सिमेन्ट–गिट्टी ओसार्ने टिपर खाली छैनन्
राँगा ओसार्ने ट्रक रित्ता छैनन्
न छन् बसका छतहरू
जिप, पिकअप, माइक्रो, ट्र्याक्स र टाटासुमोहरू
सबैसबै भरिभराउ छन् मान्छेले
भरिभराउ छन् काठमाडौँ छाड्ने नाकाहरू
सन्त्रस्त मान्छेलेतँछाडमछाड गर्दै सवारी चढ्न
सबैलाई हतारो छ, उपत्यकाबाट उम्कन
न सिमन्टेको धुलोको वास्ता छ
न राँगाको गन्धको पर्वाह नै
एकसरो लुगामा रित्ता मान्छेहरू
यात्रामा निस्किएका छन्
एउटा अनिश्चित यात्रा
गन्तव्यहीन यात्रा
पत्तो छैन तिनलाई–
कता जान्छन्
ट्रक, बस, माइक्रो र जिपहरू?
कहाँ पुर््याउँछन्, कहिले पुर्याकउँछन्?
कति असुल्छन् भाडा?
को हो ड्राइभर?
को हो खलासी र कन्डक्टर?
कोही छैनन् सामुन्ने
र, पनि थानकोटतर्फ फर्र्किएका सवारी
तँछाडमछाड चढिरहेछन् यात्रु
यस्तो लाग्छ–
नागढुंगा काट्न पाए तिनीहरू हाँस्न पाउनेछन्
चारभञ्ज्याङबाट निस्कन पाए बाँच्न पाउनेछन्
वैशाख १२, ०७२
मान्छेले महाभूकम्पको सामना गर्योँ
काठमाडौँ खाल्डोका मनहरू
नराम्ररी भाँच्चिए
धरहरासँगै
निरन्तरका भूकम्पीय धक्काले
कम्पनातीत तन्द्राबाट
ब्युँतिएकै छैनन् उनीहरू
र, त्यही ह्याङओभर बोकेर
उम्कँदैछन् यो खाल्डोबाट।
मान्छेमात्र डराएको छैन
हतप्रभ छ उसको ‘विवेक' पनि
र बहिर्गमनको बाटो खोजिरहेछ
भरिलो खाल्डोका कुनै खुला कुनामा
त्रिपालमुनि बिताएका पलहरू
अघिल्तिर गगनचुम्बी भवन हेर्दै
काँप्दै–काँप्दै
सास रोक्दै–रोक्दै कटाएका रातहरू
भयका स्मृतिपत्रहरू काखी च्यापेर
बाँडभञ्ज्याङ काट्न हतारिएको छ विवेक।
बसको छतमा थचक्क बस्नासाथ
कलेटी परेका ओठबाट भयमिश्रित उत्साहको
लामो सास फेर्दै मनमनै बोल्छ विवेक–
‘अब भने बाँचिने भइयो!'
उसले यो खाल्डोलाई ‘हात हल्लाउँदा'
शिविरमा तीन रातसँगै बिताएका घरबेटी बा
जीर्ण घर नियाल्दै थिए
त्रिपालको छेडोबाट,
मजस्तो उनी काठमाडौँ छाड्न सक्तैनन्।
नियतिले खोसेको घरबेटीको वैभव
धराहरासँगै
ढलेको काठमाडौँको सान
शिविर छाड्ने बेला घरबेटीले भनेका थिए–
‘बाबु चाँडै फर्कनुस् है।'
मौनतामै शिविर छाड्यो विवेकले
लाखौँलाख विवेक
काठमाडौँ छाड्दैछन्
रित्याउँदैछन् काठमाडौँ खाल्डोको वैभव
फेरि फर्कने–नफर्कने अन्योलमा छ विवेक।
बसको छतमा बसेर
नागढुंगा पार गर्दागर्दै विवेकले देख्यो
डाँडापाखाका घरहरू ध्वस्त भएका
मनहरू चिराचिरा परेका
त्यहीबेला कन्डक्टरले हात थाप्यो,
भाडा जो दोब्बर भइसकेको थियो।
सडकछेउका होटलले खाना होइन पैसा असुलेको
उसका लागि नौलो थिएन
मानिसले सडकमै रात काटेको
जताततै पाल टाँगेको दृश्यले
काम्दै गरेको र एक्लिँदै गरेको
काठमाडौँको सम्झना दिन्थ्यो
जताततै दौडिएछ भूकम्प!
