मान्छेको पद र प्रभाव हेरेर औपचारिक आसन ग्रहण गर्नेगराउने चलन व्यापक रूपमा देखिँदै आएको हो। सामन्ती समाजको यस्तो प्रचलनलाई पुँजीवादी समाजले अझ राम्रा र अजंगका फूलका मालाले व्यक्तिको गला नै भाँच्चिने गरी आसन ग्रहण गराउन थालेको हो। एउटै समारोहमा आसन ग्रहणका कुर्सी सोफा पनि पद, प्रभाव र पहँुचअनुसारका आकारप्रकारमा विभाजित भइसकेका छन्। दिनहुँ टेलिभिजनका पर्दामा यस्ता आसनका असंख्य तमासा देख्न पाइन्छ।सामन्ती संस्कारको स्वाभाविक विकृतिलाई पुँजीवादले व्यापारीकरण गरेर विकृत तुल्याएको ‘मृतासन' प्रवृत्तिविरुद्ध निष्ठाको आसन रोज्न अहिले जति अप्ठेरो कहिले थिएन। किनभने पुँजीवादको ‘मृतासन'विरुद्ध निष्ठाको आसन रोज्नसक्ने मानिस ज्यादै थोरै बाँकी रहे। र, उनीहरूलाई पनि सिध्याउन बेलगाम पुँजीवादको भूत सुरसाको मुख बाउँदै दौडिरहेको छ।
डा. गोविन्द केसी यस्तै बेलगाम पुँजीवादी ‘मृतासन'विरुद्ध उभिनसक्ने बिरलाकोटी व्यक्तित्वमध्येका हुन्। उनले सरलता, निर्भीकता, कर्तव्य परायणता, पेसागत निपुणताजस्ता गुणले आफ्नो निष्ठाको आसनलाई निकै अग्लो बनाएका छन्। त्यसैले आजको बेलगाम पुँजीवादको दौडमा पनि एक्लो निष्ठाको आसन प्रतिस्पर्धामा अब्बल ठहरिएको छ। यसले के प्रमाणित गर्छ भने लोकतन्त्रको सामाजिक पक्ष अनुदार पुँजीवादको पुच्छर बनेर मृत्युवरण गर्न तयार छैन। आज लडाइँ सानो स्वास्थ्य नीतिको अंशमा मात्र देखापरेको भए पनि यो विषय नेपाली अर्थनीतिको पुनःमूल्यांकनको आधार बनेको छ। शिक्षा, सञ्चार, कृषि, उद्योग र अन्य क्षेत्र पनि स्वास्थ्य क्षेत्रको विकृतिभन्दा भिन्दै छैनन्। डा. केसीजस्ताकुनै व्यक्ति े त्यतातिर अनशन नबसेको हुनाले फोहोर नउठेको मात्र हो। समस्या त्यहाँ अझ विकराल छन्। सबाल अंशमा उठेको भए पनि समग्र समस्या मुलुकको नीति अझ मूलतः अर्थनीतिको हो।
डा. केसी अनशन बसेको तेस्रो दिन हामी केही साथी – एनेकपा (माओवादी)का नेता राम कार्की, नेकपा (संयुक्त)का नेता सुनिल मानन्धर, इन्जिनियर तथा विद्वान् मित्र डा.जुगल भुर्तेल र यो पंक्तिकार शिक्षण अस्पताल महाराजगन्ज पुगेका थियौँ जहाँ डा. केसी अनशनमा थिए। डा. केसीसँग कुराकानी हुँदा हामीले स्वास्थ्य क्षेत्रको विकृति समग्र मुलुकको विकृतिको एउटा सानो अंशमात्र भएको कुरा राख्यौँ। आआफ्नो क्षेत्रबाट भएका आंशिक प्रयास सकारात्मक भए पनि मूल समस्या राष्ट्रले अवलम्बन गर्ने आर्थिक नीतिको हो भन्ने चर्चा भयो। पुँजीवादको नवउदारवादी धाराले अवलम्बन गरेको ‘क्रोनी' पुँजीवादको समस्याले नेपालको हरेक क्षेत्रमा विकृतिको डंगुर थुपार्न सुरु गरेको छ। मुलुकको राजनीतिक अवस्था कस्तो छ भन्ने सबैलाई थाहै छ। आर्थिक नीति राजनीतिक व्यवस्थाको अधीनस्थ हुन्छ भन्ने कुरा पनि प्रष्टै छ। हुनत, राज्यको बिना तयारी र पूर्वाधार ल्याइएको उदारीकरण र निजीकरणले आक्रान्त पार्दा पनि आर्थिक भूमिकाबाट राज्यलाई पुर्णरूपमा अलग्याउनुपर्ने विचार पनि यहाँ मनग्गै सुन्न र पढ्न पाइन्छ। त्यतिमात्र कहाँ हो र? राजनीतिक लगाम नलागेको आर्थिक परिवर्तन र समृद्धिका कुराहरू पनि यहाँ मनग्गै सुन्न/पढ्न पाइएकै छ। उता राज्यको भूमिका भने न हाँसको चाल न बकुल्लाको चाल भएको बन्दै गएको छ। समग्रमा मुलुक ‘क्रोनी' पुँजीवादको लुटतन्त्रको अगाडि लाचार छाया बन्दै गइरहेको छ। डा. केसीको अनशनलाई आँखीझ्याल बनाएर समस्यालाई अलि विस्तारित आयामबाट हेर्नुपर्छ।
‘क्रोनी' पुँजीवाद
पुँजीको केन्द्रीकरण अहिलेको संसारको सबैभन्दा डरलाग्दो आर्थिक अवस्था हो। औँलामा गन्न सकिने केही सीमित पुँजीपतिहरूको हातमा जब राज्यको अधिकांश पुँजी केन्द्रीकरण हुन्छ त्यसले मुलुकको औद्योगिक पुँजीलाई नष्ट गरिदिन्छ। यसको अर्थ हो, औद्योगिक पुँजीको भूमिकालाई वित्तीय पुँजीले साँघुरो पारिदिन्छ। औद्यौगिक पुँजीको चरित्र उद्यमशील हुन्छ र स्वाभाविक रूपले उद्यमशील पुँजीवादको चरित्र प्रगतिशील हुन्छ। उद्यमशील पुँजीवाद प्रतिस्पर्धी हुने हुनाले त्यसको चरित्र प्रगतिशील भएको हो। तर पुँजीको केन्द्रीकरणले उत्पन्न हुने एकाधिकारले पुँजीवादको प्रतिस्पर्धी चरित्रलाई समाप्त पारिदिन्छ। परिणामस्वरूप पुँजीवादका ठूला माछाले साना माछालाई खाइदिन्छ। पुँजीवादको यस्तो एकाधिकारी चरित्रलाई लेनिनले पुँजीवादको विकृतरूप अर्थात् साम्राज्यवाद नामाकरण गरेका थिए। पुँजीवादको चरम विकसितरूप नै साम्राज्यवाद हो। वित्तिय पुँजीवाद अर्थात् साम्राज्यवादका सबै जायज/नाजायज सर्तलाई स्वीकार गरेर भित्रिने पुँजीवादलाई ‘क्रोनी' पुँजीवाद भनिन्छ। जहाँ पुँजीपति, राजनीतिज्ञ र नोकरशाहको आपसी हित सम्बन्धद्वारा विस्तारित हुन्छ। राजनीतिक आदर्श र जनताको विपक्षमा विकसित यस्तो पुँजीवादले भ्रष्टाचारको एउटा संगठित गिरोहको निर्माण गर्दैछ।
पुँजीवादको यही विकृतरूप अर्थात ‘क्रोनी' पुँजीवाद हाम्रो अहिलेको समस्या हो। स्वास्थ्य क्षेत्रमा डा. केसीले गरेको अनशनको मूल जरो मुलुकको राजनीतिक आर्थिक चरित्रमा अन्तरनिहित छ भने त्यसका हाँगाबिँगा अन्य सबै क्षेत्रमा फैलिएका छन्। जबसम्म राज्यको चरित्र अर्थात् जरो बदलिँदैन केसीको जस्तो अनशन बारम्बार दोहिरिँदैमात्र जान्छ। सामाजिक उत्तरदायित्वबाट पन्छिएको लोकतन्त्रले कहिले पनि जनताको हित संरक्षण गर्दैन। जोसँग पुँजी हुन्छ, त्यसैको संरक्षण गर्छ। अहिले राज्यले त्यही गरिरहेको छ। र, पुँजीवादको यस रूपसँग मुख्य ठूला राजनीतिक दलले आत्मसमर्पण गर्दै आइरहेका छन्।
नेपाली काँग्रेसले सैद्धान्तिकरूपमा प्रजातान्त्रिक समाजवादको नीति अगाडि सारेको थियो। प्रजातान्त्रिक समाजवादले राज्यसत्ताको चरित्रलाई ‘लोक कल्याणकारी' राज्यको रूपमा परिभाषित गरेको थियो। जनतामा प्रत्याभूति गरिने प्रजातन्त्रको सामाजिक पक्षलाई उसले पहिलो प्राथमिकता दिएको थियो। प्रजातान्त्रिक समाजवाद भनेको ‘पुँजीवाद' किमार्थ थिएन। उता नेकपा (एमाले)ले समाजवादी राज्य व्यवस्थाको कुरा गर्थ्यो र गर्दैछ। पुँजीवादलाई शान्तिपूर्ण प्रतिस्पर्धाद्वारा विस्थापित गर्दै समाजवादी राज्य व्यवस्था स्थापना गर्ने उसको घोषित उद्देश्य छ। अर्कोतिर एनेकपा (माओवादी)ले पनि शान्तिपूर्ण वा विद्रोहद्वारा समाजवादी राज्य व्यवस्थाको स्थापनालाई आफ्नो रणनीतिक लक्ष्य निर्धारण गरेको छ। राष्ट्रिय राजनीतिमा निर्णायक प्रभाव पार्ने तीनवटै ठूला दलले अहिले के गरिरहेका छन्? दुनियाँको अगाडि उनीहरुको सैद्धान्तिक भनाइ र गराइको फराकिलो अन्तर घाम जत्तिकै छर्लङ्ग भइसकेको छ।
भूमण्डलीकरण र वैश्वीकरणको विश्वव्यापी प्रभावसँगै माथि उल्लेखित दलहरूले आफ्नो वैचारिक नीतिको खुरुखुरु अनुसरण गर्दै गए। उनीहरुले आफ्नो सिद्धान्तका आधारमा नेपालका लागी आवश्यक मौलिक आर्थिक नीति निर्माण गर्न सकेनन्। अतः उनीहरू भूमण्डलीकरणको सहउत्पादन ‘क्रोनी' पुँजीवादसँग आत्मसमर्पण गर्न पुगे। अन्तर्राष्ट्रिय वित्तीय पुँजीवादले अराए पराएको काममात्र गर्ने उनीहरूको मूल नीति बन्यो। फलानो क्षेत्रमा लगानी गर, चिलानो क्षेत्रमा बाटो बनाऊ, अमुक क्षेत्रलाई विकास गर वा विनाश गरआदि जस्ता निर्देशनात्मक कार्य गराउने वित्तीय पुँजीवादको पछाडि दौड्ने प्रतिस्पर्धामा मुख्य दलहरुको तँछाडमँछाड भएपछि भर्खरै स्थापित र कमजोर आर्थिक धरातलमा टेकेको लोकतन्त्रको यस्तो हविगत नभएर कस्तो होस्? त्यसकारण डा. केसीको अनशनलाई ‘क्रोनी' पुँजीवादको नग्नरूपविरुद्ध गरिएको एउटा सांकेतिक संघर्षको रूपमा लिनुपर्छ।
निष्ठाको आसन
अंशअंशमा देखापर्ने कैयौं समस्याको अल्पकालीन समाधानका लागि सम्बन्धित क्षेत्रले सदैव सम्झौताको सीमाभित्र रहने संघर्ष संगठित गर्ने प्रयत्न गर्दैआएको हुन्छ। डा. केसीको प्रयत्न पनि यसै सीमाभित्र रहेको संघर्ष भएकाले यसको उपलब्धिको सीमा पनि सानै होला। तर मुलुकको लोकतन्त्रमा जनताले सुशासनको सास लिने प्वाल पनि नभेट्टाएका बेलामा केसीको अनशनले संपूर्ण बेथिति र लुटतन्त्रविरुद्धमा उभिने ‘स्पेस' निर्माण गरिदिएको छ। ‘क्रोनी' पुँजीवादको विपक्षमा पूरै राष्ट्र उभिने परिस्थिति निर्माण हुनु भनेको राज्यको भूमिकालाई सर्वत्र प्रभावकारी ढंगबाट स्थापित गर्न तथा लोकतन्त्रलाई सामाजिक उत्तरदायित्वबाट भाग्न नदिन गरिएको प्रयत्नका रूपमा बुझ्नुपर्छ। विडम्वना, मुलुकको यस्तो हालत हुँदा पनि ‘क्रोनी' पुँजीवादका नेपाली अभियन्ताले यसैको बचाउ मात्र गर्दैछैनन् अझ बढी संस्थागत गर्ने प्रयत्न गर्दैछन्। त्यसमाथि गर्नुपर्ने निरन्तर प्रहारलाई डा. केसीको अनशनले हामीलाई संझाइरहने छ।
केन्द्रीकृत र अमानवीय चरित्र बोकेको ‘क्रोनी' पुँजीवादविरुद्ध शान्तिपूर्ण ढंगले लड्न कुनै राजनीतिक शक्ति मैदानमा नभएका बेला एकजना उच्च नैतिक र निष्ठावान व्यक्ति चाँहिदोरहेछ। भारतको स्वतन्त्रता संग्राममा महात्मा गान्धीको प्रयत्न यस्तै ‘क्रोनी' पुँजीवादविरुद्ध गरिएको प्रयोगको मौलिक नमुना थियो। खासगरी साम्राज्यवादलाई कमजोर पार्नुछ भने स्वदेशी उत्पादन बढाऊ र प्रयोग गर भन्ने गान्धी नीति चर्खा अभियानद्वारा अभिव्यक्त भएको थियो। संघर्षको सत्याग्रहको गान्धी नीति उच्च नैतिकता र निष्ठामा आधारित रहेको स्मरण गर्ने हो भने डा. केसीको अनशनले ल्याएको हलचललाई बडो प्रष्टताका साथ बुझ्न सकिन्छ।
अतः डा. गोविन्द केसीले निर्माण गरेको निष्ठाको आसनले नेपालको ‘क्रोनी' पुँजीवादको आधारलाई हल्लाई दिएको छ। यस्तो निष्ठाको आसन कुनै पुँजीपतिको रकमद्वारा किनिएको कुर्सी वा सोफाबाट निर्माण हुने होइन। नैतिकता, कर्तव्य, उत्तरदायित्व र अन्तस्करण – यस आसनको निर्माणका आधारभूत मानक हुन्। यस्तै मानकद्वारा निर्धारित आसनमा पुगेका गान्धी एउटा लगौंटीमा लौरो टेकेर अगाडि लागेपछि लाखौँ दलित र महिला उनको पछाडि लाग्थे। राजनीतिभन्दा पृथक ठाउँबाट निष्ठाको आसनमा रहेका डा. केसीको आयाम राजनीतिमा होमिएका गांधीको जस्तो प्रभावकारी नहोला तर उनको निष्ठाले राजनीतिक वृत्तमा यस्तो व्यक्तित्वको कमीलाई भने प्रष्ट देखाएको छ। केसीको जस्तो निष्ठाको आसन आर्जन गरेको कुनै राजनीतिज्ञ मुलुकमा हुन्थ्यो भने राजनीतिक विकृतिको ‘क्रोनी' पुँजीवाद केही हदसम्म खुम्चिन बाध्य हुँदो हो कि?