किन फिर्ता भयो आमहड्ताल?
२८ चैत्र २०७१
•
१३ मिनेट पाठ
किन फिर्ता भयो आमहड्ताल?
सत्ता पक्षमाथि ठूलै दबाब उत्पन्न गर्ने उद्देश्यले लामो सडक संघर्षको कार्यक्रम घोषणा गरेको एनेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले आमहड्तालको कार्यक्रम पहिलो दिनपछि नै फिर्ता लियो। पहिलो दिनको समीक्षा गर्न बसेको बैठकले दोस्रो र तेस्रो दिनको आमहड्ताल फिर्ता लिएको हो। सत्ता पक्षसँग संवाद गरेर निष्कर्षमा पुग्न र संविधान निर्माण कार्य अगाडि बढाउन मोर्चा विशेषगरी एमाओवादीलेे आमहड्तालको कार्यक्रम फिर्ता लिने निर्णयमा पुगेको बताइएको छ। मोर्चाभित्रकै कतिपय दललाई चित्त बुझ्दो जवाफ दिन नसके पनि एमाओवादीले आमहड्तालको कार्यक्रम फिर्ता लिने प्रस्ताव पारित गराएको चर्चा छ। सम्भवतः हड्तालप्रति जनतामा बढ्दो वितृष्णाको अनुभव गरेर नै एमाओवादीलगायतका दलहरू आन्दोलनको साख गिर्ने जोखिम उठाएरै पनि फिर्ता गर्ने निर्णयमा पुगेको हुनुपर्छ।जस्तोसुकै बाध्यताका आधारमा फिर्ता लिइएको भए पनि आमहड्ताल स्थगित गर्ने मोर्चाको निर्णय उचित थियो। यस निर्णयबाट विपक्षीप्रति जनतामा जागेको वितृष्णा केही मत्थर भएको देखिएको छ। अर्कातिर, हड्ताल फिर्ता गर्ने निर्णयले सत्तारुढ गठबन्धनलाई पनि नैतिकरूपमा सहमतिका लागि अग्रसर हुन दबाब परेको छ। विपक्षी मोर्चाले जनताको अभिमतको सम्मान गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएपछि अब सबैको ध्यान सत्ता गठबन्धनतर्फ गएको छ। यस अवस्थामा सहमतिका लागि सम्पूर्ण प्रयास थाली संविधान निर्माण प्रक्रियालाई गतिशील बनाउने कार्यभार सत्ता गठबन्धनको काँधमा थपिएको छ। हड्ताल फिर्ता गरेलगत्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना निकट सहयोगी कृष्णबहादुर महरालाई प्रधानमन्त्री सुशील कोइरालाकहाँ पठाएर संवादको चाहना प्रकट पनि गरिसकेका छन्। आन्दोलनमा संविधान सभाबाहिर भौँतारिएको एमाओवादी अन्ततः संवादबाटै संविधान निर्माण कार्य सम्पन्न गर्नुपर्छ र त्यसको अरू विकल्प छैन भन्नेमा स्पष्ट हुन खोजेको देखिएको छ। संविधान निर्माण प्रक्रियाकोविरुद्ध संसद्मा तोडफोड गर्नुका साथै अलिकति सहमतिको वातावरण बन्नासाथ कहिले रोल्पाका बंकरमा जाने र कलिे सडक संघर्षमा उत्रिहाल्ने रहर एमाओवादी नेतृत्वले देखाउने गरेको थियो। तर, त्यस्ता कुनै पनि प्रयासले सार्थक परिणाम दिन नसक्ने यथार्थको अनुभव एमाओवादी स्वयम्ले गरेको हुनुपर्छ। यसैबीच एकजना नेता दक्षिण र अर्का नेता उत्तरको छिमेकीकहाँ पुगेर आएपछि  आमहड्तालसहितको संघर्षको कार्यक्रम स्थगित गरिएको छ। अर्थात्, कुनै सार्थक परिणाम दिने संभावना नरहेको आन्दोलनप्रति नेपाली जनताको जस्तै छिमेकीहरूको पनि चाख देखिएन।
एमाओवादीका प्रमुख दुई नेतामा आफूलाई जनताको ठेकेदार सम्झने र आफूले भनेपछि जनता पछि लाग्नुपर्छ भन्ने ठान्ने अहङ्कारी प्रवृत्ति देखिन्छ। उनीहरूको यही मान्यता नै मुख्य समस्या हो। यसैले समस्याको सम्बोधन गर्ने हो भने  सबैभन्दा पहिले मनोगत निष्कर्ष निकाल्ने र त्यसमा सबै सहमत हुन्नुपर्छ भनेर ठान्ने प्रवृत्तिबाट एमाओवादी नेतृत्व मुक्त हुनु जरुरी छ।
विसं ०६२/०६३ को जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्न सबै ठूला दलहरू प्रतिबद्ध रहेको अवस्थामा आन्दोलनको औचित्य छैन भन्ने जनताको अभिमत छ। ती उपलब्धिको रक्षा गर्नका लागि कुनै पनि प्रक्रियाबाट संविधान बनोस्, सहमतिका नाममा धेरै विलम्ब र आलटाल नगरियोस् भन्ने चाहना जनताको छ। जनताको यो चाहना विभिन्न रूप र शैलीमा प्रकट पनि भइरहेको छ। सामाजिक सञ्जालमा होस् वा सञ्चार माध्यममा, स्थानीय स्तरमा हुने सार्वजनिक छलफल हुन् या बहुलयुक्त समाजको प्रतिनिधित्व भएकोे गोष्ठीआदिमा प्रकट धारणालाई उदाहरण मान्ने हो भने सहमतिबाहेक अरू प्रक्रिया अपनाउनै हुदैन भन्ने एमाओवादीको मान्यता सबैका लागि स्वीकार्य भएको देखिँदैन। विभिन्नरूपमा यो भावना प्रकट हुने क्रममा निजी क्षेत्रले देशको अर्थतन्त्रसँग जोडेर आमहड्तालजस्ता कार्यक्रम रोकेर संविधान निर्माणमा केन्द्रिीत हुन सबैलाई आग्रह गर्योा। ‘राजनीतिक दलले आफूले व्यक्त गरेको प्रतिबद्धताविपरीत आन्दोलन र बन्द, हड्ताललाई  साथ दिँदा देशको अर्थतन्त्रमा समेत गम्भीर असर पर्छ' भन्ने सन्देश लिएर निजी क्षेत्र एमाओवादी र सरकारको नेतृत्वसम्म पुग्यो। देशमा बारम्बार भइरहेका बन्द र हड्तालबाट आर्थिक क्षेत्र तहसनहस हुन लागेको अवस्थाप्रति आन्दोलनरत दलहरू उदासीन देखिएको गुनासो पनि निजी क्षेत्रले गरेको छ। निजी क्षेत्रको यस प्रयासले सकारात्मक परिणाम देखायो पनि। बन्दले आर्थिक क्षेत्रलाई तहसनहस बनाउने त छँदै छ यसले मुलुकमा राजनीतिक ध्रुवीकरण बढाएर समाजलाई विखण्डनको दिशातर्फ पनि लैजान्छ। यहीबीच डा.बाबुराम भट्टराईले २०४६ सालको र २०६२ /०६३ को जनआन्दोलनका क्रममा भएका भएका बन्द र हड्तालसँग जोडेर अहिलेको बन्दको औचित्य पुष्टि गर्ने हास्यास्पद र अर्थहीन प्रयत्न पनि गरे। उनको त्यो प्रयासले अरू केही नगरे पनि भट्टराईको दृष्टिकोणमा रहेको खोटलाई भने छर्लंग पारेको छ। अहिलेको बन्दको औचित्य पनि पहिलेका जनआन्दोलनकै क्रमको जस्तै थियो भने बन्द किन फिर्ता लिएको त? भट्टराईका सामुस यो प्रश्न सधैँ तेर्सिरहने छ। आमहड्ताल जस्तो कार्यक्रम त राजनीतिक व्यवस्था परिवर्तनका लागि थालिएको आन्दोलनका क्रममा बाध्य भएपछि प्रयोग गरिने उपाय हो। अहिले त व्यवस्था परिवर्तनको विषय थिएन। विगतका आन्दोलनहरूबाट प्राप्त उपलब्धिलाई संविधानमा लिपिबद्ध गर्नेमात्रै प्रश्न हो। प्राप्त उपलब्धिको विपक्षमा आफूलाई उभ्याउने दुस्साहस कसैले पनि गर्नसक्ने अवस्था छैन। राजतन्त्र चाहने कमल थापा वा संघीयता नचाहने जनमोर्चाले समेत आआफ्ना फरक मत दर्ता गर्ने ठाउँमात्र खोजेका छन्। प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रमुख दलको प्रतिबद्धतामा कुनै अवरोधको संभावना छैन। तिनका कारण उपलब्धिहरू संरक्षण गर्न कुनै अप्ठेरो आउने अवस्था र संकेत छैन। अर्थात्, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विषयको विपक्षमा कोही उभिई हाले पनि त्यसले खासै अवरोध उत्पन्न गर्नसक्ने
परिस्थिति छैन। एमाओवादी मोर्चाले संविधान निर्माणका लागि हुने सबै निर्णय प्रक्रियामा आफ्नो प्रभावकारी सहभागिताको चाहना राख्नु स्वाभाविक हो। यस स्वाभाविक चाहनालाई कसैले गलत भनेको पनि छैन। सत्ता पक्षले त पटकपटक वार्ताका लागि अपिल गरेकै छ। यस अवस्थामा भएको आमहड्ताललाई २०४६ र २०६२/६३को जनआन्दोलनसँग तुलना गरेर एकै हुन् भन्ने विश्लेषण गर्नु जनतालाई मूर्ख ठान्नुमात्र हो। त्यस तर्कसँग कोही सहमत भएनन् र दबाब दिए। अनि आमहड्ताल फिर्ता गर्न एमाओवादी बाध्य भयो। यस घटनाबाट डा. बाबुराम भट्टराई, एमाओवादी पार्टीलगायत ३० दलीय मोर्चाले पनि जनतालाई मूर्ख ठान्ने गल्ती गर्नु हुँदैन भन्ने शिक्षा पाएको हुनुपर्छ।
अब यसरी निर्माण भएको वातावरणको उपयोग गर्दै संविधान निर्माण कार्यलाई साझारूपमा अगाडि बढाउन सुरु गर्नुपर्छ। यसका लागि सत्ता पक्ष पनि योजनाबद्धरूपमा आउनुपर्छ। राजनीतिमा ‘फेस सेभिङ'को निकै अर्थ रहने गर्छ। एक अर्कालाई ‘एक्सपोज'मात्र गरेर राजनीतिक सहमति निर्माण हुन सत्तै्कन। कतिपयउ अवस्थामा विपक्षीलाई ‘फेस सेभिङ' को मौका दिएर अगाडि बढेमात्रै सहमतिको विन्दुमा पुग्न सकिन्छ। अहिले यस्तै अवस्था उत्पन्न भएको छ। विपक्षीले आमहड्ताल फिर्ता गरेर सत्ता पक्षलाई नैतिक जिम्मेवारी थपिदिएको छ। यो दायित्वबोध गरेर सत्तापक्ष अब संवादको थालनी गर्न अग्रसर हुनुपर्छ। यस्तो अग्रसरताले विपक्षको पनि साख जोगिनेछ।
सहमतिमा पुग्न जति विलम्ब हुन्छ माओवादीलाई त्यति नै समस्या थपिन्छ। यति सामान्य सत्य पनि बुझ्न नसक्नु एमाओवादीको सबैभन्दा ठूलो समस्या वा कमजोरी हो। मधेसवादी दलसँगको उसको सहकार्य उसकै लागि अहितकर हुन्छ भन्ने धेरै पहिलेदेखि देखिँदै आएको छ  तर कुन्नि के कारणले हो एमाओवादी नेतृत्वले अरूको कुरै सुन्न चाहेन। आत्मकेन्द्रित निर्णय गर्ने र त्यसैलाई ‘अग्रगमन' ठान्ने मनोरोगबाट एमाओवादी मुक्त नभएसम्म राजनीतिक निकास त निस्कने छैन नै देशको र उसैको पनि भलो हुनेछैन। अहिले एमाओवादीलाई सत्तोसराप गर्दै केही मधेसवादी दल अर्को मोर्चाको तयारीमा जुटेका देखिन्छन्। यसले एमाओवादीले सन्तुलन, समन्वय र सहकार्यको राजनीतिको सही ढंगले अगुवाइ गर्नसत्तै्कन भन्ने देखाएको छ। यो एमाओवादीको भविष्यका लागि शुभ संकेत होइन।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस