अव्यवस्थापन कौशल
२० वैशाख २०७२
•
२२ मिनेट पाठ
अव्यवस्थापन कौशल
आधारातमा खलबलबाट बिउँझिएकी ९ वर्षीया आँचल ढकालले भनिन् – वाउ बाँचेछु! दिनभर सयौँपटक भूइँचालाका झट्का अनुभव गरेकाले घरभित्र सुत्ने आँट गर्न सकेनन्। छिमेकी चिरन पाण्डेको कम्पाउन्डमा अलिकति खुला ठाउँ थियो। म नागरिकको कार्यालयमा सहकर्मीहरूसँग छुटि्टएर घर पुग्दा त त्यही खुला ठाउँमा पाल तयार गरिसकेका रहेछन्। पाण्डे परिवारसँगै हाम्रो र आँचलको परिवारले पनि त्यही पालमा रात बितायो। त्यही पालमा सुतेकी आँचलले बिउँझिने बित्तिकै भनेकी थिइन् – वाउ! बाँचेछु। उनले सायद दिउँसो वा साँझ कसैले भनेको सुनेकी हुनुपर्छ – अब बाँचिदैन।




साँच्चै नै भूकम्प निकै डरलाग्दो थियो। मैले भेटेको सबैले भनेका थिए – यत्रो भूइँचालो अहिलेसम्म थाहा पाएको थिइन। अस्ति शनिबार बैशाख १२ गते २०७२ साल बिहान ११: ५६ मा गएको भुइँचालोमा पनि मेरो सातो नै गयो। टेबलमा ल्यापटपमा केही लेख्दै थिएँ। नाति नजिकै टिभी हेर्दै थियो। एकैपटक के भयो थाहै भएन। नातिले भने – 'भुइँचालो आयो बाहिर जाऊँ '। तर ढोका नजिकैसम्म पुगे पनि कोठाबाट बाहिर निस्कन सकिएन। धक्का केही मत्थर भएपछि बल्ल घर बाहिर पुग्यौँ। म बसेको टोलमा केही घरका पर्खाल भत्कनेबाहेक खासै क्षति भएको थिएन। लागेको थियो अन्त पनि यस्तै त होला। मैले सोचेजस्तो भएको रहेनछ। महाभूकम्पले त महाविनाश गरेको रहेछ र राष्ट्रमा महाविपत्ति आइसकेको रहेछ।

करुणा फाउन्डेसन नेपालको सौजन्यमा प्राप्त ५३ थान टारपोलिन र अलिकति खाद्य सामग्री धादिङ निलकण्ठ नगरपालिका – ४ का ५३ परिवार भूकम्प पीडितलाई हस्तान्तरण गरेपछि सुकबार दिउँसो मन अलिकति हलुंगो भएको थियो। बजारको दृश्य हेर्दा भूकम्पले पनि गरिबहरूलाई नै बढी सताएको देखिन्थ्यो। सदरमुकाममै पाटामा मानिस बसेका देखिन्थे। यस्तैमा फर्कने सुरसार भयो। बजारमा नेपाल टेलिकमको थ्री जीले अलिअलि काम गर्थ्यो। एउटा पत्रिकाको अनलाइन समाचारमा सहायता वितरण गर्न सरकारले रोक्ने भयो भन्ने समाचार आयो। पढ्ने बित्तिकै अनायासै मेरो मुखबाट निस्क्यो -लौ, मार्ने भए अब!

धादिङको सदरमुकाम वरपरसमेत घर भत्केका ठाउँमा सरकारी वा गैरसरकारी कुनै सहयोग पनि नपुगेको गुनासो भर्खर सुनेर आएकाले पनि मलाई बढी दिक्क लागेको थियो सरकारी निर्णयको समाचारले। यस्तो विपत्तिका बेलामा गर्नुपर्ने आकस्मिक सहायता, पुनःस्थापना र पुनःनिर्माण कार्यको व्यवस्थापन गरेको अनुभवका आधारमा पनि सरकारले गरेको भनिएको निर्णय व्यावहारिक थिएन। त्यसले विपत्तिमा सजिलो हैन झन् कठिन बनाउँथ्यो। यसैले मेरो मुखबाट निस्केको थियो – लौ मार्ने भए अब!

