कुनैबेला जलेश्वर–जनकपुर सडकको रणनीतिक महत्व हुने गर्दथ्यो। जलेश्वरमा बडाहाकिमदेखि लिएर अञ्चलाधीशसम्म बस्ने गर्दथे। जनकपुरसमम तिनको आवतजावत भई नै रहन्थ्यो। परिकौली ब्यारेकका सिपाहीहरूको गोलीगठ्ठा, रसदपानी एवं सैन्यदल सञ्चालनका लागि पनि यस सडकको प्रयोग हुने गर्थ्यो। पहिले जनकपुरका अनाज प्रशोधक एवं त्यसपछि चुरोट कारखानाका लागि समेत भारतीय आपूर्ति तथा बजार सञ्जालसँ जोड्ने माध्यम यही सडक थियो। त्यसैले सन् १९९४–९५ सम्म सडकको अवस्था दुरुस्त थियो। त्यसपछिको अर्थराजनीतिक गतिविधिले बाटोलाई ध्वस्त बनाइसकेको छ।बजार आधारित अर्थराजनीतिमा सार्वजनिक पूर्वाधार एवं सेवाको उपयोगिता पनि नाफा क्षेत्रले नै निर्दिष्ट गर्ने गर्छ। र, नाफा क्षेत्रको प्रााथमिकता उत्तर सरेको छ। त्यसैले जनकपुरबाट उत्तर लाग्ने बाटो सप्रिएको छ। दक्षिण झर्ने सडकको अवस्था लगभग दुई दशकदेखि निरन्तर खस्किँदै गएको छ। भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी मोटरमा जनकपुर छिर्ने हल्ला चलेपछि बाटोको अवस्था सुधि्रने आश पलाएको थियो। भ्रमण अनिश्चित भएपछि त्यो सम्भावना त्यसै तुहियो। आफ्नो सरकारबाट यस क्षेत्रका जनताले कहिल्यै कुनै प्रकारको आशा नै राखेनन्। मधेसमा राज्यको उपस्थिति मूलत : शोषक र शासकका रूपमा मात्रै हुने भएकाले सेवा र सुविधाको अपेक्षा राख्नुको अर्थ पनि छैन।
राजधानीको गैरसरकारी संस्थाद्वारा आयोजित एउटा सार्वजनिक सुनुवाइमा सहभागिता जनाउन महोत्तरीका सभासद् किरण यादव पनि जनकपुरबाट जलेश्वर जाँदै थिए। वातानुकूलित मोटरमा सडकको सतहले उतिसारो असर गर्दैन। सहोर्वा गाउँनजिकको एउटा पोखरीमा भैँसी र मानिस सँगसँगै नुहाइरहेको देखेर उनको टिप्पणी थियो, ‘यहाँ यस्तै हो। हामीले पनि यस्तै गरेका हौँ।' मानव र उसको घरेलु जनावरबीचको त्यस्तो घनिष्ट सम्बन्ध झण्डै १० हजार वर्षदेखि उस्तै छ– जाडोमा सँगै सुत्ने र गर्मी छल्न उही पानीमा छपछप गर्ने।
विद्यार्थी राजनीति हुँदै कुटनीतिक अभ्यासतिर लागेका पूर्वराजदूत सुरेशचन्द्र चालिसे मधेसको जीवनशैलीको अर्को एउटा पक्षको निरन्तरता औँल्याएर अवसाद जनाउँछन्। मिथिलाको माटोसँग लगाव, मैथिली प्रेम एवं मिथिलाबासीहरूको सान्निध्यले गर्दा चालिसे पहाडीमूलका बाहुन भए पनि उनको जीवनदृष्टि एमाले वा राप्रपाका समान्य मधेसी नेता–कार्यकर्ताभन्दा बढी नै मैथिल छ। उनको मैथिली भाषाको लालित्यलाई नेपालीमा उल्था गर्न सहज छैन। मुखभन्दा पनि मुटुबाट मैथिली बोल्छन् उनी।
विदेशबाट हवाइजहाजमा काठमाडौँ एवं पुनः अर्को उडानबाट विराटनगर पुगेपछि तत्कालीन राजदूत चालिसे मोटरबाट राजविराजतिर हुइाकिँदै थिए। उनले मोटरको झ्यालबाट बाहिर हेरे। कुहिरो हटेको छैन। घाम भने लागिसकेको छ। खेतमा तोरी फुलिसकेको भए पनि हरियाली बाँकी नै छ। यस्तैमा एउटी भर्खरकी बालिका आफ्नो भैँसीको पिठ्यूँमा बसेको देखापर्छिन्। कम्मरभन्दा माथि उनको जिउ नांगै छ। एकछिनलाई साक्षी–दर्शक मोटरभित्र दंग पछैन्। मेरो बाल्यकाल मेरो माटोमा अझ बाँकी छ। अनि उनी झसंग हुन्छन्। उनी त मोटरभित्र छन्। खेतको आलीमा बाख्रा धपाउँदै हिँडेको बालक त अर्कै छ। अनि ग्लानीले उनी मुख छोप्छन्। औसत व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताका साथ राजनीतिलाई अर्पण गरेको जीवन त खेर गएको रहेछ!
जनमत पुस्ताका प्रतिनिधि पात्र सभासद् किरण यादवको असहायपना (यहाँ यस्तै हो) एवं महेन्द्रमाला पुस्ताका विद्रोही व्यक्ति चालिसेको अवसादका बीच समानता भने छटपटीको हो। व्यक्तिगतरूपमा दुवै ‘सफल' पात्र कहलिन योग्य छन्। राजनीतिक चेतना भएको व्यक्तिमा भने भौतिक उपलब्धिले मात्र सन्तुष्टि नदिने रहेछ। राजनीतिमा आस्थाको महŒव हुन्छ। त्यो नै हल्लिएपछि निरर्थकताबोधले छोप्नु अस्वाभाविक होइन।
राजनीतिक बहिखाता
न्ाफा–नोक्सानको हिसाबकिताबेगर व्यापार चल्दैन। गृहस्थ जीवनमा लागेको व्यक्तिले परमार्थका लागि दान गर्ने गर्छन्। नाफा क्षेत्रको परोपकारभित्र पनि प्रचार, छवि वा कीर्तिजस्ता लाभको लोभ अन्तर्निहित हुन्छ। त्यस्ता सबै अमूर्त पुँजीले पनि बजारमूल्यलाई सघाउँछ। नाफा गर्नु ‘नाफा क्षेत्र'को एकमात्र उद्देश्य हो। बाँकी कुरा अतिरिक्त प्रभाव हुन्। निर्वाहका लागि गरिने उत्पादन गतिविधिजस्तै नाफा केन्द्रित व्यवसाय पनि समाज सञ्चालनको अभिन्न अंग हो। नाफाखोरी अनैतिक मानिए पनि ‘मुनाफा' भन्ने धारणलाई नैतिक एवं कानुनी मान्यता प्राप्त छ।
लागत र लाभको अनुपात निश्चित गरेर गरिने गैसस–कर्म पनि अरु उद्योग वा व्यवसायजस्तै उद्यम हो। गैससकर्मीले व्यक्तिगत लाभका लागि काम गरे भनेर आलोचना गर्नुको कुनै तुक छैन। परोपकारी पुँजीवादको अवधारण व्याप्त हुँदै गएपछि सामाजिक उद्यमशीलता अझ आकर्षक जीवनवृत्तिका रूपमा स्थापित हुने निश्चित छ। निस्वार्थभावले समाजसेवा गर्ने केही व्यक्ति रहिरहनु बेग्लै कुरा हो। समग्रमा भने बजारका गतिविधि एवं सामाजिक उद्यमका बीच खासै फरक छैन। गैससकर्मीहरू अलि भिन्नखालका व्यवसायी हुन्। त्यति हो।
राजनीति भने नाफा वा जीवनवृत्तिका लागि मात्र गर्न सकिँदैन। आक्रोश र उत्सर्गबेगरको राजनीतिले अन्ततः राजनीतिकर्मीलाई पनि एउटा अर्को व्यवसायीमा रूपान्तरित गरिदिन्छ। र, राजनीतिकर्मी पनि जीवनवृत्तिमै लिप्त हुन थालेपछि राज्य स्वभावतः स्थायी–सत्ताको नियन्त्रणमा पुग्छ। स्थायी सत्ताले राजनीति सञ्चालन गर्ने भएपछि परिवर्तनका मुद्दाहरू गौण बन्न पुग्ने नै भयो। असन्तुष्टि थेग्रिँदै गएपछि आक्रोशको अर्को विष्फोट हुन्छ। र, आक्रोश–दमन–विद्रोह–सत्ता एवं त्यसपछि यथास्थितिको पुनः निरन्तरताको दुश्चक्रबाट राज्य–समाज मुक्त हुन सधैँ छटपटिइ नै रहन्छ। कम्तीमा सन् १९५० देखि आधुनिक नेपालको इतिहासको त्रासदी नै स्थायी सत्ताको स्थायित्व रहने गरेको छ।
