डा. गोविन्द केसी फेरि अनशन बसेको यतिका दिन भइसक्यो। उमेरसँगै बिस्तारै कमजोर भइरहेको उनको दुब्लोपातलो शरीरका हरेक अङ्गले, हरेक कोशिकाले भन्न थालिसके – ‘यसरी कति दिन धानिएला?' यी दृढ अभियन्ताको निश्चयले भने शरीरको गनगनको पटक्कै वास्ता गरिरहेको छैन। समय बग्दैछ घडीको टिकटिकसँगै र डा. अर्जुन कार्कीले भनेको कुरा झन्झन् महत्वपूर्ण हुँदैछ – ‘इमानको खडेरीमा उहाँजस्तो मानिसलाई जोगाउनु पर्छ।' यति बेलाको सबभन्दा महत्वपूर्ण कुरा यही नै हो।तर यो आवश्यकता पूरा गर्नु भनेको गोविन्दका मागहरूलाई अविलम्ब सम्बोधन गर्नु हो। अनि ती मागहरूको सारतत्व भने चिकित्साशास्त्र शिक्षणलगायत राष्ट्रिय जीवनको हरेक आयाममा कुनै पनि किसिमको भ्रष्टाचार र अनाचारप्रति शून्य सहिष्णुता हो।
गोविन्दले आफ्नै किसिमले आफ्नै पहलमा चुपचाप जनसेवा गरेर हिँडेको दशकौं भइसकेको छ। कस्ता कस्ता विषम परिस्थितिमा उनले कसरी सेवा गरेकाछन् भन्ने कुराको अभिलेखै राख्न पनि सम्भव नहोला। तर करुणाका ती असंख्य सुकर्मभन्दा पनि उनको आन्दोलनले यति धेरै प्रभाव पारिरहेको छ। किन? किनभने मौलाउँदै गएको भ्रष्टाचार र अनाचारले नै जनजीवनको हरेक तह र आयाममा, मानिसमानिस बीचको सम्बन्धमा, र राष्ट्रकै अस्तित्वमा संकट उत्पन्न गरिरहेको छ। उनी चिकित्सक हुन्, त्यसैले स्वास्थ्य सेवाको सवाललाई माध्यम बनाएर देशको व्याधिका बारेमा बोल्दैछन्। तर स्वास्थ्यसेवाको घेरामा मात्रै सीमित छैन उनको चिन्ता। उनी प्राध्यापक हुन्, त्यसैले चिकित्साशास्त्र शिक्षणको गुणस्तरको विषयलाई भाषा बनाएर उनी समाजको विकृतिका बारेमा बोल्दैछन्। तर चिकित्साशास्त्रको घेरामा मात्रै सीमित छैन उनको आन्दोलनको सार। घरपरिवार नजोडेका जोगी हुन् उनी। त्यसैले सिंगै देश नै परिवार बनेको छ उनको र देशैको उनी चिन्ता गर्छन्। भ्रष्टाचार अनाचारले हामीलाई द्रूत गतिमा रसातलतर्फ घिच्याउँदै लगिरहेको तथ्यलाई सामान्य मानिसहरूले अत्मसात् गर्नसक्ने गरी उनी सम्झाइरहेका छन्। विकृतिविरुद्धका संघर्षमा जीवन नै उत्सर्ग गर्न तयार उनलाई देखेर मानिसहरू बिउँझिएका छन्। त्यसैले उनको आन्दोलनले यति धेरै समर्थन पाइरहेको हो। स्पष्ट छ उनको आन्दोलनको केन्द्रमा रहेको सारतत्वलाई सम्बोधन नगर्ने हो भने गोविन्द केसीजस्ता एकजना असल मानिसलाई गुमाउनेमात्रै हैन, यस देशले मानवताको वासस्थललाई नै गुमाउने खतरा छ।
यो अतिशयोक्ति हैन। यथार्थ हो, र यो यथार्थ बुझ्न पटक्कै गाह्रो छैन। सबै छर्लङ्ग छ। तर पनि उनले प्रतिनिधित्व गरेको आन्दोलनले अनेक किसिमले प्रतिरोध र बाधा भोगिरहेको छ। र यो बाधा, यो प्रतिरोध जहाँबाट आईरहेको छ, त्यो कुनै पुरातन सामन्ती शक्तिका रूपमा चिनिने शक्तिकेन्द्रबाट हैन, लोकतान्त्रिक गणतन्त्रका सारथीकै रूपमा चिनिएका किल्लाहरूबाट आइरहेको छ। यसको सरल अर्थ हो ती किल्लाहरूमा लोकतान्त्रिक संस्कारको स्खलन भइसकेको छ।
पाँच पाँच पटक एउटै विषयलाई लिएर अनशन बसेकाछन् उनी। हरेक पटक त्यो अनशनलाई आमरण बन्न नदिन भनेर माग पूरा गर्ने आश्वासन पाएकाछन्। तर ती आश्वासनको कार्यान्वयन कहिल्यै भएकोछैन। उनलाई निस्तेज पार्ने अनेक प्रयत्न हुँदाहुँदै पनि उनको समर्थनमा उभिने जनताको लाम भने झन्झन् बढ्दो छ।
यो यथार्थबाट अत्यन्त गम्भीर प्रकृतिका दुईवटा समानान्तर प्रवृत्ति उजागर भइरहेकाछन्। एक, भ्रष्टाचार र अनाचारलगायत विभिन्न विकृतिले बिगबिगी जमाएको यथास्थितीप्रति जनताको तीव्र असन्तोष छ तर त्यसबाट निसृत ऊर्जाले उचित निकास खोजिरहेको छ। (डा. गोविन्द केसीले कोट्याइदिएको ठाउँमा त्यो ऊर्जाले सानो निकास पाएको छ) दुई, यस उर्जालाई सामाजिक रूपान्तरणको अवसरका रूपमा लिने अक्षमता र अनिच्छाका कारण यथास्थितिवादी बन्न पुगेका परम्परागत राजनीतिका खेलाडी झन्झन् दृष्टीविहीन बन्दै गइरहेकाछन्। (डा. गोविन्द केसीको अनशनमा लुकेको शक्ति अस्पताल र मेडिकल कलेजका भित्तामा मात्र सीमित छैन भन्ने स्वीकार्न यिनलाई गाह्रो भइरहेको छ।)
यी दुई प्रवृत्ति समानान्तर हुनपुग्नु भनेको जनअसन्तुष्टिको ठूलो विष्फोटको संघारमा देश पुग्नु हो। इतिहासमा यस्ता विष्फोट कहिले वरदान साबित भएका छन्, कहिले भने ती ठूलै दुर्घटनामा पनि परिणत भएका छन्। समय, देश र जनताप्रति उत्तरदायित्वबोध गर्ने हो भने राज्य र राजनीतिक पार्टीका नेताले बेस्सरी नै आत्तुरी मान्नु र साँच्चै गम्भीर हुनु आवश्यक भइसकेको छ।
विवादित मेडिकल कलेजहरूलाई खारेज गर्न पाइँदैन भन्ने पक्षमा विभिन्न तर्क आएका छन्। राज्यले नै शुल्क लिएर, अनुगमन गरे जस्तो पनि गरेर मनसायपत्र दिएपछि बल्ल लगानी गरेको योजना तुहिँदा हुने लगानीकर्ताको नोक्सानी बुझ्न सकिने विषय हो। त्यसलाई त राज्यले नै सम्बोधन गर्नुपर्छ। जनअसन्तुष्टिको सम्भावित विष्फोट, भ्रष्टाचार अनाचारको बिगबिगी, लोकतान्त्रिक मान्यताको स्खलन आदिको मूल्य अकल्पनीय हुन्छ, अति नै महङ्गो हुन्छ। त्यो मूल्यको तुलनामा हाल विवादित मेडिकल कलेजका लगानीकर्तालाई राज्यले बरु क्षतिपूर्ति दिएर (वा ती संरचना खरीद नै गरिदिएर) तिनलाई खारेज वा स्थगन गर्नु महङ्गो हुँदैन। बनिसकेका संरचनालाई अन्य सार्थक काममा लगाउने सम्भावना जति भने पनि छ।
‘कोही एकजनाले अनशन बस्दैमा जस्तोसुकै माग पूरा गर्न मिल्छ र?', भन्ने अर्को प्रश्न पनि छ। अनशनले हैन, अनशनकर्ताको ध्येय, मागको आशय र अन्तर्यले निर्धारण गर्ने कुरा हो। व्यापक जनताको चाहना र असन्तुष्टिसँग त्यो ध्येय र अन्तर्य, कसरी गाँसिएको छ भन्ने कुराले निर्धारण गर्ने हो। अनशनकर्ताको इतिहास र छविले जनतासँगको सम्बन्ध सिर्जना गर्छ। डा. गोविन्द केसीको माग एकजना व्यक्तिको लहडमा सीमित छैन, अस्पताल र मेडिकल कलेजका भित्तामात्रै ती मागका सीमा हैनन्। गोविन्दको आन्दोलन त व्यापक जनताको जनजीवनका विभिन्न पक्षमा रहेका असन्तुष्टिको प्रस्फुटन हो। उनको आन्दोलन एउटा सानो झ्याल हो जसबाट जनअसन्तोषको बृहत् परिदृश्य देखापरिरहेको छ। त्यसैले गोविन्दको अभियानलाई एकजनाको लहड वा बोहुलट्टीका रूपमा चित्रित गर्नु मूर्खता हो।
अन्त्यमा, यो लेख गोविन्दको गुणगान गर्न लेखिएको हैन। उनी असल मानिस हुन्, ज्ञानी मानिस हुन्, तर आखिर मानिस नै हुन् – हामी सबैजस्तै। विषयका केही विशिष्ट पक्षमा उनीसित नजिकका साथीको समेत मतभेद हुनसक्ला। उनका पनि सीमा होलान् – हामी सबैको जस्तै। कुनै बेला अलि बढी नै एकोहोरो देखिएलान्। (हामी को पो एकोहोरो हुँदैनौ र बेला बखत!) कुनै बेला उनको ‘अहम्'कै पनि प्रदर्शन होला, (हामी मध्ये पटक्कै 'इगो' नभएको को पो छ र?) कुनै बेला उनका तर्क र तरिकासँग अरु सहमत हुन नसक्ने स्थिति पनि आउला, साथी, सहकर्मी वा अन्यसँग प्राज्ञिक, प्राविधिक वा कार्यनीतिक आयाममा भिन्नता होला, वादविवाद होला, भनाभन नै पनि होला बेलाबखत। (सधैँ सबै कुरामा सबै सहमत भए दुनियाँ कति निरस हुन्थ्यो होला!) यी सबै स्वाभाविक हुन् मानिसहरूको संसारमा। यी स्वाभाविक सीमाहरूलाई, वैयक्तिकताका विभिन्न पक्षलाई बढाइचढाई गरेर वा विकृत ढङ्गले प्रस्तुत गरेर उनको ध्येयमाथि नै शंका उठाउने प्रयत्न गर्छन् कसैले भने त्यस्ता दुराग्रहले उनीहरू आफँैलाई पोल्नेछ। उनको सरलता, उनको भावना, उनको आफ्नो ‘पन'बाट नचाहिँदो फाइदा लिने प्रयत्न गरेछ कसैले भने उसलाई पनि कुनैदिन ठूलै पश्चाताप होला। यो सब त मानिसको संसारमा चलिरहने कुरा हो। अहिलेको निम्ति बुझ्नै पर्ने सर्वाधिक महत्वको कुरा चाहिँ के हो भने गोविन्दको अनशनको माध्यमबाट सिङ्गै देशले असीमित सम्भावना र कठिन चुनौती दुवै देखिरहेको छ। यथास्थितिप्रतिको व्यापक जनअसन्तुष्टि विभिन्न किसिमले प्रकट भइरहेको छ। यो असन्तुष्टिमा ऊर्जा छ। यस ऊर्जाको अनियन्त्रित विष्फोट हुनुअघि नै सकारात्मक रूपान्तरणका निम्ति यसलाई सही निकास दिनु जरुरी छ। त्यसैले, गोविन्दका मागहरूको सम्बोधन गर्नुको अर्थ कुनै एकजनाको लहडलाई चित्त बुझाउनु हैन बरु दूरदर्शी भएर देशलाई माया गर्नु हो।