राणा प्रधान मन्त्री जुद्ध शमशेरका पालाको भूकम्प यसपटकको भन्दा ठूलो तथा तुलनात्मकरूपमा ज्यादा विनाशकारी थियो। अहिलेको जस्तो कर्मचारीतन्त्र, सञ्चार सुविधा तथा सुरक्षाबल नभएको त्यो समयमा ‘जनताको, जनताबाट र जनताका लागि' भन्ने हालको जस्तो राज्य व्यवस्था थिएन। तर पनि मानवीय संवेदना राणा प्रधान मन्त्रीमा निकै रहेकाले उद्धार कार्यमा मात्र होइन राहत वितरणमा पनि कमी आउन दिएनन्। आफ्नो ढुकुटीमात्र खोलेनन् साहुमहाजनलाई पनि थैली खोल्न प्रोत्साहन गरे, शुभेच्छुकहरूलाई खुला हृदयले नगदी तथा जिन्सी सहयोग गर्न आग्रह गरे। तर आजको लोकतान्त्रिक गणतन्त्रको सरकारले तिनको ठीकविपरीत सहयोगका रकम सम्पूर्ण प्रधान मन्त्री राहत कोषमा नै दिनुपर्ने बाध्यकारी नियम बनाए! यो त राणाहरूले लिने कुत तथा अन्य करभन्दा पनि बाध्यकारी देखियो।के मैले आफूले चाहेको ठाउँमा आफूले जोहो गरेको राहत रकम खर्च गर्न पाउँदिन भनेर संविधानमा उल्लेख छ? वैदेशिक सहायताको रकम सरकारसँग समन्वय भएर आउने कुरा त जायज होला, तर भूकम्प पीडितको नाममा विश्वका कुनै पनि कुनामा राजनीतिक सीमाबाहिर रहेका हृदयको भावनाबाट संकलित रकम तिनले नेपालमा पत्याएका व्यक्ति वा संस्थामार्फत् सहयोग गर्न नपाइने भन्ने कस्तो यो हुकुमी चाला हो? जुद्ध शमशेरले त चाहिने कुराको हारगुहार गरेका थिए। उनले सहयोगको रकम आफ्नो कोषमा राख्न बाध्य गरेका थिएनन्। अहिलेका प्रधान मन्त्री र तिनको सरकार जुद्ध शमशेरजति पनि जनमुखी देखिएन!
नेपाल भूकम्पीय जोखिम क्षेत्र हो भनेर विज्ञहरूले पहिलादेखि नै भन्दै आएका हुन्। यसमा सरकार पनि अनभिज्ञ थिएन। विसं २०४५ को भूकम्पपछि भवन संहिता बनाइएको थियो र यसअघिको भुइँचालोपछि संहिता परिमार्जन गर्नुपर्योष भनिएकै हो। त्यसकारण पनि सरकारले विपत्तिमा उद्धारको तयारी गरेकै होला भन्ने विश्वास नागरिकमा थियो। तर यस भूकम्पमा सरकार कुहिरोको कागजस्तै रुमल्लिएर बसेको छ। तर जुद्ध शमशेरले शासन हातमा लिएको २ वर्षपछि आएको ९० सालको भूकम्पबाट उत्पन्न विपद् राम्ररी व्यवस्थापन गर्नसकेका थिए। झन्डै डेढ वर्ष भयो हालको सरकार बनेको। अब वर्तमान मन्त्रीमण्डल कति नैतिक रहेछ बुझ्ने बेला आएको छ।
राहत कार्यमा पनि सरकार निकम्मा देखिएको छ। भूकम्प जानासाथ नगरपालिका, वडा, गाविसहरूमा त्यहाँका सचिवसँग समन्वय गरी कुन स्थानमा कस्तो क्षति भएको छ भन्ने जानकारी लिन सकिन्थ्यो। जनपद, सशस्त्र तथा नेपाली सेनाका कार्यालय, ब्यारेक तथा अन्य निकाय भएका ठाउँमा सम्पर्क गरी त्यसवरपर केकस्ता क्षति भए भन्ने पनि जानकारी लिन आवश्यक थियो। यसले प्रारम्भिक सूचना संकलन गर्न सहायक हुन्थ्यो। प्रमुख जिल्ला अधिकारी तथा अन्य निकायमार्फत् सूचना संकलन गरी उपलब्ध साधनस्रोतका आधारमा स्थानीय स्तरबाट राहत वितरण सुरु गर्नसकिन्थ्यो, तर त्यसो हुन सकेन।
जुद्ध शमशेरले आजभन्दा ८ दशकअघिको समयमा पनि ५० लाखको आन्तरिक कोष बनाएका थिए। औषधि, लत्ताकपडा आवश्यक मात्रामा उपलब्ध गराएका थिए। घर भत्केकालाई छाप्रो, टहरो बनाउन बाँस, जस्तापाता पुर्यारउने तथा पुरिएकालाई तुरुन्त उद्धार गर्न उर्दी दिएका थिए। साथै, तत्काल सहुलीयत दरको राष्ट्रिय ऋणको व्यवस्थासमेत गरेका थिए, जुन पछि माफी गरिदिएर राज्य हुनुको अनुभूति जनतामा गराएका थिए। तर वर्तमान सरकारले जनताको व्यक्तिगत धनमाल त परै जाओस् पूरातात्िवक महत्वका संरचना भत्किएको अवस्थामा त्यसका अवशेषको सुरक्षा दिन सकेको छैन। धरहराको इँटा चोरी हुन थाल्नु एउटा दृष्टान्त हो। तानाशाही भनेर चिनिएका राणा प्रधान मन्त्रीले त जनताको लागि सोच्न सकेका थिए भने लोकतान्त्रिक सरकारले किन नसकेको होला! विपत्तिका समयमा सरकारी साधनस्रोतको पनि प्रभावकारी परिचालन गर्ननसक्ने सरकारको अब काम छैन।
