धेरै वर्षअघि एकजना सफल ठानिएका चिनियाँ व्यापारीको अन्तर्वार्ता टीभीमा हेरिरहेको थिएँ। कार्यक्रम प्रस्तुतकर्ता सोध्दै थिए – ‘मानिसहरू तपाईँलाई भाग्यमानी भन्छन्। तपाईँलाई पनि आफू भाग्यमानी नै होजस्तो लाग्छ?' जवाफमा ती धनाढ्यले भनेका थिए – ‘हो, म भाग्यमानी नै हुँ।' सोध्नेले चम्किँदै सोधे – ‘तपाईँ पनि भाग्यमा विश्वास गर्नुहुन्छ र?' हाँस्दै उनले भने – ‘म भाग्यमानी हुँ, तर म भाग्यमा विश्वास गर्दिन।' छक्क परेका प्रस्तोतालाई बुझाउँदै उनले भने – ‘भाग्य भनेको पुर्पुरोमा लेखेर आउने कुरा हैन। आफँैले बनाउने हो। तर त्यो बन्नका निम्ति नभई नहुने कुरा हो पूर्वतयारी।'पत्रकारको मुखबाट अर्को प्रश्न नझर्दै उनले फेरि भने – ‘मानिसका निम्ति अवसर यति धेरै हुन्छ कि भनीसाध्ये नै छैन। हावामा तैरिँदै एउटा अवसर आउँछ, जान्छ। फेरि अर्को आउँछ, जान्छ। जो आफ्नो ध्येय र लक्ष्यमा स्पष्ट छ, ऊ यस्ता अवसर आउने बित्तिकै तिनलाई देख्न र च्याप्प समात्न तयार हुन्छ। उसको लक्ष्य प्राप्तिलाई सघाउने कुनै पनि अवसर उसको हातबाट चिप्लिनै पाउँदैन। जो सपनामात्रै देखिरहन्छ, कुनै तयारी गरिरहेको हुँदैन, उसले कहिल्यै कुनै पनि अवसर समात्न सत्तै्कन। अनि आफ्नो भाग्यलाई सरापेर बस्छ। अरूलाई हेरेर ‘त्यसको कस्तो भाग्य, हेर त! ' भन्दै ईर्ष्याले जलिरहन्छ।'
एकजना व्यापारीले व्यापारकै सफलताका सन्दर्भमा भनेका भए पनि तिनले जो सुकैका निम्ति जीवनको जुनसुकै पाटोमा लागु हुने सरल सत्य बोलेका रहेछन्। नीति निर्माता, वैज्ञानिक, खेलाडी, कलाकार, अभियन्ता, योद्धा, चिकित्सक, साधक, ‘ सबै सबैका उद्देश्य प्राप्तिका लागि ध्येय, पूर्वतयारी र गति नभई नहुने तत्व रहेछन्। अवसर छोप्नलाई मात्रै हैन, चुनौती सामना गर्नका निम्ति पनि चाहिने कुरा यिनै रहेछन्। मानिसका निम्ति, मानिसको समाजका निम्ति र देशकै निम्ति पनि अघि बढ्न नभई नहुने कुरा हुन् यी – अवसर र चुनौती। हामी नेपालीका निम्ति न अवसरको कमी छ, न चुनौतीको नै। सम्भावना नै सम्भावना छन् जताततै। खाँचो भनेको त तिनै तीन तत्वकै छ – ध्येयको स्पष्टता, पूर्वतयारी, र गति।
हामीकहाँ स्वास्थ्य प्रणाली र चिकित्साशिक्षाका बारेमा घनीभूत छलफलको आवश्यकता भइरहेकै बेलामा फ्लुले अचानक ठूलै प्रकोपको रूप लिइदियो। फ्लुका भाइरसमध्येमा निकै बदमास कहलिएको स्वाइन फ्लुले उपत्यकालाई अझै तर्साइरहेकै छ, अझ अर्को तिरबाट पनि पसेर पश्चिमी पहाडमा ताण्डव देखाइरहेको छ। महामारीकै रूप धारण गर्न थालेको विपद हो यो।
