नेपालको भौगोलिक, सामाजिक, आर्थिक, धार्मिकलगायतका कतिपय सवाल भारतसँग मिल्दोजुल्दो छ। यही कारण पनि हिन्दुस्तानमा प्रयोग भएका राजनीतिक पद्धति यहाँ लागु गर्नु सान्दर्भिक हुन्छ भन्ने हाम्रा अधिकांश नेताको मानसिकता छ। सम्भवतः त्यसैको परिणाम हुनुपर्छ, संसारका धेरै मुलुकमा राष्ट्रपतीय तथा मिश्रित शासन व्यवस्था सफल भएका पर्याप्त उदाहरण हुँदाँहुदै पनि बहुमत सांसदले प्रधान मन्त्री फेर्नसक्ने शासकीय स्वरूपलाई आगामी संविधानमा लिपिबद्ध गर्न दलहरू सहमत भए। संसदीय प्रजातन्त्र विगतमा जतिसुकै बदनाम भए पनि त्यही मोडेलको वकालत भइरहेको छ। फेडरल संरचनाको वकालत गर्नेहरूले भारत र नेपालको जनसंख्या, क्षेत्रफल तथा अन्य सूचांकको अध्ययन गरिदिए परिणाम सकारात्मक हुन्थ्यो र देशले स्थायी समाधान पाउँथ्यो। २९ वटा राज्य भएको भारत क्षेत्रफलको हिसाबमा नेपाल भन्दा २२ गुणा र जनसंख्यामा ४१ गुणा ठूलो छ। त्यतिमात्र होइन भारतका १७ राज्यको जनसंख्या नेपालको कूल जनसंख्याभन्दा पनि बढी छ। सिंगो नेपालको क्षेत्रफलभन्दा बढी भूभाग ओगटेका भारतमा ९ राज्य छन्। तसर्थ, भारतसँग तुलना गर्दै जनसंख्या तथा क्षेत्रफल दुवै हिसाबमा नेपालमा संघीयताको वकालत गर्न कठिन छ।संघीय ढाँचामा रहने राज्यको संख्या तथा नामांकनको सम्बन्धमा दलहरू सहमत हुननसकेकाले अहिले संविधान जारी हुन नसकेको धारणा छ। प्रथम संविधान सभा बिनाकाम सकिएपछि दोस्रो संविधान सभाले पनि बाचा गरेको एक वर्षमा मूल कानुन दिननसक्नुले संविधान सभा तथा दलहरूको औचित्यमै प्रश्नमात्र उठाएन बरु नेपालमा फेडरल संरचना आवश्यक छँदैछैन भन्ने जनमत बढ्दो देखियो। मुलुकलाई चाहिँदै नचाहिएको संघीयतामा लगेर विखण्डनको बाटो हिँडाइयो भन्ने जनमत दिनानुदिन बढ्नु संघीयता पक्षधरका निम्ति शुभ संकेत हुनसक्दैन। यतिखेल केही प्रश्न घनिभूत भएका छन्। के देशलाई संघीयता आवश्यक छरु जनताको मानसिकता यसका लागि तयार छरु संघीयताले जनताको साँच्चिकै उन्नति गर्छरु यस्ता प्रश्नको उत्तरबिना फेडरलिज्मको अँध्यारो कुवामा हामफाल्नु कति सान्दर्भिक होला१ यसैसँग जोडिएका केही स्थानीय घटना जोड्नु सान्दर्भिक हुन्छ।
म्याग्दीको घोडेपानी मनमोहक पर्यटक स्थलको रूपमा विकास भयो। उक्त स्थानलाई टुरिज्म सेन्टरको रूपमा पिकास गर्ने श्रेय त्यहाँका स्थानीय मगरहरूलाई जान्छ। सरकारको कुनै पनि सहयोगबिना स्थानीयबासीले आफ्नो मेहनतमा आकर्षक पर्यटक गन्तव्य बनाए घोडेपानीलाई। विदेशीको आवागमनले उक्त विकट गाउँको आर्थिक उन्नति भयो। व्यवसाय फस्टाएपछि अन्यत्रबाट बन्दव्यापार गर्न व्यवसायीहरू त्यहाँ आकर्षित भए। तर स्थानीय मगरहरूले अन्यत्रबाट आउनेलाई त्यहाँ व्यापार गर्न दिएनन्। नेपालको अन्तरिम संविधान तथा प्रचलित कानुनले प्रत्येक नागरिकको देशभर बसाईंसराइ तथा निर्वाद बन्दव्यापार गर्ने हकलाई सुरक्षित गरे पनि अन्यत्रबाट जानेहरूले घोडेपानीमा व्यापार गर्न पाएनन्। तसर्थ, देशमा विभिन्न प्रदेश बन्दा आर्थिकरूपमा सम्पन्न राज्यले आफ्नो भूभागमा अन्य राज्यका बासिन्दाले बसोबास तथा व्यापार गर्न नपाउने कानुन नै पास गरे के गर्नेरु एउटा सानो गाउँ घोडेपानीमा त नियमकानुन लागु गर्ननसक्ने सरकारले देशभर बसार्इंसराइ र व्यापारको प्रबन्ध कसरी गर्न सक्लारु
सडक मार्गबाट मुक्तिनाथ दर्शन गर्न जानेको संख्या बढ्दो छ। तर अन्यत्रबाट गाडी रिजर्भ गरेर जाने पर्यटकले आफ्नो सवारी साधनसहित म्याग्दी जिल्ला पस्न सक्दैनन्१ अन्यत्र दर्ता भएका सवारी साधनले म्याग्दी छिचोल्न नपाउने बरु उकालो लाग्दा त्यहाँको स्थानीय सवारी प्रयोग गर्नैपर्ने नियम लगाइयो स्थानीय स्तरमा१ कुनै पनि अञ्चलमा दर्ता भएको सवारी साधा देशका सबै सडकमा निर्वाध गुड्नपाउने नियम म्याग्दीको हकमा लागु भएन। संघीय संरचनापछि एक राज्यमा नवीकरण भएको गाडी अर्को राज्यमा गुड्न नपाउने नियम राज्यले बनाए आवागमन तहसनहस हुने नै भयो।
मालपोत, भूमिसुधार तथा अन्य प्रशासनिक क्षेत्रमा जनतालाई सरल ढंगमा सुविधा पुर्यााउन सरकारले जिल्ला सदरमुकामका अतिरिक्त केही जिल्लामा सेवा केन्द्र स्थापना गर्योा। सर्लाहीको लालबन्दी, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको बर्दिबासलगायतका जिल्लामा सेवा केन्द्र स्थापना गरियो, तर सञ्चालनमा आएन। सेवा केन्द्रको स्थापनाले सेवाग्राहीले जिल्लाको सदरमुकाम जानैपर्ने बाध्यता नहुने भएकाले जनताले सुविधा त पाउँथे, तर जिल्ला सदरमुकामको काम अन्यत्रबाट हुने भएपछि त्यहाँ व्यापार कम हुने, घरजग्गाको भाउ घटनेलगायतका अप्ठेरा हुने नै भयो। त्यसले गर्दा स्थानीय जनता सरकारी निर्णयको बिरुद्धमा आक्रामक रूपमा प्रस्तुत भए। जिल्ला सदरमुकाम र सेवा केन्द्र स्थापना भएका स्थानमा हिंसात्मक घटना भए। गौरको विग्रह ताजै छ। आगामी संविधानमा प्रस्ताव गरिएको संघीय संरचनामा धेरै जिल्ला मिलेर एउटा प्रदेश बन्छ र कुनै एक सहर उक्त राज्यको सदरमुकाम तोकिन्छ। अहिले सेवा केन्द्र स्वीकार्न नसक्ने जनताले आफूभन्दा टाढा बन्नेे प्रदेशको राजधानी सहजै स्वीकार कसरी गर्लान्रु यसले पनि आन्दोलन नै जन्माउँछ। संघीय राज्य स्थापना भए पनि प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विवाद धान्न नसकेर राज्य नै छिन्नभिन्न हुने हो कि भन्ने डर छ।
गिरिजाप्रसाद कोइरालालाई प्रथम राष्ट्रपतिको लोभ देखाएर कुनै पनि सम्झौता गर्न–गराउन सकिने यथार्थ बुझेका पुष्पकमल दाहाल तथा मधेसी नेताहरू संघीयतालाई अन्तरिम संविधानमा लिपिबद्ध गर्न सफल भए। सुशील कोइराला तथा शेरबहादुर देउवाले संघीयताका सम्बन्धमा त्यसबेला दिएका भाषण सम्झँदा पुग्छ, कांग्रेस संघीयताको पक्षमा थिएन भनी बुझ्न। एमालेको अवस्था पनि कांग्रेसभन्दा फरक थिएन। तसर्थ, संघीयतासम्बन्धी सम्झौता विस्तृत अध्ययन तथा देशको आवश्यकतालाई दृष्टिगत गरेरभन्दा पनि सीमित नेताको लहडमा भएकाले त्यसको पुनःमूल्यांकन आवश्यक देखिएको हो।
फेडरल संरचना मुलुकको हितमा छ भने निःसर्त त्यसको समर्थन गर्नुपर्छ। तर संघीयता अँगालेका अन्य मुलुक र त्यसमा पनि भारतको सूक्ष्म अध्ययन गर्दा झण्डै ३ करोड जनसंख्या भएको सानो मुलुकमा फेडरलिज्मको औचित्य पुष्टि गर्नसक्ने अवस्था छैन। संघीय ढाँचामा प्रान्तीय सरकारको खर्च धान्न फेडरल ट्याक्सका अतिरिक्त राज्य कर लगाउनुपर्ने हुन्छ। भारतमा केन्द्रीय करका अतिरिक्त स्थानीय राज्यले आफ्नो खर्च धान्न १५ प्रतिशतसम्म थप मूल्य अभिबृद्धि कर लिएको छ। तसर्थ, संघीय संरचनामा उपभोग्य पदार्थको मूल्य बढ्न गई एकातिर जनता थप मारमा पर्छन् भने संकलित कर उत्पादनशील क्षेत्रमा लगानी गर्नुको सट्टा प्रान्तीय मन्त्री तथा सांसदको सुविधामा खर्च हुन्छ।
कांग्रेस, एमाले, एमाओवादी, मधेसवादीलगायतका अधिकांश दलले गत संविधान सभाको निर्वाचनमा धोषणापत्रमै संघीयतालाई आत्मसात गर्दै चुनाव लडेका हुन्। चुनावी प्रतिबद्धताविपरीत गएर दलहरूले संघीयताका सम्बन्धमा अन्यथा निर्णय गर्नु नैतिक तथा राजनीतिक दुवै हिसाबले उचित हुन्न। सभासद्हरूले आफ्नो दलको घोषणापत्रबिरुद्ध गएर काम गर्दा अन्त्यमा दलीय व्यवस्थाकै हार हुने भएकाले विगतमा भएका त्रुटिपूर्ण निर्णयको संशोधन गर्न अन्य विकल्प खोज्नुपर्ने भयो। नेपालको अन्तरिम संविधान २०६३ ले संविधान सभालाई सर्वाधिकार सम्पन्न मान्छ। संविधान सभाभन्दा माथि जनतामात्र छन्। तसर्थ, संविधान सभाको क्षेत्राधिकारलाई सीमांकित गर्ने नेपाली नागरिकले हो। साथै, राष्ट्रिय महत्व तथा देशलाई दीर्घकालीन असर पार्ने मुद्दामा संविधान सभा विश्वस्त हुननसके जनमत संग्रहमार्फत् समाधान खोज्नु भन्ने अन्तरिम संविधानको धारा १५७ ले व्यवस्था गरेको छ। संघीयताको औचित्यबारे देश एकमत हुननसकेको वर्तमान अवस्थामा जनतालाई सोध्नु मुलुकको हितमा देखिन्छ। भारतीय संघीय राज्यको बनौट तथा स्वदेशको घोडेपानी घटना, मुक्तिनाथको सवारी किचलो तथा सेवा केन्द्र स्थापनामा देखिएको द्वन्द्वलाई दृष्टिगत गर्दा संघीयता मुलुकको हितमा नदेखिएकोले यसको निर्क्यौल गर्न जनताको अभिमत आवश्यक छ।