फुटबलमा एन्फाको 'खेल'
०७ वैशाख २०७२
•
१५ मिनेट पाठ
फुटबलमा एन्फाको 'खेल'
दशरथ रंगशालाको ढोकैमा चिया पसलहरूको चोक छ । पत्रकारहरूबाट 'खेलाडी चोक'को नाम पाएको चोकका चिया पसलहरूले अधिकांश खेलाडीलाई बिहानको अभ्यासपछि खुराक ख्वाउने गर्छन् । नेपाली खेलकुदको अध्ययनका लागि उत्सुक खेलाडी र खेलकर्मीको जमघट रहने खेलाडी चोक विश्वविद्यालय भन्दा कम नहुनसक्छ । खेलकुदमै जीवन समर्पित गरेकाहरूको आशा, आक्रोश, पीडा, खुसी, उत्साह, निराशा सबै त्यहीँ पोखिने भएकाले यो क्षेत्र बुझ्न खेलाडी चोक उपयुक्त थलो बनेको छ। 




केही दिनअघि खेलाडी चोकको एउटा चिया पसलमा कराते र तेक्वान्दोका केही खेलाडी फुटबल र क्रिकेटबीच तुलना गरिरहेको भेटिए । 'दुवै खेलको प्रशासन अख्तियार र अदालत धाइरहेका छन् । अपारदर्शिता, कुशासन र राजनीतिक द्वन्द्वको भुमरीमा दुवै खेल जाकिएका छन् । तर क्रिकेटले लगातार अन्तर्राष्ट्रिय सफलता हात पारिरहेको छ । फुटबल क्रिकेटको दाँजोमा भौतिक पूर्वाधार, घरेलु संरचना र व्यावसायिकरूपमा धेरै माथि भएर पनि सधैँ असफल छ,' फुटबलमा विश्वकप छनोटअन्तर्गत भारतबिरुद्धको खेलमा पराजित भएपछि क्रिकेटले भने विश्व क्रिकेट लिगमा स्थान बनाएको प्रसंगमा मार्सल आर्ट्सका खेलाडीहरू चासो जाहेर गरिरहेका थिए ।

मैदानबाहिर फुटबलको लोकप्रियता र सुविधासँग नेपालमा क्रिकेटलाई दाँज्ने अवस्था आइसकेको छैन । पछिल्लो समयको सफलताले क्रिकेटको लोकप्रियता बढ्दो अवस्थामा भए पनि देशव्यापीरूपमा हेर्दा फुटबल त्योभन्दा धेरै माथि छ । फुटबलका लागि भौतिक पूर्वाधार सबैजसो जिल्लामा छ । अखिल नेपाल फुटबल संघ विभिन्न कार्यक्रमका लागि पूरै वर्षभरि 'अस्तव्यस्त' छ । ए डिभिजन स्तरका खेलाडीले वर्षैभरि मासिक तलब पाउँछन् । संघले आफै सुविधा सम्पन्न एकेडेमी चलाउन थालेको १७ वर्ष भइसक्यो । क्रिकेटमा अवस्था त्यस्तो छैन । भौतिक पूर्वाधारको नाममा कीर्तिपुरको एउटा मैदानमात्र हो । घरेलु संरचनामा झारो टार्ने केही प्रतियोगिताबाहेक संघ वर्षभरि सुतिरहन्छ । राष्ट्रिय टोलीमा रहेका १८ खेलाडीले नाममात्रको पारिश्रमिक पाउन थालेको पनि धेरै भएको छैन । सुविधाहीन एकेडेमी एनसीएको नाममा एक वर्षदेखि सक्रिय छ, तर त्यसको कुनै प्रभाव छैन ।