भूकम्प पीडितलाई आकस्मिक सहयोग पुर्याबउन ढिलो भएको सरकार, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय समुदाय सबैले स्वीकार गर्नुपर्छ। विपत्तिको बेलामा सायद यस्तै हुन्छ। साता दिनसम्म पनि अधिकांश ठाउँमा आकस्मिक सहायता पुगेको छैन। उता सहायता सामग्री काठमाडौं र जिल्ला सदरमुकाममा थुप्रिएको समाचार छ। रातदिन नभनी काम गर्दा पनि जस नपाएको गुनासो निजामती कर्मचारीले गरेका छन्। सम्भवतः उनीहरू नियम बनाउन र निर्देशिका तयार गर्न व्यस्त थिए। प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ) लाई केन्द्रको परस्पर बाझिने निर्देशनको गुत्थी सुल्झाउन र सिन्को नभाच्ने नेताहरूलाई स्पष्टीकरण दिनै हम्मेहम्मे परेको हुनुपर्छ। यसैले त उनीहरू कतै सबैलाई पुग्ने सामग्री भएपछिमात्र बाँड्ने भनेर बसेका छन् भने कतै सहायता बाँड्न जानेलाई रोक्ने र सामग्री जफत गर्ने गर्दैछन्। राज्यको पूरैे प्रतिनिधित्व गर्ने जिम्मेवारी दिइएका सीडीओमाथि नै बोझ थप्दा र उनीहरूसँग विपत्तिको सामना गर्ने सुझबुझ र कार्यशैली नहुँदा पनि सहायता वितरण प्रभावित भएको हो। अहिले भूकम्प पीडित जिल्लाका सबै निर्वाचन क्षेत्रमा उच्च अधिकृतहरूलाई खटाइएको छ। तर विपत्तिमै पनि निर्णय गर्ने कानुनतः अधिकार र जिम्मेवारी सीडीओहरूकै हो। यसैले कर्मचारीहरूको व्यक्तित्वको विवादले सहायता वितरण कार्य प्रभावित हुने पनि जोखिम छ। सुरक्षा निकायमा वरिष्ठ अधिकृतको आदेश स्वतः मान्ने चलन हुन्छ तर निजामती सेवामा त्यस्तो अनुशासन भत्किएको धेरै भइसक्यो। सहायता वितरण कार्य प्रभावकारी नभएको दोष सबैलाई लागे पनि मूल जिम्मेवारी त सरकारकै हो। सुरक्षाकर्मीको खटाइ र काम गराइको सबैले सराहना गरेका छन्। नेपाल प्रहरी सायद सबैभन्दा बढी पीडितसम्म पुगेको निकाय हो। विकट क्षेत्रबाहेक अन्यत्र उद्धारमा खासै गुनासो सुनिएको छैन तर आकस्मिक सहायता भने प्रभावकारी भएन। विपत्तिमा उद्धारको नेतृत्व र जिम्मेवारी सुरक्षाकर्मीलाई सुम्पनुपर्छ भने निजामती कर्मचारी तथा गैरसरकारी क्षेत्र आकस्मिक सहायता उपलब्ध गराउन केन्द्रित हुनुपर्छ। सुरक्षा निकाय र निजामती सेवाबीच राम्रो समन्वय भए दुवै काम प्रभावकारी हुन्छ। भएन भने भद्रगोल हुन्छ। अहिले सायद समन्वय भएन। संयन्त्रले काम गरेन। अनि भद्रगोल भयो र पीडितहरूको पीडा थपियो। गोदाममा पाल थन्किने र सुत्केरीले पाटामा रात बिताउनुपर्ने विडम्बना उत्पन्न भयो।

