विसं २०७२ सालको वैशाख १२ गते शनिवार मध्याह्न म काठमाडौंको गोठाटारस्थित सत्र तला अग्लो सन सिटी अपार्टमेन्ट नम्बर- ७०२ मा एकजना मित्रसँग देशको समसामयिक राजनीतिका विषयमा छलफल गर्दैथिए। छलफल सबैभन्दा बढी कुन क्षेत्रमा भ्रष्टाचार छ भन्ने एउटा सर्वेक्षणमा आधारित थियो।यत्तिकैमा खुट्टा हल्लियो। बैठक कोठाको सिलिङमा टाँगिएको झुमर बेसरी हल्लिन थाल्यो। पूरै अपार्टमेन्ट थर्किन पुग्यो। भित्ता चर्कियो र प्लाष्टर उप्किएर झर्न थाल्यो। हामी कोठाबाट निस्केर बाहिरको लबीमा पुग्यौँ। सत्र तलाको सनसिटी पिङ खेलेझैँ हल्लिरहेको प्रष्टै देखिन्थ्यो। ढोका तल पिलरको ज्वाइन्टमुनि जीवन रक्षाको लागि हामी दुईजना भित्ता समातेर उभियौँ। मेरो मुखबाट पहिलोपल्ट 'राम राम' निस्कियो। जीवन समाप्त हुँदैछ जस्तो अनुभव भयो।
छपन्न सेकेण्डको महाभूकम्प जाँदा हामी सातौँ तलामा थियाँै। माथिको तलाबाट वृद्धबूढा, अपाङ्ग, महिला सबै हस्याङफस्याङ गर्दै रामराम भन्दै तल झर्र्दै थिए सिँढीबाट। पाँच सय परिवारको लागि पाँचवटा टावर छन् गोठाठारको सनसिटीमा। तीनवटा टावर पूर्णरूपमा संचालित छ र दुईवटा टावरमा भर्खर केही परिवार बस्दैछन्। यसरी जम्मा दुई सय पचास परिवार यहाँ अहिले बसिरहेका होलान्। म परिवारसहित यस टावरमा शान्ति, सुरक्षा र सुविधा हुन्छ भनी ६ महिनादेखि बस्दैछु।
लिफ्ट भूइचालो गएको बेला पनि चलिरहेकै थियो तर कोही चढेनन्। सबै एउटै भर्या६ङबाट तल ओर्लिरहेका थिए। संकटकालमा प्रयोग गरिने टावर पछाडिको भर्याैङ प्रयोग गर्ने कसैलाई होस भएन। कतिलाई त टावरपछाडि भर्यााङ छ भन्ने ज्ञान पनि रहेनछ। संकटकालीन अवस्थामा प्रयोग गर्ने भर्याईङको ढोका सात तलामा मैले खोले। तर ढोका एकजनाले समाति रहनुपर्ने। केहीबेर ढोका समातेर बसेँ। बल्ल दुईवटा भर्यासङबाट मानिस तल झर्न थाले। केही सहज भयो र सबै सकुशल तल पुगियो।
काठमाडांै उपत्यकामा अग्ला टावरहरू निर्माण गर्नु वैज्ञानिक दृष्टिकोणले उपयुक्त छ भनी सरकारी परीक्षण र मूल्यांकन भएको विश्वासमा हामी यस्ता टावरमा बस्न थालेका हौँ। नागरिकको सुरक्षा राज्यले गर्छ भन्ने मान्यता छ। काठमाडांै उपत्यकाको उब्जाउ जमिनमाथि कङक्रिटको जंगल बन्न दिनु हुँदैन। मलाई सधैँ यस्तै लाग्थो। बसोवासको लागि आकाशलाई उचित ढंगले प्रयोग गर्ने चलन विश्वव्यापी छ। र महानगरको विकास क्रममा काठमाडांै उपत्यकाको विकासमा पनि नेपाल सरकारले यस्तै सोच बनाएर अग्ला टावरको स्वीकृति दिएको विश्वास छ नागरिकतहबाट। यहीकारण बसोवासको नयाँ संस्कार र नयाँ सभ्यता विश्वका अन्य सहर झँै काठमाडांै उपत्यकामा पनि विकसित हुने चरणमा थियो, छ।
तर एघार दिनअगाडिको महाभूकम्प पछि अग्ला अपार्टमेन्टमा बस्नेहरू त्रसित छन्। सबैभन्दा ठूलो समस्या भूकम्प आउँदा खुला स्थानमा कहाँ जाने? अभाव नै देखियो। टावरवाट तल झरेपछि पनि कतै बस्न सुरक्षित देखिएन। सुविधा, शान्ति र सुरक्षाको खोजीमा अपार्टमेन्टमा बस्न आउनेहरू भौतिक, मानसिक र आर्थिकरूपले भयाक्रान्त भए र अन्योलमा परे, छन्। अब सरकारको स्वीकृतिबाट बनेका यस्ता अग्ला अपार्टमेन्ट अझै पनि बस्न योग्य छन् भनी आफ्नो नागरिकलाई आश्वस्त पार्ने काम सरकारकै जिम्मेवारी हो। सरकारले इन्जिनियरिङ एसोसिएसनलाई त्यसतर्फ काम गर्न सहयोग मागेको सुन्दा अपार्टमेन्टवासी हर्षित छन् र सरकारी प्राविधिकको पर्खाइमा अझै पाल र खुला आकासमुनि बसिरहेका छन्।
अग्ला अपार्टमेन्ट बनाएरमात्र हुँदैन यस्ता संकटको घडी कसरी र कुनकुन उपायबाट सुरक्षित रहन सकिन्छ भनी निर्माताले आफ्नो दक्ष जनशक्तिबाट त्यहाँ बस्नेलाई तालिम र सचेत पनि गराउनु पर्ने देखिन्छ। आगो लाग्दा, भूइचालो जाँदा कसरी जोेखिम न्यून गर्न सकिन्छ भन्ने अपार्टमेन्टमा बस्ने प्रत्येक वयस्क नागरिकले जान्नुपर्ने विषय हो। खुला जमीनको महत्व भूकम्पले बुझायो उपत्यकावासीलाई। सयांै परिवार एउटै कम्पाउन्डमा बस्ने अपार्टमेन्टमा कति खुला जमिन हुँदा छरछिमेकका घर र बासिन्दा सुरक्षित हुन्छन् र त्यहीँ बस्नेलाई पनि यस्तो संकटको घडीमा सुरक्षित व्यवस्थापन गर्न सकिन्छ भनी सरकारले नीतिगत निर्णय लिने बेला पनि यही हो।
नेपालमा आएको यो पहिलो भूकम्प पनि होइन र अन्तिम पनि हुनसक्तैन। तर प्रत्येक प्राकृतिक प्रकोप भने सरकारहरूलाई अन्तिमजस्तै लाग्नेगरेको देखियो पूर्वतयारी हेर्दा। यहाँ २०४५ सालको भूकम्पको चर्चा गर्नु सान्दर्भिक हुनेछ। त्यतिबेला प्रतिबन्धित नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइराला भूकम्प पीडितलाई सहायता बाँड्न पूर्वाञ्चलमा दौडिएका थिए। वर्तमान प्रधानमन्त्री सुशील कोइराला पनि पूर्वी पहाडमा सहायता वितरणका लागि गएका थिए। तत्कालीन सरकारको अवरोधका बीच पनि एउटा स्यानो भूकम्प पीडित समूहलाई सम्बोधन गर्ने क्रममा त्यतिखेरका कांग्रेस महामन्त्रीले – 'पंचायतले तीस वर्ष शासन गरेर पनि एउटा स्यानो भूकम्प आफै सह्माल्न सक्तैन' तसर्थ यो व्यवस्था भूँइचालोले मक्किएको घरजस्तो भइसक्यो भनेका थिए। साथै प्रजातन्त्र आएपछि देश आफैँ सक्षम हुन्छ र नेपाली जनता आफँै सबै संकटको समाधान गर्न सक्छन् भनी भाषण गरेका थिए।
झन्डै अढाई दशक भयो देशमा प्रजातन्त्र पुनर्स्थापना भएको। तर जब एघार दिनअगाडि भूकम्प गयो सबैभन्दा पहिले सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको भिख माग्यो। प्रधानमन्त्री कोइराला देशबाहिर थिए भुइँचालो जाँदा। भुइँचालो गएको कैयौं घन्टापछि प्रधानमन्त्रीको राष्ट्रको नाममा सम्बोधन आयो। सम्बोधनले देशवासीलाई झनै निराश र हतास बनायो। किनभने उनको सम्बोधनमा आशाका कुनै किरण थिएनन्। प्रधानमन्त्रीको सम्बोधन जनतालाई नभएर दातृ राष्ट्रलाई गरेको भान हुन्थ्यो। उपप्रधानमन्त्री वामदेव गौतमले प्रष्टै स्वीकारेका छन्- 'विगतका नेताको पनि 'भिजन' भएन मेरो पनि छैन'।
राजनीतिक परिवर्तन हुँदैमा देशलाई आत्मनिर्भर र समृद्ध बनाउन सकिँदो रहेनछ भन्ने उदाहरण नेपाल हो। त्यसैले त भुइँचालोको उद्धार र सहायता कार्य भन्दा चर्चामा रहे अन्तर्राष्ट्रिय विमानस्थलमा आउने नाना थरीका ठूला साना हवाई जहाज। एकातिर आफन्तजनको लास खोजिरहेका छन् नेपाली जनता जमिनमा अर्कोतिर आकाश मार्गबाट त्रिभूवन विमानस्थलमा अवतरण गरेको हवाई जहाजमा आफ्नो भविष्य हेर्न वाध्य पारिएको छ तिनलाई। यस्तो विडम्बनापूर्ण विकास ढाँचा नेपाली जनताले कति सहने?
भूकम्पपछि नेता र निजामती कर्मचारी जनताबीच अप्रिय भए। नेताहरू संवेदनशील भएनन्। कर्मचारी आफ्नो हाकिमी शैलीबाट कहिल्यै मुक्त हुननसक्ने संस्कारका कारण जनताको नजरमा गिरे। त्यसैले नेपाली सेना र सशस्त्र र नेपाल प्रहरीले जनताको स्यावासी पाइरहेका छन्। यद्यपि, सेना र प्रहरीको त स्वाभाविक दायित्व नै हो आकस्मिक प्रकोपका बेला राहत र उद्धारमा जुट्ने। भूकम्प गएको क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारीको रवैया हेर्दा तिनले भूकम्प पीडित जनतालाई नागरिक होइन रैती नै ठान्दारहेछन् भन्ने प्रष्टै देखिनु दुर्भाग्य नै थियो। एक जना सैनिक अधिकृत भन्दै थिए 'निजामती प्रशासनका कर्मचारी गफाडी हुन्। घुस नखाई कहिले केही काम नगर्ने।'
भूकम्प गएको एक सातासम्म शासक र प्रशासक अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने थरीथरीका हवाई जहाजले उद्धार सामाग्री ल्याएको छ भनी ढुक्क थिए। सरकारी ढुकुटी रित्तिन थालेपछि ठूला जहाजमा आएका समानको मात्रा सहायता आवश्यकताका सामु 'चटनी' पनि नहुने देखियो। अनिमात्र सरकार निद्राबाट ब्युँझिएको छ। अब सरकारलाई हवाई जहाज र त्यसमा आउने मानिसहरू बोझ हुनथालेको प्रष्टै बुझिन्छ। सायद, यही हतास मनस्थितिमा सरकारले निर्णय गर्यो – अब विदेशी जनशक्तिको आवश्यक छैन।
तर अर्कातिर सरकार भारतको बंगाल प्रान्तकी मुख्यमन्त्री ममता बनर्जीको "पाल"मा पूर्वी नाकाबाट प्रवेश गर्ने आशा गरेर बसेको उपप्रधानमन्त्रीको मुखबाट सुनियो। पालको नाममा 'प्लास्टिक' आए भने सरकारलाई अर्को धक्का लाग्नेछ। भन्न खोजेको यतिमात्र हो देशभित्रको स्रोतमा विश्वास नगरी एकैपटक अन्तर्राष्ट्रिय समुदायसँग माग्ने र त्यसैलाई कुर्ने स्वभावले अब चल्दैन, चलेन। उद्धार र सहायतामा कुनै पनि देशको सरकारले आफैँलाई क्षमतावान बनाउनुको विकल्प छैन। हो , पनर्स्थापनाका लागि देशको क्षमता पुग्दैन। पुनर्स्थापनाका लागि त समय पनि हुन्छ। यस्तो बेलामा विदेशी सहयोगको खाँचो हुनु स्वाभाविकै हो।
सुनिन्छ, भारत सरकारले नेपाल पठाउनका लागि व्यापारीसँग केही पाल मागेको थियो रे। तर व्यापारीले पछि सरकारसँग भुक्तानी लिन अप्ठेरो हुन्छ भनेर गोदाममा भएको सामान पनि छैन भने रे। प्राकृतिक प्रकोप आइलाग्छ तर कहिले भन्ने थाहै हुँदैन। त्यसो भन्दैमा गैरसरकारी संस्थाले एफएममा बजाएको धूनमात्र सुनेर बस्ने होइन सरकारले। प्राकृतिक प्रकोपपछिको व्यवस्थापनका लागि चाहिने र नबिग्रिने सामानको भण्डारण समयमै गर्नुपर्छ।
महाभूकम्पको एघार दिनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही शान्ति भएको छ। विदेशबाट आउने र जाने ठूलठूला हवाई जहाजको स्वर कम भएको छ। मेरो अपार्टमेन्ट नम्वर ७०२ बाट विमान स्थल छर्लङ्ग देखिन्छ। यो चर्को कोलाहालमा धेरै कुरा दब्यो महाभूकम्पमा जस्तै। हिन्दु शास्त्रले दिएको संस्कारमा आकाश तिरमात्र हेर भन्छ परलोक सुधार्न। हाम्रा शासक र प्रशासक त्यस्तै भए। बरु नेपाली युवाले घरबाट बाहिर निस्केर जुन स्वयंसेवा काम गरे देश जागेको त्यहाँ देखियो। मेरी छोरी निकिता आचार्यलाई आफ्नो एपार्टमेन्ट नम्बर –७०२ को भित्ता फुटेको, बिल्डिङ चर्केको देखेर डर र त्रासमा बवस्ने फुर्सदै भएन। छोरी बिहानदेखि रातिसम्म भूकम्प पीडितको उद्धारमा लागिन्। अहिलेका युवा फरक छन्, फरक देखियो।
विपत्तिमा पनि नेपाली नेपालीबीच देखिएको भाइचाराले नेपाली समाजको सामाजिक र सांस्कृतिक संरचना दह्रो देखियो। विदेशी पनि छक्क परे। विपत्तिमा परेकाहरू भन्दैछन् – 'मभन्दा अरू पीडितलाई हेर, म ठीकै छु।' यसभन्दा ठूलो पुँजी के हुन्छ देश निर्माणका लागि। 'मै खाउँ्क मै लाउँ्क' भन्ने शासक र प्रशासकले सिक्नुपर्छ विपत्तिमा परेका जनताबाट।
विदेशी मानिस सहयोग गर्न धेरै आए तिनलाई धन्यवाद दिनुपर्छ। खासगरी भग्नावशेषमा परेका एक हजार नेपालीको जीवन रक्षा तिनको सहयोगले सम्भव भयो। तर भूकम्पमा सहयोगको नाममा नेपाललाई अन्तर्राष्ट्रिय चलखेलको ठाउँ बनाउन पनि केही आए तिनलाई चिन्नुपर्छ। शीतयुद्धको नयाँ संस्करण नेपालको भूकम्पमा नेपाली भूमिमा देखियोभन्दा अन्यथा नहोला, सरकारको सतर्कता यहाँ जरुरी छ।
यस पटक भुइँचालो राजधानीको आसपास गयो। यहाँ पनि सहायता र उद्धार प्रभावकारी हुन सकेन। राजधानीभन्दा टाढा त यसै पनि सरकार छैन जस्तो जाजरकोटको महामारीमा देखियो। प्राकृतिक प्रकोपले विनाशमात्र गर्दैन थुप्रै अवसर र शिक्षा पनि दिन्छ। अवसर र शिक्षा लिन सके अपार्टमेन्टदेखि गोरखाको बारपाकसम्म बस्ने नेपाली जनता सुरक्षित हुनेछन्। सायद, अहिले बुझ्नु पर्ने यही हो।