कार्ल मार्क्स जीवित हुन्थेभने उनको विवादास्पद ‘राज्य मालिकहरूको उत्पादनका साधनलाई परिचालन गर्ने साधन हो' भन्ने व्याख्यालाई कसरी वस्तुगत बनाउँथे होलान्? उनका अनन्य राजनीतिक मित्र एंगेल्सले आफ्नो उद्योगको अधिकांश आम्दानी पार्टी प्रचार, विकास र प्रवर्द्धनमा गरेको खर्चलाई कसरी अर्थ्याउँथे होलान्?साम्यवादको व्याख्या र कार्यान्वयनको सैद्धान्तिक करार बोक्ने नेपालका साम्यवादी उद्योगपति/व्यापारी नेतालाई के सुझाव दिन्थे होलान्? विचारणीय छ। शास्त्रीय व्याख्याले उद्योगपति कम्युनिस्ट र कम्युनिस्ट उद्योगपति हुने कुरालाई घुमाउरोरूपमै सही इन्कार त गरेकै हो। तर परिवर्तनपछिको निरन्तर परिवर्तन भन्ने सामाजिक तथा अर्थराजनीतिक सत्यले जो उद्योगपति ऊ कम्युनिस्ट, जो कम्युनिस्ट ऊ उद्योगपति भनेजस्तो बनाएको देखिन्छ।
अर्थशास्त्रले भने पनि नभने पनि कम्युनिस्ट पिता कार्ल मार्क्स भन्छन् — संसारमा एउटाले हानिी नबेहोरी अर्काले लाभ लिन सक्दैन। अर्थात् विशिष्ट अवस्थामा ‘छल, बल, दल'बिना धनाढ्य बन्नपनि सकिँदैन। सामान्य बुझाइमा त्यो हो पनि। सामान्य बिरामीले गरिब बन्नेगरी खर्च नगरिदिने हो, स्वाभाविकभन्दा बढी शुल्क अस्पताललाई नबुझाई दिने हो भने सायद अस्पतालका लागि डाक्टर जन्माउने मेडिकल कलेज खोल्न यतिबिघ्न तानातान हुने नै थिएन। महंगो शुल्क असुल्ने अस्पतालमा आकर्षक कमाइ नहुने हो भने पनि डाक्टरी पेसा यति आकर्षक र महंगो बन्ने थिएन। घरवार बेचेर सन्तानलाई डाक्टरी पढाउन अविभावक पनि अगाडि सर्ने थिएनन् होला। चिकित्साजस्तो नितान्त सेवामूलक क्षेत्र व्यावसायिक प्रतिष्ठान बन्ने थिएन।
डा. गोविन्द केसी आमरण अनशनमा बसेका छन्। सरकारभित्रका दलगत, गुटगत मौन र खुला समर्थन वा विरोध पोखिएका छन्। अनशन बस्नु, अनशनकारीलाई सरकारले वार्ता र सहमतिमार्फत् सम्बोधन गर्नु, जनसाधारणको हित प्रतिकूल हुन नदिनु नै लोकतन्त्रको विशेषता हो। पटकपटक उठ्दैबस्दै गरेको मेडिकल कलेज सम्बन्धन विवाद तथा अनशन एकापसमा अकाट्य बनेर गएका छन्। आखिर यस्तो किन हुन्छ? लोकतान्त्रिक शासन सत्तामा यसको लोकतान्त्रिक पद्धति र मान्यतामा रहेर समाधान खोज्नुपर्छ।
गैरराजनीतिक लोकतन्त्र
धेरैले सुनेबुझेको लोकतन्त्र राजनीतिक लोकतन्त्र हो। खास दल र राजनीतिक आदर्शका पछाडि उभिने, बोल्ने, समर्थन/विरोध गर्ने आदि। सामाजिक सत्यलाई उछिन्ने र दलको भलोमा आफू खोज्न उभिने। हामीले अकाट्य र अत्याज्य स्वास्थ्य, शैक्षिक, आर्थिक, सांस्कृतिक, धार्मिक, भाषिक आदि अर्को लोकतन्त्रको खोजी गरेनौ। प्राथमिक वा अकाट्य स्वास्थ्य, शिक्षा, आर्थिक लोकतन्त्रको बहस भएन। बरु सांस्कृतिक, धार्मिक तथा भाषिक लोकतन्त्रको जातजातीय/समुदायिक बहसलाई पो स्थापित गर्यौँ ।
अन्य लोकतन्त्रको चर्चालाई अस्वाभाविक, अव्यावहारिक भनिएको छ। आर्थिक लोकतन्त्रलाई अपारदर्शी लगानी, पहुँचवाला राजनीतिक संरक्षण र नेतृत्वको औद्योगिक अभीष्टले रोकेजस्तै।सांस्कृतिक, धार्मिक, भाषिक लोकतन्त्रलाई जातिसमुदायले छेकेजस्तै स्वास्थ्य, शिक्षाको लोकतन्त्रलाई व्यक्ति पारिवारिक सरोकारले छोपेको छ। यही औद्योगिक स्वार्थले मेडिकल कलेज सम्बन्धनको विवादलाई अघिपछि गराइरहेको हो।
धनी मेडिकल कलेज
अहिलेसम्म २० मेडिकल कलेज सञ्चालनमा छन्। कलेजअनुसार न्युनतम चालिस लाखदेखि एक करोड तीनलाखसम्म शुल्क तोकिएका यी कलेजमा चिकित्साशास्त्र अध्ययनका लागि औसत शुल्क एकहत्तर लाख रुपैयाँ प्रतिविद्यार्र्थी तिर्नुपर्छ। यो धनाढ्यभित्र रहेको वर्गीय भिन्नता र विभेदको प्रमाण हो भने गरिबलाई गरिएको निषेध। तोकिएका शुल्क भिन्नता र लगानीको हैसियतभित्र जन्मनेे वर्गीकृत चिकित्सकको चित्रण पनि हो। धनी बिरामीका लागि धनी चिकित्सक, गरिबका लागि गरिब चिकित्सक भनेजस्तो।
औसत नेपालीको वार्षिक आम्दानी ४८ हजारभन्दा झन्डै ७० लाख बढी शुल्क मेडिकल कलेजको पढाइमा लाग्दोरहेछ। यो त क्षमता र सम्भावना बोकेका विद्यार्थी रोक्ने घुमाउरो बाटो न हो। यसले चिकित्सा शिक्षालाई धनीहरूको एकलौटीमा पारिरहने छ। सहर नछोड्ने धनी डाक्टरलेे सहरबाहिरका बिरामीको आयु घटाउनेछ। सहर नछोड्ने धनी चिकित्सक र सहर आउन नसक्ने बिरामीको अत्याज्य स्वास्थ्य सुविधा अधिकारमाथि चरम विभेद र असामानता निर्माण गरेर सहरी निर्दयी नाफाखोरको उत्थान गरिरहेको छ।
सहर केन्द्रित, महँगो शुल्क, मेडिकल कलेज सम्बन्धनको विवाद, लगानीकर्ता, लक्षित विद्यार्थी सबै धनीका लागी हुन्। मेडिकल कलेज खोल्ने, विद्यार्थी पढाउने, डाक्टर बनाएर निकाल्ने र डाक्टर बिकाउने अस्पताल खोल्नुमात्र महत्वपूर्ण होइन। सबै मेडिकल कलेजमा अध्ययन आकांक्षी सबैले पढ्न सक्नु पाउनु, सबै अस्पतालमा सबै विरामीले सेवा लिनसक्नु पाउनु, आर्थिक हैसियतअनुसारको अस्पताल खोज्न भौंतारिनु नपर्नु, गम्भीर प्रकृतिका रोग निदान गर्न देशका ठूला सहरमा धाउन नपर्नु पो मुख्य र महत्वपूर्ण पक्ष हुन्। पूर्वाधार सम्पन्न र लगानी, अवसर, पहुँचका दृष्टिले निरपेक्ष र समानतामूलक मेडिकल कलेज खोल्नु खोलिनु महत्वपूर्ण हुन्। खास व्यक्ति वा समूहको व्यावसायिक महत्वाकांक्षा र लगानीको सुरक्षा गर्न खोलिने कुनैपनि मेडिकल कलेजको तात्िवक महत्व हुँदैन।
सहरमैत्री मेडिकल कलेज
विद्यमान चिकित्सा शिक्षा नीतिअनुसार त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले सरकारी निर्णयका आधारमा मेडिकल कलेजहरूलाई सम्बन्धन दिँदैआएका छन्। यी दुवै विश्वविद्यालयबाट आठ आठ मेडिकल कलेजले चिकित्साशास्त्र अध्यापनका लागि सम्बन्धन पाएको देखिन्छ। सन् १९७२ बाट मेडिकल अध्ययन सुरु गराएको त्रिभुवन विश्वविद्यालयमा काठमाडौं विश्वविद्यालयसमेत थपिँदा पनि सम्बन्धनको अनुगमन, निरीक्षण, मूल्यांकन वा कारबाही पक्ष सबल देखिँदैन। गुणदोषका आधारमा उल्लेख्य कारबाही वा पुरस्कृत गरिएको अभिलेख छैन।
क्षेत्रीय तथ्यांकमा काठमाडौं र वरपर सम्बन्धन पाउने मेडिकल कलेजको संख्या ५० प्रतिशतभन्दा बढी छ। यो तथ्यांक सुदूरपश्चिमाञ्चल तथा पूर्वाञ्चलमा १३ प्रतिशतभन्दा माथि छैन। बाँकी पश्चिमाञ्चलमा एकोहोरिएका छन्। मेडिकल शिक्षा अध्ययनमा सहरी पहाडी प्रभुत्व देखिन्छ। किनभने सहर धनाढ्य र धनाढ्य बन्ने प्रयास गर्नेहरूको बसोबास हो। नाफाको संरचनात्मक चरित्रले नवधनाढ्यका लागि सहर प्रिय बन्ने हो। केन्द्रीकृत सम्पूर्ण सुविधाले मेडिकल कलेजलाई पनि सहरमैत्री बनाएको हुनुपर्छ।
तानाशाही सरकारी निर्णय
व्यक्तिवा समूहगत लाभाकांक्षा, सामाजिक राजनीतिक प्रतिष्ठा, लगानी र प्रतिफलको सुरक्षार्थ भएका सरकारी निर्णय तानाशाहीजस्तो देखियो। तानाशाही चरित्रमा शक्तिशाली दलका शक्तिशाली नेता देखिए। लोकतन्त्र भनेकै समान लगानी आम्दानीको अवसरको सिर्जना हो। खास दल वा दलीय प्रभावले त्यसमा अर्थ राख्नुहुँदैन। राज्यको राजनीतिक आदर्श जनमैत्री हुनुपर्ने हो। तर राजनीतिक पहुँच, सत्ता र शक्तिको आडमा मौलाएका औद्योगिक स्वार्थले लोकतान्त्रिक चरित्रलाई कमजोर पारेको छ।
लोकतन्त्रमा सरकार फेरिनु, जनमत स्थानान्तरण हुनु स्वाभाविक हुन्छ। समयानुकूल जनमैत्री आर्थिक, सामाजिक तथा राजनीतिक चरित्र र त्यसको व्यावहारिक उपयोगका लागि त्यो आवश्यक पनि छ। तर मेडिकल कलेज सम्बन्धन प्रकरणले सरकार र राज्य खास दलविशेषका नेता र तिनको स्वार्थप्रति उत्तरदायी झैँ पो देखियो।
खुम्चिएका शिक्षण संस्था
दृष्टान्त १. घटना सायद गत वर्ष भदौको हो। मेरी आमालाई अचानक दमको व्यथाले च्याप्यो। सडक एम्बुलेन्स सुविधा भएपनि नजिक ठूला अस्पताल नहुनाले हवाई एम्बुलेन्सबाट राजधानीको एउटा नाम चलेको अस्पतालमा लगियो। तर त्यसले बिरामी चापका कारण भर्ना लिन नसक्ने भनेपछि अर्को मेडिकल कलेजको शिक्षण अस्पतालमा लगियो। पहिलोपटक पुगेको सो अस्पतालमा भव्य भवनबाहेक न त बिरामीको चाप नै थियो न हेर्दा देख्दा भरोसा लाग्ने दक्ष र अनुभवी लाग्ने डाक्टर नै थिए। दमको रोगीलाई के गर्ने भन्नेमा समेत अन्योलमा रहेका डाक्टरसँग वादविवाद गर्नुको साटो सामान्य प्राथमिक उपचारपश्चात् अर्को अस्पताल लगियो। र, आमालाई बचाइयो। यसले स्वास्थ्य सुविधाका लागि सहर धाउनुपर्ने बाध्यताले सिर्जेको आर्थिक भार, जोखिमपूर्ण जीवन, पेसागत अपरिपक्व र सिकारु चिकित्सकसँगको अविश्वासआदि सहनुपर्ने बनायो। अर्थात् स्वास्थ्य समस्या निदान गर्न पढ्ने पढाइने डाक्टरी कलेज र डाक्टर आफैँ समस्याका स्रोतजस्ता देखिएका छन्।
नेतृत्वभित्रको उद्योगपति चरित्र
दृष्टान्त २. यसै वर्ष फागुन ७ गते राजधानीमा आयोजित एक कार्यक्रममा मैले पहिलेदेखि चिनेको सामान्य शिक्षक, देशको चल्दापुर्जा कम्युनिस्ट नेता, अहिलेका नवधनाढ्य उद्यमी उद्योगपतिको बहुपहिचान बनाएका व्यापारी नेताको सम्बोधनमा व्यक्त देशको चिन्ताको सुन्ने साक्षी थिएँ। त्यसबेला उनले संविधान नबन्दा जनताले सास्ती पाएको, आफ्नो चुनावी क्षेत्रको सिमानामा बन्दै गरेको ठूला जलविद्युत् आयोजनाले जनतालाई मुक्ति दिनेसम्म भन्न भ्याए। उनी कम्युनिस्ट राजनीतिक आदर्शमा हुर्किएका व्यापारी ज्यादा नेता कम ‘भलाद्मी' थिए। उनका समकालीन तर उनीजस्तै उदाउन नसकेका अर्का कम्युनिस्ट नेता पछाडिबाट यीनले दुई शब्द कहिले टुंग्यालान् भनेर व्यंग्य कस्दै थिए। यसले राजनीतिक आदर्श र व्यावसायिक स्वार्थका लागि खर्चेको राजनीतिक पहुँच, हित अनुकूल नीतिको व्याख्याबीचको द्वन्द्वबाट गुजि्रएका अधिकांश नेतालाई जित्दैगएको उद्योगपति चरित्रको दृष्टान्त पेस गरेको देखिन्छ। र, यो समाज, अर्थतन्त्र, राजनीतिक रूपान्तरणको दलगत नेतृत्व प्रतिबद्धता, अभ्यास र आवश्यक सामाजिक तथा अर्थराजनीतिक प्रणाली कति कमजोर हुँदैछ भन्ने उदाहरण पनि हो।
वास उठाउने शिक्षा
दृष्टान्त ३. विसं २०६८ सालतिर होला। गोर्खातिरका एकजना भाइले जो पढाइमा अब्बल थिए र सुनेसम्म उनले राजधानीकै कुनै एउटा मेडिकल कलेजमा नामपनि निकालेका थिए। र, पनि कुन्नि किन हो? भर्ना गर्न भन्दै गोरखा बजारमा रहेको चारतले घर खरिद गर्ने ग्राहक खोज्दै हिँडेका उनका बाबुको सास्ती यहाँ उल्लेख गर्न सकिने खालको छैन। उनका बुबाले डाक्टरी पढाउन र भर्ना गर्न घर विक्री गरेकोसम्म त थाहा भो तर तिनले चिकित्साशास्त्र पढे पढेनन्, थाहा भएन। यसले अब्बलहरूले पढ्ने चिकित्सा अध्ययनलाई आर्थिक लगानि क्षमताले कसरी पछि पार्दै लगेको छ भन्ने बुझ्न सहयोग गर्दछ।
डा. गोविन्द केसीसँग जोडिएको मेडिकल कलेज सम्बन्धन प्रकरणले विभिन्न गम्भीर प्रश्नहरू जन्माएको छ। व्यापारीकरण भएको चिकित्साशास्त्र शिक्षामा नीति व्यवस्था अनुकूल व्याख्या किन हुन्छ?, सम्बन्धनका विषयमा राजनीतिक आग्रह संरक्षण किन हुन्छ , घरबास उठाउनेगरी मेडिकल शिक्षा किन महंगो हुँदैछ? र सर्वसुलभ, सस्तो र गुणस्तरीय तथा सर्वपहुँचमा पुग्ने शिक्षा नीति किन बन्दैन?
समाजशास्त्री ⁄ अध्यापक — त्रिचन्द्र क्याम्पस, काठमाडौं।