, नर्स र तिनलाई साथ दिन गएका अति सुन्दर मन भएका युवा स्वयंसेवकको टोली पुगेका ठाउँमा थियो। यो टोलीको सीमा अत्यन्त साँघुरो थियो।
भूकम्पको पहिलो दिन नै तीन घन्टासम्म पुरिएकी ती बच्ची – करिस्मा तामाङ, जब भग्नावशेषबाट निकालिइन्, काले तामाङलाई लाग्यो – ‘अब छोरी बाँची!' बाहिरैबाट देखिने उल्लेख्य ठूलो घाउ केही थिएन। तर थिचिएका बेला उनको पेटभित्रका अंगमा नराम्रो गरी चोट लागेको थयो। एघार दिनसम्म ती बच्ची पीडामा कराइ नै रहिन्। स्थितिको भयावहताका बारेमा सोझा परिवारजनलाई अत्तोपत्तो थिएन। जब दस दिनसम्म कुर्दा पनि नानीको स्थिति झन्झन् बिग्रिंँदै गयो अनि केही घन्टाको बाटो पर डाक्टरहरू आएर बसेका छन् रे भन्ने थाहा पाएका काले तामाङ छोरीलाई बोकेर साथीहरू लिएर आए।
उनलाई तत्काल त्यहाँबाट केन्द्रको अस्पतालमा पुर्यातउनु थियो। हेलिकप्टरबाट उँडाउनुको विकल्प थिएन। उँडाएर कतै लगे पनि तत्काल केही गर्न नसके मृत्यसँग पराजयमात्र हात लाग्ने थियो। जिल्लाको अर्को छेउ चौतारामा रहेका जिल्ला स्वास्थ्य अधिकारी डा. सागरसँग फोनमा सम्पर्क भएपछि उनले जिल्लाको विपद व्यवस्थापनमा खटिएका सेनाका मेजरको नम्बर दिए। हत्त र पत्त मेजरसा'बलाई फोन गरेँ। उनले अर्कोतिर लागिसकेको हेलिकप्टरलाई फर्काएर पठाइदिने बाचा गरे। त्यतिन्जेलसम्ममा, नर्सहरू बच्चीको शरीरमा केही पानी, लवण र औषधि प्रवेश गराउन सफल भइसकेका थिए र छटपटिइरहेकी बच्ची केही शान्त भएर सुतिरहेकी थिइन्। रिना, मिङ्मा र जेनी सिस्टरहरू त्यतिबेला करुणाका मूर्तिजस्ता लागे। हेलिकप्टर साँच्चै नै आयो। जब बच्ची उनका बाबुसँग उँडिन्, हामी भावविभोर भयौँ। टोलीको अभिभावकैजस्ती भएर खटिएकी डा. स्वराजले आँखाभरी आँसु लिएर अँगालो मारिन्। आफ्नो कठिनाइको कुनै वास्ता नराखेर खटिएका इन्जिनियर, कलाकार, विद्यार्थी सबै सबैका आँखा रसाएका थिए। म बोल्न सकिन। हामीकहाँ आइपुगेको एकघन्टा भित्रै ती बच्ची सैनिक हेलिकप्टरमा उँडिसकेकी थिइन्। मैले मेजरलाई मेसेज पठाएँ – ‘धन्यवाद, मेजर सा'ब! मलाई अझै तपाईंको नाम थाहा छैन। तर तपाईंले आज मलाई नेपाली सेनामाथि गर्व गर्ने बनाइदिनु भयो। ए, असल मानिस! म तपाईंलाई अँगालो मार्दैछु!'
यतिखेर ठन्डा भएर सोच्दा, विपदका बेलामा सामान्य जस्तो लाग्ने यस घटनाका बारेमा किन यति भावुक हुनु पर्यो र! जस्तो पनि लाग्न सक्छ। राज्य संयन्त्रहरू स्वस्थ रहेका ठाउँका निम्ति साँच्चै नै यो सामान्य कुरा होला। र यो लेखको उद्देश्य नै यो घटनाको शब्दचित्र कोर्नुमात्र पनि हैन। तर यो घटनारूपी झ्यालबाट केही लुकेका कुरा देखिइरहेका छन्। र तिनकै बारेमा चर्चा गर्नु भने जरुरी छ।
एक, ती बच्चीले आफू पुरिएको दस दिनपछि देवदूतले जसरी हामीलाई खबर गरेकी छन् – ‘ए, जान्नेसुन्ने मानिसहरू! पाखा पखेरामा गाउँ घरमा, बस्तीमा जताततै मजस्तै घाइते छरिएका छन् । तिनका बारेमा थाहा पाउनु पर्ने निकायलाई केही थाहा छैन। मृत्यु भने रमाउँदै, नाच्दै डुलिरहेको छ र केही साताका बीचमा धेरै घाइतेलाई लिएर जानेछ। विचार नपुर्याीउने हो भने तिमीहरूले जोगाउन सक्ने धेरै जीवनको अन्त्य हुनेछ। यसका निम्ति केही गर!'