नागरिकका सयौं किसिमका असन्तुष्टि झन् झन् चुलिँदै गइरहेका बेला हो यो। यस्तो बेलामा थप कुनै पनि विपद आइलाग्यो भने जनताको मनलाई तरङ्गित पार्ने कुनै पनि उल्लेख्य घटना भयो भने जनआक्रोश राज्यमाथि खनिन्छ। जे कुरामा पनि राज्यले गाली खाने स्थिति हुन्छ। यस्तो बेलामा राज्य र जनताका विभिन्न तप्काका बीचमा जुहारी चल्नु अस्वाभाविक हैन। मिडियाले सरकारी कमजोरीलाई एक पछि अर्को गरी देखाइदिइरहन्छन्। (भएकै कुरा देखाउने हुन् – पहिलेभन्दा 'हाइलाइट' भइदिँदा अतिशयोक्ति जस्तो लाग्छ!) जिम्मेवार सरकारी निकाय भने – ‘हाम्रो मेहनत त मिडियाले देख्दै देख्दैन' भनेर गुनासो गरिरहेका हुन्छन्। (दुःख पनि गरिरहेकै छन्। भ्याइनभ्याई छ पनि। जे पनि ढिलो गरेपछि दुःख त हुने नै भयो!) नागरिकहरूकै बीचमा पनि एकले अर्काको मनपरी आलोचना गर्ने, एउटाको बुई चढेर अर्काको खिल्ली उँडाउने, एकापसमा भनाभन गर्नेजस्ता प्रवृित्त देखिन थाल्छन्। यस्ता विपदका बेलामा समाजमा देखापरेका असल प्रवृित्तलाई, असल मानिसको अथक सुकर्मलाई प्रकाशमा ल्याउनेभन्दा ‘आफ्ना'को प्रतिरक्षा गर्ने र ‘आफूइतर'माथि आक्रामक हुने क्रम चल्न थाल्छ। मैदानमै उत्रेर दुःख गर्नेहरू, खतरा मोल्नेहरू निरन्तर काम गरिरहेकै हुन्छन्। मैदानबाहिर भने जहिले पनि केही मानिस ऐनामा आफ्नो अनुहार नहेरी छेउको साथीलाई भनिरहेका हुन्छन् – ‘देख्यौ, असल मानिसहरू यस्तो बहादुरी गरिरहेका छन्, मैदानमै नजाने तिमी कस्तो पत्रु! यस्तो बेलामा यहाँ गफ गरेर बस्ने हो?' एउटा त्रासद स्वाभाविकता हो यो – बारम्बार यस्तो भइरहन्छ। अहिलेको विपत्ति त एउटा ‘इपिसोड' मात्र हो।
छोटो बाटो छैन दीर्घकालीन समाधानका निम्ति त फेरि पनि चुनौती झेल्ने तयारीकै महत्वको कुरा आउँछ। चुस्त दुरुस्त स्वास्थ्य सेवा व्यवस्थापनमात्रै हैन, स्वास्थ्य प्रणालीमा नै आमूल परिवर्तन चाहिएको छ भन्ने विगतका अनेक आपदविपद र महामारीले देखाइसकेका छन्। उचित तयारीका निम्ति हामीले समय नै पाएनौ भन्न मिल्दैन। विगतका अनुभवबाट नसिक्ने, आपतै नपरी हलचल नगर्ने, आपत टरिसकेपछि पनि खुट्टा हल्लाएरै बस्ने हाम्रो बानी छ। त्यसले गर्दा विपत्तिका बेलामा गर्नुपर्ने काम पनि गर्दै भविष्यका निम्ति तयारी पनि गर्नुपर्ने बाध्यता छ हाम्रो।