नियन्त्रण हैन सहजीकरण गर!
सहायता सामग्री भन्सारमा रोकिएकाले अप्ठेरो परेको गुनासो त संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि जेमी म्याक्गोल्डरिकले समेत गरेका छन्। सामान्यतः राष्ट्रसंघका प्रतिनिधिले सरकारलाई दोष दिँदैनन्। राष्ट्रसंघ वा दूतावासका अधिकारीले सरकारलाई औंलो ठड्याउनु कूटनीतिक मर्यादाविपरीत मानिन्छ। म्याक्गोरिल्डरिकलाई उद्धृत गर्दै बेलायतबाट प्रकाशित हुने पत्रिका दी गार्जियनमा लेखिएकोछ — 'सामान्य अवस्थाको जस्तो भन्सारको नियम र विधि अपनाउनु हुँदैन'। अर्थात्, सरकारले सहायता सामग्रीलाई पनि सामान्य अवस्थासरह व्यवहार गरेको छ। यस्तै गुनासो केही गैरसरकारी संस्थाले पनि गरेका छन्। अर्थ सचिव सुमनप्रसाद शर्माले भने गैरसरकारी संस्था र राष्ट्रसंघीय अधिकारीले लगाएको सहायता सामग्रीमा भन्सार लगाइएको आरोपको खण्डन गरेको पनि समाचारमा उल्लेख गरिएको छ। सम्भवतः यी दुवै दाबी र खण्डन आंशिक सत्य हुन्। सहायता सामग्रीमा सरकारले भन्सार नलिएको तर केन्द्रबाट निर्देशन नपुगेकाले नाकाहरूबाट सामग्री नछाडिएको हुनसक्छ। त्यस अवस्थामा पनि दोष त सरकारकै हो।

सरकारको काम : नियन्त्रण हैन सहजीकरण
नेपालको कर्मचारी तन्त्रमा अरू सबैको नियतमा शंका गर्ने प्रवृत्ति बढी नै छ। त्यतिमात्र हैन शक्तिको तुजुक देखाउने स्वभाव पनि धेरै कर्मचारीको चरित्रै बनिसकेको हुन्छ। स्वयंसेवीमा पनि एक प्रकारको दम्भ हुन्छ – हामीले जागिर खाएका हैनौ सेवा गरेका हौँ भन्ने 'पवित्रता'को घमण्ड। यही शक्ति र पवित्रताको चेपमा पीडितले दुःख पाउँछन्। संसारभर देखिने यही प्रवृत्ति नेपालमा अहिले पनि देखिएको छ। सबैले तुजुक र घमण्ड छाडेर पीडितसम्म सकेसम्म छिटो सहायता पुर्यातउने कार्यलाई प्राथमिकता दिने हो भने अवस्था यति असहज हुनेथिएन। सरकारको काम नियमन गर्नु हो र अझ यस्तो अवस्थामा त सहजीकरण गर्नु हो। स्वयंसेवीलाई सरकारले बाटो देखाएको भए सहायता वितरण सहज हुन्थ्यो। खर्च कम लाग्थ्यो। तर पहिलो चरणमा जोजस्ले जहाँ जति पुर्यासउन सक्छ पुर्या्उन दिने र सरकारले दुर्गम क्षेत्रलाई प्राथमिकता दिँदै सबैलाई एकसरो सहायता उपलब्ध गराउने कार्यशैली अपनाउनु उचित हुनेछ। (यी पंक्तिहरू लेख्दै गर्दा सरकारले सहायता वितरण केही खुकुलो बनाएको समाचार आएको छ।)

सहायता पुर्या।उन अग्रसर धेरै समूह कुनै न कुनै चिनजान वा सम्पर्कका आधारबाट प्रेरित भएका हुन्छन्। विदेशबाट व्यक्तिगत सम्पर्क र चिनजानका आधारमा समेत धेरैले सानोतिनो सहयोग पठाएका छन्। तिनले सरकारलाई पठाउन सत्तै्कनन् र कतिले सरकारी संयन्त्रलाई पत्याउँदैनन्। कर्मचारीतन्त्रको साख जो गिरेको छ। त्यस्तो अवस्थामा जस्ले जति सक्छ उति सहायता सामग्री जहाँ सक्छ त्यहाँ पुर्या उन दिनुपर्छ। आकस्मिक सहायता हुन्छ नै कति र? दोहोरियो भने पनि खासै फरक पर्दैन।

सरकारले सहायताको पहिलो चरण र पछिल्ला चरणहरूबीच भेद गर्न जानेन। यसैले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैतिरबाट आलोचना सुन्नु परेको हो। आफन्तलाई मात्र सहयोग गर्दा अप्ठेरो होला भनेर काठमाडौंमा मागजाग गरेर अलिकति सहायता सामग्री विशेषगरी त्रिपाल र केही खानेकुरा गाउँतिर लैजानेलाई रोक्नु त अमानवीय पनि हो। सरकारी अधिकारीले यस्तोमा विवेक पुर्याखउनुपर्छ।