दुई, ती बच्चीले देखाइदिएकी छिन् – विभिन्न संस्था र व्यक्तिका बीचमा सहयोगको कति ठूलो महत्व हुन्छ भनेर। एउटा सामान्य स्वास्थ्य संस्थाले पठाएको टोलीको राज्य संयन्त्रसँगको सहयोगले यसरी छोटो समयमा जनताको जीवनरक्षा हुनेरहेछ। संस्था, व्यक्ति, राज्यका निकाय र स्थानीय जनताका बीचमा सहयोग र संयोजन हुने हो भने धेरै कुरा सम्भव हुनेरहेछ।
तीन, गतिको महत्व पनि छर्लङ्गै देखाइदिइन् तिनले। अर्को एकाध घन्टा ढिलो भएको भए, जीवन रक्षाको कुनै आशा बाँकी रहने थिएन। नेपाल र नेपालीलाई साँच्चै माया गर्ने विदेशी मित्र पनि बेलाबेलामा भनिरहेका हुन्छन् – ‘नेपालमा जेको पनि खाँचो छ, जे पनि अप्राप्य वा महँगो छ तर समय भने फालाफाल र सस्तो भएजस्तो देखिन्छ समयको महत्व नेपालीलाई थाहै छैन!' यो लाजमर्दो वास्तविकता हो।
चार, ती बच्चीले हामीलाई यसो पनि भनिरहेकी छिन् – ‘इच्छाशक्ति हुँदा तिमीहरू जे पनि गर्न सक्नेरहेछौ नि त! विकट पहाडकी मजस्ती बिरामी बच्चीको ज्यान जोगाउन यति धेरै लागि परेर, सबै मिलेर, यति छिटो सबै कुरा टाकटुक मिलाउन सक्दा रहेछौ त! देशलाई जोगाउन पनि त सक्दा हौ! अरु राम्रो काम गर्न पनि सक्दा हौ!, किन गर्दैनौ? किन आआफ्ना झन्डा गाड्न मात्र आतुर छौ?'
बच्ची उँडिसकेपछि, भावुकताको बाढी केही मत्थर भएपछि, वरपर हेर्दा फेरी पनि तिनै भत्किएका घर देखिए। ती अझ डरलाग्दा देखिए। पाताल भएका घरहरू त सिद्धिई नै गए। अत्यन्त खतरनाक धरापजस्ता असंख्य घर अलिअलि झरी पर्ने बित्तिकै ढल्ने छन् र तिनले फेरी असंख्य मृत्यु र विध्वंश निम्त्याउन सक्छन्। मौसमको अनुमान गर्न झन् झन् गाह्रो भइरहेको स्थितिमा, त्यस्तो विपत्ति जति बेला पनि आउन सक्छ। झरीको बेलाको नयाँ विपत्तिसँग जुझ्न अझ अप्ठेरो हुनेछ।
बेलैमा पूर्व तयारी गर्न सके नोक्सानी घटाउन त सकिन्छ नै साँच्चैको नयाँ नेपालका निम्ती दिशानिर्धारण हुनसक्ने पनि सम्भावना छ। ‘क्रान्ति' भन्ने शब्द रुचाउने धेरै छन् यो देशमा। क्रान्तिको अर्थ काटमार र थरीथरीका हिंसा नभई सकारात्मक अग्रगामी आमूल परिवर्तन, जनताको खुसी र देशको समृद्धि हो भने त्यसका निम्ति सबै जुटेर केही गर्ने बेला हो यो। पर्यावरण, भूस्वामित्व, सामाजिक न्याय, लोकतान्त्रिक मान्यतासहितको समृद्धि आदिसँग जोडिएको हुन्छ प्राकृतिक र अन्य विपत्तिविरुद्धको पूर्वतयारी। राज्यको दायित्व भूकम्पले तर्साएपछि आँखा मिच्दै बिउँझनेमात्रै हैन। अनेक किसिमका विपत्तिसँग जुझ्ने पूर्वतयारी गर्नु पनि हो। यस्तो पूर्वतयारी भनेको परम्परागत सोचाइ र ढर्रामा मात्र सीमित रहेर सम्भव हुने कुरा हैन। व्यवस्थित बसोबास, भूस्वामित्वको विवेकसम्मत र न्यायसंगत वैज्ञानिक नियमन, सहरी र ग्रामीण विकाससम्बन्धी सुस्पष्टता आदिको व्यवस्था आवश्यकता हुन्छ।
विपदका बेलामा राज्यप्रति असन्तुष्टि बढ्नु, मागहरू बढ्नु स्वाभाविक हो। आफ्नो बचाऊ गर्ने कुरामा शब्द र समय खर्चिनुभन्दा पनि तत्काल आइलाग्नसक्ने विपत्तिका बारेमा राज्य सचेत हुन जरुरी छ। भत्केर डरलाग्दा धराप बनेका र कुनै पनि बेलामा मृत्यका वाहक बन्नसक्ने घरलाई तत्काल सुरक्षित ढंगले भत्काएर ठूलो संख्यामा जनताको अस्थायी तर व्यवस्थित पुनर्वासको बन्दोबस्त गर्ने दिशातर्फ राज्यका सम्पूर्ण अंग तत्कालै परिचालन हुनु अत्यन्त आवश्यक बनिसकेको छ। गैरराज्य कर्ताले पनि यही दिशामा कसरी सहयोगी बन्न सकिन्छ भनेर परिचालित हुनु आवश्यक छ। र यो सम्भव पनि छ।
अप्ठेरो स्थितीमा छौँ हामी। तर जसरी पनि यो स्थितिलाई पार गर्नु नै छ।