स्वाइन फ्लु होस् वा अन्य फ्लुको नियन्त्रण ओखती मूलोले मात्रै हुँदैन भन्ने कुरा दोहोर्या इरहनु पर्ने कुरै हैन। उचित व्यवस्थापन, अन्तर साङ्गठनिक समन्वयआदिको महत्व पनि दोहोर्याइइरहन पर्दैन। तर सिंगै मानव स्वास्थ्यलाई नै विशुद्ध जीवविज्ञानको चस्माले हेरेर पुग्दैन भन्ने यथार्थ आत्मसात् गर्न भने अझै पनि धेरैलाई अप्ठेरै भइरहेको छ। स्वास्थ्य जनताको मौलिक हक हो भन्ने त अन्तरिम संविधानमा स्पष्ट उल्लेख भएकै छ। तर त्यसको अर्थ के हो? यस कुरालाई साँच्चै नै मानेको हो भने चालीस वा सत्तरी थरी औषधी निःशुल्क उपलब्ध गराउने वाचामात्र गरेर पुग्छ कि पुग्दैन? हो, केही पनि नभएको बेलामा राज्यले यति गर्न सक्नु पनि निश्चय नै एक कदम अघि बढ्नु हो। यी पंक्तिहरूको उद्देश्य राज्यलाई धारे हात लगाएर सराप्नेमात्र हैन तर स्वास्थ्यका सामाजिक निर्धारकहरू महत्वपूर्ण छन् भनेर मान्ने हो भने, जनताको स्वास्थ्य अधिकारको अर्थ केही ट्याब्लेट, क्याप्सुल उपलब्ध गराएरमात्रै त पुग्दैन। विद्यमान स्वास्थ्य प्रणालीको ढाँचामा उल्लेख्य परिवर्तन नगरी स्वास्थ्य सेवामा जनताको सहज पहुँच हुनै सत्तै्कन। खरिदविक्रीको वस्तु बनुन्जेल स्वास्थ्य सेवा सबैका लागि प्राप्य र सुलभ हुन सत्तै्कन। अर्थात् ‘सामाजिक न्याय'को कुरा खोक्रो मन्त्रोच्चारणमा मात्र सीमित नरही त्यसबाट बाहिर यथार्थमा आउनु पर्ने हुन्छ। स्वास्थ्यसेवाको उत्तरदायित्व त राज्यकै हो भन्ने हो भने त्यसको कार्यान्वयन भाषणले मात्र हुँदैन। कुनै पनि समाज वा देशका स्वास्थ्य सूचकाङ्क त्यस देशमा समता र सामाजिक न्यायको स्थिति कस्तो छ, धनी र गरीब बीचको खाडल कति फराकिलो छ भन्ने विषयसँग अत्यन्त घनिष्ठरूपमा जोडिएकोछ भन्ने अब कुनै विचारधारा विशेषको आग्रह मात्रै रहेन। पश्चिमा शोधकर्ताको बारम्बारको अध्ययनले झन्डै तीन दशकदेखि जनस्वास्थ्यमा स्थापित भइसकेको तथ्य हो यो। त्यसैले, जनताको स्वास्थ्यका बारेमा साँच्चै चिन्तित हुनुको अर्थ स्वास्थ्य सेवामा समान पहुँचका निम्ति प्रतिबद्ध हुनु पनि हो। स्वास्थ्य सेवा क्रयविक्रयको ‘वस्तु' हुनुहुँदैन भन्ने सत्यलाई आत्मसात् गर्ने हो भने राज्यलाई कसरी यसका निम्ति सक्षम बनाउने, बजार अर्थतन्त्रलाई कसरी कुनरूपमा लिने, गरैसरकारी संस्था र सहकारीहरूको भूमिका के हुने जस्ता ठूलै प्रश्नहरू हाम्रा सामु आउँछन्। परम्परागत राजनीतिक पार्टी बूढा भएका, थाकेका, आआफ्ना पथबाट विचलित भएका स्थितिमा यी प्रश्नमा पस्न सबैलाई पट्यार लागेको हुनसक्छ। तर हाम्रो आफ्नो ‘लोकतान्त्रिक गणतन्त्र'लाई परिभाषित गर्ने काम एकदशक बितिसक्दा पनि सम्पन्न गर्न नसकेको सन्दर्भमा, यी पट्यारलाग्दा प्रश्नबाट ततर्किने सुविधा पनि हामीलाई छैन। आज लोकतन्त्र दिवसको दिन, केहीबेर आफ्नो ‘मोटो म', 'राम्रो म'लाई बिर्सेर ध्यान गरौ, जनताको स्वास्थ्यमाथिको अधिकार लगायत लोकतन्त्रको मर्मलाई परिभाषित गर्ने शक्ति बटुलौँ।