सुरक्षा र प्रेरणाको अभाव
फेसबुकमा भएको सूचनाका आधारमा चितवनको काहुले र दोलखाको लादुकका पीडितलाई सहायता पुर्यामउने प्रयास गरेको थिएँ। करुणा फाउन्डेसनमार्फत् केही सहायता पाइने आश्वासन पनि पाएको थिएँ। सहायता पुर्या्उन तत्पर स्वयंसेवी पनि तयार भएका थिए तर दुवै ठाउँबाट खबर आयो — गाउँका सबैलाई पुग्ने सामग्री पाएमात्र बाँड्न सकिन्छ। करिब ४ – ५ सय परिवारका लागि सामग्री वितरणको व्यवस्था एकाध जनाले एकै मिलाउन सकिँदैन। एकातिर सरकारले स्वीकृति लिएरमात्र वितरण गर्नुपर्छ भन्ने र अर्कातिर गाउँलेहरूले नै लुट्ने डर भएपछि स्वयंसेवीहरू हच्कनु स्वभाविकै हो। 'गुन गर्दो हलो नाक छेडिमाग्दो' भएपछि के गर्ने?

सरकारले सुरक्षा र हौसला दिन्छ भन्ने विश्वास भएको भए यी दुवै ठाउँमा आजै केही न केही सहायता पुग्थ्यो। अरू स्वयं सेवी समूहलाई पनि आह्वान गर्न सके त अझ धेरैलाई पुर्याजउन सकिन्थ्यो होला! काठमाडौंकै वरपर अहिलेसम्म सहायता नपुगेका ठाउँ धेरै छन्। गाउँमा पुगेर पनि केही नपाउने परिवार झन् धेरै छन्। पहुँच नहुने र बोल्न नसक्नेलाई खोजेर दिनुपर्छ। सरकारले खोजेर जानु त के माग्न आउनेलाई समेत दिन भ्याएको छैन। नेपाल रेडक्रसलाई अगाडि सारेर स्वयंसेवीहरू जुटाउने र चारपाँच जना युवाको समूह बनाएर उनीहरूलाई १०—२० परिवारलाई सहायता पुर्या उने जिम्मा दिने हो भने यस पटकमात्र हैन दोस्रो र तेस्रो चरणको सहायता पनि पुर्यावउन सजिलो हुन्थ्यो। तिनले स्वयंसेवाबाट सन्तोष पाउन थालेपछि उत्साह पनि बढ्थ्यो। तर यस्तो सिर्जनात्मक विधि अपनाउन आँट र हृदय चाहिन्छ। काइते कर्मचारी र जाली राजनीतिक नेताबाट मानवीय संवेदना र हार्दिकताको अपेक्षा गर्न सकिँदैन। स्वयंसेवीलाई त ठाडै नभने पनि सरकारी कर्मचारीको व्यवहारले चोरडाँका ठहर गरिसकेको छ। धन्न, अझै सहायता बाँड्न जाने उत्साह मरिसकेको छैन। जो सकेको गर्न तयार धेरै जना भेटिन्छन्।

प्रत्युत्पादक नियन्त्रण
सरकारले सनासाना स्वयंसेवी समूहलाई काम गर्न रोके आधिकारिक सहायता त ठूला अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र संयुक्त राष्ट्रसंघ प्रणालीअन्तर्गत आउँला तर स्वतःस्फूर्त उठाइने चन्दा उठ्दैन। सरकारलाई पत्याउनेको संख्या ठूलो छैन। त्यस अवस्थामा दाताले पनि ठूला बहुराष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्था तथा राष्ट्रसंघीय प्रणालीमा पैसा पठाउँछन्। नेपाली जनताले पाउने सहायताको उनीहरूकहाँ पठाउनु त सेता हात्ती पोस्नुजस्तो मात्रै हो। सरकारी कर्मचारीलाई त्यसबाट फाइदा हुन्छ। परिचालनका नाममा केही न केही कर्मचारीको पनि हातमा पर्छ तर सञ्चालन खर्च निकै बढी हुनाले जनतालाई खासै लाभ हुँदैन। यसैले सहायता प्रयासमा सरकारले नियन्त्रण गर्योक वा सहजीकरण गरेन भन्ने सन्देश गयो भने अर्को चरणको सहायतामात्र हैन पुनःस्थापना र पुनर्निर्माणका लागि पैसा जुटाउन पनि कठिन हुन्छ। अझै धेरैलाई सहायता पुर्यानउनु छ। सकेदेखि एकै ठाउँमा कहाँ कहाँ सहयोग पुग्यो भन्ने जानकारी दिनसके हुन्थ्यो। त्यसपछि बाँकी ठाउँमा पहिलो चरणको सहायता सामग्री पुर्याहउन ससाना स्वयंसेवी समूहलाई प्रेरित र अग्रसर गराउनु उचित हुनेछ।

