'कतिजना आउनु भएको छ?' आयोजकले सोधे-'संचै हुनुहुन्छ?'
'आठजना मन्त्री , एकजना उपप्रधानमन्त्री म चाहिं एक्लै।' प्रधानमन्त्रीले भन्नुभो-'पांच दर्जन जति पदाधिकारी।'थप्नुभो-'यस्तै बैसी जना जति छौँ होला।'
'ठिकै छ।' आयोजकले भने-'प्रधानमन्त्री चाहिँ एकजनामात्र हो?'
'हो।' हामी कहां मन्त्री र उपप्रधानमन्त्री जति पनि राख्न सकिन्छ, प्रधानमन्त्री एक्लै हुन्छ।'

'आठै जना पर्यावरणसम्बन्धी मन्त्री?' आयोजकले सोधे-' सबै जलवायु विज्ञ हुनुहुन्छ होला?'
'त्यसो होइन।' प्रधानमन्त्रीले जवाफ दिनुभो-'उपप्रधानमन्त्री परराष्ट्र हेर्नु हुन्छ।'
'बाँकी मन्त्री चाहिं?' अरू चाहिं के गर्नुहुन्छ?' आयोजकले भने-'पक्कै विशेषज्ञ हुनु होला।'
'एक अर्थमा हो।' प्रधानमन्त्रीले भन्नुभो-'अर्को अर्थमा होइन।'
'के भन्नुभो?' आयोजक जिल्ल परे-'मैले कुरा बुझिन।'
'म बुझाउँछु।' प्रधानमन्त्रीले भन्नुभो-'जलवायुप्रति सबै मन्त्री प्रतिबद्ध हुनुहुन्छ।'
'जस्तै?' आयोजकले सोधे-'मैले अझै बुझिन।'
'उदाहरणका लागि परराष्ट्रमन्त्री।' प्रधानमन्त्रीले भन्नुभो-'उहां वरपर घुमी रहनुहुन्छ।' सोध्नुभो-'कुरो बुझ्नुभो?'
'बुझिन।' आयोजकले भने-'वरपर घुम्नुसँग जलवायुको के सम्बन्ध?'
'जलवायु खराब भयो भने घुमफिर सम्भव छैन।' प्रधानमन्त्रीले भन्नुभो-'त्यही भएर परराष्ट्रमन्त्री जलवायुप्रति विशेष ध्यान दिनु हुन्छ।'
'कुरो बुझेँ।' आयोजकले भने-'अरू मन्त्रीको पनि जलवायुसँग केही न केही सम्बन्ध होला।'
'किन नहुनु?' प्रधानमन्त्रीले भन्नुभो-'जलवायु परिवर्तनले अर्थतन्त्रमा पर्ने प्रभाव बारे अर्थमन्त्रीले चिन्तित हुनै पर्यो।'
'मैले बुझें।' आयोजकले बताए-'हावापानी फेरिँदा संस्कृतिमा पर्ने प्रभावबाट संस्कृतिमन्त्रीले चिन्ता लिनु परिहाल्यो।'
'हो।' प्रधानमन्त्रीले सोध्नुभो- 'कसरी बुझ्नुभो?'
'तपाईँको कुरा सुनेर।' आयोजकले बताए-' जुंगा चल्यो कुरा बुझ्यो।'
'मेरो जुंगा यस्तै छ।' प्रधानमन्त्री खुसी हुनुभो-'मैले बोल्नै पर्देन मेरो जुंगा चल्दा मान्छेले कुरा बुझी सक्छन्।'
'तपाईले किन दाह्री नपाल्नु भएको?' आयोजकले भने-'झन् दाह्री पालेको भए तपाईले यति पनि बोल्नु नपर्ने।'
'यसको कारण छ।' प्रधानमन्त्रीले भन्नुभो-'छिमेकी प्रधानमन्त्रीका दाह्री जुँंगा दुवै छन्।'
'त्यसो भए छिमेकीले त बोल्नै नपर्ने भो।' आयोजकले सोधे-'होइन त?'
'उहांको दाह्री चल्यो कि हामी कुरा बुझ्छौँ।' प्रधानमन्त्रीले भन्नुभो-'म त उहांको दाह्रीको रौँ चले पनि बुझ्छु।'
'तपाईले पनि दाह्री पाल्नु पर्ने।' आयोजकले सल्लाह दिए-'सजिलो हुने थियो।'
'यसले अप्ठेरो पर्ने सम्भावना पनि थियो।' प्रधानमन्त्रीले भन्नुभो-'त्यसो गर्दा मान्छे झुक्किन्थे।'
'त्यो त हो।' आयोजकले भने-'यताकालाई उताको उताकालाई यताको प्रधानमन्त्री भन्ने सम्भावना हुन्थ्यो होला।'
' त्यही त।' प्रधानमन्त्रीले भन्नुभो-'यसै पनि मलाई यताको न उताको भन्छन्।'
' त्यसको एउटा उपाय छ।' आयोजकले सुझाव दिए-'दाह्री पाल्ने त्यताको जुंँगा पाल्ने यताको भन्ने प्रचार गर्नु पर्यो।'
'प्रमुख प्रतिपक्षी मान्दैनन्।'प्रधानमन्त्रीले भन्नुभो-'अझ मलाई कठपुतली भन्छन्।'
'तपाईले त्यसो नभन्नु भन्नु भएन?' आयोजकले सोधे-'तपाई कठपुतली हो र?'
'होइन।' प्रधानमन्त्रीले भन्नुभो-'कुरा बुझ्नु पर्नेले नबुझेपछि कस्को के लाग्छ?'
'तपाईंले कुरा बुझाउने प्रयत्न गर्नु भएन?' आयोजकले सोधे-'तिन्ले के भने?'
'मैले धेरै पटक सम्झाएँ।' प्रधानमन्त्रीले भन्नुभो-'अझै उपाय सोच्दैछु।'
'के उपाय?' आयोजकले सोधे-'त्यसपछि कुरा मिल्छ?'
'एकान्त ठाउँमा वार्ता प्रस्ताव गरेकोछु।' प्रधानमन्त्रीले भन्नुभो-'कालापत्थरजस्तै सुनसान।'
'कहा हो कालापत्थर?' आयोजकले सोधे-'के यो कोइलाखानी हो?'
'होइन।' प्रधानमन्त्रीले भन्नुभो-'यो सगरमाथा बेसक्याम्पमा पर्छ।' थप्नुभो-'कोपनहेगन आउनुअघि क्याबिनेट बैठक त्यहीं राखेका थियौँ।'
'किन त्यसो गर्नु भएको?' आयोजकले सोधे-'जाडो भएन?'
'विश्वको ध्यान तान्न त्यति गर्नै पर्यो।' प्रधानमन्त्रीले भन्नुभो-'जाडो भनेको त्यस्तै हो।'
'राम्रो गर्नु भएछ।' आयोजकले भने-'ध्यान त तान्नै पर्छ।'
'अरू कुरा त्यस्तै हो।' प्रधानमन्त्रीले भन्नुभो-'थकाइ लागेको छ, सुत्ने कोठा कता होला?'
'बैसी जनाको भीडलाई कहाँबाट ल्याउनु कोठा?' आयोजकले भने-'सबै कोठा सकिए।'
'कहाँ सुत्ने यतिका दिन?' प्रधानमन्त्री विस्मित हुनुभो-'यत्रो होटलमा कोठै छैन?'
'बरन्डामा।' आयोजकले सुझाव दिए-'लहरै सुते भैहाल्छ नि।'
'जाडो हुन्छ होला।' प्रधानमन्त्रीले भन्नुभो-'कसरी खप्नु?'
'विश्वको ध्यान तान्न त्यति गर्नुपर्छ।' आयोजकले भने-'जाडो भनेको त्यस्तै हो।'