खेलाडी चोकमा यस्तै छलफल चलिरहेको थियो । फेरि उही कुरो दोहोरियो, 'तैपनि मैदानमा चाहिँ किन फुटबल र क्रिकेट टोलीको प्रदर्शन उल्टो हुन्छ ?' कुरा जायज थियो । क्रिकेटभन्दा फुटबल टोली बढी जिम्मेवारीका साथ मैदान उत्रिनुपथ्र्यो । घरेलु खेलका लागि समेत सयौँ रुपैयाँ तिरेर रंगशाला आउने हजारौँ दर्शकको सम्मानका लागि पनि मैदानमा क्रिकेटरभन्दा फुटबलर बढी डटेर खेल्नुपर्छ । तर त्यसो भइरहेको छैन । केही नपाउने क्रिकेटरले मैदानमा देशका लागि खेल्दा शतप्रतिशत मेहनत गरिरहेका छन् भने फुटबलरमा धेरै समस्या देखिन्छ । फुटबल खेलाडीमा देखिने सबैभन्दा ठूलो समस्या 'अनुशासन र प्रतिबद्धता' हो, खेलप्रतिको 'समर्पणभाव' हो । राष्ट्रिय टोलीमा संघले नै चलाएको एन्फा एकेडेमीका खेलाडीको संख्या अधिक भए पनि अनुशासन, प्रतिबद्धता र समर्पणजस्ता आधारभूत कुरामै फुटबल खेलाडी चुकिरहेका छन् । किन त ? जवाफ सजिलो छ, एन्फाले एकेडेमीमा खेलाडीलाई फुटबलको आधारभूत पक्ष नै सिकाउन सकेन । यो खेलको बहुआयामिक पक्षमा एन्फा मौन रह्यो । सिकायो त केवल, बल खेलाउनमात्र ।

एकेडेमीको नयाँ सत्रका लागि किशोर खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा छ । एन्फाका सदस्य भएका सबै ४५ जिल्लामा प्रारम्भिक चरणको छनोट भयो । संघ नभएका जिल्लाका खेलाडीले पनि छिमेकी जिल्लामा प्रतिभा परीक्षा दिए । १४ वर्षमुनि र १६ वर्षमुनिका लागि देशभर ७ हजारको हाराहारीमा खेलाडी छनोटमा सहभागी भएको तथ्यांक एन्फासँग छ । जिल्ला छनोटबाट सफल भएका ५ सय ५० खेलाडीले उपत्यका र पाँच विकास क्षेत्रमा दोस्रो चरणको परीक्षा दिए । त्यहाँबाट ३ सय खेलाडीले केन्द्रीय छनोटको टिकट काटे । केन्द्रीय छनोटबाट एकेडेमीका लागि करिब तीन दर्जन खेलाडी चयन गरिएको छ । तिनलाई एक हप्ता एकेडेमीमै राखेर थप परीक्षण गर्ने एन्फाको योजना छ । दुई उमेर समूहका लागि कूल ६० खेलाडीको कोटा एन्फासँग छ ।

एन्फाले यसैगरी देशभरिबाट उत्कृष्ट प्रतिभावान युवा खेलाडी छानेर एकेडेमी सञ्चालन गर्न थालेको १७ वर्ष भइसक्यो । २०५४ सालमा एन्फाले अत्यन्तै महŒवाकांक्षी योजनाका रूपमा सुरु गरेको एकेडेमीबाट ११ ब्याच खेलाडी उत्पादन भइसके । सानै उमेरदेखि एकेडेमीमै बसेर फुटबलसँगै शिक्षा अघि बढाउने खेलाडीबाट जिम्मेवार र परिपक्व प्रदर्शन अपेक्षा गर्नु अस्वाभाविक होइन । आफ्नै बलबुतामा 'बेसिक' फुटबलको समेत ज्ञानबिना खेलाडी बनेकाभन्दा एकेडेमीबाट निखारिएका खेलाडीबाट अन्तर्राष्ट्रिय स्तरमा सफलता पाउन सकिने उद्देश्य राखेर एकेडेमीको सुरुवात गरिएको थियो । तर त्यसअनुसार एकेडेमी परिणाममा खरो उत्रन सकेको छैन । देशभरका उत्कृष्ट बालकलाई एकेडेमीमा राखे पनि वर्षौंपछि एन्फाले तिनमा बहुआयामिक ज्ञान भर्न नसक्दा ती अनुशासन, प्रतिबद्धता र समर्पणमा चुक्दै आएका छन् ।

एन्फा एकेडेमी कमजोर व्यवस्थापन, अपर्याप्त खुराक, प्रशिक्षक र प्रशिक्षणलगायत विभिन्न पक्षमा आलोचित छ । बढ्दो उमेरका खेलाडीलाई पर्याप्त खुराक नदिइने आरोपसँगै उनीहरूको शिक्षामा एन्फाले बेवास्ता गरेको भनी आलोचना हुन्छ । एकेडेमी भनेको फुटबल विकासको जग हो । सबैभन्दा राम्रो प्रशिक्षक त्यहीँ चाहिन्छ, जसले खेलाडीलाई बेसिक लेभलदेखि नै फुटबल सिकाउन सकोस् । तर अधिकांश अवस्थामा एकेडेमी एन्फाको टालटुले राजनीति मिलाउन फुटबलकर्मीलाई जागिर दिने थलोको रूपमा सीमित रहने गरेको छ । एकेडेमीबाटै खेलाडीलाई उसले मैदानभित्र र बाहिर गर्ने सबै व्यवहार पनि सिकाउनु पर्छ । तर एन्फा एकेडेमीले खेलाडीको बहुआयामिक विकास हुने सम्भावना तिखार्नुको साटो त्यसलाई खुम्च्याउने काम गरिरहेको छ ।

एकेडेमीको औचित्य छैन भन्न खोजेको होइन । विभिन्न कमजोरी हुँदाहुँदै पनि नेपाली फुटबलमा यसका केही सकारात्मक पाटो पनि छन् । एकेडेमीका लागि खेलाडी छनोटमा निष्पक्ष हुनु यसको सकारात्मक पाटो हो । साथै, प्रशासनको कमजोरीका कारण देशभर फुटबलको वातावरण कमजोर भएर खेलाडी आफै राष्ट्रिय टोलीसम्म आउने ढोका साँघुरिँदा पनि एकेडेमीका खेलाडीले कम्तीमा फुटबल धानिरहेका छन् । एकेडेमीका उत्पादनका कारण गाउँबाट आफै निखारिँदै खेलाडी राष्ट्रिय टोलीसम्म पुग्न नसक्ने अवस्था सिर्जना भएको आरोप पनि छ । तथापि, एकेडेमीका खेलाडीको आगमनदेखि फुटबलका 'स्किल' मैदानमा देखिन थालेको साँचो हो ।

खेलाडी अनुशासित र प्रतिबद्ध नहुनुमा अर्को कारण प्रतिद्वन्द्विता नहुनु पनि हो । एकेडेमीका उत्पादन राष्ट्रिय टोलीका निर्विवाद हकदारजस्तो देखिन्छन् । उमेर समूहका दुई खेलमा बल नचाएको भरमा वा एक गोल गरेकै भरमा एकेडेमीका खेलाडीको राष्ट्रिय टोलीमा स्थान पक्का हुने गरेको छ । एकेडेमीबाहिरकै खेलाडी भए पनि एक खेलमा राम्रो गरेको भरमा वर्षौंसम्म उसको स्थान पक्का हुने परिपाटीले खेलाडीलाई गैरजिम्मेवार बनाउँछ । भारतसँग पराजित भएको वर्तमान राष्ट्रिय टोलीमै १६ वर्षमुनिका ४ र १७ वर्षका एक खेलाडी छन् । एन्फाले अनावश्यकरूपमा उमेर समूहबाट निखारिनै बाँकी रहेका खेलाडीमा 'स्टारडम' लादेर उनीहरूमा भएको प्रचुर सम्भावनामाथि बिर्को लगाउने काम गरिरहेको छ । १६ वर्षकै उमेरमा कठिन अन्तर्राष्ट्रिय खेलको बोझ र लादिएको स्टारडमले राष्ट्रका लागि खेल्नुपर्ने २४÷२५ को उमेरमा खेलाडी या चोटले काम नलाग्ने भइसक्छ अथवा संन्यासको अवस्थामा पुग्छ । किनकि, उसलाई स्थानान्तरण गर्न त्यो बेला पनि १६ वर्षमुनिको अर्को खेलाडी तयार भइसकेको हुन्छ । जसले गर्दा खेलाडी परिपक्व हुन पाउँदैन । २०५४ सालमा एन्फा एकेडेमी सुरु हुँदाको पहिलो ब्याच यसको राम्रो उदाहरण हुनसक्छ । ०५४ मा १२ वर्षमुनिका ४० खेलाडी राखेर एन्फाले एकेडेमी सुरु गरेको थियो । २०६० मा ती खेलाडीलाई क्लब फुटबलका लागि स्वतन्त्र गरियो । लगत्तै राष्ट्रिय टोलीमा सामूहिक प्रवेश गराइयो । १९ वर्षको कलिलो शरीरले अन्तर्राष्ट्रिय फुटबलको बोझ थेग्न सकेन वा अरु युवामा लादिएको स्टारडमले पहिलो पुस्तालाई समयभन्दा पहिल्यै स्थानान्तरण ग¥यो । नतिजा, अहिले २९ वर्षको उमेरमा पहिलो ब्याचका ४० मध्ये कोही पनि राष्ट्रिय टोलीमा छैनन् । जबकि अन्तर्राष्ट्रिय फुटबलमा खेलाडी उच्च फर्ममा हुने भनेकै यही उमेरमा हो ।

फुटबलले नतिजा ल्याउन नसक्नुमा समस्या त्यही खेलभित्र खोज्नुपर्छ । मैदानमा भिड्नुपर्ने भएकाले पहिलो दोष खेलाडीकै हो । तर खेलाडीलाई जिम्मेवार, प्रतिबद्ध, अनुशासित बनाउन नसक्नुको दोष एक्लो एन्फाकै हो । समस्या एन्फाको कमजोर 'स्कुलिङ' को हो । अहिले एकेडेमीका लागि खेलाडी छनोट गरिरहँदा आगामी दिनमा सही शिक्षाका लागि पनि गम्भीर हुने प्रण एन्फाले नै गर्नुपर्छ । खेलाडीलाई कार, मोटरसाइकल, नगद, अपार्टमेन्ट बाँड्नेजस्ता लोकप्रिय काम गरेको भरमा सधँै फुटबलको विरासत धानिन्न ।

एकेडेमीका लागि खेलाडी छनोट गरिरहँदा एन्फाले ध्यान दिनुपर्ने अर्को पक्ष छनोटमा सफल नहुने खेलाडी पनि हुन् । एन्फाले ७ हजार उत्सुक र प्रतिभावानमध्ये सर्वोत्कृष्ट ६० जनालाई एकेडेमीमा राख्छ । जहाँ हाराहारीमै टक्कर दिने हजारौँ प्रतिभा छुटेका हुनसक्छन् । एन्फाको वर्तमान प्रक्रियाले अब तिनलाई असफल दर्जा दिन्छ र फुटबलको दृष्यबाट पलायन गराउँछ । एन्फा साँच्चै देशको फुटबल विकासका लागि प्रतिबद्ध हो भने केन्द्रीय छनोटमा नपरेका प्रतिभालाई सम्बन्धित जिल्लामै नियमित प्रशिक्षणको व्यवस्था मिलाउनुपर्छ । जसले उनीहरूलाई फुटबलको दृष्यमै राखिरहन्छ र अपेक्षित सुधार भएमा केन्द्रीय एकेडेमीसम्म पनि ल्याउन सकिन्छ । फुटबलमा नतिजा खोज्ने हो भने, सबैभन्दा पहिला एन्फाबाटै सुरु हुनुपर्छ, अन्यलाई दोष दिएर पन्छन खोज्नु गैरजिम्मेवार हुनु हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस