वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको पाचौँ पटकको अनशन यी पंक्तिहरू लेख्दासम्म तोडिइहालेको त छैन तर तोडिने बलियो संकेत देखिएको छ। एकजना असल मानिस ११ दिनसम्म खानपिन छाडेर शिक्षण अस्पतालको एउटा कुनामा पल्टेर अनशनरत थियो।पटकपटक अनशन बस्ने र धोखा पाउने नियतिबाट गुज्रेको त्यो बहादुर बृद्धका पक्षमा पटक जनसमर्थन उर्लन थालेपछि प्रत्येक पटक सरकारले सम्झौता गरेका छ। उनीसँग गरिएका अधिकांश सम्झौता उल्लंघन पनि हुनेगरेका छन्। साथै, पर्दापछाडिबाट मेडिकल कलेजलाई सम्बन्धन दिने खेल नरोकिएपछि निष्ठाका प्रतिमूर्ति केसीले पाचौँ पटक अनशनमा बस्ने निर्णय गरेका हुन्। उनले १० दिन अगावै आफ्ना माग सार्वजनिक गरेर पूरा नभए अनशन बस्ने जनाउ दिएका थिए। केसीको पक्षमा जनसमर्थन जुट्दै गएपछि र चिकित्सकहरूको प्रतिनिधि संस्था नेपाल मेडिकल एसोसिएसनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सरकार गल्न थाल्यो र अन्त्यमा सम्झौता गर्न बाध्य भयो। केसीले राखेका माग उनकै शब्दमा ‘जनताको स्वास्थसँग सम्बन्धित' विषय हुन्। आर्थिक उदारीकणको छाडापनमा चिकित्साशिक्षामा फैलँदै गएका विकृति, पैसाको खेल र कमसल चिकित्सक उत्पादन हुने अहिलेको परिपाटीमा सशक्त आवाज उठाउन आवश्यक थियो। त्यसमा अग्रसरतमा लिने काम केसीले गरे, गरिरहे।
पछिल्लो सहमतिअनुसार केसीले उठाएका सबैजसो माग पूरा गर्न सरकार बाध्य भएको छ। जसअनुसार सरकारले तत्काल कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन दिने छैन, प्रक्रिया र योग्यता नपुगेका मेडिकल कलेजले प्राप्त गरेको सम्बन्धन खोस्न पनि सरकार तयार भएको छ।
चिकित्साशास्त्र शिक्षामा देखिएका अनिममितता छानबिन गर्न आयोग गठन गर्ने, त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानबीचको खटपटमा मल्लमपट्टी लगाउने, मुलुकका ग्रामीण भेगमा मेडिकल कलेज स्थापना गर्नेजस्ता मागमा सरकारले आश्वस्त पारेको छ। सबैभन्दा महत्वपूर्ण त सरकार आफैँले चिकित्साशास्त्र शिक्षा नीति तयार पार्न गठन गरेको केदारभक्त माथेमा संंयोजक रहेको समितिले तयार पार्ने प्रतिवेदनका आधारमा आगामी नीति, कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। माथेमा समिति धमाधम काम गर्दैछ र प्रतिवेदनको तयारीमा जुटेको छ। तर, यहाँनेर प्रश्न उठ्छ केसी किन यसैबीच पाँचौ पटक अनशन बस्न पुगे? त्यसको उत्तर शिक्षण अस्पतालबाट होइन बालुवाटारको सत्ता केन्द्रले दिनुपर्ने हुन्छ। केसीको अनशन सरकार आफैँले सिर्जना गरेको समस्या हो। परिस्थितिवश आइलागेका धेरै समस्याका समाधान सहज हुन्छन्। जानजान उत्पन्न गरेको समस्याको समाधान सहज हुँदैन। ती पेचिला हुन्छन्। प्रधानमन्त्री सुशील कोइराला अहिले त्यही फन्दामा परेका हुन्। आफैँले गठन गरेको माथेमा समिति कार्यरत रहेकै बेला त्यसको प्रतिवेदन पर्खनु सरकारको प्राथमिक कर्तव्य हुनुपर्थ्याे। तर, कोइराला, आफ्नै कोटरीका केही सदस्य र सत्ता साझेदार एमालेको धम्कीपूर्ण आग्रहका सामु झुक्न पुगे। दुई तीहाइ बहुमतको सरकारका प्रधानमन्त्री जो त्रिभुवन विश्वविद्यालयका कुलपति पनि हुन्, उनैले आफैँले पहिले रोकेको नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया फुकाउन पत्राचार गरे। आफ्ना माग पूरा नभएको पृष्ठभूमिमा लामो समयदेखि अनशन अनुकूल वातावरणको प्रतीक्षामा रहेका केसीलाई बलियो आधार चाहिएको थियो। कोइरालाले त्यही आधार बनाइदिए।
किन कोइराला पत्राचार गर्न बाध्य भए? सत्ताधारी एमालेका केही नेताहरूको मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्छ भन्ने अडानले नै सुशीललाई गलाएको हो त? त्यतिमात्र होइन, सुशीलका वरिपरि झुम्मिने कोइराला स्वजनले पनि प्रशस्तै चलखेल गरेका छन् यस प्रकरणमा । सत्तासीन भएपछि सुशील कोइराला हिजो सर्वसाधारण जनताले देख्ने गरेका साधुजस्ता रहेनन्। उनका अघिपछि हिजोका निम्सरा कांग्रेसजन पनि देखिँदैनन्। कांग्रेस पार्टी राजनीतिमा लामो समयसम्म कोटरी राज चलाउँदै आएका सुशील सत्तामा पुगेपछि उनलाई चलाउनेहरू बढी सक्रिय देखिएका त होइनन्? मदिरापानमा मस्त हुने र राजनीति गर्नका लागि पैसा चाहिन्छ भन्न्ो मानसिकताले ग्रस्तहरूको बीचमा छन् सुशील कोइराला। उनीहरूकै सल्लाहमा सत्ता चलेको छ। प्रधानमन्त्रीको कुर्सीमा आसीन कोइराला कसैका नायब त होइनन्? कांग्रेसजनले समेत प्रश्न गर्न थालेका छन्। कोइरालालाई सत्ता चलाउन बीपी पुत्र, जीपी पुत्रीको साथ र समथर्न चाहिएको छ अहिले। उनीहरूलाई राजनीति गर्न पैसा चाहिन्छ। जनसम्पर्क सल्लाहकारहरू असुलीमा मग्न रहेको कांग्रेसजनकै गुनासो छ। भनिन्छ सत्ताले दृष्टिविहीन बनाउँछ। त्यो मान्यता सुशील कोइरालाका हकमा पनि लागु भयो। चिन्ताको विषय हो यो।
केसीको आमरण अनशन चिकित्साशास्त्र शिक्षामा मौलाएको माफियाकरण विरुद्धको हो भनिएको छ। चल्तीको भाषामा चिकित्साशिक्षा पैसा खेलाउनेको हातमा पुगेको छ। चिकित्साशास्त्र शिक्षाको ठूलो बजार छ यहाँ। अघिल्लो वर्षको तथ्याङ्कले करिब १० हजार युवा एमबीबीएस पढ्न चाहन्थे भन्ने देखाएको छ। एमबीबीएसको प्रवेश परीक्षामा १० हजार जना सामेल भएका थिए। तीमध्ये करिब २ हजारले नेपालमा पढ्ने अवसर पाए। बाँकीले अन्य विषय पढे। उनीहरूमध्ये कतिपय यस वर्ष पनि प्रवेश परीक्षाको तयारी गर्दैहोलान्, नभए विदेश गइसके होलन्। आफ्ना सन्तानलाई जसरी पनि डाक्टरी पढाउन जस्तोसुकै मूल्य पनि चुकाउन तयार मध्यमवर्गको ठूलो संख्या छ।
पढ्न चाहने ठूलो संख्याका विद्यार्थी र पढाउन लालयित अभिभावक मेडिकल कलेजका संचालकका लागि आकर्षक बजार हुन्। घाटा नहुने यो व्यापार अपारको छ। उदार अर्थतन्त्र चलाउन आवश्यक नियमन सुरु भएकै छैन। निममन गर्ने नियमकानुन बन्नै दिइँदैन। भएका नियमहरू पनि कार्यान्वयन हुँदैनन्। मेडिकल काउन्सिलका कतिपय निर्देशनको खिल्ली उडाइएको छ। प्रत्येक विद्यार्थीबाट एकमुष्ठ ५० लाख र त्यसभन्दा बढी असुल्न सकिने मनपरीकै कारण चिकित्साशिक्षा अन्ततः माफियाको हातमा पुगेको हो। अघिल्लो वर्ष त्रिभुवन विश्वविद्यालयअर्न्तगतका मेडिकल कलेजमा पढ्न प्रवेश परीक्षा दिने १० हजारमध्ये प्रवेश परिक्षामा करिब ४ हजार उर्त्तीण भए र हजार जनाले पढ्ने मौका पाए। त्यस्तै काठमाडौं विश्वविद्यालयअर्न्तगतका मेडिकल कलेजमा पढ्न प्रवेश परिक्षामा सामेल हुने करिब ४ हजारमध्ये झन्डै ३ हजार उर्त्तीण भए र तीमध्ये करिब १ हजारले भर्ना पाए। कसरी माफियाकरण हुन्छ त? प्रवेश परीक्षा र भर्नामा मनोमानी छ। नीति नियमले काम गरेको छैन। प्रवेश परीक्षा र भर्ना प्रक्रियालाई व्यवस्थित गर्ने आवाज उठेकाउठ्यै छन्, तर कार्यन्वयन हुँदैनन्। प्रवेश परीक्षामा पास हुने सयौँको सूचीमध्ये योग्यताक्रमका आधारमा भर्ना लिइँदैन। धेरै पैसा बुझाउने र पहुँचवालाले भर्ना पाउने गर्छन्। त्रिविअर्न्तगतको शिक्षण अस्पताल महाराजगंजमा योग्यताक्रमअनुसार सबैभन्दा धेरै नम्बर ल्याउने मध्येबाट भर्ना लिइन्छ। त्यस्तै काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुुलिखेलममा आंशिकरूपमा योग्यताक्रमका आधारमा भर्ना लिइन्छ, बाँकी सबै मेडिकल कलेजमा जसको शक्ति उसको भक्ति लागु हुन्छ। पैसा र पावर हुनेले भर्ना पाउँछन् अरू जिल्लाराम! समस्याको जड यहीँनेर छ। योग्यताक्रमका आधारमा मात्र भर्ना लिन पाउने र प्रत्येक वर्ष वा महिना निश्चित शुल्कमात्र लिन सकिने नियम कार्यान्वयन हुनसक्यो भने अहिलेका कतिपय बेथिति समाधान हुन्थे । के देखिन्छ भने मेडिकल कलेजलाई योग्य, मेधावी विद्यार्थी चाहिएको छैन। उनीहरूलाई पैसाका बिटा बुझाउन सक्नेमात्र चाहिएको छ। योग्यताक्रममा पछाडि पर्नेहरूबाट धेरैभन्दा धेरै शुल्क लिन सकिने र कतिपय अवस्थामा उनीहरूबाट अतिरिक्त आम्दानी पनि हुने भएकोले मेडिकल कलेजमा लगानी गर्नेका तिनीहरू सुनको फुल पार्ने कुखुरी हुन्।
पैसा र पावरको खेलमात्र छैन मेडिकल शिक्षामा। सबैभन्दा विकराल समस्या त पढाउने जनशक्ति नै छैन। मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सकिन्छ। पैसा भए ठूलाठूला भवन बन्न सक्छन्। उपकरण जडान हुनसक्छ। तर, जनशक्ति रातारात उत्पादन हुनसक्तैन। सुनिन्छ, मेडिकल कलेजहरूले भारतबाट ‘ खडेबाबा'हरू ल्याएर पढाउने गर्छन्। विडम्बना यस्तो वास्तविकता बताउन केसीजस्ता डाक्टरले अनशन बस्नुपरिरहेको छ। सरकार सत्तामा जो पुगे पनि उदार अर्थतन्त्रकै प्रवक्ता बन्नेगरेको छ। उसले पैसा र लगानीको हिसाबकिताबमात्र हेर्छ। समस्या, मेडिकल माफिया र आँखा चिम्लेर बसेको सरकारमा मात्र होइन डाक्टर बन्न चाहने युवा र डाक्टर पढाउन मरिमेट्ने अभिभावकमा पनि छ। पढाउने शिक्षकनै नभएका मेडिकल कलेजमा ५० औं लाख तिरेर कमसल चिकित्सक उत्पादनमा योगदान गर्ने कि आफ्ना सन्तानलाई अन्य विधा पढाएर उनीहरूको मेधाको परख गर्ने? अब हरेक अभिभावकले सोच्नु आवश्यक छ। पैसा तिरेर कमसल डाक्टर उत्पादन गर्न कहिलेसम्म लगानी गर्ने?
सरकारले संझौता कार्यान्वयन गर्नु केसीको अनशन तोडिनुभन्दा ठूलो कुरा हो। एकजना कृशकाय गोविन्द केसीले सधैँ माफियाविरुद्ध लड्न सक्तैनन्। अब सबैमा जागरण आवश्यक छ। यसपटक अलिकति त्यो पनि देखिएको छ।