पञ्चायती व्यवस्थामा जन्म लिइयो। त्यसपछि स्कुल पढ्दासम्म त्यही व्यवस्थामा हुर्किइयो। अनि कलेज बहुदलीय व्यवस्थाको छत्रछायामा पढ्ने मौका पाइयो।साँच्चै नै भन्नुपर्दा हाम्रो पुस्ताले जस्तो देशमा भएका परिवर्तनहरूको साक्षात्कार सायदै अरू पुस्ताले गर्ने अवसर पाउलान्। प्रजातन्त्रप्रतिको आस्थाले आफू पनि ती परिवतर्नहरूमा सहभागी हुँदै गइयो।
बितेका २४ वर्षदेखि पेसाले गर्दा एक किसिमले साक्षी पनि बसेजस्तो भएको छ, देशमा भएका परिवर्तनहरूको। पञ्चायती व्यवस्थादेखि बहुदलीय प्रजातन्त्र, लोकतन्त्र अनि राजतन्त्र देखि गणतन्त्र सबै देख्न र भोग्न पाइयो। प्रजातन्त्र वा लोकतन्त्र जे भने पनि चुरो कुरो एउटै हो स्वतन्त्रता। र, मैले बुझेसम्म स्वतन्त्रता भनेको उत्तरदायी हुनु पनि हो। तर हाम्रो देशमा स्वतन्त्रताको नाममा मनपरीतन्त्र मौलाउँदो छ। अनि यो मनपरीतन्त्र नेताबाट कार्यकर्ता हुँदै साधारण मान्छेसम्म झाँगिदै छ। माथिका उदाहरण बन्नुपर्नेले नै मनपरी गर्न थालेपछि अरूले देखासिकी गर्ने नै भए। व्यवस्थाका विषयमा भन्नुपर्दा प्रजातान्त्रिक व्यवस्था सबैका लागि निर्विकल्प नभए पनि आजका दिनसम्मका पक्कै पनि उत्कृष्ट हो। व्यवस्था राम्रो हुँदाहुँदै पनि देशको हालत किन यस्तो? पक्कै पनि दोष व्यवस्थाको होइन नेताहरूकै हो यसमा सायदै कसैको दुईमत होला। अब त नेता भन्नुभन्दा ठेकेदार भन्नु उपयुक्त हुन्छ होला किनकि कमिसन र नाफा–घाटा हेर्ने भनेका ठेकेदार नै हुन् र एकाधलाई छोडेर हाम्रा धेरै नेता यही धन्दामा लिप्त छन् भन्दा फरक नपर्ला। बिचरा ती एकाध नेताहरूलाई सुनिदिने कसले?
यहाँ कुरा गर्न खोजेको अहिले जाजरकोट र आसपासका जिल्लामा फैलिएको महामारीको हो। महामारी फैलिएको यतिका दिन भइसक्यो सरकारचाहिँ एउटा ठेकेदारको मृत्युमा देश बन्द गरेर बस्छ। त्यही जनताको पैसामा सम्बन्धित सरकारी कर्मचारीहरू काजमा दुनियाँ घुमेर बस्छन् हेर्ने कसले। रगत संकलन नै नगरी मनलागी रिपोर्ट सार्वजनिक गर्ने कर्मचारीसँग डराएर बस्नेमात्र होइन त्यस्ता बदमासलाई सरकारले ढिलो–चाँडो पुरस्कृत गरेको समाचार सुन्न पाइयो भने अनौठो नमाने हुन्छ। सरकार अटेर गर्ने डाक्टरहरुलाई कार्वाही गर्नुको सट्टा गाउँ जान मानेन् भन्दै आफ्नो लाचारीपना फूर्तिकासाथ सुनाउँछ। नेता आफैंलाई दोस्रोबाट तेस्रोपटक हाच्छिउँ आयो भने एअर एम्बुलेन्स मगाएर विदेशका महँगा हस्पिटल पुगिहाल्छन्। जनताबाट उठाएको करोडौं खर्च गरेर विदेश उपचारका लागि धाउँछन्। अनि बिचरा जनताचाहिँ समयमा उपचार र दबाई नपाएर भकाभकी मर्छन्। चुनावका बेला हेलिकप्टरमा गाउँगाउँ चहार्ने मन्त्री र नेताहरु यस्तो महामारीका बेलामा चाँही कानमा तेल हालेर बसेका छन्। महामारीको उपचारमा टेण्डर आह्वान गर्न नमिल्ने भएकोले होला स्वास्थ्य मन्त्री पनि मस्तराम निदाएर बसेका छन्। जाबो एउटा हेल्किप्टरमा दुई–चार डाक्टर र दबाई पठाउँदा आफ्नै बाउको सम्पति सकिनेजस्तै गर्छन् ठेकेदारहरु। अघिपछि त यसै पनि दुखजिलो गरेर जनता बसेकै छन्, बाँचेकै छन् तर यस्तो महामारी आइलागेको बेला आँखा चिम्लेर बस्ने सरकार र व्यवस्थाका ठेकेदारलाई कुन शब्दले गाली गर्ने? यता जनता भुस्याहा कुकुर मरेझैं मर्दैछन् उता प्रधानमन्त्रीचाँहि आफ्नो उपचारका लागि बैंकक उड्दैछन् प्रजातन्त्रमा यो भन्दा लाजमर्नु अरु के नै होला र! यस्ता कुराले त आफैंलाई पनि धेरथोर लाजशरम लाग्नुपर्ने हो नि! अलिअलि लाजशरम बाँकी छ र जनताका लागि केही गर्छु भन्ने मनको कुनाकानीमा छ भने जाजरकोट र आसपासको महामारी नियन्त्रण गर्न कन्जुस्याइँ नगर। राम्रो, महँगो र सफा लुगाले मात्र लाज ढाक्दैन।
सबैभन्दा बुद्धिजीवी भनेर गनिनेमात्र होइन कतिले त ज्यान बचाउने भगवान् नै हो भन्छन् डाक्टरहरूलाई। गाउँमा यत्रो महामारीले मान्छे मर्दा सहरै बसेर पैसा कमाइरहने डाक्टरहरूले कहिलेकाहीँ त यसो निःशुल्क सेवा गरे पनि हुन्छ नि। आखिर डाक्टरको पेसा भनेको धेरथोर सेवा गर्ने पेसा पनि हो। अरू केही नभए पनि सेवा नै सम्झेर डाक्टर साब एक–दुई दिनको पैसाको लोभ छाडेर जाजरकोटतिर गए राम्रै हुने थियो कि। सेवा गर्दा पाइने आनन्द र सन्तोष सहरको पैसाले पक्कै पनि दिन सक्दैन।
तिनै अकालमा भकाभक मरिरहेका जनताको बलमा ल्याएका परिवर्तनलाई संस्थागत गर्न पनि नसक्ने। संविधान बनाउने त कहिले हो कहिले? अहिलेलाई जनता अकालमा मर्न नदिए ठूलै कुरा हुने थियो। मैले बुझे सम्म प्रजातन्त्र, लोकतन्त्रले समुन्नत समाजको परिकल्पना गरेको हुन्छ। तर यहाँ त नेता र पार्टि चाँही दिन दुना रात चौगुना समुन्नत हुँदैछन्। नेताहरूको यस्तैयस्तै व्यवहार र नालायकीपनले गर्दा नचाँहदा नचाहँदै पनि कहिलेकाहीँ पञ्चायती व्यवस्था र प्रजातान्त्रिक व्यवस्थाका ठेकेदारहरूको तुलना गर्नुपर्ने हुँदो रहेछ। अप्ठ्यारो नमानी भन्ने हो भने पञ्चायतका धेरै ठेकेदारहरूमा अहिलेका ठेकेदारको भन्दा अलिकति भए पनि बढी नैतिकता थियो। देश र जनताप्रति केही न केही उत्तरदायी थिए। समस्या थियो त निरकंुश व्यवस्थामा। तर, अहिले व्यवस्था उत्कृष्ट, नेताचाहिँ निकृष्ट!