स्थायी सत्ताले राजनीतिका नियम निश्चित गर्ने भएपछि केही कुरा पूर्वसर्तका रूपमा आउँछन्। वैध होस् वा अवैध तथा नैतिक होस् वा अनैतिक, सम्पत्तिको अधिकारलाई सर्वोपरि मान्नुपर्ने हुन्छ। सेना, प्रशासन र अदालतजस्ता स्थायी सत्ताका संरचनाहरूलाई राष्ट्रयताका पवित्र पहरेदारका रूपमा अर्थ्याइन्छ। र, बर्चस्वशाली समूहको भाष, भेषभुषा, जीवनशैली एवं धर्म–परम्परालाई परमपावन मानकका रूपमा निरन्तरता दिनुपर्ने हुन्छ। यति कुरा निश्चित भएपछि औपचारिकरूपमा सरकारमा जो आए पनि केही फरक पर्दैन। राज्यको शक्ति सन्तुलन परम्परागत समीकरणका सूत्रअनुसार चलिरहन्छ। त्यसलाई चुनौती दिने राजनीति (युद्धलाई पनि अन्य तरिकाले गरिने राजनीतिकै रूपमा चित्रित गर्ने गरिन्छ) बाहेक अरु कुनै बाटो छैन। विकास, व्यापार वा परोपकारले यथास्थितिलाई सुदृढ तुल्याउने मात्रै हो।
दयावान तानाशाह, परोपकारी नोकरशाही र गुठियार सम्भ्रान्ततन्त्र वा निर्दलीय प्रजातन्त्रजस्ता शब्दजाल जेजस्ता भए पनि यथास्थिति परिवर्तन गर्ने सबैभन्दा प्रभावशाली उपाय अहिले पनि राज्य शक्तिका लागि स्वतन्त्र प्रतिस्पर्धा गर्ने राजनीतिक दलहरूको अग्रसरता नै हो। नेपाल यदि आज धरमर राज्य बन्दै गएको हो भने त्यसको मुख्य कारण राजनीतिक दलहरूको असफलतामै खोज्नुपनर्ेे हुन्छ। अरुले त तिनका कमजोरीबाट फाइदा उठाउँदै वा आआफ्ना स्वार्थसिद्धि गरेका मात्र हुन्।
लगानी मनोवृत्ति
नेपाली कांग्रेस प्रतिबन्धित, प्रतिस्थापित वा प्रताडित जेजस्तो अवस्थामा रहे पनि आधुनिक नेपालको प्रमुख राजनीतिक शक्तिको रूपमा रहँदै आएको छ। नेताको अग्रसरतामा आधारित परम्परागत संरचनामा चल्ने भएकाले नेतृत्व पंक्तिको वैचारिक प्रतिबद्धताहरूले कांग्रेसजस्तो राजनीतिक संगठनको प्रभावकारितालाइ निश्चित गर्ने गर्दछ। समस्या के भइदियो भने, प्रतिबद्धताभन्दा व्यक्तिगत लाभ–हानीको लेखाजोखाबाट चल्ने कांग्रेस अब राजनीतिक दलभन्दा पनि केही ‘नेता' को व्यावसायिक संगठनजस्तो बन्न पुगेको छ। महोत्तरीका एक सरकारी अधिकारीले सार्वजनिक कार्यक्रममा हाकाहाकी भने, ‘उहाँहरूलाई त नेताभन्दा पनि सहजकर्ता भन्छु।' जनताले त्यसलाई बट्टा खाएर काम पट्याइदिने दलालका रूपमा बुझ्छन्। हिजोका पञ्च र आजका कांग्रेसीमा मात्राको मात्र फरक हो। निस्वार्थ अग्रसरता लिने नेतृत्व पंक्ति कांग्रेसमा बाँकी नै छैन भने पनि हुन्छ।