सोच्दासोच्दै एकाविहानै झापा पुग्यो विवेक
काठमाडौँभन्दा टाढाको आफ्नो घर
जहाँ बाआमा घरनजिकै बारीमा त्रिपालभित्र छन्
आफ्ना बा र घरबेटी बाबीच उसले भेद खोतल्यो
घरबेटी बा आफ्नै भत्किएको घरअगाडि शिविरमा छन्,
आशैआशमा बाँचेका उनी
गाँस, बास र कपासको चिन्ता छ उनमा
उसका बा सग्लो घरकै आडमा त्रिपालमुनि छन्
सबथोक हुँदाहुँदै त्रासमा बाँचेका छन् उनी।
कम्पन एउटै, तर काया फरकफरक
यस्तो लाग्छ–
घरबेटी बा कम्पनसँग भयभित छैनन्
उनी प्रत्येक कम्पनमा
‘ए फेरि आयो' मात्रै भन्छन्
उसका बा
प्रत्येक कम्पनसँगै त्रिपालभित्रबाटै घर नियाल्दै भन्छन्
‘ए ढल्न त ढलेन!'
फेरि मौनता छाएको छ विवेकमा
ऊ आफैसँगको संवादमा छ–
गोर्खाबाट सुरु भएको कम्पनले
काठमाडौँका घरबेटी बालाई भत्कायो
कम्पन इलामबाट सुरु भएको थियो भने?
विवेकले आफैसँग सोध्यो–
त्यसबेला उसका बा
भत्किएको घरअघिल्तिर त्रिपालमुनि हुन्थे
घरबेटी बा सग्लो घरसामुन्ने त्रिपालमुनि हुन्थे!
राँगा ओसार्ने ट्रक रित्ता छैनन्
न छन् बसका छतहरू
जिप, पिकअप, माइक्रो, ट्र्याक्स र टाटासुमोहरू
सबैसबै भरिभराउ छन् मान्छेले
भरिभराउ छन् काठमाडौँ छाड्ने नाकाहरू
सन्त्रस्त मान्छेलेतँछाडमछाड गर्दै सवारी चढ्न
सबैलाई हतारो छ, उपत्यकाबाट उम्कन
न सिमन्टेको धुलोको वास्ता छ
न राँगाको गन्धको पर्वाह नै
एकसरो लुगामा रित्ता मान्छेहरू
यात्रामा निस्किएका छन्
एउटा अनिश्चित यात्रा
गन्तव्यहीन यात्रा
पत्तो छैन तिनलाई–
कता जान्छन्
ट्रक, बस, माइक्रो र जिपहरू?
कहाँ पुर््याउँछन्, कहिले पुर्याकउँछन्?
कति असुल्छन् भाडा?
को हो ड्राइभर?
को हो खलासी र कन्डक्टर?
कोही छैनन् सामुन्ने
र, पनि थानकोटतर्फ फर्र्किएका सवारी
तँछाडमछाड चढिरहेछन् यात्रु
यस्तो लाग्छ–
नागढुंगा काट्न पाए तिनीहरू हाँस्न पाउनेछन्
चारभञ्ज्याङबाट निस्कन पाए बाँच्न पाउनेछन्
वैशाख १२, ०७२
मान्छेले महाभूकम्पको सामना गर्योँ
काठमाडौँ खाल्डोका मनहरू
नराम्ररी भाँच्चिए
धरहरासँगै
निरन्तरका भूकम्पीय धक्काले
कम्पनातीत तन्द्राबाट
ब्युँतिएकै छैनन् उनीहरू
र, त्यही ह्याङओभर बोकेर
उम्कँदैछन् यो खाल्डोबाट।
मान्छेमात्र डराएको छैन
हतप्रभ छ उसको ‘विवेक' पनि
र बहिर्गमनको बाटो खोजिरहेछ
भरिलो खाल्डोका कुनै खुला कुनामा
त्रिपालमुनि बिताएका पलहरू
अघिल्तिर गगनचुम्बी भवन हेर्दै
काँप्दै–काँप्दै
सास रोक्दै–रोक्दै कटाएका रातहरू
भयका स्मृतिपत्रहरू काखी च्यापेर
बाँडभञ्ज्याङ काट्न हतारिएको छ विवेक।
बसको छतमा थचक्क बस्नासाथ
कलेटी परेका ओठबाट भयमिश्रित उत्साहको
लामो सास फेर्दै मनमनै बोल्छ विवेक–
‘अब भने बाँचिने भइयो!'