‘विपद्नक्सा' तयार पारी सरकारी संयन्त्र तथा राजनीतिक दलका कार्यकर्ता, नागरिक समाजलाई परिचालन गर्नसकेको भए मित्र राष्ट्रहरूबाट राहत सामग्री प्राप्त हुँदासाथ आवश्यकताको आधारमा वितरण गर्न सकिन्थ्यो। तर पीएचडी गरेका मन्त्रीहरू, योजना आयोगका उपाध्यक्ष एवं सदस्यले यति काम पनि गर्न सकेनन्! अहिले सञ्चारको व्यापक सुविधा छ। तर पनि त्यसको अधिकतम उपयोग गर्दै राहत कार्यलाई चुस्त बनाउन सरकार तथा योजना आयोग असफल भयो। जुद्ध शमशेरले आन्तरिक स्रोतसाधनमात्र परिचालन गरेनन् विभिन्न मित्र राष्टरूबाट आएका सहयोग कहाँ र कसरी प्रयोग गर्ने भन्नेबारे समेत प्रष्ट दृष्टि राखेका थिए। बेलायत, जापान, भारतलगायतका मुलुकबाट प्राप्त सहयोग एउटा कोषमा जम्मा गराइ गाउँगाउँसम्म डोर पठाइ अन्न, वस्त्र बाँड्ने, बीउ मासिएकालाई बीउ दिने, घर, छाप्रो, कटेरो बनाउन सहयोग गर्ने काम गराएका थिए। तर वर्तमान सरकारले विपद् सूचनाको अभावमा सहायता सामग्री र जनशक्तिको आवश्यकताबारे निर्क्यौल गर्न सकेन। फलस्वरूप केकस्तो अन्तराष्ट्रिय सहयोग माग गर्ने भन्ने यकिन गर्न सकेन।
भारतमा प्राकृतिक प्रकोपमा सघाउने ‘नेसनल डिजास्टर रिलिफ फोर्स' हुँदाहुँदै किन भारतीय सीमा सुरक्षा बल नेपाल आयो, सरकारलाई थाहा छैन। कुनै पनि देशको सैन्य या अर्धसैन्य बल सार्वभौमसत्ता सम्पन्न मुलुकमा आग्रहबिना आउन सक्दैनन् भने नेपालमा कसरी यी आए? यिनलाई भारत सरकारको आग्रहमा आउने अनुमति दिइएको थियो र जनतालाई सूचना गरिएको थिएन या भारतले जबर्जस्ती नेपाल पठाएको थियो? जुद्ध शमशेरले विपद्सँग जुध्न गरेका कारबाही त पारदर्शी थियो भने यो सरकारले किन त्यसो गर्नसकेन?
चीन सरकारले विकट पहाडी भेगमा ठूला हेलिकप्टर जान नसक्ने ठाउँमा राहत प्रदान गर्न साना हेलिकप्टर दिन्छुभन्दा सरकारले सुरुमा पर्दैन भन्यो। र, भूकम्प गएको २४ घन्टाभित्र कोदारी राजमार्ग खुलाइदिन्छु भन्दा पनि अग्रसर हुन दिइएन! त्यतिमात्र होइन, सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चार मन्त्री कुनै पनि सहयोग सरकारमार्फत् मात्र दिनु भनेर कुर्लिए। सरकार आफूसँग साधनस्रोत छैन, छिमेकले दिन्छु भन्दा मान्दैन!
जुद्ध शमशेरले भताभुंग भएका घरबास पुनर्निमाण गरी जनताले चाँडो टाउको लुकाउन पाउन् भनी चार भञ्ज्याङभित्र र पहाड–मधेसको जंगलसमेत खोलिदिनु भनेका थिए। तर अहिले सुगम स्थानमा पनि सामान्य त्रिपाल, खानेकुरा तथा औषधि पुर्यागउन सकेको छैन। प्राप्त सहयोग थुपारेर राखेर सरकार चुपचापजस्तै बसिरहेको छ। विभिन्न राष्ट्र तथा शुभेच्छुकबाट प्राप्त सहयोग वितरणको मार्ग पनि सरकारले पत्ता लगाउन सकेको छैन। यो सरकारले त राज्यलाई सन्तुलित परराष्ट्र नीतिमा राख्न पनि नसकेको देखिएको छ। सहयोग लिनेनलिने विषयको विवाद यसैको परिणति हो। सरकार यसैगरी अकर्मण्य रहिरहेमा जनताले जुद्ध शमशेरका सन्तान खोज्न बेर लाउने छैनन्। इतिहास नदोहोरिने वस्तु पनि त होइन।