डा. गोविन्द केसीको पाचौँ अनशन तोडिएको एक साता नाघिसक्यो। अनशनका बेलामा उनको अभियानमा ऐक्यबद्धता जनाउन विद्यार्थी, चिकित्सक, संचारकर्मी र विभिन्न समूहका नागरिक अभूतपूर्वरूपमा होम्मिए। उनको मूल आशयलाई समर्थन गर्ने तर शैली वा तपसिलका केही विषयमा मतभेद राख्नेले समेत भिन्नतालाई एकातिर थन्क्याएर दह्रो ऐक्यबद्धता जनाए। उनीसित असहमतै हुनेमध्येका पनि कोही अनशनकै बेलामा खुलेर आउन अप्ठेरो मान्दै मौन धारणा गरेर वा पछाडिबाट आलोचना गरेरमात्रै बसे। उनको सत्याग्रहका कारण सिधै आफ्नो स्वार्थमा धक्का परेको अनुभूत गर्नेहरूले त उनको स्वास्थ्यस्थिती खस्किँंदै गइरहेको अनशनकै मध्यबेला पनि गाली गर्नु स्वाभाविकै भयो।सामाजिक सञ्जालमा सदाशयका साथ व्यक्त केही आशङ्कापूर्ण वाक्यांश पढ्दा उनको अनशनलाई नै आफ्नो स्वार्थमा प्रयोग गर्न सकिन्छ कि भनी ठान्ने छद्मभेषी पनि कतै कोही थिए कि भन्ने पनि लाग्छ। अहिले अनशन टुटिसकेपछि भने सबैका निम्ति आआफ्नो मनशाय खुलेर अभिव्यक्त गर्ने बाटो खुलेको छ। यो ‘खुलापन'सँगै गएको एक सातामा अनेकौं घटना भइसकेकाछन्। अनेकौं अभिव्यक्ति आइसकेकाछन्। तिनलाई सुन्दा, पढ्दा मनमा प्रश्न आउँछ सत्याग्रहको मर्मलाई कतिले नबुझेको पो हो कि? मलाई लाग्छ, गोविन्दको पाँचौँ अनशन टुटे पनि, अब कहिल्यै अनशन गर्नुपर्ने स्थिति नआए पनि, उनको सत्याग्रह भने सकिएको छैन।
सत्यको आग्रह कहिल्यै सिद्धिने कुरा नै हैन। कुनै पूजाआजा गरेजस्तो, लाखबत्ती बालेजस्तो, कोटीहोम गरेजस्तो वा एकपल्ट सगरमाथा चढेर रेकर्ड बनाएजस्तो, ओलिम्पिकमा मेडल जितेजस्तो ‘सम्पन्न' हुने कुरा हुँदैन यो। सत्याग्रहीका निम्ति सत्याग्रह जीवनको शैलीमात्र हैन धर्म हो। असल र खराबका बीचमा, सत्य र असत्यका बीचमा, पारदर्शिता र पाखण्डका बीचमा निरन्तर भइरहने छनोटको सिलसिला हो जो जीवनपर्यन्त चलिरहन्छ। त्यसैले सत्याग्रह टुिङ्गयो वा सिद्धियो भन्नु गलत हुन्छ। सत्याग्रहका विभिन्न चरणमा अपनाइने तरिका त्यस चरणका निम्ति सिद्धिन सक्छन्। धर्ना होला, अनशन होला, शान्तिपूर्ण जुलुस नै होला। त्यतिमात्र हैन प्रवचन, लेखन, मानिसको अन्तर्मनलाई बिउँझाइदिने सङ्गीत, नृत्य वा नाटकै पनि हुनसक्छन् सत्याग्रहका प्रकट रूपहरू। सत्याग्रही, सत्यार्थी, सुधारक निरन्तर सत्य र न्यायका पक्षमा विभिन्नण् तरिकाले आग्रह गरी नै रहेका हुन्छन्। आग्रहका तरिका कुनै बेला अनशन, धर्ना वा जुलुसजस्तो चर्कै माध्यम हुनुपर्ने आवश्यकता सत्याग्रहीले अनुभूत गर्न सक्छन्। त्यस्तो बेला उनीहरू त्यसै गर्छन्। तर त्यो ‘शृंखला' सकिएपछि पनि सत्याग्रहीको सत्य र न्यायका निम्तिको आग्रह कायमै रहन्छ।
यो आग्रह कुन समयमा कुन विषयका माध्यमबाट कुन रूपमा प्रकट भइरहेकोछ भन्ने तत्क्षण समाजमा विद्यमान समस्याको योगले र सत्याग्रहीको व्यक्तिगत भोगाइ, अनुभूति, ज्ञान र प्राथमिकताले निर्धारण गर्ने हो। पहिले भनिसकेको कुरा फेरि भन्दैछु मौलाउँदै गएको भ्रष्टाचार र अनाचारले जनजीवनको हरेक तह र आयाममा, मानिस मानिसबीचको सम्बन्धमा, र राष्ट्रकै अस्तित्वमा संकट उत्पन्न गरिरहेको छ। गोविन्द चिकित्सक हुन्, त्यसैले स्वास्थ्य सेवाको सबाललाई माध्यम बनाएर देशको व्याधिका बारेमा बोल्दैछन्। तर स्वास्थ्यसेवाको घेरामा मात्रै सीमित छैन उनको चिन्ता। उनी प्राध्यापक हुन्, त्यसैले चिकित्साशास्त्र शिक्षणको गुणस्तरको विषयलाई भाषा बनाएर उनी समाजको विकृतिका बारेमा बोल्दैछन्। तर चिकित्साशास्त्रको घेरामा मात्रै सीमित छैन उनको आन्दोलनको सार। त्यसैले सत्याग्रहका विभिन्न रूपलाई तत्काल कसरी टुङ्ग््याउने भन्ने कुरामा मात्रै केन्द्रित र सीमित रहेर झारा टार्नु भनेको अत्यन्त खतरनाक अभ्यास हो। कुन कुराले गर्दा मानिस जीवन उत्सर्ग गर्नै तयार भएर अनशन बसेको छ? के हो त्यो शक्ति जसले यति धेरै मानिसको समर्थन र ऐक्यबद्धतालाई आकर्षित गरेको छ? यी कुरालाई देख्ने, बुझ्ने र सम्बोधन गर्ने क्षमता, साहस र प्रतिबद्धता नेताबाट खोजिरहेको छ समयले।
गोविन्दको पाँचौं अनशनको राप सेलाई नसत्तै्क अहिले नै गम्भीर बहसको थालनी हुनुपर्ने हो। उनको सत्याग्रहको घेरा स्वास्थ्यसेवा वा चिकित्साशिक्षामा मात्रै सीमित छैन भन्ने नै लाग्छ मलाई। उनको सत्याग्रह र त्यससँगै देखापरेका समर्थन र विरोधले हाम्रो गणतन्त्रको चरित्र कस्तो हुनुपर्छ भन्ने ठुलो प्रश्नलाई समेत सतहमा तानेको छ। यी प्रश्नहरूको पिँधसम्मै पुगेर यो बृहत् बहसमा प्रवेश गर्न पनि यतिबेला भने स्वास्थ्य र चिकित्साशिक्षणसँग सम्बन्धित विषय नै व्यावहारिक र स्वाभाविक प्रस्थान विन्दु हुनसक्छन्।
यी विषयमा मात्रै घोत्लिँदा पनि सयौं महत्वपूर्ण प्रश्न हाम्रा अगाडि तेर्सिन्छन्। ‘स्वास्थ्य'लाई यान्त्रिक ढंगले जीवशास्त्र र चिकित्साशास्त्रको घेराभित्रबाट मात्रै बुझ्ने कि बृहत्तर सामाजिक परिप्रेक्षमा लिने? देश र समकालीन विश्वको यथार्थलाई आत्मसात गरेर राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीको खाका कोर्दा त्यो कस्तो हुनुपर्छ? काठमाडौं उपत्यकाभित्रका प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू र अलिकतिमात्रै परको चेपाङ गाउँ वा डोल्पाको कुनै पातलो गाउँ र तराईको सीमावर्ती कुनै गाउँको स्वास्थ्य सेवा केन्द्र उस्तै भए हुन्छ कि फरक हुनुपर्छ? छरिएका ससाना गाउँहरूका बीचमा स्थिर ‘स्वास्थ्य केन्द्र'को परिकल्पना गर्ने कि सार्थक, गतिशील ‘स्वास्थ्य सेवा'को परिकल्पना गर्ने? विदेशीले बनाइदिएका आकर्षक ‘भर्टिकल' योजनालाई मात्र अपनाउने कि हाम्रो यथार्थका आधारमा आफँै प्राथमिकता तोक्ने? ठूला ‘विश्वकेन्द्र' बनेका महानगरीका अस्पतालमा भएका यान्त्रिक भौतिक सुविधाको मात्रै लोभ गर्ने कि हाम्रो यथार्थमा रहेर संसारभरका अल्पविकसित देशलाई समेत कामलाग्ने नयाँ प्रारूपहरू तयार गर्न तम्सिने? कसरी आफ्नो यथार्थको जमीनमा टेकेर विज्ञान प्रविधिको आकाशलाई छुने? अझै पनि शिक्षक केन्द्रित घोकन्ते विद्याका पुराना शैलीमा आधारित चिकित्साशिक्षालाई निरन्तरता दिने कि विद्यार्थी केन्द्रित, जीवन केन्द्रित, जीवनपर्यन्त सिकाइलाई सघाउने नूतन सिर्जनशील शिक्षणविधि अँगाल्ने? मेडिकल कलेजमा विद्यार्थी भर्ना लिँदा के के कुरालाई पूर्वाधार बनाउने? हाम्रो नयाँ गणतन्त्रमा शिक्षा र स्वास्थ्य सेवा मूलतः कसको उत्तरदायित्व हुनुपर्छ? अनियन्त्रित छाडा बजार अर्थतन्त्रलाई शिक्षा र स्वास्थ्यको जिम्मा दिन मिल्छ कि मिल्दैन? परम्परागत एकतन्त्रीय ‘समाजवाद'ले यी प्रश्नलाई सम्बोधन गर्न सक्छ कि सत्तै्कन?
यस्ता अनगिन्ती महत्वपूर्ण प्रश्नले यतिबेला उत्तर खोजिरहेका छन्। डा. गोविन्द केसीको सत्याग्रहले यी प्रश्नलाई अझै उजागर गरिदिएको छ। यी प्रश्न कति महत्वपूर्ण छन् भने साँच्चै नै यिनको उत्तर पाउन्जेल हाम्रो नयाँ गणतन्त्रको खाका नै कोरिइसकेको हुनेछ। यति महत्वपूर्ण प्रश्नलाई सम्बोधन गर्ने विषयमा पटक्कै मतलब नराखी आआफ्नो स्वार्थअनुरूप छाडा जुहारीमात्रै खेलेर त कतै पुगिने छैन, कुनै समस्याको समाधान हुने छैन, ‘लोकतन्त्र' र ‘गणतन्त्र' पनि नाममात्रका सस्ता खोलमात्रै बन्नेछन्।
चिकित्साशिक्षाका बारेमा प्रा. केदारभक्त माथेमालगायतका असल मानिस र विद्वान्हरूले पक्कै केही राम्रा निष्कष निकाल्नेछन्। तर उनीहरूले के भन्लान् भनेर पर्खेरमात्र बस्ने, अनि पछि भने प्रतिवि्र्कया दिन हतारिने गर्नु भन्दा त सामाजिक उत्तरदायित्वबोध गर्ने नागरिकले आफँै पनि स्वतःस्फूर्तरूपमा यी महत्वपूर्ण विषयमा चिन्तन मनन र सार्थक बहसको सिलसिलामा प्रवेश गर्नु आवश्यक छ।
मानव समाजको एउटा त्रासदी के हो भने कुनै पनि व्यक्ति आफूले सैद्धान्तिक तहमा बुझेकै कुरालाई पनि आआफ्नो वासना, राग, लिप्साका कारण चरितार्थ गर्न सक्दैन। यो प्रमाद कति महँगो परिरहेको छ भन्ने उसलाई होसै हुँदैन। मानिसमा अन्तर्निहित विवेक र ज्ञानले निरन्तर बुझाउन खोजेका विषयलाई पनि सतहमा भएको बठ्याइँले पर धकेलिदिन्छ। तर यसो गर्दा आफ्नै पुस्तामात्रै हैन भावी पुस्तालाई पनि नोक्सान भइरहेको हुन्छ। यो स्वीकार्न त्यो ‘बठ्याइँ'ले दिइरहेको हुँदैन। आआफ्ना पूर्वाग्रहलाई यस्सो पन्छाएर समयले माग गरेको यो गहिरो र बृहत् छलफलमा सार्थकरूपमा सहभागी हुने हो भने सबैको भलो हुनेछ। निजी लगानीकर्तालाई पनि दीर्घकालीनरूपमा फाइदा नै हुने केही बाटो निस्केला।
यो बहसमा सार्थक प्रवेश गरेर वर्तमान यात्राको दिशा तय गर्न अब ढिला नगरौँ।