लोकतान्त्रिक समाज रूपान्तरणको बहस नौलो होइन । संविधानतः समावेशी राज्य, न्याय सम्पादन प्रणाली, आर्थिक प्रणाली, राजनीतिक अभ्यास, साँस्कृतिक निरन्तरता र धार्मिक आस्थाको सम्मान आदि यसमा पर्छन् । अहिले यो सत्ता, शक्ति र दलीय स्वार्थको खिचातानीले डोरिएको देखियो । यहीबीचमा दलहरूको स्थिति र भूमिका बदलिएको छ ।
विकासका पर्यायवाची नेताविना बाटो, बिजुली, पुल केही बन्दैन । बनिहाले स्थानीय राजनीतिक संयन्त्रले घोर अपराध करार गर्छ, जो दलीय आदर्श टिक्ने÷नटिक्ने र नेतृत्व लम्बिने÷नलम्बिने भन्ने कुराले केलाउ"छ । दल वा नेताले लोकतन्त्र धानेजस्तो ! लोकतन्त्र त जनताको जीवन हो । सहज जीवनमा देखापर्ने समन्वयकारी राज्य हो । जनता सर्वोच्च हुने समाज व्यवस्थाको आर्थिक सम्बन्ध र साँस्कृतिक अभ्यास हो । बिरामी हु"दाको सहज अस्पताल, खानेकुरा, सजिलै पढाइलेखाइ गर्ने अवसर र पहु"च, सम्मानजनक जीवन आदि । तर जनताभन्दा माथि नेता र राज्यभन्दा माथि दल उभिएको छ । व्यक्तिनिहित नेतृत्व खास समूह र वंश, परिवारनिहित राज्य खास दलीय नेताको स्वार्थमा उपयोग भएको छ । जो फेरिएको सामाजिक तथा आर्थिक रूपभित्र भएको पुरानै चरित्रको निरन्तरता हो, लोकतन्त्रअघिको पञ्चायत वा राणा शासनसत्तामा जस्तै ।
मुलुक भनेको जनता हो । जनताको सुखदुःख रूपान्तरणको आधार हो । केलाई रूपान्तरण भन्ने प्रश्नमा यो÷त्यो भन्ने उत्तर आउ"छ । कहा", कसरी भन्ने नखुट्टिए पनि कसैले सडक, बिजुली, खानेपानीको विस्तारलाई रूपान्तरण भन्नसक्छ । कसैले ५० हजार विकास बजेट पनि नेताको भनसुनबिना नपाएको दिक्दारीमा रूपान्तरण भेटाउन नसक्ला । रूपान्तरण आवश्यकताको आकारप्रकारले छुट्टयाउ"छ । मुख्य कुरा सडक, बिजुली आदि विस्तारको बजेट कसरी जनतासम्म पुग्छ ? त्यसको पहु"च सहज र सरल छ÷छैन भन्ने हो । खास दल सरकारमा हुनु÷नहुनुले असर नगर्नु हो । तर अर्थमन्त्री वा राष्ट्रिय योजना आयोगका पदाधिकारीको जिल्लामा पर्ने बजेट प्राथमिकता अद्यापि उस्तै छ, दोषी पञ्चायतमा जस्तै । पदीय÷क्षेत्रीय प्रभावको सर्वोच्च निरन्तरता लोकतान्त्रिक रूपान्तरण होइन ।
हामीले बुझेको रूपान्तरण आर्थिकमात्रै हो । आम्दानी बढ्नु, खर्चने हैसियत बलियो हुनु, व्यापार बढ्नु आदि । यसमाथि अकाट्य बनाइएको दलीय भूमिका वा विकासको राजनीति, नेताबिना परिवर्तन सम्भव छैन भन्ने विचारधारा । विकास योजनामा हस्तक्षेप, बजेट विनियोजनमा दबाब, आफ्नो ठाउ"मा बजेट लैजाने, राजनीतिक संयन्त्रको निर्माण गर्ने आदि । जो रूपान्तरण नभएर आर्थिक स्वार्थको असमावेशी विकास राजनीतिमात्र हो ।
औसत आम्दानीको काल्पनिक भागबण्डाले आर्थिक रूपान्तरण वा समृद्धिको मापन हुनसक्दैन । सहरिया विद्वानले लगाउने भागबण्डा सर्वसाधारणको समृद्धि भयो । पेशाभित्रको आदर्शजस्तोे । सहरका थोरै धनाढ्यको धेरै आम्दानी र गाउ"का धेरै गरिबको थोरै आम्दानीको औसत बा"डफा"टलाई नेपालको समृद्धि भनियो । यस्तो भ्रमलाई कसरी आर्थिक उन्नति वा समृद्धि भन्ने ? जबकि आर्थिक संरचना, अवसर वा उपभोगको चरित्र पञ्चायत वा अन्य निरंकुश शासनसत्तामा जस्तै उस्तै÷त्यस्तै छ । शासनसत्तास"ग जोडिएको आर्थिक पहु"च, नियन्त्रण, उपभोग वा अघोषित एकाधिकार । अर्थतन्त्रको लोकतान्त्रिक रूपान्तरण खोई ?
