महाभूकम्पको विषद विपद्ले कलंकित बनाएको वैशाख १२ गतेको शनिबार एउटा ‘दुष्ट शनिबारका रूपमा लिपिबद्ध भएको छ नेपालको इतिहासमा। प्राकृतिक घटनाहरूले मानिसलाई निर्णायक एवम् पूर्ण सत्यमा आधारित शिक्षा प्रदान गर्छन्। त्यसैले प्राकृतिक घटना आफैं विपद् होइनन्। भूकम्प एउटा स्वाभाविक प्राकृतिक घटना हो। यसको नेपाल र नेपाली जनतासमक्ष कुनै दुश्मनी वा शत्रुता छैन।केही वर्षअगाडि दक्षिण कोरियामा सम्पन्न एउटा अनुसन्धानमूलक सम्मेलनमा ‘प्राकृतिक विपदा र मानव अधिकार' सन्दर्भमा मैले एउटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेको थिएँ। सन्दर्भ थियो– ‘के भूकम्प जस्ता प्राकृतिक घटनाबाट मानव अधिकार उल्लंघन हुन्छ?' मेरो सिधा तर्क थियो– हुँदैन किनकि भूकम्प र प्रकोप जस्ता प्राकृतिक घटना आफैँमा ‘विपदा' होइनन्। प्राचीन चिनिया दार्शनिक लाओ त्जुले भनेका थिए– ‘प्रकृतिको प्रवाहसँग आफ्नो जीवनको सन्तुलन बनाऊ।' जीवनको तात्पर्य त्यही नै हो। अनेकौँ प्राचीन हिन्दु एवं बौद्ध दर्शनले पनि ‘मानिसलाई रोमाञ्चक सुख, सयल र लोभका लागि प्रकृतिसँग नजुध्न' सल्लाह दिएका छन् तर हामीले ती विवेकलाई बर्खास्त गरेका छौं। हामी मानिस आफ्ना त्रुटिले जन्माएको त्रासदीलाई ‘प्राकृतिक विपदा' भनेर आफैँलाई मूर्ख बनाइरहेका छौँ। त्यस अन्तर्राष्ट्रिय सम्मेलनमा मैले प्रस्तुत गरेको कार्यपत्रमा लेखेको थिए“– ‘भूकम्पले मानिस मार्दैन किनभने मानिस भूकम्पका शत्रु होइनन्।' मानिसको मृत्यु उसैले बनाएका भवन वा संरचनाबाट हुन्छ। भवनको पनि मानिससँग शत्रुता छैन। भवन लड्छ किनभने त्यसले प्रकृतिको घटना ‘भूकम्प' सँग समानजस्यता राख्न सक्तैन। बरु त्यसको विरुद्धमा खडा भएको हुन्छ भवन। भीरमा घर बनाएको हुन्छ। पुराना घर मर्मतविना उभिएका छन्। पिलरले धान्न नसक्ने गरी भवनहरू अग्ला बनाइएका हुन्छन्।
भ्रष्टाचारी र अनैतिक मानिसका सिर्जनाका रूपमा त्यस्ता भवन खडा रहेका हुन्छन्। त्यसरी हेर्ने नै हो भने ‘भूकम्पको त्रासदी' ‘इन्जिनियरहरूको उपहार हो मानिसप्रति। इन्जिनियरले नैतिक मूल्य र मान्यताको पालना गर्ने हो भने कानुन पालना गर्ने हो भने र उनीहरू मानवीयताप्रति संवेदनशील हुने हो भने भवनहरू लड्नुपर्ने अवस्था नै हुँदैन। भवन र संरचना नलडेपछि मानिस मर्दैनन् र भूकम्पले दोष पनि पाउँदैन। ‘इन्जिनियर' हरू किन मानवीयताप्रति संवेदनशिल नभएका होलान त? दुई वटा कारण छन्– एउटा हो हाम्रो शिक्षा प्रणाली जसले इन्जिनियर निर्माण गर्छ त्यो ‘समाजशास्त्रीय' मूल्य र मान्यताप्रति आकर्षित छैन। त्यो शिक्षा प्रणाली यान्त्रिक किसिमको छ। उसले केवल ‘यान्त्रिक' अभियन्ता निर्माण गर्छ। दोस्रो हो– नेपाली समाजका थुप्रै सांस्कृतिक मान्यता त्रुटिपूर्ण छन्। हाम्रा सांस्कृतिक मान्यतामा राष्ट्रप्रेेम कमजोर देखिएको छ। हाम्रो सांस्कृतिक मान्यतामा आफ्नो प्रगतिप्रति सक्रिय हुने भन्दा अर्काको दुर्गतीप्रति रमाउने प्रवृत्ति झांगिएको छ। हामी निर्माण र रचनामा भन्दा कुरा काट्ने संस्कारको शिकार भएका छौँ। यिनै ‘दुई कारण' भूकम्पको त्रासदीका भित्री यथार्थ हुन्।
यस पटकको भूकम्पबाट ‘प्रभावित क्षेत्रमा' जुन तरिकाले भवन लडे त्यो एउटा अकल्पनीय दृश्य जस्तो वा सपनाजस्तो लाग्थ्यो। म एउटा पहाडको टुप्पोमा ‘वृक्षरोपण' मा सरिक थिएँ त्यस दिन। म र थुप्रै शिक्षक प्रकृतिलाई सिंगारिरहेका थियौँ। तब अचानक पृथ्वी उफ्रन लागेजस्तो गरी काम्यो। हामी भुइँमा थुचुक्क बस्न बाध्य भयौँ। हाम्रा अगाडि सिन्धुपाल्चोकका अनेकौँ पहाड विशाल आकासमुनि मनमोहक दृश्यका रूपमा हाँसिरहेका थिए एकैछिन अगाडिसम्म। तर अचानक धुलोको बादलभित्र दृश्यबिहीन भए ती दृश्य। लाग्यो– भूकम्पले सर्वनाश गर्योअ। मनमा लाग्यो– कति मानिस मरे होला? पीडाले भरिएका दृश्य दिमागमा बारम्बार सम्झँदै तत्काल काठमाडौं आउँदा देखियो– ‘भक्तपुर' अर्धमूर्छित अवस्थामा छट्पटाइरहेको थियो।
घरमा आइपुगेर ‘उद्धार' का काममा लाग्दा थाहा भयो– भक्तपुरका पुराना सबै घर भत्किएका थिए। ती भत्किए किनकि पुराना थिए र भूकम्पको ‘जुन सख्तता थियो त्यससँग समानजस्यता राख्न सक्ने अवस्थामा थिएनन्।' तर किन नेपालका विद्वान् इन्जिनियरले ‘भूकम्प जोखिम' क्षेत्रका रूपमा रहेको नेपालमा यस्ता माटो ढुंगाले बनाइएका पुराना घर मानिसको जीवनका लागि हानिकारक छन् भनी बताउन सकेनन्? उनीहरूले किन अनुसन्धान गरेनन् यस्ता भवनबारे? उनीहरूले कसरी ठूला अग्ला घरका नक्सा तयार पारे र निर्माण अनुगमन गरे जो आज सबै भत्कने जोखिममा उभिएका छन्? के त्यस्ता अग्ला घर बनाउन सम्भव थियो नेपालको भौगोलिक अवस्थामा? थियो भने किन ती चिरा परेका छन् आज? थिएन भने किन बनाइए? किन नगरपालिकाले त्यस्ता पुराना भवन रहन दियो? किन नगरपालिकाले अग्ला अग्ला भवनका नक्सा पास गरे? जुन जीवन आज हताहत भएका छन्, ती भूकम्पबाट होइन, सरकारी संयन्त्र, तिनीहरू सञ्चालन गर्ने कर्मचारी, गगनचुम्बी घर निर्माण गर्न कानुनी अनुमति दिने राजनीतिक नेता र त्यस्ता घर डिजाइन गर्ने इन्जिनियर र लगानी गर्ने नाफाखोरका करतुतबाट हताहत भएका छन्। उनीहरूमाथि ज्यान अपराधको कारबाई गर्नुको कुनै विकल्प छ? सचेत नागरिकले यस सम्बन्धमा विचार गर्ने बेला भएको छ। यस देशका सचेत मानिसले यी अपराधबारे अनुसन्धान गर्नैपर्छ।
आइतबारका दिन पटकपटकका भूकम्पीय धक्काका बाबजुद भक्तपुरका टोलटोलमा जाँदा रुन मन लाग्यो। सशस्त्र प्रहरी बल र नेपाली सेनाका केही समूह थुप्रोमा पुरिएका मानिस निकाल्ने प्रयत्न गरिरहेका थिए। दुर्भाग्यवश उनीहरूसँग पिउने पानी पनि थिएन। न त उनीहरूसँग उत्खनन्का लागि चाहिने कुनै उपकरण वा सामग्री नै थिए। केही वर्षदेखि थुप्रै संस्था ‘भूकम्प आयो भने टेबलमुनि बस्नु, नभाग्नु, ढोकाको मुनि बस्नू' भनी सिकाइरहेका थिए। त्यो शिक्षा दिने नगरपालिका, सरकारी कार्यालय र गैरसरकारी संस्थालाई के थाहा थिएन नेपालका अधिकांश घर माटाका जोडाई भएका कमजोर थिए भन्ने? के आजको त्रासदीपूर्ण अवस्थाको जिम्मेवार यिनका अप्रमाणित लहडयुक्त विज्ञापन पनि होइनन्? के यिनीहरू कारबाईका पात्र होइनन्? के उनीहरूकै शिक्षाले थुप्रैलाई पुराना घरका खाटमुनि पस्न त प्रेरित गरेनन्? किन सरकारले दैवी प्रकोपका नाममा बैठक बस्ने तर उद्धार उपकरण एवं सामग्रीको व्यवस्था नगरी यति धेरै मानिस मर्ने वातावरण निर्माण गर्योस? के यस दैवी प्रकोपका पात्र कारबाईका पात्र होइनन्? नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उद्धारका लागि सक्षम बनाउने कार्य किन भएन? किन उनीहरूलाई उपकरण दिइएन? किन सयौं फौजीलाई तालिम दिइएन? किन कुकुर प्रशिक्षित गरिएनन्? दुर्भाग्य नै हो, उद्धारकर्मीले लगाउने पोशाकसमेत रहेनछ हाम्रोमा।
जब भूकम्प आइसक्यो तब प्रत्येक नागरिकले अर्को दुखित नागरिकलाई कसरी सहयोग गर्नुपर्ने थियो? भक्तपुरमा लास जलाउने दाउरा थिएन्। त्यसको व्यवस्था गर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको होला, उहाँ त उद्धार कार्यको बैठकमा ब्यस्त हुनुभयो, दाउरा खोज्न होइन। मानिसका घर भत्किएका थिए। उनीहरूले पाल त्रिपाल पाएनन्। तर धनी मानिसका आँगनमा त्यस्ता पाल पुगे। अहिले ती पाल खेतमा छन्। अब ती पाल धान सुकाउन प्रयोग हुन्छन् निकट भविष्यमै। नेपालीमा सित्तै सरकारी खैरियत खाने आदत बसेको छ। नेपालीमा हरेक कुरा आफूले पाउनुपर्ने रोग लागेको छ। नेपाली नागरिक आफू राज्यप्रति इमानदार हुनुपर्ने कर्तव्य कहिल्यै जान्दैन तर औषधि छैन, पाल छैन, खाना छैन भनी जुलुस लगाउनुलाई ऊ विशेषाधिकार ठान्छ। प्राकृतिक प्रकोपसँग जुध्ने कर्तव्य सबैको हो। काठमाडौंमा बस्ने मानिसले उद्धारमा सरिक हुनु उचित ठानेन। ऊ त सरकारसँग सित्तैं बस माग्न थाल्यो। ऊ भाग्यो। बस नपाउँदा नारा लगायो। खोई राज्यप्रतिको दायित्व? शासन गर्ने मानिसको मूर्खताको त कुरै नगरौँ। उद्धार एवं पुनर्स्थापनाका लागि विज्ञ चाहिन्छन् तर मन्त्रीहरू आफैँ ठूलठूला विज्ञ रहेछन्। उनीहरूलाई विदेशी सेनाका हेलिकोप्टर कहाँ उडाउनुहुन्छ वा हँुदैन भन्ने पनि थाहा रहेनछ। कतिपय देशलाई त ‘नेपालमा भएको यो त्रासदी' आफ्नो सक्षमता परीक्षण गर्ने अवसरमात्र बन्यो।
जेसुकै भए तापनि यो त्रासदीको सामना गर्न पीडित नेपाली जनता भागेनन्। बहादुरीपूर्वक उनीहरूले सामना गरे। अन्य कतिपय देशमा यस्ता घटना भएको भए कति ठूला ‘दंगा' भइसक्थे अहिलेसम्म! तर गरिब नेपालीले भोकभोकै त्रासदी सामना गरे। सरकार केवल काठमाडौंका सभ्रान्तप्रति जिम्मेवार रह्यो। काठमाडौंका सभ्रान्तलाई उसले पाल घरघरमा लगेर बाँड्यो तर गरिबलाई बिर्सियो। अर्थात सरकारले व्यवस्थापन गर्न जानेन। उसलाई काठमाडौंका सम्भ्रान्तको गलत दबाबले मतिभ्रष्ट बनायो।
सञ्चार मन्त्रीले खोलेको १२३४ नम्बरको हटलाइनमा फोन उठ्दैन। गृह मन्त्रालयका ठूलठूला कर्मचारीको फोनै लाग्दैन। मुख्य सचिव पनि ब्यस्तै हुनुहोला। नेता/मन्त्रीको त कुरै भएन। जे होस्, ठूलाबडा मित्रहरू यहाँहरूलाई हेक्का होस्, यस्ता त्रासदीको सामना केवल जनतासँगको सहकार्यबाट मात्र सम्भव छ। देशका ठूलठूला नेता गोरखा, सिन्धुपाल्चोक, दोलखा जस्ता जिल्लामा गएर राहत वितरणको अनुगमन गर्ने, जनतालाई ढाडस दिने, सरकारसँग समन्वय गरिदिने काममा लागेका भए जनताले सम्मान दिने थिए। जनताले तपाईँहरूलाई दुत्कार गर्ने थिएनन्। ठूलठूला कर्मचारीले देशका सक्षम मानिसलाई काममा लगाएको भए समस्या यति जटिल हुने थिएन। उनीहरूलाई ती प्रभावित ठाउँमा पठाउन सकिन्थ्यो तर ‘फौजीहरूको सहयोग काफी' हुन्छ भन्ने रुग्ण मानसिकतामा नै उनीहरू रमाए। काठमाडौंमा ठूलठूला घर भएका धनीहरूले पार्कमा बस्न जाँदा पाल आफँै किनिदिएको भए सरकारले दिने पाल गरिबले प्रयोग गर्न पाउँथे। ठूलठूला बुद्धिजीवीले विदेशी पत्रकार लिएर राज्यलाई पखाल्ने भन्दा मन्त्रीहरूलाई दबाब दिएको भए राहत कार्यक्रम बढी व्यवस्थित हुने थियो।
आशा गरौँ, भविष्यको नेपाल परिपक्व हुनेछ। यससँग सक्षम उद्धार समूह हुनेछ। उद्धारका लागि सामग्री हुनेछन्। राष्ट्रले दान माग्नुपर्ने छैन। यस त्रासदीले अब देशलाई एकसूत्रमा बाँध्नेछ। हरेक नेपालीले अब संघर्षको जीवनद्वारा प्रगतिको पथ खोज्नुपर्छ। विदेशमा बस्नेको, विदेशीको, स्वार्थी संस्थाको हैसियतको आश गर्नुहुँदैन।