उसले यो खाल्डोलाई ‘हात हल्लाउँदा'
शिविरमा तीन रातसँगै बिताएका घरबेटी बा
जीर्ण घर नियाल्दै थिए
त्रिपालको छेडोबाट,
मजस्तो उनी काठमाडौँ छाड्न सक्तैनन्।
नियतिले खोसेको घरबेटीको वैभव
धराहरासँगै
ढलेको काठमाडौँको सान
शिविर छाड्ने बेला घरबेटीले भनेका थिए–
‘बाबु चाँडै फर्कनुस् है।'
मौनतामै शिविर छाड्यो विवेकले
लाखौँलाख विवेक
काठमाडौँ छाड्दैछन्
रित्याउँदैछन् काठमाडौँ खाल्डोको वैभव
फेरि फर्कने–नफर्कने अन्योलमा छ विवेक।
बसको छतमा बसेर
नागढुंगा पार गर्दागर्दै विवेकले देख्यो
डाँडापाखाका घरहरू ध्वस्त भएका
मनहरू चिराचिरा परेका
त्यहीबेला कन्डक्टरले हात थाप्यो,
भाडा जो दोब्बर भइसकेको थियो।
सडकछेउका होटलले खाना होइन पैसा असुलेको
उसका लागि नौलो थिएन
मानिसले सडकमै रात काटेको
जताततै पाल टाँगेको दृश्यले
काम्दै गरेको र एक्लिँदै गरेको
काठमाडौँको सम्झना दिन्थ्यो
जताततै दौडिएछ भूकम्प!
सोच्दासोच्दै एकाविहानै झापा पुग्यो विवेक
काठमाडौँभन्दा टाढाको आफ्नो घर
जहाँ बाआमा घरनजिकै बारीमा त्रिपालभित्र छन्
आफ्ना बा र घरबेटी बाबीच उसले भेद खोतल्यो
घरबेटी बा आफ्नै भत्किएको घरअगाडि शिविरमा छन्,
आशैआशमा बाँचेका उनी
गाँस, बास र कपासको चिन्ता छ उनमा
उसका बा सग्लो घरकै आडमा त्रिपालमुनि छन्
सबथोक हुँदाहुँदै त्रासमा बाँचेका छन् उनी।
कम्पन एउटै, तर काया फरकफरक
यस्तो लाग्छ–
घरबेटी बा कम्पनसँग भयभित छैनन्
उनी प्रत्येक कम्पनमा
‘ए फेरि आयो' मात्रै भन्छन्
उसका बा
प्रत्येक कम्पनसँगै त्रिपालभित्रबाटै घर नियाल्दै भन्छन्
‘ए ढल्न त ढलेन!'
फेरि मौनता छाएको छ विवेकमा
ऊ आफैसँगको संवादमा छ–
गोर्खाबाट सुरु भएको कम्पनले
काठमाडौँका घरबेटी बालाई भत्कायो
कम्पन इलामबाट सुरु भएको थियो भने?
विवेकले आफैसँग सोध्यो–
त्यसबेला उसका बा
भत्किएको घरअघिल्तिर त्रिपालमुनि हुन्थे
घरबेटी बा सग्लो घरसामुन्ने त्रिपालमुनि हुन्थे!