सेवा केन्द्र विस्तार गर्ने सरकारी निर्णयबिरुद्ध एक सातादेखि युद्धभूमिजस्तै बनेको रौतहट सदरमुकाम गौरमा बिहीबार बिहान नयाँ आशा उदायो। आन्दोलनको अगुवा उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन, नागरिक समाजको छलफलपछि बुधबार मध्यरातमा आन्दोलन फिर्ता लिने निर्णय भयो। सूर्योदयसँगै संघले माइकिङबाट बजार खोल्न आह्वान गरेपछि व्यापार–व्यवसायका क्षेत्रमा चहलपहल सुरु भयो।संघको आह्वानपछि सुरु भएको चहलपहल तत्कालै धमिल्याउने प्रयास पनि गरिए। एमाओवादीका कार्यकर्ता र पूर्वसभासद् बबन सिंह समूहले संघको माइक खोसेर आफूहरूले आन्दोलन जारी राख्ने घोषणा गरेका छन्। यी पंक्ति लेखिरहँदासम्म गौर कसरी तंग्रिने हो भन्न गाह्रो छ। लामो समयको बन्द, हडताल र कर्फ्यूमा जकडिएको गौर शान्तिको खोजीमा छ। ठप्प व्यापार–व्यवसाय र प्रशासनिक काम सुचारू हुने अपेक्षामा छन् गौरबासी। तर सेवा विस्तारको सरकारी निर्णयमाथि भैरहेका राजनीतिले गौरमात्र होइन पूरै रौतहट प्रभावित छ।
गौरमा लेखापढी व्यवसायीहरूबाट सुरु भएको आन्दोलन फैलँदै उद्योग वाणिज्य संघले नेतृत्व लिएको हो। स्थानीय प्रशासन, संघ र नागरिक समाजको लगातारको छलफल र सिंहदरबारबाट सेवा केन्द्र विस्तारको निर्णय फिर्ता लिएको पृष्ठभूमिमा चैत २४ को मध्यरातमा ६ बुँदे सहमति भएको हो। आफ्ना माग सम्बोधन हुनुका साथै आन्दोलनका क्रममा भएका क्षति सरकारले व्यहोर्ने सहमतिपछि संघले आन्दोलन फिर्ता लिएको देखिन्छ। उसो त ५ दिनअघि नै आन्दोलन बिसाउने पक्षमा संघ थियो। तर आन्दोलनकै क्रममा सशस्त्र प्रहरीको गाडीको ठक्करबाट घाइते भई उपचारको क्रममा एकजनाको मृत्यु भएपछि विपक्षी राजनीतिक दल र स्थानीय ‘नेता'हरूले शवमाथि राजनीति थालेका हुन्, जुन अझै जारी छ। स्थानीय रामशीष ठाकुरलाई सशस्त्रको गाडीले ठक्कर दिएको हो। प्रहरीसँगै सर्वसाधारण असुरक्षित हुने अवस्था आउनु दुर्भाग्यपूर्ण घटना हो, तर त्यो एउटा दुर्घटना थियो। प्रमुख कुरा त शवमाथि राजनीति भएको छ। यस्तो राजनीति गर्नेहरूले ठाकुरलाई सहिद घोषणा गर्नुपर्नेलगायतका माग अघिसारेका छन्। कतिसम्म भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बिहीबार नै गौर जाने र उनकै उपस्थितिमा मृतकको अन्तिम संस्कार गर्नेसमेत प्रचार भैरहेको छ। मृतकका परिवारजन शोकमा डुबेका छन् । यता शवमाथि राजनीति गर्नेहरू यसलाई ‘मौका'का रूपमा उपयोग गरिरहेका छन्!
गौर सदरमुकाममा रहेका मालपोत र नापी कार्यालयको सेवा पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर बजारमा विस्तार गर्ने सरकारी निर्णयबिरुद्ध गौरबासी सडकमा ओर्लिएका हुन्। सरकारले निर्णय फिर्ता लिने भनेपछि यता चन्द्रनिगाहपुरमा सेवा केन्द्र विस्तारको पक्षमा अनशन सुरु भएको छ! चन्द्रनिगाहपुरको लोकतान्त्रिक चोकमा थारू कल्याणकारिणी सभा, नेपाली कांग्रेस, एमाले, नेकपा—माओवादी, नागरिक समाज, चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघलगायतका संघ–संस्था मिलेर चैत २४ देखि सुरु भएको रिले अनशन कसरी र कहिले टुंगिने हो? बिडम्बना! गौरको आन्दोलनमा भारतीय भूमिबाट नेपाल प्रहरीमाथि गोलीसमेत प्रहार भयो। नेपालकै आन्दोलनकारीले सीमापारीबाट गोली चलाएको संवेदनशील पक्षलाई ढाकछोप गर्न राजनीतिक–कूटनीतिक पहलहरू सुरु भएका छन्। गौरसँगै जोडिएको बैरगनियामा भारतीयले सुरक्षा बढाएका मात्र छैनन् आफ्नोतिरबाट गोली प्रहार भएको होइन भन्दै स्पष्टीकरण पनि दिनथालेका छन्। यता चन्द्रनिगाहपुरमा सुरु भएको रिले अनशन बेलैमा थामथुम पारिएन भने पूर्वपश्चिम राजमार्ग ठप्प हुने खतरा छ। आफ्ना जायज–नाजायज माग पूरा गर्न सडकमा ओर्लिएर यातायात ठप्प पार्नुलाई हामी ‘बहादुरी' नै सम्झन्छौँ।
सेवा केन्द्र विस्तारको सरकारी निर्णयको पक्ष–विपक्षमा सत्ताधारी दलहरू र विरोधीबीच आपसमा विरोधाभाष छ। गौर चन्द्रनिगाहपुरमा अहिले भैरहेका राजनीति र यसअघि यस्तै परिस्थिति भोगेका बारा, सर्लाही र महोत्तरीका घटनामा पनि अवस्था उस्तै थियो। सेवा विस्तार प्रकरणमा स्थानीयताको मुद्दा प्रभावकारी भएको देखिन्छ। नेताहरू विभाजित भएर पक्ष–विपक्षमा उभिएका छन्। त्यसो त राजनीतिक दल र तिनका नेताहरूको भूमिका कमजोर पनि हुँदै छ जनमानसमा। उनीहरू आलोचनाका सिकार बन्ने गरेका छन्। अहिले रौतहटमा उछालिएजस्तै यसअघि मध्यतराईका सर्लाही, महोत्तरी र बारामा पनि सेवा केन्द्र विस्तारको पक्ष–विपक्षमा स्थानीय नेताहरू विभाजित भएका थिए।
रौतहटमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नाम जोडिएको छ। उनी आफ्नै गृहनगर गौरमा आलोचनाको सिकार बनेका छन्। फौजदारी अभियोग लागेका बबन सिंहलगायतका व्यक्ति नेपालबिरुद्ध खनिएका छन्। गृह जिल्ला र दोस्रो संविधान सभा निर्वाचनमा रौतहट क्षेत्र नं १ बाट निर्वाचित नेपालका बिरुद्ध आक्रोस पोखिनुको कारण पनि एउटामात्रै छैन। उनी जिल्लाका सबैभन्दा वरिष्ठ र प्रभावशाली नेता हुन्। संविधान सभा निर्वाचनमा उनीसँग पराजितहरू सबै एकजुट भएर उनको खेदो खन्न थालेका छन्। तर त्यहाँ उनको आफ्नै भूमिका पनि स्पष्ट छैन। चैत पहिलो साता गौर पुगेका नेपालले रिले अनशन स्थल पुगेर उनीहरूको मागमा आफ्नो ऐक्यबद्धता जनाएका थिए। एक व्यवसायीका अनुसार नेपालले आन्दोलनमा सहमति जनाउँदै आन्दोलनकारीको माग संग्रहित रजिस्टरमा हस्ताक्षरसमेत गरेका थिए। काठमाडौँ पुगेर सरकारलाई सेवा केन्द्र विस्तारको निर्णय फिर्ता लिन लगाउन पहल गर्ने आश्वासन पनि उनले त्यहाँ दिएका थिए। नेपालले काठमाडौँ पुगेर उनले कस्तो भूमिका खेले? त्यो थाहा भएन। गौरमा भने उनको भूमिका स्पष्टै थियो। रिले अनशनको कार्यतालिकामा राजनीतिक दल र संघ–संस्थाहरूले भागलिने उल्लेख थियो। तर नेपालको गौर आगमनपछि उनको पार्टी एमाले आन्दोलनका कार्यक्रमबाट पछि हट्यो। नेपालले आफ्नो गृह जिल्लाभित्रका राजनीतिक दलहरूबीच समन्वय र समझदारी गर्नसकेनन्! उनको दोहोरो भूमिकाले आन्दोलनमा मलजल गर्योम। आलोचना खप्न नसक्ने र तत्काल प्रतिकारमा उत्रने नेपालको स्वभाव उनकै लागि कतिपय अवस्थामा घातक देखिएका छन्। यसपटक गौरमा त्यस्तै भयो। ‘शीर्ष नेता' भनेको पार्टीको पदमात्र होइन त्यो त जनताले सम्मान दिनेखालको हुन सक्नुपर्छ। त्यसका लागि नेतृत्व आफै आफ्नो भूमिकामा सचेत, स्पष्ट हुनसक्नुपर्छ। त्यसैअनुसारका आचरण, कार्यशैली हुनुपर्दछ। विभाजित दुई पक्षलाई एकै पटक खुसि बनाउन सकिदैनथ्यो। नेपालले गौरलाई थामथुम पार्ने र चन्द्रनिगाहपुरलाई सेवाकेन्द्र दिलाउने दोहोरो खेल खेलेको देखिन्छ। राजनीतिमा ढोँगी चरित्रले कतिपय अवस्थामा तत्कालीन लाभ त दिनसक्ला, तर त्यो दीर्घकालीन उपलब्धि कदापि हुँदैन भन्ने कुरा नेपालजीता नेताले बुझ्नु आवश्यक छ।
नेपाल घटनाक्रमकै बीच रौतहटमा उदांगिए। के देखिन्छ भने, नेपालजस्तै औसतस्तरका नेताहरूको बुद्धिविवेकको चपेटामा मुलुक फसेको छ। दोस्रो संविधान सभापछि पनि दुईतिहाइ बहुमतले संविधान बनाउन सकेको छैन। संघीयतामा राजनीतिक दलहरू नराम्ररी विभाजित भएका छन्। शासकीय स्वरूप र निर्वाचन प्रणालीजस्ता पेचिला मुद्दामा दलहरूका फरक मान्यता छरपष्ट छन्। विपक्षी दल संविधान सभा छोडेर सडकमा ओर्लिएको छ। ऊ आन्दोलनका लागि मसलाको खोजी गर्दैछ। यस्तो बेलामा सेवा केन्द्र विस्तारको निर्णय कार्यान्वयनको आवश्यकता किन पर्योो? प्रधान मन्त्री सुशील कोइरालाको प्रमुख दायित्व संविधान निर्माणमा केन्द्रित हुने कि सेवा केन्द्र विस्तारजस्ता झिनामसिना विषयमा अल्भि्कने? सेवा केन्द्र विस्तारको निर्णय डा. बाबुराम भट्टराई सरकारले गरेको हो। एमाओवादी, मधेसी मोर्चाको गठबन्धन सरकारले २ वर्षअघि गरेका निर्णय अहिले कार्न्यान्वयनमा ल्याइहाल्नु आवश्यक थियो कि थिएन? कोइरालाका वरिपरि बसेकाहरूले आत्मसमीक्षा गर्नु आवश्यक छ। २०७१ असोज ३० गते बाबुराम सरकारले गरेको पुरानो निर्णय कार्यान्वयन गर्ने नीति गौरमा अख्तियार गर्दा आन्दोलन चर्किएको हो। सरकार चलाउनेहरूले बाराको कलैया र सिमराको आन्दोलन, महोत्तरीको बर्दिबास र जलेश्वरको आन्दोलन तथा सर्लाहीको हरिऔन र मलंगवामा चले–चलाइएका आन्दोलनको लेखाजोखा राख्न आवश्यक थियो कि थिए? २१ जिल्लामा सेवा केन्द्र विस्तार गर्ने निर्णय गरेको थियो भट्टराई सरकारले। त्यो निर्णयपछि कहाँकहाँ सेवा केन्द्र स्थापना भए, कहाँकहाँ विरोध भयो? त्यसको हिसाबकिताब नराखी निर्णय कार्यान्वयन गर्ने लहडको उपज हो गौर आन्दोलन।
२०६३/६४ को मधेस विद्रोहपछि तराईका जिल्लामा साम्प्रदायिक सद्भाव खलबलिएको छ। समस्या सुल्झने अवस्था देखिए पनि मधेस अझै सामान्य भैसकेको छैन। विगतमा कतिपय जिल्लामा भड्किएको पहाडी–मधेसी द्वन्द्व अहिले पनि मत्थर हुनसकेको छैन। सेवा केन्द्र विस्तार गर्ने अधिकांश स्थान पूर्वपश्चिम राजमार्ग छेउका बजार हुन्। जहाँ पहाडीहरूको बाक्लो उपस्थिति छ। त्यसको विरोधमा सदरमुकामहरू छन्। जातीय द्वन्द्वको संवेदनशीलतालाई सरकारमा बस्नेहरूले बैलैमा आत्मसात गरेर निर्णय गर्ने कि लहडमा निर्णय गर्दै फिर्ता लिएको घोषणा गर्दै जाने? ससाना घटनालाई साम्प्रदायिकताको मसला थपेर जनमानसलाई उत्तेजित बनाउने खेलमा लागेका छन् कतिपय मधेसी दल। पछिल्लो समय विभिन्न खाले संगठन र तराईमा बग्रेल्ती खुलेका कतिपय एफएम स्टेसनको खेती नै यही भएको छ। अनियन्त्रित एफएमहरूले केकस्ता सामग्री उत्पादन र प्रशारण गर्छन्? त्यसको हेक्का राखेको छ सरकारले? गौर प्रकरणमा त्यस क्षेत्रका केही एफएमबाट प्रशारित सामग्री विभिन्न कोणबाट उत्तेजक रहेको स्थानीयले अनुभव गरेका छन्। खै सिंहदरबारले सुनेको त्यस्ता कटु आवाज? सिंहदरबार लहडमा चल्ने निकाय होइन। त्यसले विवेकसम्मत निर्णय गर्नुपर्छ। उसका तीक्ष्ण आँखाले मुलुक नियाल्न सक्नुपर्दछ र टाठा कानले मुलुकभरिका आवाज सुन्नसक्नुपर्छ। शंका होइन विश्वासको घर बन्नुपर्छ सिंहदरबार।
गौरमात्र होइन सदरमुकाममा सीमित सरकारी सेवा अन्य क्षेत्र, विशेषगरेर राजमार्ग छेउका बजारमा विस्तार गर्ने नीतिको विरोधमा तराईका सबैजसो सदरमुकाम लागेका छन्। किन उनीहरू विरोधमा ओर्लिए? सदरमुकाममका उद्योग वाणिज्य संघले किन आन्दोलनको नेतृत्व लियो? सदरमुकाम खाली हुँदै जाने र व्यापार–व्यवसाय सुक्दै जाने संशय छ उनीहरूमा, जुन स्वाभाविक छ। पूर्वपश्चिम राजमार्ग निर्माणपछि राजमार्ग छेउमा बजारहरू बस्दै र गुल्जार हुँदै गएको तथा दक्षिणी सीमाका सदरमुकामहरू सुक्दै गएको छ। यसको उपचार सरकारी सेवा सदरमुकाममा सीमित राखेर हुनसक्दैन।
सेवा केन्द्र विस्तारको राजनीतिमा गौर कर्फ्यूमा जकडिएकै बेला भारतले हुलाकी सडकबाट हात झिकेको समाचार आयो। अहिले हुलाकी राजमार्ग नेपाल आफैले बनाउने प्रचार गर्दैछ जिम्मेवार निकाय! मेचीदेखि कालिसम्म तराईका सदरमुकाम जोड्ने हुलाकी राजमार्ग ४ दशकदेखि चर्चामा छ, तर कहिल्यै बन्नसकेन। निर्माण भएको सडक पनि ठाउँठाउँमा भत्किएको छ। कतै माटोमात्र थुप्रिएको छ, कतै सडक छ, पुल छैन, कतै पुल छ, सडक छैन। किन बन्दैन यो राजमार्ग? उत्तर सरकारले दिनु आवश्यक छ। हुलाकी राजमार्गले तराईका सदरमुकामलाई जोड्नेमात्र होइन यो विकासको मेरुदण्ड पनि बन्नसक्छ। यसले नै रित्तिँदै गरेका सदरमुकामहरूमा नयाँ जीवन दिनसक्छ। व्यापार–व्यवसाय र उद्यमको आधार बन्नसक्छ। सडक भनेको आफैमा बजार पनि हो। अब उद्योग वाणिज्य संघहरूले हुलाकी राजमार्ग निर्माणको लबिङ गर्नुपर्छ। सेवा विस्तारका राजनीतिक लफडामा फस्नुभन्दा पूर्वाधार विकासमा आवाज बुलन्द गर्नु व्यावसायिक धर्म पनि त हो।