डा. गोविन्द केसी अनशन बसेको चौथो दिन म गोठाठारबाट त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगे। डा. केसी विगतमा जसरी नै यही कोठामा दक्षिण सिरान गरेर सुतिरहेका थिए, अस्पताल परिसरको वातावरण सामान्यजस्तै देखिन्थ्यो। तर अचम्मको उकुसमुकुस र छटपटाहट रहेजस्तो लाग्थो। छेउको कुर्सीमा बसेका डा जगदिश अग्रवाल डा. केसीको कानैमा केही भनिरहेका थिए।सम्भवतः केसीको रक्त परीक्षणको परिणाम जानकारी दिएका होलान्। मैले डा. अग्रवाललाई डा. केसीसँग केही कुरा गर्न चाहन्छु भनेपछि डा.अग्रवालले आफू बसेकै कुर्सी खाली गरिदिए। यसरी डा केसीसँग करिब १५ मिनेट कुराकानी गर्ने अवसर जुट्यो।
मैले सर्वप्रथम डा.केसीलाई – तपाईको दस सूत्रीय माग सरकारले ‘सुन्ला' भन्ने जिज्ञाशा राखे। डा.केसीले – ‘यो माग मेरो होइन सबै नेपालीको हो तपाईको पनि हो' भने। ‘मैले उठाएका कुरा यो राष्ट्रको पनि भएकोले सरकारले सुन्नुपर्छ' उनले थपेे। ‘सरकारले सुनेन भने' भन्ने मेरो अर्को प्रश्नमा डा. केसीले भने –‘म यसैगरी सुतिरहन्छु र सरकार सुन्नबाध्य हुनेछ'।
मेरो अर्को प्रश्न थियो : – देशै बिरामी भएका बेला एउटा स्वास्थ क्षेत्रको विकृतिविसँगति विरुद्धको मागले मात्र सर्वसाधारण नागरिकको समर्थन कसरी जुट्ला? उनले सहजरूपमा भने – ‘मेरो जुन क्षेत्र हो त्यहाँ म माफियातन्त्र र विकृतिविरुद्ध आमरण लडिरहन्छु, अरू पनि सबैले आआफ्नो क्षेत्रको जिम्मेवारी इमानसाथ पूरा गरे भइहाल्छ नी।
त्यसपछिको मेरो प्रश्न थियो : – तपाईको आमरण अनशन आन्दोलन शिक्षण अस्पतालको परिसरमा नभएर टुँडीखेलमा किन नगरेको '? मैले थप भने मजस्ता धेरैलाई ऐक्यबद्धता जनाउन सजिलो हुनेथियो। अझ आन्दोलनले राष्ट्रिय रूपमात्र लिने होइन विकृति र विसँगतिविरुद्ध राष्ट्रिय भावधारा पनि प्रवाह पनि हुन सक्थो।
डा. केसीले बढो अप्ठेरोसँग सुतिरहेको ठाउँबाटै टाउको केही उठाए र पछाडि देखाए र भने – ‘मेरो काम गर्ने ठाउँ त्यही हो, कुर्सी पनि त्यहीँ छ। तसर्थ म यहीँ आफुलाई सुरक्षित ठान्छु। अनि विकृति र विसङ्गतिविरुद्ध आन्दोलन पनि यहीँ गर्छु। यस्तै कुरा भइरहेकै बेला सञ्चारकर्मीहरूको एउटा समूह आयो र म डा.केसीलाई छाडेर डा. अग्रवालसँग केसीको अनशन र आनीबानी वारे कुरा गर्न थाले। डा अग्रवाल केसीका ‘फ्यान' नै रहेछन् भन्ने बुझ्न मलाई खासै गाह्रो भएन। उनी भन्दै थिए केसीजस्तै मान्छेका लागि ‘नाबल पुरस्कार' बनेको होला।
डा केसीसँग कुरा गरिहँदा र यी पंक्तिहरू लेख्दासमेत मैले हालका प्रधानमन्त्री र कांग्रेस सभापति सुशील कोइरालालाई धेरैपटक सम्झे। डा. केसीसँग मेरो कुनै चिनजान र सम्पर्क थिएन, छैन सार्वजनिकबाहेक। केही महिना अगाडिसम्म त उनको मानवतावादी अभियान बारे धेरै नेपालीजस्तै म पनि अनभिज्ञै थिए। तसर्थ केसीबाट कुनै अपेक्षा र भरोसा थिएन विगतमा। अहिले डा. केसी यस देशका करोडौं पीडित र अन्यायमा परेका मानिसका लागि भरोसाका ‘धु्रवतारा' भएर उदाएका छन्। डा केसीसँग भेटघाट गरेपछि म काठमाडांबाट पूर्वी पहाडको फन्को मार्दै तराई झरे। सबै उमेर र समुदायका मानिसहरूको बोलीमा केसीको नाम झुन्डिएको छ। सत्याग्रह र अहिंसात्मक आन्दोलनको शक्ति सायद पहिलोपल्ट नेपालीहरू हिमाल, पहाड र तराईमा बुझ्दैछन्।
अर्कातिर प्रधानमन्त्री कोइरालासँग मेरो धेरै पुरानो चिनजानमात्र हैन, थुप्रै अपेक्षा र भरोसा पनि थियो, अझै छ। डा. केसीसँग कुरा गरिरहँदा मैले मेरो देशको प्रधानमन्त्री र केसीमा थुप्रै समानता पाए। दुवैको शारीरिक आवरण, स्वभाव र बानी मिल्छन् । हाम्रो समाजमा अविवाहित व्यक्तिलाई अव्यावहारिक मानिन्छ। दुवै अविवाहित भएकाले त्यस समूहका प्रतिनिधि पात्र पनि हुन्। प्रधानमन्त्री कोइरालालाई अव्यावहारिक भन्ने कारण थियो। कोइराला राजकाजलाई दुरुपयोग गर्न हच्किन्थे। आफ्ना नातागोतालाई राजकाजबाट फाइदा लिनुहुँदैन भनी आफ्नो नगिच आउन पनि दिँदैन थिए। पार्टी, लोकतन्त्र र कार्यकर्ता नै कोइरालाको जीवनधारा थियो। पद र पैसाको पछि मरिहत्ते गर्ने हाम्रा राजनीतिक नेताहरूमा सुशील दा' केही फरक थिए। अनि व्यक्तिलाई कृपा, पुरस्कार र दान दिन कोइरालालाई संकोच लाग्थो विगतमा। उनको यस्तै बानीले आफन्त र परिवारजन उनलाई सनकी र अव्यावहारिक भन्थे।
संयोग नै भन्नुपर्छ दुई दशक जेठा प्रधानमन्त्री कोइराला र कान्छा डा. केसीको शारीरिक बनोट र अनुहार पनि मिल्दोजुल्दो देखिन्छ। डा केसीको अनुहारमा कम्पुटरबाट सेतो झुसे दारी राखेर हेर्दा उनी झन्डै प्रधानमन्त्री कोइरालाजस्तै देखिँदारहेछन्। प्रधानमन्त्री कोइरालाले कांग्रेसभित्र एक दशकसम्म माफिया, गुन्डाराज र विकृति विसङ्गतिविरुद्ध लडाइँ लडे। यस्तो लडाइँ उनले अरूसँग मात्र हैन आफ्नै नेता र दाजु गिरिजाप्रसादसँग पनि लडे। सुशील दा भन्थे –कांग्रेस र लोकतन्त्र बचाउन पार्टीभित्रको माफियाविरुद्ध लड्नुपर्योप। कांग्रेस कार्यकर्ताहरू सुशील दालाई महाराजगन्ज सम्पर्क कार्यालयको एउटा सानो कोठामा बसेर यस्तो साहसी कुरा गरेको देख्दा छक्क पर्थे। एकजना मात्र अटाउने सानो खाट अनि एकजोरसम्म लुगा झुन्ड्याउन मिल्ने ह्याड्गरको सेरोफेरोमा आफ्नो नेतालाई देखेर कुन कांग्रेसको मन हर्षविभोर हुँदैन थियो होला र? समाजवाद सुशील दाको कोठामा आफैँ बोल्थो।
सुशीलदा भन्थे – ‘म पार्टीलाई माफियाको कब्जामा जान दिनेछैन, संस्थागत र शुद्ध पार्छु।' माफिया भनेको के हो र इटालीमा माफियाले कसरी समानान्तर सत्ता चलाउँथ्यो भन्ने जानकारी मैले उनैबाट पाएको हुँ विगतमा।
आज देशको शिक्षा र स्वास्थ नीतिमा माफियातन्त्रको प्रभुत्व भयो भनी अनशन बसेका डा. केसीको जीवनसँगै खेलबाड गरेजस्तो लाग्ने अभिव्यक्ति प्रधानमन्त्री कोइरालाले दिए भनेर सञ्चार माध्यममा आएको खबरलाई उनको पृष्ठभूमिका कारण पत्याउन गाह्रो छ। तर सत्ता दृष्टिहीन हुन्छ र सत्तामा बस्नेसम्म सधैँ ‘रसिलो र भरिलो' सूचनामात्र पुग्नेगर्छ। ‘हजुर सब ठीक छ! ' सत्ताको नेतृत्व गर्नेले सबैभन्दा बढी सुन्ने र सुन्न रुचाउने वाक्य सम्भवत यही हो। चन्द्रशमशेरले बनाएको सिंहदरवार र त्यहाँभित्र बनेका अनेकौं मन्त्रालय हुँदै देशभरका राज्यलाई प्रतिनिधित्व गर्ने ओहदावालाले सुन्ने सबैभन्दा प्यारो शब्द –‘ हजुर सबै ठीक छ' नै त हो। नेपालका शासक सधैँ कर्णप्रिय कुरा सुन्न रुचाउँछन्। सिंहदरबारको कथा यही हो। तर इतिहासले देखाएको त्रू्कर सत्य चाहिँ के हो भने सबै थोक ठीक छ भन्दाभन्दै राणातन्त्र गयो, राजतन्त्र गयो अनि माओवादीतन्त्र र कैयन सरकार गए। ‘हात जोडेर सबै ठीक छ' भन्ने अभ्यासमात्र कहिल्यै गएन नेपालबाट।
स्वाभाविक हो, सत्ता चाकरीको भाषा बोल्छ र बुझ्छ। अझ सत्तामा माफियातन्त्रको प्रभुत्व भएमा अर्थात् सत्ताको संरक्षणमा नाफाको धन्दा भएमा त्यस्तो सत्ताको भाषामा जालझेल, दम्भ र डर मिसिएको हुन्छ। त्यस इमानको भाषा बोल्न सक्तैन, बुझ्दैन। सबैलाइै प्रष्टै थाहा छ, अहिले सत्ताको थोक व्यापारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को एउटा बलियो हाँगा मज्जाले लागेको छ। निजी शिक्षा र स्वास्थ क्षेत्रमा एमाले नेताको बेजोड व्यापार छ, पकड पनि बेजोड नै छ। अब त चीनतिरको सुन व्यापारमा पनि एमालेको सञ्जालले स्थायी पकड जमाएको राजधानीवासी बुझिरहेका छन्। नेपालको गैरसरकारी संस्थामा त एमालेको ‘पेटेन्ट राइट' कायम भएको दशकौं भइसक्यो। डा केसीको अनशनले भने राजनीतिक नेताहरूलाई ‘जनसेवा र धनसेवा'लाई नमिसाउने सन्देश दिएको छ। सम्भवतः यहीँनेर डा. केसीको अपेक्षा प्रधानमन्त्री कोइरालासँग बढी नै थियो भन्ने बुझिन्छ। तर जब कोइराला सत्ता समीकरण जोगाउन बालकोटतर्फ झुकेको देखिए उनीसँथै सिंगो शासन नै माफियातन्त्र सामु झुक्न पुग्यो। यस्तोमा डा. केसीसँग के विकल्प रहन्छ र? उनी अनशन बस्नमात्र सक्छन् अर्थात् बाध्य हुन्छन्।
देशका प्रधानमन्त्री सुशील कोइरालालाई एक जना नागरिकका बोलीमा भन्नुपर्दा – संसद्को दुईतिहाइ बहुमतको नेतृत्व गर्ने तपार्इँको सरकारको अहिलेको कामकाज केही पनि ठीक छैन। यो सिंहदरबार बाहिर टाउको उठाएर छाती तन्काएर हिड्ने नेपाली जनताको बोली हो, हेक्का रहोस्। डा. केसीको अनशनलाई तपाईँ सिंहदरवार र बालुवाटारको कुर्सीमा बसेर होइन, अनि आफ्नो चारैतिर हात जोड्दै कम्मर झुकाएर बस्नेहरूको सूचनामा विश्वास गरेर पनि होइन, एकपटक महाराजगन्जको सानो कोठामा उहिल्यै पलेटी कसेर ‘साग भात' खाँदाको क्षणलाई स्मरण गरेर सोच्नुहोस्। अनिमात्र सनकी र अव्यावहारिक सुशीलदाको पुनःजन्म हुनेछ। उनलेमात्र डा केसीलाई चिन्नेछन्। त्यसपछि सम्भवतः वर्तमान गठबन्धनको औचित्य धेरै पहिले नै समाप्त भइसकेको दिव्यज्ञान पनि हुनेछ।
प्रधानमन्त्री कोइरालाको सरकारसँग संसद्को झन्डै दुई तिहाइ बहुमत छ। र यही सरकार र सरकार साझेदार दलले दम्भ गर्ने विषय भएको छ। तर यहाँनेर बुझ्नुपर्ने के छ भने राज्यका सबै संघ, संगठन र प्रतिष्ठानलाई माफियातन्त्रले रस निचोर खोक्रो पारेको छ। राजनीति गर्नेहरू त आआफ्ना पितापुर्खाको श्राद्ध गर्न प्रतिष्ठान चलाएर वा व्यापार गरेर बसेका देखिन्छन्। कांग्रेस एमालेको दुई तिहाइ बहुमतको सरकारले संविधान बनाउन त सकेन सकेन, स्थानीय निर्वाचन पनि गराएन। अर्कातिर, विकास बजेटसमेत खर्च हुन सकेको छैन। विकासका नाममा मसानघाट, मन्दिर र मस्जिद बन्ने बनाउने प्रतिस्पर्धा छ सभासद्हरूबीचमा। नेपालको विकास सोच र प्रशासन पूर्णत पंगु भएको प्रमाण अरू के चाहिन्छ?
झन्डै डेढ दशकअगाडि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन नेकपा (माले)सँगको गठबन्धन टुटाएर धेरै कांग्रेसजनको विरोध हुँदाहुँदै पनि एमालेलाई सरकारमा लिएर २०५६ को संसदीय निर्वाचनमा गएका थिए। अहिलेको अवस्थामा पनि प्रम सुशीलकोइरालाले एमालेलाईमात्र सत्ता सहयोगी बनाएर डा केसीका माग सम्बोधन गर्न सक्तैनन्, सम्भवै देखिँदैन। कथम् केही भइहाले पनि यो टालटुले प्रपञ्चमा हुनेछ।
डा. केसीका मागमात्र होइन नेपाली जनताका कुनै अपेक्षा पनि एमालेसँगको सत्ता सहयात्राबाट सम्बोधन गर्न सम्भव छैन। तसर्थ सत्ताको नयाँ समीकरण अहिलेको पहिलो आवश्यकता हो। अनि नयाँ सत्ता समीकरणमा प्रभावशाली प्रतिपक्षको भूमिका खेल्न एमालेलाई सत्ताबाहिर रहन दिनु नै जनहित र देशहितमा होला। एनेकपा(माओवादी) र मधेसवादी बलियो प्रतिपक्ष हुन सक्तैनन्, सकेनन्। सत्तामा अहिले सहभागी एमालेले आफ्नो पार्टीको ‘स्पिरिट' कति प्रतिनिधित्व गर्छ भन्ने सन्देह पनि छ। तसर्थ संविधान निर्माणमा सहज हुन्छ भनेर सत्ताको सहयात्री हुनपुगेको व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल एमाले अहिले गैरराजनीतिक भूमिकामा अलमलियो। एमालेको भूमिका प्रतिपक्षको नै हो। अहिलेको नेपालमा उस्लाई त्यही भूमिकामा पठाउन जरुरी छ।
यद्यपि, प्रधानमन्त्री कोइराला र डा केसी उस्तैउस्तै पृष्ठभूमि र बानीका देखिन सक्छन् बाहिरबाट झट्ट हेर्दा। तर यी दुवैको मौलिक चिन्तनमै अन्तर परिसकेको छ। जीवनका उद्देश्य र तिनलाई परिभाषित गर्ने दृष्टिकोण पनि फरक छ दुवैमा। सत्ता र जनताबीचको यही अन्तरले मुलुकमा संक्रमणसँगै द्वन्द्व पनि अझ चर्किनसक्छ।