अन्ततः धेरैले अनुमान गरेभन्दा कम तर सम्भवतः १५ हजारभन्दा मानिसको ज्यान र खरबौंको भौतिक संरचना तहसनहस पारेर एउटा अर्को महाभूकम्प विदा भएको छ।भूकम्प, बाढीपहिरो वा महामारीपछि मानवीय र भौतिक क्षतिको मूल्यांकन सुरु हुन्छ। हरेक विपत्तिमा कति मानिसले ज्यान गुमाए? कति घर, बाटाघाटा र पुलपुलेसा भत्के? कति सम्पत्ति नास भयो? भन्ने विस्तृत लेखाजोखा गरिन्छ। तर, विपत्तिले भत्काएको समाजका विषयमा कमै मात्र चर्चा हुने गरेको छ। विपत्तिको समाजशास्त्रीय पाटोका बारेमा कमै मानिसले मात्र चासो देखाउने गरेका छन्।
यो महाभूकम्प आउनुअघि नै सामाजिक रूपमा रुग्ण र शिथिल थियो नेपाल। एक दशक लामो सशस्त्र युद्ध, त्यसबाट सिर्जित राजनीतिक तथा आर्थिक अव्यवस्था र वैदेशिक रोजगारीको भुमरीमा नेपालका सामाजिक संरचना र संस्था लगभग उजाड छन्। नेपाली समाज विगतका तुलनामा बढी केन्›िकृत, परनिर्भर, विभाजित र लक्ष्यहीन छ– २० वर्षअघिको जस्तो जीवन्त र ऊर्जाशील छैन। त्यसमाथि, राष्ट्रिय राजनीतिले विभिन्न सामाजिक समूहको अन्तर्सम्बन्धमा पारेको नकारात्मक प्रभावले सामाजिक परिवेश झनै जटिल बनेको छ।
यो असहज परिस्थितिबाट गुजि्ररहेको हाम्रो परिवेशलाई महाभूकम्पले झनै नराम्रोसँग हल्लाएको छ। अर्को गहिरो घाउ थपेको छ।
प्राकृतिक विपत्ति भौतिक भए तापनि यसको प्रभावको गहिरो सामाजिक अर्थ हुन्छ। प्राकृतिक प्रकोप र महामारीको प्रभावलाई सामाजिक परिस्थितिले निर्धारण गर्छन्। विपत्तिको प्रभाव त्यस्ता समूहलाई बढी पर्छ जससँग यसका विरुद्ध लड्ने क्षमता कम हुन्छ। उदाहरणका लागि, महाभूकम्पअघि जाजरकोटमा मौसमी रुखाखोकी र ‘स्वाइनफ्लु' मा यति धेरै मानिसले ज्यान गुमाउनमा त्यहाँको गरीबी र अविकासको ठूलो भूमिका छ। आत्मनिर्भरता, विकास र चेतनामा जाजरकोट यति पछि नभएको भए सामान्य मानिने संक्रमणमा यस जिल्लाका यति धेरै मानिसले ज्यान गुमाउन वा दुःख पाउनु पर्थेन।
हुन त जाजरकोटको संक्रमणको सामाजिक परीक्षण हुन बाँकी छ, तर के अनुमान गर्न सकिन्छ भने जाजरकोटभित्र पनि आर्थिक र सामाजिक रूपमा कमजोर तथा विपन्नहरू नै फ्लू संक्रमणको मारमा बढी पिसिएका हुनसक्छन्।
भूकम्पको जोखिमका सन्दर्भमा पनि यही नियम लागू हुन्छ। सुरक्षित स्थानमा सुरक्षित संरचना बनाउने क्षमता कम हुने वर्गले भूकम्पको जोखिम बढी झेल्नुपर्छ। भूकम्पीय जोखिम न्यूनीकरणको प्रक्रिया चेतनाको मात्र होइन, क्षमताको पनि विषय हो। सुरक्षित संरचना निर्माण गर्न आवश्यक सीप र स्रोतको वितरण असमान रहुन्जेल भूकम्पको जोखिम पनि समतामूलक हुन सक्दैन। भूकम्पको जोखिम पहुँचका आधारमा निर्धारित हुन्छ भन्ने बिर्सन मिल्दैन।