नेकपा (एमाले) कुनैबेला आफ्नो फलामे संगठनका लागि चर्चित थियो। विचारबिनाको संगठन आपराधिक समूहमा स्खलित हुन बेर लाग्दैन। मार्क्सवाद वा लेनिनवादसँग ‘गोरु बेचेको साइनो' समेत तोडिसकेको एमाले संगठित गिरोहजसरी चल्न थालेको छ। महासचिवीय प्रणालीबाट अध्यक्षीय पद्धतिमा रूपान्तरित भएको एमालेका प्रमुख अचेल ‘सुप्रिमो' सरह सर्वशक्तिमान हुन्छन्! र, शक्ति केन्द्रिकरण भएपछि त्यसको दुरुपयोग हुनु मानवीय प्रवृत्ति नै हो।
कांग्रेसका सुकिला एवं एमालेका मुकिला नवमण्डलेहरूका तुलनामा एनेकपा (माओवादी) का हर्ताकर्ता थोकव्यापारीजस्ता लाग्छन्। वार्ता, लेनदेन, सम्झौता एवं सहमतिजस्ता शब्दावली व्यवस्थापन विधामा बढी प्रयोग हुने गर्छ। सायद राजनीतिलाई विज्ञानका रूपमा बुझ्ने भएकाले पनि त्यस्तो मनोवृत्ति उब्जिएको हुनसक्छ। मोहभंग र हतासा भने माओवादी नेतृत्व पंक्तिको मूल चरित्रका रूपमा स्थापित हुँदै गएपछि त्यहाँ पनि अब ‘आफ्नो मान्छे' तथा चाकरीजस्ता व्यापारिक राजनीतिका दाउपेचहरू संस्थागत हुँदै जानेछन्। आखिर राजनीतिक लाभ–हानीको हिसाबकिताब पनि एउटा ‘विचार' नै हो। अमेरिकीहरू त्यसलाई ‘परिणामवाद' भन्ने गर्थे। चिनियाँ व्यवहारवादी राजनीतिकर्मीका नाउँमा ‘देङवाद अभिव्यक्ति' अचेल बढी प्रचलनमा छ।
कांग्रेसको आदर्शबाट व्यक्तिवादितामा रूपान्तरण, एमालेको सांगठनिक ऐक्यबद्धताबाट गिरोहतन्त्रमा स्खलन एवं माओवादीको क्रान्तिकारिताबाट व्यवहारवादीमा ‘क्रान्तिकारी' परिवर्तन भएपछि नेपालको राजनीतिक परिदृश्यमा स्थायी सत्तालाई चुनौती दिने कुनै पनि शक्ति बाँकी छैन। त्यसमा शंका नगरे हुन्छ।
मधेसवाद नेतृत्व, संगठन वा विचारभन्दा पनि कार्यक्रममा आधारित राजनीतिक सिद्धान्त हो। कार्यक्रम आधारित राजनीति चलाउन चमत्कारिक संयोजक चाहिन्छ। त्यस्तो व्यक्तित्व न मधेसवादीमाझ देखिन्छ, न त जनजातिकै नेतृत्व पंक्तिमा! त्यसैले बहिष्कृत एवं उत्पीडित समूहबाट समेत यथास्थितिलाई चुनौती दिनसक्ने उद्घोषक कतै छैन।
संविधान सामूहिक आस्था एवं विश्वासहरूको संग्रह भयो भनेमात्र दिगो हुन्छ। स्थायी सत्ताको निरन्तरतालाई सुदृढ गर्ने संविधान ऐक्यबद्धता बढाउनुको साटो सामाजिक फाटो गहिर्यामउने दस्तावेज ठहरिनसक्ने जोखिम पनि उत्तिकै छ। यादव र चालिसेजस्तै ‘केका लागि राजनीति?' भन्ने प्रश्नसँग साक्षात्कार गर्ने जिम्मेवारी मूलतः कांग्रेसका सबै राजनीतिकर्मीको हो।