सकारात्मक अग्रसरता
२२ चैत्र २०७१
•
५ मिनेट पाठ
सकारात्मक अग्रसरता
सहमति भएका विषय पन्छाउँदै जाने अभ्यास पनि समस्या समाधान गर्ने एउटा विधि हो। राजनीतिक दलहरूबीच सहमति भएका विषयलाई संविधान सभाको मस्यौदा समितिमा पठाउने निर्णय गरेर सत्तारुढ दलहरूले संविधान निर्माणप्रति गम्भीर रहेको सन्देश दिएका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत सत्तारुढ दलहरूको शनिबार भएको बैठकले राजनीतिक सहमति भएका सबै विषयमा मस्यौदा तयार गर्न संविधान सभाको सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो। शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन पद्धतिका विषयमा प्रमुख राजनीतिक दलका नेताहरूबीच सहमति कायम भइसकेको दाबी सत्ता पक्षले गरेको छ। विपक्षका नेताहरूले समेत विभिन्न अवसरमा संघीयताबाहेक विवादमा रहेका अरू विषयमा मोटामोटी सहमति भइसकेको बताउँदैआएका छन्। यसैले संघीयताका सम्बन्धमा छलफल अगाडि बढाउँदै संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउने अभ्यास बुद्धिमत्तापूर्ण हुने देखिन्छ।
संवैधानिक प्रक्रिया अपनाएर संविधान निर्माण गर्न लाग्दा अल्पमत पक्षलाई सत्तारुढ दलहरूले दुई तिहाइ बहुमतको शक्ति देखाएर पेल्न खोजेको आरोप लगाएर एनेकपा (माओवादी) नेतृत्वका दलहरू सडक आन्दोलनमा उत्रेका छन्। संविधान सभामा प्रश्नावली निर्माणको प्रस्ताव पारित भएपछि विधिवत् प्रवेश भएको संविधान निर्माण प्रक्रियालाई सहमति खोज्ने नाममा करिब ३ महिनासम्म अलपत्र पारेर राखिएको छ। यसबीच संविधान सभाका प्रमुख दलका शीर्ष नेताहरूबीच पटकपटक बैठक भएका छन्। एमाओवादी नेतृत्वको मोर्चाले पहिलो चरणको आन्दोलन सकेर लगातार ३ दिनसम्म नेपाल बन्द गर्नेजस्तो ‘जनविरोधी' कार्यक्रम सार्वजनिक गरिसकेको छ। वार्ताभन्दा आन्दोलनबाट शक्ति प्रदर्शन गरेर सत्तारुढ पक्षलाई झुकाउने रणनीति अपनाएको एमाओवादी नेतृत्वको मोर्चालाई कुरिरहने हो भने संविधान निर्माण हुननसक्ने ठहर पनि सत्तारुढ दलहरूले गरेका छन्।
यही संविधान सभाबाटै संघीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान बनोस् भन्ने चाहने हो भने सहमति भएका विषय मस्यौदा समितिमा पठाउने निर्णयलाई एमाओवादी नेतृत्वको मोर्चाले पनि सकारात्मक रूपमा लिनुपर्छ। सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाएर बाँकी विषयमा वार्ताको प्रयास गर्ने निर्णयले एमाओवादी नेतृत्वको मोर्चालाई उपेक्षा गरेको वा बहुमतका आडमा पेलेर जान खोजेको अर्थ लगाउनु उचित हुँदैन। सत्तारुढ दलहरूको बैठकले अझै पनि नयाँ संविधानका अन्तर्वस्तुमा दलहरूको सहमतिमै मस्यौदा तयार गर्ने प्रतिबद्धता दोहोर्यायएको छ।
संविधानको मस्यौदा कार्य प्राविधिक विषय पनि हो। यसैले पनि सहमति भएका विषयमा मस्यौदा बनाउँदै जाँदा समयको बचत हुनेछ। त्यतिमात्र हैन हतारमा हुने त्रुटि न्यून गर्न पनि यस अभ्यासले सहयोग पुर्यााउनेछ। एमाओवादी नेतृत्वको मोर्चा संविधान निर्माणप्रति गम्भीर भएमा मस्यौदा निर्माणमा पक्कै पनि सहभागी हुनेछ। तर संविधान सभालाई अनिर्णयको बन्दी बनाउने मोर्चाको भित्री रणनीति हो भने त्यस अवस्थामा सत्तारुढ दलहरूले पनि अनिश्चित कालसम्मका लागि संविधान निर्माण प्रक्रिया रोक्ने आत्मघाती मूर्खता पक्कै गर्नेछैनन्। सत्तारुढ दलका नेताहरूले यस्तो मूर्खता नगर्ने अभिव्यक्ति प्रकट पनि गरेका छन्। उनीहरूले दलहरूका बीचमा सहमति जुट्न नसके पनि संविधान निर्माण प्रक्रिया अगाडि बढाउने अठोट सार्वजनिक गरेका छन्। अहिले देशलाई विदेशीको हस्तक्षेप र अराजकताको भुमरीबाट जोगाएर सुरक्षितरूपमा संक्रमणबाट पार लगाउन यस्तै अठोट आवश्यक छ। सत्तारुढ दलहरू संविधान निर्माणका लागि देखाएको अग्रसरताबाट पछि नहटून्!
अर्को समाचार
सकारात्मक अग्रसरता
२५ पौष २०७०
•
६ मिनेट पाठ
सकारात्मक अग्रसरता
मधेस केन्द्रित तीन प्रमुख दलको एकीकरणका लागि 'सैद्धान्तिक सहमति’ भइसकेको सार्वजनिक भएको छ। संविधान सभाको पहिलो निर्वाचनमा अपेक्षाकृत बढी सफलता हासिल गरेका मधेस केन्द्रित दलहरूले दोस्रो चुनावमा भने अपेक्षित जनसमर्थन पाउन सकेनन्। मधेसी दलहरूमा देखिएको फुट र सत्ताकेन्द्री व्यवहारका कारण निर्वाचनमा विफल हुनु परेको ठम्याएरै उनीहरू एकीकरणका लागि सिद्धान्ततः भएको हुनुपर्छ।लोकतन्त्रको सुदृढीकरणका लागि समान विचार र सिद्धान्तका अनुयायी राजनीतिक समूह धेरैवटा दलमा विभाजित हुनुभन्दा सैद्धान्तिक आधारमा संगठित भएमै तिनको भूमिका बढी प्रभावकारी हुन्छ। लामो लोकतान्त्रिक परम्परा भएका मुलुकमा राजनीतिक दलहरूको संख्या सीमितै हुन्छ। त्यस्ता मुलुकमा लोकतान्त्रिक अभ्यास भने बढी सहज र दिगो भएको देखिएको छ। यसैले मधेस केन्द्रित दलहरूको एकीकरणको प्रयासलाई सकारात्मक अग्रसरताका रूपमा लिनु उचित हुनेछ।
अगिल्लो संविधान सभामा मधेसी दलका नेताहरूको व्यवहार र प्रवृत्ति हेर्दा भने बलियो मधेसी दल लोकतन्त्र र राष्ट्रिय अखण्डताका लागि थप चुनौती हुने त हैन भन्ने सन्देह पनि उत्पन्न हुन्छ। संविधान सभाको कार्यकालभर सधैँ सत्तामा रहेका मधेसी दलका नेताहरूले तराई मधेसका जनताको आर्थिक सामाजिक उन्नतिका लागि विशेष अग्रसरता देखाएनन्। भ्रष्टाचारका मामिलामा पनि मधेसी नेता बढी नै विवादमा परे। राजनीतिक निकासका लागि पनि मधेसी नेता सहयोगी बन्न सकेनन्। सत्ताका लागि पार्टी फुटाउन तम्सी हाल्ने प्रवृत्तिले अराजकता बढाउने काममात्रै गर्योब। यसैले अहिले चुनाव हारेको पीडामा एकताका निम्ति जुटेकाहरू सत्तामा पुग्ने बेला आएमा फुट्न तम्सिँदैनन् भनेर विश्वास गर्ने आधार भने कमै छ। तीन दलको एकीकरणपछि संविधान सभामा एकीकृत दल चौथो शक्ति बन्न पुग्छ। अहिले राजतन्त्र समर्थक राप्रपा नेपाल चौथो शक्तिका रूपमा रहेको छ। यसबाट संविधान सभाको शक्ति सन्तुलनमा पनि अन्तर अवश्यै पर्नेछ। अर्थात्, मधेस केन्द्रित दलहरूको एकीकरणले नेपालको समग्र राजनीतिक विकासलाई प्रभावित गर्न सक्छ। 
पहिलो संविधान सभामा मधेसी दलहरू मधेस आन्दोलनका प्रतिनिधि शक्तिका रूपमा प्रस्तुत भएका थिए। मधेस आन्दोलन तराईमा बस्ने सबै जातिका नेपालीको साझा थियो। तर, मधेस केन्द्रित राजनीतिक दलहरूले त्यो भावना आत्मसात गर्न सकेनन्। सायद, यही कमजोरीका कारण मधेस केन्द्रित दलहरूले संविधान सभाको दोस्रो निर्वाचनमा जनसमर्थन गुमाएका हुन्। यस्तै, मधेसका सबैभन्दा कमजोर र पछाडि पारिएको समुदायका हितमा ती दलहरूले ध्यान दिएको देखिएन। विशेषगरी मधेसी दलित र महिला पहाडका दलित र महिलाका तुलनामा धेरै पछि पारिएका छन् तर तिनको आर्थिक सामाजिक उन्नतिका लागि भने कुनै पनि मधेसी दलका नेताले चासो लिएको देखिएन। मधेसमा गरिबी र असमानता पनि उत्तिकै कहाली लाग्दो अवस्थामा छ। त्यसको सम्बोधनका लागि पनि मधेस केन्द्रित भएका दलहरू गम्भीर देखिएनन्। भूमिहीन जनसंख्या पनि सापेक्षतामा मधेसमै धेरै देखिएको छ तर भूमि सुधार मधेसी दलको प्राथमिकतामा परेको छैन। यस्ता आर्थिक सामाजिक विषयमा ध्यान नदिएर राजनीतिक शक्तिमा मात्र केन्द्रित हुने हो भने चाहिँ मधेसी केन्द्रित वा अरू कुनै दल एकत्रित हुनु जनताका लागि निरर्थक हुन्छ। 
सिंगो मुलुकको समस्याप्रति संवेदनशील हुने हो भने मधेसी दलहरूले 'मधेस एक प्रदेश’जस्तो अव्यावहारिक र संघीयताको मर्मविपरीतको नारामा अडान छाड्नु आवश्यक देखिन्छ। जाति वा समुदाय विशेषमा केन्द्रित हुन थालेपछि त्यो साँगुरो हुँदै जान्छ। मधेसकै विभिन्न दलमा यादव, कायस्थ, ब्राह्मण र थारुहरूको वर्चस्व देखिँखदा अर्को समुदायले पार्टी फुटाएको कटु अनुभव अगिल्लो संविधान सभा कार्यकालमा देखिएको थियो। यसैले प्रस्तावित दल प्रभावकारी हुन मधेसमा बस्ने सबैको साझा र अझ त्यसभन्दा पनि राष्ट्रिय पार्टीका रूपमा प्रकट हुन सक्नुपर्छ। मधेसी दलहरू राष्ट्रिय अखण्डताका लागि चुनौती हैनन् भन्ने प्रमाणित गर्न पनि उनीहरूले राजनीतिक कौशल देखाउन सक्नुपर्छ। लोकतन्त्र र राष्ट्रियताको प्रबर्धनमा सहायक भएमात्र कुनै पनि राजनीतिक दलको औचित्य सिद्ध हुने हो। औचित्यै सिद्ध नभए अस्तित्व पनि दिगो हुँदैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस