प्रख्यात अंग्रेजी कवि टीएस इलियट बीसौं शताब्दीका सबभन्दा महत्वपूर्ण सिर्जनाहरूमध्ये मानिने कविता ‘द वेस्टल्यान्ड'को सुरु चैतवैशाखलाई त्रू्करतम महिनाका रूपमा चित्रित गर्दै लेख्छन् – ‘अप्रिल इज द क्रुएलेस्ट मन्थ'! निर्दयताको परिभाषा सिपाही, साधु, प्रेमी र सिकारीका लागि एउटै हुँदैन। वसन्त ऋतुको वर्षा निष्ठुरी भएपनि त्यसका काव्यात्मक आयाम खोतल्न हुरी बतासले चुटिँदासमेत सुवास फैलाउन नछोड्ने आँपका मञ्जरीलाई नियाल्नुपर्ने हुन्छ। तराई मधेसतिर निर्मम पो हुन्छ त चैतको मौसम – हुरीबतास, रोगव्याधि र आगलागीबाट त्रस्त भएर जीवनको क्षणभंगुरतालाई नै उत्सव मानेर गाइने निर्गुण गीतका स्वरहरू रोदनभन्दा पनि मार्मिक सुनिन्छन्। हुरीले भाँचेका हागा र झरेका पात पनि जीवनकै विम्ब हुन्।आश भने खोजिँदो रहेछ। चैत महिना सकिन लाग्दा बालुवा उँडाएर हावाको दिशा निर्दिष्ट गर्ने क्रिया सुरु हुन्छ। विश्वास गरिन्छ, शुष्क पछवा हावा – पश्चिमबाट बग्ने वायु) ले सुख्खापन एवं व्याधि ल्याएको हुन्छ। त्यसलाई आर्द्र पूर्वैयाले विस्थापित गरेपछि आँपको मञ्जरमा टिकुला लाग्छ। चर्मरोग हराउन थाल्छ। पेट निको हुन्छ। हाँच्छिउ आउन छोड्छ। र, उत्साहको सञ्चार हुन्छ। उत्साह जागेपछि जस्तै प्रतिकूल परिस्थिति पनि कठिन लाग्दैन।
वसन्तले ऊर्जा त वर्षेनी नवीकरण गर्ने हो तर सन् १९५०–६० दशकको पुस्ताका लागि पहिलो वसन्त रामराजाप्रसाद सिंहले ल्याएका थिए। सन् १९७१ को पञ्चायत चुनावको कुनै महत्व थिएन। राजाले आफ्ना विश्वाशपात्रलाई निर्वाचनको अभ्यास गराउन खडा गरेकेा संरचनाबाट जो जितेर आए पनि उसको काम अन्ततः औंठा छाप लगाउनु नै हुन्थ्यो । त्यस्तो प्रक्रियालाई क्रान्ति उद्घोषले तरंगित गरेर स्कुले विद्यार्थीलाई प्रहरीको लाठी खान उत्प्रेरित गर्ने सिंहले तराई मधेसका एकथरी युवालाई कम उमेरमै वयस्क हुन बाध्य बनाएका थिए। छिटो वयस्क हुनेहरू कहिल्यै बूढा हुँदैनन् भनिन्छ।
दोस्रो वसन्त पनि थोरै समयपछि आएको थियो। उता पाकिस्तानको रावलपिन्डी जेलमा सैनिक शासनले जुल्फीकार अली भुट्टोलाई झुन्ड्यायो। यता काठमाडौंमा दुई दिनभित्र सानोतिनो भुइँचालै गयो। सन् १९७९ अप्रिल महिनाकेा पहिलो साताका तनावपूर्ण दिन सम्भि्कनेमध्ये केहीलाई त अब बुढ्यौलीले छोइसकेको हुुनुपर्छ। विद्यार्थी आन्दोलनका नेतामध्ये कति भने अझै राजनीतिमै छन्। त्यसताकाका सहिद, घाइते एवं बेपत्ताको लेखाजोखा भने कतै फेला पर्दैन। जनमत घोषणा त भयो तर जनतन्त्र सपना नै रह्यो।
आन्दोलन फेबु्रअरी मार्चदेखि सुरु भएको भए पनि सन् १९९० मा पनि निर्णायक बनेको त अप्रिलमै हो। केही फेरि पनि सहिद भए। अंगभंग भएकाबाट अस्पताल भरिए। बेपत्ताका दस्ताबेज सायद अंचलाधीश कार्यालयको प्रायोजित आगजनीमा खरानी भए। संसदीय व्यवस्थाको पुनर्स्थापना त भयो प्रजातन्त्र भने कहिल्यै आएन। प्रजातन्त्र नै आएको भए त फेरि सन् २००६ को अप्रिलमा सडकमा उत्रिनुपर्ने नै थिएन। नियमित आन्दोलन र निरन्तर क्रान्ति पछौटेपनकेा लक्षण र ओखती दुवै हो।
जनस्मृति क्षणिक नै हुनेरहेछ। दस वर्ष अगाडि गणतन्त्र बैलगाडामा चढेर चन्द्रमामा पुग्ने सपना हो भन्ने धारणा सार्वजनिकरूपमा व्यक्त गर्नेहरू देशका नेता छन्। तर जनता खेतबारी बेचेर कुवेत कतार जानेभन्दा पर सोच्न सक्ने अवस्थामै छैनन्। अचम्म लाग्छ, केका लागि सहिदले ज्यान अर्पण गरेका होलान्? सन् १९९० को न्यायमूर्ती जनार्दन मल्लिक प्रतिवेदन वा सन् २००६ पछिको न्यायमूर्ति कृष्णजङ्ग रायमाझी प्रतिवेदनकेा त चर्चासमेत हुन छाडिसकेको छ। कार्यपालिका प्रमुख बन्न अर्कै खाले न्यायाधीश चाहिने रहेछन्। चरम निस्सहायपन एवं निराशाको अभिव्यक्ति हो – खै के, खै के! पढेलेखेकाले पनि त्यस्तो भाषा प्रयोग गर्न थालेका छन्।
अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान तथा श्रीलंकाजस्ता सन् १९७० को सुरुसम्म सोवियत प्रभावबाट अपेक्षाकृत मुक्त राख्न विकासे राजनीतिको क्रिडास्थल बनाइएका प्रायः दक्षिण एसियाली मुलुकको अवस्था उस्तै छ। जे जति गरे पनि प्रजातन्त्र शैशवकालबाट उम्किन सकिरहेको छैन। सायद खोट अलिकति पश्चिम वर्चस्वको पनि हो। व्यक्तिगत हित नै सर्वोपरी हो भने सिकाइएपछि सार्वजनिक क्षेत्र अस्तव्यस्त बन्न पुग्नेरहेछ। र, राष्ट्रवादलाई पुँजीवादसँग मिसाएर तयार गरिएको झोल प्रजातान्त्रिक संस्कारको लागि विषादी नै ठहरिनेरहेछ। त्यस्तो मिश्रणले प्रजातन्त्रलाई न मर्ने न त बाँच्ने हालतमा रहिरहन बाध्य बनाउँछ।
नेपालको इतिहासमा राष्ट्रवादका नाउँमा राजा महेन्द्रको शाही सैनिक ‘कु’ एवं माओवादी सशस्त्र विद्रोहबाहेक अरू कुनै राजनीतिक आन्दोलन भएको छैन। तर, हरेक परिवर्तनपछि प्रभुत्व भने राष्ट्रवाद नै हुने गरेको छ। राष्ट्रवादी राजनीतिको असरबाट प्रजातन्त्र मुक्त रहन नसकेपछि कम्तीमा चार किसिमका प्रवृत्ति देखिन थाल्छन्। र, अन्ततः प्रजातन्त्र फक्रिन न पाउँदै ओइलाइहाल्छ।
सन् १९७१ आन्दोलन पानीको फोका जस्तो ठहरियो। त्यसपछि अस्ताएका रामराजाप्रसाद सिंह सन् २००८ सम्म्म पनि उदाउन सकेनन्। राष्ट्रवादी भने उनी दिवंगत हुने बेलासम्म रहिरहे। सन् १९८० पछि सुदृढ हुनुपर्ने थियो प्रजातन्त्र उदाउन भने भूमिगत गिरोहका सहसंचालक शरदचन्द्र शाहा पो उदाए। उनले प्रधानमन्त्री हटाउने र बनाउने हैसियतसम्म हत्याए। सन् १९९० को परिवर्तनपछि पनि व्यक्ति परिवर्तनमात्र भयो, प्रवृत्ति खासै फेरिएन। राष्ट्र भनेका जनता हुन् भन्ने मान्यताबाट आजीवन अविचलित बीपी कोइरालाका अनुयायीहरू पञ्चहरूको नयाँ संस्करणमा रुपान्तरित भएर दरबारको भरथेग खोज्न थाले।
सन् २००६ अप्रिल विद्रोहले गणतन्त्रको बीजारोपण गरे पनि राष्ट्रवादको भूत उतार्न सकेन। बीपीले राजा र उनको घाँटी जोडिएको घोषणा तन्त्रको प्रभावबाट राजालाई मुक्त गर्न गरेका थिए। गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले तन्त्र कायम राखेर राजालाई श्रीपेच र सिंहासनको भारबाट मुक्त गरिदियो। तन्त्र यथावत रहेपछि उही अनुहार, उस्तै भेष, उही भाषा, उस्तै व्यवहार र उही नीति नियम पनि रही नै रहन्छन्। प्रधानमन्त्री सुशील कोइरालामा मरिचमान सिंह एवं अध्यक्ष खड्गप्रसाद शर्मा ओलीमा शरदचन्द्र शाहाको प्रतिच्छाया देखिनु संयोग नभएर राष्ट्रवादी राजनीतिको समानताले गर्दा हो।
विचारबिनाको नेता राष्ट्रवादी राजनीतिको सबैभन्दा ठूलो कमजोरी हुनेरहेछ। सन् १९८० पछिका सूर्यबहादुर थापा, सन् १९९० पछिका कृष्णप्रसाद भट्टराई एवं सन् २००६ पछिका गिरिजाप्रसाद कोइरालासँग राष्ट्रलाई दिशा प्रदान गर्ने कुनै पनि नयाँ विचार थिएन। अपवादबाहेक एमाले मूलतः विभिन्नथरीका कारिन्दाको दल भएकाले त्यसभित्र संगठन जति नै बनाए पनि त्यहाँ सञ्चालक हुनसक्छन् तर नेता भेट्टाउन सकिँदैन। माओवादी सशस्त्र द्वन्द्वको उन्मादी पृष्ठभूमिबाट आएकाले तिनले नयाँ विचार सहजै ग्रहण त गर्न सक्दैनन् भने सिर्जना गर्ने त पछिको कुरा भयो। देशमा राष्ट्रवाद एकमात्र विचारधारा भएपछि स्वभावतः राजनीति स्थायी सत्ताले सञ्चालन गर्ने एकाधिकार पाउँछ।
विचार र नेतृत्वको खडेरी परेपछि संगठनरूपी खेत बाँझो नै रहन्छ। आन्दोलनमा जनता आएनन् भन्ने पुष्पकमल दाहालको गुनासो हास्यास्पद लाग्छ। र, भोलि एमाले वर्चस्वको कांग्रेस नेतृत्व सरकार कारणवश बर्खास्तगीमा पर्न गयो भने खुसियालीमा दीपावली गर्नेहरूको पनि कमी हुनेछैन। विकासे राजनीतिमा गैसस र योजना प्रमुख काम लाग्छन्। राष्ट्रवादको बिँडो नागरिकता र राहदानी बाँड्ने प्रमुख जिल्ला अधिकारीले थामेका छन्। बाँकी काम तमाम गर्ने बजार छँदैछ। प्रजातन्त्रले सपनासम्म देखाउने गर्थ्याे, राजनीतिकर्मीको त त्यस्तो भूमिका पनि अब समाप्त भएको छ।
विचार मेटियो। नेतृत्व स्खलित भयो। संगठनको बजारीकरण भयो। यस्ता कुराबारे चिन्ता गरिनु पर्छ। चिन्ता र चिन्तनबाट विमर्श र त्यसपछि निकास खोज्ने प्रक्रिया लामो एवं जटिल भए पनि निराशाजनक भने होइन। सोचले विचार आउँछ। आन्दोलनले नेतृत्व जन्माउँछ। नेताले संगठन बनाउँछन्। संगठनले सक्रियता ल्याउँछ र विचार एवं नेतृत्वले पुनर्ताजगी पाउने प्रक्रिया चलिरहन्छ। यस्तो प्रणालीले काम गर्न पाउने अवस्था भने राजनीतिक संशक्ति (कोहिएरेन्स) बेगर सम्भव हुँदैन। अहिले त्यही नै क्षय भइरहेको हो कि भन्ने डर अस्वाभाविक होइन।
राजनीतिक संशक्ति कायम रहेसम्म द्वन्द्व समाधानका उपाय खोज्न सकिन्छ। सबैको उद्देश्य सर्वजन हिताय भएपछि तालमेल प्रक्रिया स्थापित गर्ने हो। राष्ट्र हुनुको उद्देश्य ‘हुनु'मात्र हो भन्ने राष्ट्रवादी सोच कमजोर भएपछि राष्ट्रियताका आधारहरूको खोजी सुरु हुन्छ। र, त्यही मुद्दा विवादित भएपछि संशक्ति तरल बन्ने प्रक्रिया आरम्भ हुन्छ। त्यसलाई रोक्नका निम्त चाहिने हो आन्दोलन। सम्भ्रान्त सहमतिको संशक्ति प्रभावहीन भएपछि नयाँ आधार खोजिने त सडकबाटै हो।
चिकित्सक गोविन्द केसीको सत्याग्रह राजनीतिक अभीष्टका लागि होइन। उनले विरोध दर्शाएको गिरोहतन्त्रमा एमालेको हालिमुहाली रहनुको अर्थ उनी बल्खु दरबारको राजनीतिका प्रतिद्वन्द्वी हुन् भन्ने पनि होइन। आखिर जुन अर्थराजनीतिक नीतिले गर्दा शिक्षा, स्वास्थ्य, यातायात, अत्यावश्यक उपभोग्य सामग्रीको आपूर्ति सुनिश्चितता एवं रोजगारीजस्ता क्षेत्र विकृतिको बोझले थिचिएका हुन्, त्यसका जन्मदाता सन् १९८६ तिरका दरबारिया र पञ्च, सन् १९९० पछिका कांग्रेसी एवं प्रश्रयदाता सन् २००८ पछिका माओवादी पनि हुन्। एमालेको गिरोहतन्त्रले त परिस्थितिको फाइदा उठाएको मात्रै हो।
चिकित्सक केसीको सत्याग्रहले राजनीतिक उत्प्रेरकको भूमिका निर्वाह गर्ने सम्भावना न्यून छ। सीमित कार्यसूचीले समाज बदल्न सकिँदैन। उनको अनशनको सबैभन्दा ठूलो महत्व के हो भने त्यसले एकप्रकारको संशक्तिको प्रक्रिया सुरु गरेको छ। त्यहाँ राष्ट्रवाद, समाजवाद, साम्यवाद, सम्मानवाद वा बजारवाद केही पनि छैन। तापनि देख्ने त के सुन्नेलाई पनि लाग्छ, यी मानुष हाम्रा लागि सरकारमात्र होइन, नश्वर संसारसँगै लडिरहेका छन्। एक्लै भिडिरहेका छन्। पटकपटक लडाइन्छन्, उठ्छन् र फेरि भिड्छन्।
दियोको मुख्य काम उज्यालो प्रदान गर्नु होइन, यद्यपि अँध्यारोमा त्यो भूमिका पनि उल्लेख्य नै हुन्छ। दीपकले सिर्जना गर्ने विश्वासले भने त्यसको प्रकाशभन्दा बढी क्षमता राख्छ। दीप अन्ततः स्वयं दिवाकर प्रतिनिधिपात्र हुन्। चिकित्सक केसीले आशा जोगाइरहेका छन्, चैते बतास भएर देखाइरहेका छन् कि संशक्ति समाप्त भएको छैन। अप्रिल त सालैपिच्छे आउने महिना हो। संशक्ति पुनर्जागृत भयो भने राजनीतिक–आर्थिक परिवर्तनका लागि नयाँ शक्ति नै चाहिन्छ भन्ने पनि छैन। पुरानै शक्तिभित्रबाट सडकमा उत्रेर नेतृत्व पंक्तिलाई हाँक दिँदै मैदानमा कस्सिए पनि पुग्छ। बुद्धिको निराशा र इच्छाशक्तिको आशा राख्न भन्छन् – एन्टोनियो ग्राम्सी। अप्रिल महिनाले त्यो कुरा सम्झाउँछ।

राष्ट्रवादको मूल्य

अँध्यारोमा दियो