खेती लगाउने बेला भइसक्यो। अस्थायी ओतमा बालबच्चालाई राखेर पनि खेती त गर्नैपर्छ। त्यसका लागि तिनलाई बीउ र सामग्री चाहिन्छ। यस्तै अब लुगाफाटा, केही पैसा र अलि धेरै टिक्ने ओत चाहिन्छ। पीडितलाई सधैँ दानमा निर्भर हुन नपर्ने व्यवस्था मिलाउन थाल्नुपर्छ। केटाकेटीको पुस्तकलगायतका आवश्यकता पूरा गर्नुपर्छ। स्वयंसेवी समूहहरूले यस्ता काम पनि जिम्मा लिनसक्छन्। सरकारले नै सेवा र सामग्री आपूर्तिका लागि यिनलाई जिम्मा दिनसक्छ। यसो गर्नु बढी बुद्धिमानी र कम खर्चिलो पनि हुन्छ।

प्रतिष्ठाको चिन्ता
राजनीतिक दलका नेताहरूलाई भने अहिले पनि प्रतिष्ठाकै चिन्ता रहेछ। सामाजिक सञ्जालमा आलोचना गरिएकोमा पो उनीहरूले बढी ध्यान दिएका रहेछन्। विपत्तिमा हराएका नेतालाई नागरिकहरूले 'हराएको सूचना' जारी गरे त कुन अपराध भयो? जनताको सेवा गर न साख बढी हाल्छ। इज्जत कमाइहालिन्छ। कसैले हरायो पनि भन्दैनन्। आकस्मिक सहायता वितरण गर्दा पनि समर्थक र विरोधी भन्ने छुद्र मानसिकता देखाउन थाल्नेहरूको प्रतिष्ठा त यसै गुम्छ। असहिष्णु व्यवहारले झन् गुम्छ। 'लोकतन्त्र हाम्रै योगदानबाट आएको हो र हामीलाई सराप्ने लोकतन्त्रविरोधी हुन्' भन्ने ठान्नुभन्दा ठूलो मूर्खता केही होइन। एकाध जनाले अहिले लोकतन्त्रप्रति वितृष्णा फैलाउने प्रयास गरेका छन् तर तिनीहरू अत्यन्त अल्पमतमा छन्। यसैले नेताजी! प्रतिष्ठाको चिन्ता छाड। देश र जनताप्रति कर्तव्य बोध भए त्याग गर्न अग्रसर होऊ!

सरकार र गैरसरकारी संस्थाका हकमा पनि लागु हुने सूत्र यही हो। अहिले काम गर। जनताका नजिक जाऊ। इमानसाथ काम गर। सबैले स्याबास भनिहाल्छन्। नेपाली जनता बैगुनी छैनन्। जति भए पनि नपुग्ने हाँडीघोप्टो पनि छैनन्। अनि गुन नमान्ने वा बिर्सने कृतघ्न पनि छैनन्।

र अन्त्यमा,
आकस्मिक सहायता वितरण सही ढंगले भएन भनेर लोकतन्त्र नै नराम्रो अधिनायकवादी व्यवस्था चाहियो भन्नेहरूको नियतमा शंका नगर्ने हो भने पनि बुद्धिलाई कठै! त भन्नै पर्छ। लोकतन्त्रले हैन राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रको कमजोरीले सहायता वितरण भद्रगोल भएको हो। खरले छाएको घरमा उँडुस सल्क्यो भने मास्नै सकिँदैन। त्यसो भन्दैमा खरको छानो भएको घरलाई नै आगो लगाउने? नेता अगतिला छन् तिनलाई दलहरूले फेरून्। दलहरूले नेता फेरेनन् भने सत्ताबाट हटाउने अधिकार त जनतासँग छँदैछ। विगतमा धेरैपटक जनताले दलहरूलाई सजाय पनि दिएका छन्। यसैले अहिले सजिलो हुन्थ्यो कि भन्ने अनुमानमा अधिनायकतन्त्रको पैरवी गर्न मिल्दैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस