यी शब्द मैले धेरैअघि लेखिसक्नुपर्ने थियो तर म शब्दबिहीन थिएँ। जब यी शब्द लेख्दैछु, त्यो एउटा शोकगाथाका रूपमा प्रकट हुँदैछ। यही वैशाख १२ गतेको महाभूकम्पमा मेरो गाउँ भक्तपुरको गुन्डुमा आफ्नै घरका अवयवले थिचिएर नौ जनाले फेरि कहिल्यै नपाइने अमूल्य जीवन गुमाए। तिनका परिवारलाई यो बारम्बार बल्भि्कने र चर्किरहने घाउ हो। देशका चौध जिल्लाका धेरै परिवारले यही नियति भोग्नुपर्योउ। भूकम्पपीडित दुःखी जनका नाममा राहतको ओइरो लागेको छ तर त्यो अधिकांश पीडितसम्म पुग्दै नपुगी बीचमै कतै सकिएको खबर सुनिन्छ।
दुःखी गुन्डुका नाममा
पूर्वमा रानीकोट, घ्याम्पेडाँडादेखि सूर्यविनायकको वन, महादेव खोला र सार्की खोलाको घेरो लगाउँदै पश्चिममा मगरगाउँ र किबाचोकमा पुगेर सुन्दर प्रकृतिको गुन्डु गाउँ सकिन्छ। सरकारको हालैको निर्णयले यो अनन्तलिंगेश्वर नगरपालिकाका वडा नं. १३, १४ र १५ मा गाभिएको छ। उत्तरपट्टि सँगैको सूर्यविनायक नगरपालिकामा पर्ने कटुन्जे थोरै अपवादलाई छाडेर महाभूकम्पबाट लगभग पूरै सुरक्षित छ तर त्यसकै सानो खोल्सापारिको गुन्डुमा विध्वंश भएको दृश्यले मन थाम्न मुस्किल हुन्छ। यहाँ लगभग ८५ प्रतिशत माटो र इँटाका वातानुकुलित सुन्दर घर थिए। तीमध्ये अधिकांश सडकमा सुतेका छन्। कति घर आधा भत्केका छन्। कतिचाहिँ पूरै नढले पनि छिर्नै नहुनेगरी धराप भएका छन्। त्यसलाई भत्काएर खतरामुक्त रहनु तिनलाई महाभारत युद्ध जितेसरह हुँदैछ। आरसिसी गरिएका थोरै घरसमेत आंशिक क्षति नभएका विरलै छन्। जग भासिएर भित्ता असन्तुलित भएका घर भने ठूलो दुर्घटना हुने खतरा निम्त्याउँदै ठिंग उभिएका छन्। रेडियो नेपालका समाचारवाचक माधव घिमिरे, चलचित्र निर्देशक मदन घिमिरे, पत्रकार बलदेव थापाजस्ता प्रतिष्ठित व्यक्तिसँगै गाउँका अधिकांश परिवार बेघरबार भएको छ। वडा नंः १५ का अर्जुन बस्नेतको घर बाहिरबाट हेर्दा सबुतै देखिन्छ। बाहिर पाको, भित्र काँचो ईँटाले बनेको २७ इन्च गारो भएको यो घर त भित्र पूरै फ्य्राक्चर छ भने जगमा मलिलो माटो भएका १४ इन्चे माटोको गारोयुक्त घरको हातल के होला, सजिलै अनुमान गर्न सकिन्छ। वडा नं १५ को मगरगाउँ, १४ को कार्कीगाउँ र १४ कै नेवार किसानको बाहुल्य रहेको तल्लो किबाचोक लगभग सखाप भएका छन्। घरहरू बढारिएर सडक ढाक्न आइपुगेका छन्। मगरगाउँमा उद्धार गर्दागर्दै एक वृद्धाले र किबाचोकमा एकै परिवारका पाँचसहित आठ जनाले ज्यान गुमाए।
राज्य सारा जनताको अभिभावक हो। जसरी परिवार चलाउन सबै सदस्यले आ–आफ्ना हिसाबले योगदान गर्छन्, त्यसैगरी राज्यलाई जनताले कर तिर्छन्। जब कर तिर्ने जनता विपत्मा पर्छन्, तिनको दुःखसुखमा हात, साथ र राहत दिनुपर्ने राज्यले हो। तर, काठमाडौँ सहरबाट १० किलोमिटर पूर्वको यही गाउँमा राज्यको उपस्थिति लगभग शून्य छ। न कुनै टेलिभिजनले यहाँका दुःखी जनताको व्यथा लोकलाई सुनाएको छ, न कुनै अखबारका रिपोर्टर र फोटो पत्रकार यहाँ आइपुगेको छ। क्षतिग्रस्त घरमा बस्न हुने, नहुने सुझाव दिन बारम्बार बोलाउँदा पनि न कुनै इन्जिनियर यहाँ आउँछ। तिनका सूचीमा त एनजिओ, आइएनजिओ र टाठाबाठाले इसारा गरेका ठाउँमात्र रहेछन् प्रभु! यहाँ सीमित संख्यामा पाल र नगण्य मात्राको राहत अवश्य आएको छ तर घर भत्केका र विकल्प नभएका अधिकांशले पाएका छैनन्। खाद्यान्नका नाममा केही ठाउँमा दुई पोका कुहिएको चाउचाउ र एक माना चिउरा बाँडिएको छ। उद्योग मन्त्री महेश बस्नेत र अन्य केही संस्थाको पहलमा राहत सामग्री अवश्य आएका छन्। तर, ती सबैभन्दा बढी पीडित क्षेत्रमा पुग्न बाँकी छ। बरू घरबार, अन्नपात गुमाउनेलाई आफैँ पीडित भएर पनि कतिले गाँसबास दिएर दायित्वबिहीन राज्यलाई चुनौती दिएका छन्। जसको परिवारका सदस्यहरू आफ्नै घरले किचिएर मारिएका छन्, जसका अन्नपात र ओढ्ने–ओछ्याउने पुरिएका छन्, राहतको पहिलो प्राथमिकता तिनैले पाउनुपर्ने हो। त्यस हिसाबले पूर्व गुन्डु गाविसका वडा नं ७ र ८ ले पहिलो प्राथमिकता पाउनुपर्ने हो। तर, यहाँ आएका सीमित राहतका प्याकेज पनि अन्तै केन्द्रित भएका छन्। मन, वचन र कर्मैले कोही समर्पित छ भने तिनले यी ठाउँलाई हेरून्। पाँच पोका कुहिएको चाउचाउ, एक माना चामल, एक मुठी चिउराका लागि खान दुःख नहुनेले रुवाबासी नगरून्।
प्राकृतिक सुन्दरताले भरिपूर्ण र अक्षत भईकन पनि भक्तपुरको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित यो गाउँ विकास र अवसरमा सदैव पछाडि पारिएको छ। घ्याम्पेडाँडास्थित प्रसिद्ध पाइलट बाबा आश्रम यहीँ पर्छ तर त्यहाँ पुग्न सिपाडोलको बाटो समाउनुपर्छ। लाँकुरीभन्ज्याङ पनि यही गाउँमा पर्छ। त्यहाँ पुग्न ललितपुरको लुँभु, लामाटार–पनौतीको बाटो अपनाउनुपर्छ। सदरमुकाम पुग्ने बाटो र पुल अनि स्वास्थ्यचौकी बनाउन यहाँका जनताले धेरै पसिना बगाएका छन्। सार्वजनिक यातायातको व्यवस्था पनि छ तर आधा घण्टाको बाटो पार गर्न यहाँ एक घण्टा गाडी कुनुपर्ने स्थिति छ। गुन्डु–थिमी हुँदै काठमाडौँ पुग्न जम्मा आठ किलोमिटर छ। तर, थिमी पुग्ने बाटो कच्ची छ जहाँ अझै सार्वजनिक यातायात चल्दैनन्। अनि यही अभागी गाउँको शिरमा महाभूकम्पले गिर खेलेकोे छ।
पुनर्निर्माणको दायित्व
जता गए पनि घरहरूको खण्डहर मात्रै देखिन्छ। दधिकोटको अनन्तलिंगेश्वर दक्षिणपट्टि पाखामा रहेको बस्ती सखाप छ। त्यहाँ एक महिलाको मृत्यु भएको छ। पकनडोल, सिकारीटार र चित्रपुर त पूरै ध्वस्त देखिन्छन्। त्यहाँ धेरैले ज्यान गुमाएका छन्। हिन्चोकमा क्षतिग्रस्त पाँचतले ह्याचरीमा पुरिएका दुई पुरुषको सकुशल उद्धार भयो भने दुई महिला हप्ता दिनपछि मृत भेटिए। किचिएका हजारौँ कुखुराको गन्धले त्यहाँ महामारी फैलिने खतरा छ। भूकम्पपीडित सबै ठाउँको हालत यस्तै छ। यस्तै बेला पीडितको राहतका लागि पठाइएका चामल, त्रिपाल बेचिएका खबर आएका छन्। महाभूकम्प तिनका लागि लुट्ने सुवर्ण अवसर सावित भएको छ। अर्कातिर, भूकम्पबाट कुनै क्षति बेहोर्नु नपरेका व्यक्ति पनि नाममात्रको राहतका लागि लडन्त गरिरहेका देखिन्छन्।
महाभूकम्पबाट भत्केका अधिकांश घर विशुद्ध नेपाली वास्तुकलाका नमुना हुन् जुन स्वास्थ्य र वातावरणका दृष्टिले पनि अत्यन्त उपयुक्त थिए। हिलो माटोमा ढुंगा वा ईँटा टाँसेर बनाइने यस्ता घरसँग मानिस तर्सनु तर्सेका छन्। यसको अर्थ हो, वास्तुविद्ले नेपाली वास्तुकला र वातावरण जोगिने गरी भूकम्प प्रतिरोधी घरको परिकल्पना गर्न सकेनन् भने नेपाली वास्तुकलाको एउटा सभ्यताकै अन्त्य हुनेछ। विश्वयुद्धबाट पीडित युरोप वा जापानले जस्तै पुनर्निर्माणको दायित्व अब सबै नेपालीको काँधमा आएको छ। विपत्कै बेला विभाजनका सारा लक्ष्मणरेखा मेटिन्छन् र भातृत्वको विकास हुन्छ। राहत जरुरी कुरा हो तर त्यसले पुनर्निर्माणको भार बोक्न सक्दैन। यो सरकारको मुख ताकेरमात्र सम्भव हुँदैन। आपसी सहयोग र समन्वयबाटै यसको ढोका खोल्न सकिन्छ।
त्यसका केही उपाय तपसिलबमोजिम हुन सक्छन् :
१. गोठ भत्केर आरसिसी घर जोगिएका व्यक्तिले त्रिपालका लागि र अन्नपात अनि लुगाफाटो साबुतै रहेका व्यक्तिले राहतका नाममा बाँडिने दुई पोका चाउचाउ, दुई माना चामलमा सबैको समान हक लाग्छ भनेर लडन्त गर्नु अनैतिक कुरा हो। तपाईँको सानो त्यागले पीडितलाई अलिकति भए पनि बढी राहत र न्याय प्राप्त हुन्छ।
२. तपाईँको घर, लुगाफाटो र अन्नपात साबुतै जोगिएका छन् भने त्यसलाई ठूलो भाग्य सम्झनूस्। धेरै मानिस यी सबै कुराबाट वञ्चित छन्। तिनलाई अर्को व्यवस्था नहुन्जेल बास, गाँस र कपडाका लागि यथासम्भव सहयोग गर्नूस्।
३. अभाव हुँदा महाभूकम्पबाट पीडित परिवारका बालबालिका वा किशोरकिशोरीको पढाइ छुट्न सक्छ। आफ्ना क्षेत्रका अभावग्रस्त कुनै एक व्यक्तिको छात्रवृत्ति तपाईँले बेहोर्नुभयो भने अर्को वर्ष उसकै परिवारले त्यसलाई निरन्तरता दिन सक्छ। तर, एक वर्षको पढाइ छुट्दा उसको पढाइ सदाका लागि छुट्न पनि सक्छ।