स्वतन्त्रता व्यक्तिको नैसर्गिक अधिकार हो। यसैको अभ्यासले व्यक्तिलाई अरू प्राणीभन्दा भिन्न, उद्यमशील, सिर्जनशील, विवेकशील, प्रतिस्पर्धी र स्वाभिमानी बनाएको हुन्छ। त्यसैले यो वा त्यो कुनै पनि बहानामा वैयक्तिक स्वतन्त्रताको अतिक्रमण आर्थिक विकास र मानव सभ्यतामा पनि तगारो लगाउनु हो। वैयक्तिक स्वतन्त्रताका लागि आर्थिक स्वतन्त्रता अपरिहार्य हुन्छ। के व्यवसाय गर्ने, कसरी व्यवसाय सञ्चालन गर्ने, कति लगानी गर्ने, के उपभोग गर्ने भन्ने व्यक्तिले रोज्ने विषय हुन्। यस्ता विषयमा स्वाधीनतापूर्वक निर्णय गर्न पाएपछि मात्र स्वतन्त्रता (लोकतन्त्र) को अर्थ रहन्छ। त्यसैले वैयक्तिक स्वतन्त्रता र आर्थिक उदारवाद छुट्ट्याउनै नसकिने गरी अन्योन्याश्रित हुन्छन्। अस्ट्रियाली चिन्तन प्रणालीका अनुयायी र उदारवादी अर्थशास्त्री डा. भोलानाथ चालिसे पनि सबै विषयलाई व्यक्तिको स्वतन्त्रतासँग जोडेर हेर्ने गर्थे। उनका अनुसार मानिसको जिउने आधार नै उदारवाद हो र त्यसमा राज्यजस्तो औपचारिक संस्थाले हस्तक्षेप होइन संरक्षण गर्नुपर्छ।अर्थशास्त्रको अस्ट्रियाली चिन्तनधारा (अस्ट्रियाली स्कुल अफ थट) ले आर्थिक विकासको आधार नै वैयक्तिक स्वतन्त्रता हो भन्ने मान्छ। उन्नाइसौँ शताव्दीमा कार्ल बेन्गर, विलियम जेभोन्स, लिओन वालरस र हायक जस्ता अस्ट्रियाली चिन्तनधाराका प्रणेताका अनुसार आर्थिक/औद्योगिक विकासका लागि व्यक्तिको छनौट नै सबैथोक हो, सामूहिक निर्णयले कार्यकुशलता घटाउँछ, बजार प्रक्रिया विनिमय (बजार सङ्ेत) का आधारमा चल्छ, उपयोगिता र लागत वस्तुगत नभई विषयगत हुन्, सम्पत्तिमाथिको वैयक्तिक स्वामित्वले साधन विनियोजनलाई कार्यकुशल बनाउँछ, मानव व्यवहार तथ्य होइन विवेकबाट निर्देशित हुन्छ आदि। उनीहरूका अनुसार उद्यमी नै परिवर्तनका वाहक हुन्, उनीहरूले नै आर्थिक दक्षताको आकार ठूलो बनाउने हैसियत राख्छन्। त्यसैले वैयक्तिक स्वतन्त्रता प्रोत्साहित भएपछि आर्थिक प्रगति स्वचालित हुन्छ। एफ ए हायक विश्वविद्यालयका विशारद डा.भोलानाथ चालिसे अस्ट्रियाली आर्थिक विचारधारा र हायक लिखित दासत्वको बाटोबाट अतिनै प्रभावित थिए। उनले नेपालमा पनि वैयक्तिक आर्थिक स्वतन्त्रतालाई केन्द्रविन्दुमा राखेर अर्थराजनीतिक बहस चलाउन पुगे। निजामती सेवामा हुँदा होस् वा स्वतन्त्र अर्थशास्त्रीका रूपमा उनका सबै प्रयत्न मुलुकमा आर्थिक सामाजिक रूपान्तरणका लागि आर्थिक उदारवाद, वैयक्तिक स्वतन्त्रता र निजीक्षेत्रको भूमिकालाई संस्थागत गर्नमा केन्द्रित रहे।
नेपाली समाज र केही हदमा विकसित मुलुकमा समेत निजी क्षेत्र नाफामुखी भएकोले नाफाबाहेक केही हेर्दैन र मौका पाए नाफाका लागि सर्वसाधारणको रगत चुस्नसमेत पछि पर्दैन भन्ने सोच गहिरो छ। यही आधारमा राज्यवादी सोचको विकास हुन पुगेको हो। राज्यवादका अनुयायीहरू राज्यले सबैथोक गर्नुपर्छ, अर्थतन्त्र चलाउनुपर्छ, विपन्न तथा सीमान्तीकृतको उत्थान राज्यले मात्र गर्न सक्छ भन्ने मान्यतामा रहेकाले आर्थिक उत्थानका सट्टा कर्मचारीतन्त्र हुर्किन गयो समस्याको समाधानभन्दा आर्थिक राज्यवाद आफैँ समस्याको कारक बन्न पुग्यो। यसले राज्यभित्र सबैका लागि अवसर खुला नगरी ‘रुलिङ एलिट' लेमात्र शक्तिको गल्लीमा वर्चस्व कायम गर्न पुग्यो। त्यसलाई नभत्काईकन सर्वसाधारणसम्म शक्ति र अवसर पुग्ने सम्भावना रहँदैन। पञ्चायत व्यवस्था आर्थिक/राजनीतिक रूपमा निर्देशित थियो। त्यसैले परम्परागत शक्ति सम्बन्ध र निर्णय संरचना नभत्काई आर्थिक अवसर विस्तार गर्न सम्भव थिएन। पहिलो जनआन्दोलनपछि नेपाली समाज उदारीकरणको दिशामा अग्रसर हुन थाल्यो। संसद्को निर्वाचनपछि गठित पहिलो सरकारले अर्थतन्त्रलाई खुला र उदार बनाउने काम थाल्यो। यस प्रक्रियामा तर्जुमा गरिएका नीतिका प्रमुख शिल्पीमध्ये एक जनाम यिनै डा.भोलानाथ चालिसे थिए। अस्ट्रियाली चिन्तधाराबाट प्रभावित चालिसे वैयक्तिक स्वतन्त्रता र आर्थिक उदारवादको कट्टर पक्षधर थिए। अर्थतन्त्रमा उद्यमव्यवसाय चलाउने काम सरकारको नभई निजी क्षेत्रको हो भन्ने उनको मान्यतालाई उद्योग नीति, २०४९, औद्योगिक व्यवसाय ऐन, २०४९, विदेशी लगानी तथा एकद्वार नीति २०४९ र कम्पनी ऐन २०५३ जस्ता संरचनामार्फत संस्थागत गराउन उनले महत्वपूर्ण भूमिका खेले। पहिलो सरकारी संरचनाभित्र रहेर औपचारिक जिम्मेवारीमा र दोस्रो आफ्नो आर्थिक मान्यतालाई तार्किक रूपमा बहस तथा छलफलमा प्रवेश गराएर। आठौं योजनाका समयमा जारी गरिएका कतिपय नीतिमा यही आर्थिक उदारवाद र निजी क्षेत्रको संभावनालाई उपयोग गर्ने सन्दर्भ रहेको थिया। वैयक्तिक सिर्जनशीलतालाई सहयोग र प्रोत्साहन गर्न आठौं योजनाले योजनाको परम्परागत दर्शनलाई परिवर्तन गरेको थियो। यस योजनादेखि अर्थतन्त्रमा बहुपात्र प्रणालीलाई स्थापित गरिएको थियो भने योजनाले अवलम्बन गरेका रणनीति उदारवाद निर्देशित थिए। उदाहरणका लागि करको दर घटाउने र दायरा बढाउने, ज्याला, मूल्य, विनिमय, ब्याज आदि बजार प्रक्रियामा समाहित गर्ने, लाइसेन्स राजको खारेजी, न्यूनतम नियमन, निजीकरण आदि। त्यसको फलस्वरूप सरकार र निजीक्षेत्र एकअर्काका प्रतिस्पर्धी रहेनन् बरु सहयोगी र साझेदार बन्न पुगे। निजी क्षेत्र आफ्नो दक्षताको क्षेत्रमा लगानी गर्न तम्सियो र सरकारको रणनीतिक साझेदार बन्यो। परिणामतः अर्थतन्त्र तुलनात्मकरूपमा उत्पादक र प्रतिस्पर्धी पनि बन्न पुग्यो भने उत्पादित सेवा र वस्तुबाट सर्वसाधारण लाभान्वित बने। सरकारलाई प्रमुख क्षेत्रमा केन्द्रित सजिलो भयो। अहिले निजी क्षेत्रको दक्षता देखिएका बैंकिङ, स्वास्थ्य, सूचना प्रविधि क्षेत्रको जग त्यसै समयमा राखिएको थियो। तर त्यस समयमा पनि नेपालजस्तो असमानता व्याप्त रहेको मुलुकमा सरकारले आर्थिक गतिविधिबाट हात झिक्नु हुँदैन, निजीकरण गरिनु हुँदैन, सरकारको भूमिका विस्तारित हुनुपर्छ, निजी क्षेत्रले सर्वसाधारणको भलो गर्दैन भन्नेजस्ता विचार पनि उत्तिकै बलिया थिए। डा.चालिसेको ठहरअनुसार यही विचारका कारण समस्या फराकिलो हुन पुगेको हो। उनी र उनीजस्ता आर्थिक उदारवादका व्याख्याताका कारण नै नब्बेको दशकमा नेपाल यस भेककै उदार र खुला अर्थतन्त्र बन्न पुगेको हो। निजी क्षेत्र र वैयक्तिक उदारवादका कारण नै आठांै पञ्चवर्षीय योजना (२०४९–५४) लाई नेपालको आर्थिक विकासको स्वर्ण अवधि भन्न सकिएको हो। त्यसो त गरिब तथा विपन्न सामाजिक समूहमा राज्यको आर्थिक भूमिका रहनुपर्छ भन्ने मान्यता पनि उनमा थियो। नवौं योजना तर्जुमाका समयमा राष्ट्रिय योजना आयोगको सदस्य सचिवका भूमिकामा पहिलो पटक सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्न उनले निकै ठूलो भूमिका खेलेका थिए।
डा. चालिसे मूलतः निजामती कर्मचारी भए पनि कर्मचारीको दिनहुँको भूमिकाभन्दा पर रहेर उनले आफूलाई वैयक्तिक स्वतन्त्रताका पक्षमा प्रस्तुत गरेका थिए। धेरै जागिरेहरू यसो गर्न चाहँदैनन, सक्तैनन् र सके पनि अग्रसर हुँदैनन्। नेपाल सरकारले धेरैजसो समयमा उनलाई उद्योग, लगानी, व्यापार, योजनाजस्ता क्षेत्रमा उपयोग गर्यो । बहुत कमै कर्मचारीले मात्रै आफ्नो योग्यता, दक्षता र अनुभवका स्थानमा काम गर्ने मौका पाउँछन्। यस क्षेत्रमा काम गर्दा निजी उद्यमीलाई प्रोत्साहनका लागि नीतिगत प्रोत्साहन, कार्यविधि सरलीकरण र कार्यसंस्कृति सुधारमा उनको प्रयास केन्द्रित रह्यो। उनी स्थानीय विकास मन्त्रालयका सचिव भएको बेला उनले राजनीतिकर्मी र कर्मचारी दुवैलाई असहज लाग्ने भए पनि सही कुरा राख्थे। कुनै समारोहमा धेरै जिल्ला विकास सभापति र मेयरहरूले नेपाल सरकारले पठाएका स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतको विरोध गर्दा तत्काल उत्तर दिएका थिए – ‘ती कर्मचारी केन्द्रले तपार्इँहरूलाई दिएको प्राविधिक सहयोग हो, तपाईँहरु सक्षम हुनुहोस, आजैबाट उनीहरूलाई झिकिदिन्छु'। त्यस्तै राजनीतिक दबाबमा काम गर्नुपरेको गुनासो गर्ने स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतलाई भन्थे – ‘यी राजनीतिज्ञ देश बनाउन मात्र होइन, बिगार्ने जिम्मेवारीमा पनि चार वर्षका लागि जनादेश पाएका प्रतिनिधि हुन्, नियम नछाड्नुहोस्, निर्णय गरे कार्यान्वयन गरिदिनुहोस् तर निहित स्वार्थ र प्रतिस्पर्धा नराख्नुहोस्।' योजना आयोगको सदस्य सचिव हुँदा त उनले भनेका थिए – ‘उदारीकरणमा के को योजना आयोग, यो नागरिक र उद्यमीलाई सशक्तीकरणको समय हो।'