रूपान्तरण सूचांक सहरमैत्री भए । सहरको जस्तो बाटो, सहरको जस्तो अस्पताल, सहरको जस्तो जीवनशैली आदि । दार्चुलाजस्तै दार्चुला भन्ने भएन । काठमाडौँ निर्भरता उस्तै छ । विकास र समृद्धि खोज्न काठमाडौँ आउनैपर्ने, दार्चुलाले काठमाडौँलाई सुन्नैपर्ने आदि । दार्चुलाको योजना र कार्यान्वयन काठमाडौँमा बन्ने संरचना वा चरित्र खोई फेरिएको ? चुहिएर वा तुहिएर गएको विकास बजेटमा जनसहभागिता थपेर दातृ निकायको निर्देशनमा विकास सिर्जने कुरा रूपान्तरण होइन । यो त रूपमा थपिएको अन्तर र चरित्रमा भएको निरन्तर आर्थिक÷सामाजिक शोषण हो ।
अकाट्य बनाइएका दल वा नेताको प्रभुत्व वा संगठनात्मक स्वरूप फेरिएन । पञ्चायती राजनीतिजस्तो केन्द्र वा विभागीय सदस्यको मनोनयन नेताले गर्ने, गुटगत पकडमा पदीय जिम्मेवारी सुम्पने, शासनसत्तामा पठाउने परम्परा वा स्वार्थ कहा" फेरियो त ? सरकारसम्बद्ध पार्टीका कार्यकर्ताले जसरी सजिलो विकास कसले कहा" पाएको छ त ? यस्तो अभ्यास त पञ्चायती राजनीतिको निरन्तरता भयो ।
एकहजार सर्वसाधारणको उपचार खर्च बोकेर विदेश जाने नेताको केन्द्रीकृत स्वार्थ र सुविधाप्रथाको अन्त्य भएको छैन । उस्तै छ, राणाशासन वा पञ्चायतमा जस्तै । राजामहाराजाले राज्यबाट असुल्ने सुविधा दल वा तिनको प्रभावशाली नेतामा सरेको छ । दलका नेतालाई मुलुकले जिम्मा लिनुपर्ने अभ्यास रूपान्तरण नभएर निरन्तरता हो । राज्य दोहन गर्ने यो परम्परा कहा" फेरियो र ? ठूला अस्पताल, ठूला डाक्टर सबै काठमाडौँमा र अस्पतालको मुख नदेखी मर्ने गरिब रहुञ्जेल स्वास्थ्य सेवा र प्रणालीमा रूपान्तरण भएको भन्न मिल्दैन ।
सबैले लिने शिक्षा सर्वसुलभ र सस्तो भएन । राज्यको दायित्वबाट बाहिरिएको शिक्षा विभाजनले बा"डिएको छ । गरिब र धनीले लिने, सस्तो र महँगो विभेदपूर्ण शिक्षा भयो । हैसियतअनुसार रोज्नुपर्ने शिक्षाले समृद्धि कोर्न सक्दैन भने यो शोषणको रूपमा भएको अन्तर हो रूपान्तरण होइन । जो अहिले निजी र सामुदायिक शिक्षाका रूपमा उभिएको छ ।
नेता फेरिनु, फरक पात्र शासनसत्तामा पुग्नुमात्रै मुलुक रूपान्तरण होइन । तर हामीकहा" त्यसै भनियो, भन्न सिकाइयो । माओवादी हारेर एमाले आउनु, एमाले हारेर कांग्रेस सत्तामा आउनु आदि । सत्तासीन दलका जस्तोसुकै राम्रो कामलाई गलत भन्नैपर्ने, सत्ताबाहिरका दलले विकास निर्माणमा सरकारको साथ नपाउने राजनीतिलाई हामीले ठूलो मान्यौँ । स्थानीय नेताले जिल्ला तहकालाई, जिल्ला तहकाले केन्द्रीय तहका नेतालाई गुहार्ने कुरालाई सामान्य बनाइयो । भनसुनको रूपान्तरण त निगाह हो ।
जनप्रतिनीधि मुलुकका भिन्न ठाउ"बाट काठमाडौँ छिर्नेबित्तिकै राजधानीमा बास हाल्न सुरु गरिहाल्छन् । डेरावाल हु"दै घरवालासम्म बन्ने एउटै ध्येयले लखेटिन्छन् । रूपान्तरण सामाजिक तथा आर्थिक संरचनात्मक चरित्रमा नभएर राजनीतिक स्वार्थमा भएको छ । दरबारबाट दलमा, राजामहाराजाबाट दलीय नेतामा । रूपान्तरणको सामाजिक, साँस्कृतिक वा धार्मिक पक्ष खोजिएन । कसैले दिनेलिने चिजबिजजस्तो भयो । सहरियाले गाउ"लाई, नेताले कार्यकर्तालाई आदि । अन्तरनिर्भरताभन्दा परनिर्भरता जस्तो । समाजलाई दल र नेताले बोकेजस्तो । समाज र रूपान्तरणका विषय दलीय प्रतिष्ठा÷भविष्यको बा"डफा"टजस्तो देखियो ।
राजतन्त्र वा राणाशासनमा जस्तो राज्य कुनै खास उद्योगी वा व्यापारीको ज्यादा, जनताको कमजस्तो भएको छ । लोकतन्त्र भनेको नै निरपेक्ष नीति र समावेशी कार्यान्वयन हो । जोकोही लगानीकर्ता वा उद्यमी बन्नसक्ने अवस्था ! स्वास्थ्य, शिक्षा, लगानीका क्षेत्रमा भएको राज्य विभेदको विरोध सडकमा छ । राज्यले यसको सुनुवाई गर्दैन भने त्यो रूपान्तरण होइन । जस्तोसुकै उद्यमी वा लगानीलाई प्राप्त हुने राज्यको समर्थनलाई ठीक कसरी भन्ने ? राज्यको दायित्व लगानी, उत्पादन, वितरण र उपभोगको न्यायिक वातावारण बनाइदिने हो । जो भएन, देखिएन ।
सार्वभौमसत्ता सम्पन्न जनता, संस्कृति, भाषा, धर्म वा अर्थतन्त्र, राजनीति–समाजका कुरा गर्दा यो त ठूलाबडाले दिने र साना रजौटा वा रैतिले लिनेजस्तो भयो । केन्द्रले दिने र प्रान्त वा प्रदेश वा इकाईले लिनेजस्तो । स्वशासनमा लिनेदिने कुरा कहा" हुन्छ ? यो संस्थागत सहमति र समझदारीको विषय एवं आपसी अन्तरसमानता तथा सम्मानको कुरा हो । आर्थिक उपभोग स्वतन्त्रता र अभ्यासको निरन्तरता हो । हामीले भने÷खोजेको रूपान्तरणको व्याख्या वा उपभोग गर्न जहा"तही" राजनीतिक दृष्टिमात्र खर्चियौँ । त्योभन्दा थोरै कम आर्थिक दृष्टि । अन्य यथार्थ उपेक्षित भए । संस्कृति, धर्म, जातजाति, समुदाय जोडिएनन्, जोडिएका पनि अतिवादी देखिए ।
आर्थिक विकास र सामाजिक समृद्धि भन्ने अनि यसका सारा सम्भावना, उपाय वा कार्यान्वयनलाई नेता र तिनको राजनीतिक अभीष्टले छेक्ने ! नेतृत्वमा देवत्व निर्माण गर्ने । यो जत्तिको अलोकतान्त्रिक र अनुदार अभ्यास अरु के हुनसक्छ ? विकास माग्न, बजेट पाउन मन्त्रालय÷राष्ट्रिय योजना आयोगको ढोका रुङ्नैपर्नेे, त्यसका लागि केन्द्रीय नेताको सिफारिसमा स्थानीय नेताको पछि लाग्नैपर्ने जनसाधारण जनता नभएर रैति हुन् ।
संघीयताको कुरा गर्ने, त्यसको छलफल दलीय नेताको निवासमा हुने ! संविधान सभाको वैठक शक्तिशाली नेताकोे आदेश वा असन्तुष्टिले चल्ने÷रोकिने । उही शाही बैठकमा राजामहाराजालाई पर्खिबसेजस्तो । यस्तो राजनीतिले मुलुक रूपान्तरण कसरी हुन्छ ? निर्णय अधिकार ठूला दल र नेतामा अडिएको प्रणालीको रूपान्तरण भयो÷भएन भनेर कहा" खोज्ने ? यसमा हुनुपर्ने लोकतन्त्र खोई ? वस्तुगत लोकतन्त्र नै मुलुक रूपान्तरणको अकाट्य सर्त र सुविधा भएकाले बाचाल लोकतन्त्रको काम छैन ।
सपना पूरा गर्न र अप्ठ्यारो फुकाउन युवा जति सबै विदेशिएका छन् । विवाह गर्न वा परिवारको ओखतिमूलो गर्न वा नया" घर बनाउने खर्च जुटाउने सबैको समाधान विदेश बनेको छ । खानेपिउने, खर्च गर्ने रेमिट्यान्सलाई राष्ट्रिय आय मान्ने यो कस्तो खालको रूपान्तरण हो ? भएभरका उत्पादन शक्ति रेमिट्यान्सको पेलाइमा परेपछि हाम्रो उद्योग र समग्र अर्थतन्त्रको रूपान्तरण कसरी हुन्छ ? अहिले भएको भनिएको आर्थिक रूपान्तरण त सबै नक्कली हो । आज छ, भोलि छैन ।