जोखिम मात्र होइन, भूकम्पपश्चातको परिस्थितिमा पनि गरिब र निम्नवर्गका मानिस बढी प्रभावित भएका हुन्छन्। उदाहरणका लागि, अहिलेको महाभूकम्पमा प्रभावित क्षेत्रका अधिकांश भूमिहीन, सुकुम्बासी वा गरिब परिवारले आफूसँग भएको सर्वस्व गुमाएका छन्। यो वर्गले पुनर्स्थापनाका लागि अनौपचारिक क्षेत्रबाट ऋणसापटी लिनुको विकल्प नहोला जसको प्रभावस्वरूप उनीहरू विगतको भन्दा बढी विपन्न बन्न पुग्छन्। हरेक प्राकृतिक प्रकोप वा महामारीमा गरिबी तथा विपन्नताको दुखद चक्र क्रियाशील भएको हुन्छ। यो महाभूकम्प पनि पृथक हुन सक्दैन।
प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनको पहुँच र अनिकालको अन्तर्सम्बन्धको विश्लेषण भूकम्पको प्रभावका सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ। जसरी अनिकालको प्रभाव गरिब किसानहरूमा बढी त्रासद र दुखदायी हुन्छ, त्यसैगरी भूकम्पको प्रभाव पनि सामाजिक पुँजी कमजोर भएका गरिब तथा पिछडिएको वर्गमा बढी मात्रामा परिरहेको हुन्छ। फिलिपिन्स र श्रीलंकामा गरिएका प्राकृतिक प्रकोपको प्रभावका अध्ययनले पनि भूकम्प, सामुन्›िक आँधी वा सुनामीको प्रभावका स्पष्ट रेखाहरू हुने निष्कर्ष निकालेका छन्।
गत साताको महाभूकम्पको प्रभावको समाजशास्त्रीय अध्ययन हुन बाँकी छ। यद्दपि, नेपालको वर्तमान सामाजिक परिस्थितिको सांगोपांगो मूल्यांकनका आधारमा यसका प्रभाव जटिल र दूरगामी हुने अनुमान गर्न सकिन्छ।
सर्वप्रथम, महाभूकम्पले ग्रामीण क्षेत्रमा राज्यको सेवाप्रवाहको अवस्थालाई झनै रुग्ण बनाउने छन्। प्रारम्भिक सूचनालाई आधार मान्ने हो भने काठमाडौंबाहिर प्रभावित जिल्लाका अधिकांश सार्वजनिक सेवाप्रदायक संरचना (जस्तै, अस्पताल, स्वास्थ्य चौकी, स्थानीय निकाय आदि) प्रयोगमा आउन नसक्ने गरी विनाश भएका छन्। फलस्वरूप, आम मानिस र विशेष गरी विपन्न वर्गले राज्यबाट हाल पाइरहेका सीमित सेवा आगामी दिनमा थप प्रभावित बन्ने सहजै अनुमान गर्न सकिन्छ जसको दूरगामी प्रभाव सम्पूर्ण प्रभावित जनसंख्यामा पर्नेछ। राज्य र नागरिकबीचको हालको कमजोर अन्तर्सम्बन्धलाई पनि यसले थप कमजोर बनाउन सक्छ।
महाभूकम्प प्रभावित क्षेत्रका ग्रामीण संरचना तहसनहस भएको परिस्थितिमा आयआर्जनका सम्भावना कम हुँदै जाँदा गाउँबाट सहरमा बसाइ सर्ने क्रम भविष्यमा तीव्र हुनेछ। फलस्वरूप, नेपालका सहरहरूमा हालसम्म खासै ठूलो मात्रामा नदेखिएको ‘स्लम' भविष्यमा तीव्र रूपमा विस्तार नहोला भन्न सकिन्न। काठमाडौंका छिमेकी जिल्लाका ग्रामीण बस्तीबाट भूकम्प प्रभावित जनसंख्या जीविकोपार्जनका लागि काठमाडौं र अन्य सहरमा ओइरिन सक्छ। काठमाडौंमा अलग ‘गरिब बस्ती' हरू निर्माण हुनसक्छन्। नेपालमा समस्याका रूपमा विकसित भइरहेको सहरी गरिबी आगामी दिनमा झन् ठूलो समस्याका रूपमा विकसित हुनसक्छ।
तेस्रो, हालका भूकम्प प्रभावित ग्रामीण क्षेत्रमा सामाजिक असुरक्षा र आन्तरिक द्वन्द्व बढेर जाने प्रबल सम्भावना छ। उसै पनि काठमाडौंबाहेक भूकम्प प्रभावित अन्य जिल्लाका ग्रामीण बस्ती गरिबी र विपन्नताबाट ग्रसित छन्। महाभूकम्पले यो विपन्नतालाई झन् गाढा बनाउने छ। फलस्वरूप, अत्यन्त गरिब, महिला, बालबालिका र वृद्धवृद्धाको अवस्था विगतका तुलनामा बढी नाजुक हुने सम्भावना नकार्न मिल्दैन।
यो सामाजिक असुरक्षाले आन्तरिक द्वन्द्वलाई बढावा दिनेछ। समाजका सबैभन्दा कमजोर समूह वा वर्ग सामाजिक न्याय, अधिकार र सुरक्षाबाट वञ्चित हुनसक्ने खतरा महाभूकम्पपछि प्रबल भएको छ।
प्राकृतिक प्रकोपले निम्त्याउने असमान तथा जटिल सामाजिक प्रभावको सहजीकरण वा न्यूनीकरणका उपाय नभएका होइनन्। तर, यसका लागि हाम्रो मानसिकता प्रमुख रूपमा बाधक छ।
नेपालका सन्दर्भमा सामाजिक परिवर्तन वा विकासको बहस सहरीकरण तथा ठूला भौतिक संरचनाको निर्माण गर्ने गहिरो तथा दुखद ‘पश्चिमा सोख' बाट प्रभावित छ। विपन्न वर्ग लक्षित प्रभावकारी कार्यक्रम निर्माण गर्ने दिशामा राज्यका प्रयास प्रभावकारी हुन सकेका छैनन्। विकासलाई अधिकारसँग जोडेर हेर्ने संस्कार हामीमा छैन। विकासको समग्र बहसमा समतामूलक समाज, लोकतन्त्र र अधिकारका विषय ओझेलमा परेका छन्। फलस्वरूप, आर्थिक रूपमा सम्पन्नहरू आफ्ना अधिकार र अवसर सुरक्षित गर्न सक्षम भएका छन् भने विपन्न वर्ग उपेक्षा र भेदभावलाई सामाजिक वास्तविकताका रूपमा स्वीकार गर्न अभ्यस्त भएका छन्। यसको प्रत्यक्ष चित्र नेपालका विकास सूचकहरूमा देख्न सकिन्छ जहाँ शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर लगायत महत्वपूर्ण क्षेत्रमा लैंगिकता, क्षेत्र तथा जातका आधारमा स्पष्ट विभाजन देख्न सकिन्छ।
भूकम्पबाट हुने क्षतिलाई कम आँक्न मिल्दैन। त्यसमाथि लामो समयको अन्तरालमा आउने महाभूकम्पको भौतिक क्षति जुनसुकै मुलुकमा ठूलो नै हुन्छ। तर, असमानता र विभेदका संरचना गाढा भएका मुलुकमा भूकम्पजस्ता प्राकृतिक प्रकोपका प्रभाव सामाजिक रूपमा पनि बढी दुःखदायी र दीर्घकालीन हुन्छन्। यस्ता प्रभाव कम गर्न समतामूलक समाज निर्माण गर्ने राज्यको कर्तव्यमा विशेष जोड दिन आवश्यक छ। आम मानिसलाई अधिकारसम्पन्न बनाउने, साधनस्रोतको वितरण तथा उपयोगलाई विकेन्द्रिकरण गर्ने र सामाजिक सुरक्षालाई विकासको एजेन्डा बनाउने कार्यमा जोड दिन सके भूकम्पले चर्काएका संरचनालाई जोड्ने सामाजिक आधार तयार हुनसक्छ।
यसको सुरुआत यो महाभूकम्पपछिको पुनर्निर्माणका लागि तयार गरिने कार्यक्रमबाट पनि गर्न सकिन्छ।