पार्टीसत्ताको छायामा संविधान
११ चैत्र २०७१
•
१६ मिनेट पाठ
पार्टीसत्ताको छायामा संविधान
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले डेढ महिनाअघि अनिश्चितकालका लागि स्थगित गरेको संविधान सभा बैठक सुचारु गर्ने राजनीति अघिसारेका छन्। यसै प्रयोजनका लागि उनले बोलाएको राजनीतिक पार्टीका प्रमुख सचेतकको चैत १२ को बैठकले चैत १५ सम्म राजनीतिक सहमति नभए ७२ घन्टापछि बैठकको मिति तोक्ने निर्णय गरेको छ।नेम्वाङ आफैंले २०७१ माघ २८ मा अनिश्चितकालका लागि संविधान सभा बैठक स्थगित भएको सूचना जारी गरेका थिए। त्यतिबेला विपक्षी एमाओवादीलगायतका मधेसवादी दलहरूको मोर्चाले १० दिन बैठक स्थगित गर्न आग्रह गरेका थिए। तर नेम्वाङले विपक्षीको औपचारिक आग्रहभन्दा पनि उदार भएर ‘अनिश्चितकालीन' सुविधा दिए। त्यसका पछाडि कारण थिए, विपक्षी नेताका आश्वासन थिए। नागरिक समाजका केही अगुवामार्फत एमाओवादीलगायत विपक्षी मोर्चा १० दिनअगावै सहमति गर्नसक्ने  राजनीतिक अवस्था औंल्याउँदै संविधान सभा बैठक स्थगित गरिएको थियो अनिश्चितकालका लागि, एक किसिमको भद्र सहमति थियो त्यो। अहिले उक्त सहमति उल्लंघन भएको छ। राजनीतिक घटनाक्रमहरूले स्पष्ट गरेको छ,  अनिश्चितकालीन स्थगनले परिणाम दिएन, दिनसक्ने देखिँदैन। यसबीच विपक्षीले फागुन १६ मा खुलामञ्चमा शक्ति प्रर्दशन गर्योा र अहिले अर्को आन्दोलनको कार्यक्रम लिएर मैदामा उत्रिएको अवस्था छ।
यता माघ २९ का दिन अनिश्चितकालका लागि संविधान सभा बैठक स्थगित गरिएको सूचना प्रकाशन गरेपछिका करिब डेढ महिनाबीच प्रमुख राजनीतिक दल कतिपटक संविधान निर्माणमा केन्द्रित बैठकमा बसे? त्यसको परिणाम के आयो? जनसाधारणले प्रश्न गर्ने प्रशस्त ठाउँ छ । माघ ८ को मिति टरेपछि संविधान निर्माणको काम ओझेलमा पारिएको छ। सार्वजनिक प्रचारका लागि प्रमुख राजनीतिक पार्टीका शीर्ष नेताहरू संविधानका कुरा त गर्छन्, तर यथार्थमा उनीहरू संविधान निर्माणभन्दा पार्टी आफ्नो कब्जामा पार्ने राजनीतिमा व्यस्त छन्। सत्ताधारी नेपाली कांग्रेस, एमालेबीच प्रक्रियाबाट सुरु भएको संविधान निर्माणलाई कसरी अगाडि बढाउने भन्नेमा मतभिन्नता छ। कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकले सहमतिका आधारमा संविधान निर्माण गर्ने नीति अख्तियार गर्योल भने सत्ता साझेदार एमालेले सहमतिमा संविधान नबन्ने निचोड निकाल्दै प्रक्रियाबाट अघि बढ्ने नीति लियो। कांग्रेस–एमालेबीच भएको सत्ता साझेदारी सम्झौताअनुसार संविधान निर्माणपछि हुने राजनीतिक नेतृत्वको परिवर्तनको लालसामा एमाले रमाएको देखिन्छ। अध्यक्ष एव संसदीय दलका नेता केपी ओलीको स्वास्थ्य अवस्थाका कारण एमाले नेतृत्वका लागि चाँडोभन्दा चचाँडो संविधान निर्माण गर्नुपर्ने बाध्यता छ। बालकोट (केपी निवास)को आदेश शिरोधार्य गर्ने संविधान सभा अध्यक्षको विगतले संविधान सभाका बैठक सुरु हुनसक्छन्, औपचारिकताका लागि। अब सुचारु हुने संविधान सभा बैठकमा यसअघि तयार भइसकेका प्रश्नहरू धमाधम मतदानमा लगिनेछन् त? अहिलेसम्मका राजनीतिक घटनाक्रम र प्रमुख राजनीतिक दलको मूल ध्येयलाई आधार मान्दा हुँदैनन्। प्रमुख राजनीतिक दलले संविधान निर्माणलाई प्राथमिकतामा नराखेको उनीहरूकै सक्रियता र गतिविधिले आँैल्याइरहेको छ।
कांग्रेस १३ औँ महाधिवेशनको चटारोमा होमिएको छ। सभापति एवं प्रधानमन्त्री सुशील कोइराला आफैं फेरि सभापति हुने दौडमा छन्। अहिलेको उनको प्राथमिकता आगामी अधिवेशनमा केन्द्रित हुने र त्यसबाट पार्टी सत्ता हातमा लिने नै देखिन्छ। कांग्रेसको नेतृत्वमा बिपीपुत्र डा. सशांक र गिरिजापुत्री सुजाता कोही पनि प्रतिस्पर्धाबाट आउन नसक्ने आँकलन गर्दै सुशील आफैं मैदानमा उत्रिन खोजेको कांग्रेसजनको विश्लेषण छ। कांग्रेस नेतृत्वमा कोइराला वंशपरम्परा कायम राख्ने बृहत उद्देश्यमा आएको सुशीलको उम्मेदवारी पार्टी सत्ता हातमा भएपछि मुलुकको सत्ता कब्जा गर्न सकिन्छ भन्ने मान्यतामा आधारित छ। सुशीलले मुलुकलाई संविधान दिने जिम्मेवारी पाएका छन्, तर १४ महिनाको कार्यकाललाई हेर्दा उनमा मुलुकप्रतिको जिम्मेवारीबोध पटक्कै देखिँदैन। मुलुकलाई संविधान दिएको श्रेय लिएर राजनीतिबाट विश्राम लिनु उनको राजनीतिक जीवन र स्वास्थ्यका दृष्टिले पनि उत्तम विकल्प हो। त्यागी राजनीतिकर्मीको संज्ञा पाएका सुशीलको त्याग वर्ष दिनको सत्तारोहणले दिनदिनै खुइलिँदै छ।
कांग्रेसभित्र महाधिवेशनको राजनीति तातेको छ। संस्थापन पक्ष सुशील र विरोधी गुट शेरबहादुर देउवा सक्रिय सदस्यता वितरणमा चर्काचर्की गर्न थालेका छन्। राजनीतिमा लगातार क्रियाशील कार्यकर्तालाई दिइने सक्रिय सदस्यता कांग्रेसका प्रत्येक महाधिवेशनमा विवादको विषय बन्ने गरेको छ। सक्रिय सदस्यहरूले क्षेत्रीय प्रतिनिधि छान्ने र तिनै प्रतिनिधिले महाधिवेशन प्रतिनिधि एवं महासमिति प्रतिनिधि छान्ने भएकाले सक्रिय सदस्यको महत्व ठूलो छ। अघिल्लो महाधिवेशनमा करिब ३ लाख सदस्य थिए। आगामी महाधिवेशनमा ६ लाख पुग्ने अनुमान छ। आम मतदाताजस्ता तिनै सक्रिय सदस्यले क्षेत्रीय कार्यसमिति गठन, महाधिवेशन प्रतिनिधि चयन गर्ने भएकाले सक्रिय सदस्यता वितरणमा राजनीतिक दाउपेच हुँदै आएको हो। कांग्रेसमा लागेका भन्दा ‘आफ्ना' मान्छेलाई सक्रिय सदस्यता दिलाउने कांग्रेसको पुरानो रोग यसपटक फेरि बल्भि्कएको  छ। संस्थापन पक्ष आफ्ना मान्छेको खोजीमा छ र त्यसको विरोधमा देउवा खेमा वक्तव्यबाजी गरिरहेको छ! सक्रिय सदस्यको लडाइँमा कांग्रेसले आफ्नै विधान पनि कुल्चने संकेत देखिएको छ। कांग्रेस विधानमा अधिवेशनको एक वर्षअघि सदस्यता लिएको व्यक्तिले पार्टीको निर्वाचनमा भाग लिन नपाउने व्यवस्था छ। विधानमा भनिएको छ– ‘पार्टीको क्रियाशील सदस्यता जुनसुकै समयमा पनि प्रदान गर्न सकिन्छ तर महाधिवेशनको मितिभन्दा एक वर्षअघिसम्म क्रियाशील सदस्यता प्राप्त गरेका वा क्रियाशील सदस्यता नवीकरण गरेका व्यक्तिले मात्र पार्टीको निर्वाचनमा भाग लिन पाउँनेछ। त्यस्ता सदस्यको नाम मात्र मतदाता नामावलीमा समावेश गरिनेछ।'
विशेष गरेर सुशीलले संविधान निर्माणलाई प्राथमिकतामा नराखेको कांग्रेसको पछिल्लो केन्द्रीय समिति निर्णयले देखाउँछ। गत फागुन ६ देखि १३ सम्म चलेको केन्द्रीय समिति बैठकले भनेको छ– ‘नेपाली कांग्रेसका सभापति सम्माननीय सुशील कोइरालाले सहमति, सहकार्य र एकताको भावनाबाट संविधान निर्माणका लागि लिनुभएको अग्रसरताप्रति समर्थन गर्दै कांग्रेसको यो बैठक एमाओवादी, मधेसकेन्द्रित दलहरूलगायत सम्बन्धित सबैलाई आन्दोलन होइन वार्तामा आउन आग्रह गर्दछ।' केन्द्रीय समिति बैठकको पछिल्लो निर्णयको पृष्ठभूमिमा विपक्षीको आन्दोलन र शक्ति प्रदशर््ान उल्लेख थियो। राजनीतिक दृश्यमा कांग्रेस केन्द्रीय समितिको निर्णय वार्ताका लागि आह्वान गर्नुसँग सम्बन्धित देखिन्छ। वक्तव्यको राजनीतिक अर्थ भने त्यति सरल छैन। एमाले अध्यक्ष ओलीको बहकाउमा लागेर संविधान निर्माणलाई प्रक्रियामा लग्न हतारिएका सुशीललाई कांग्रेसले सहमति, सहकार्य र एकताको भावनाबाट संविधान निर्माणमा अग्रसरता लिएको पगरी गुथाउँदै त्यस्ता कार्यको समर्थन गरेको देखिन्छ। उता, केन्द्रीय समितिले सुशीललाई सहमति, सहकार्य र एकताको आडमा संविधान निर्माणलाई अधिवेशनपछिसम्म धकेल्ने अवसर दियो। राजनीतिक परिदृश्यमा कोइराला  एमालेसँग टाढिँदै गएका मात्र छैनन्, राष्ट्रिय सरकार गठन गर्ने राजनीतिलाई पनि आकार दिइरहेका छन्। यसको अर्थ हो, संविधान निर्माण सुशीलको अहिलेको प्राथमिक विषय होइन।
कांग्रेस मात्र नभएर एमाले र एमाओवादीभित्र पनि अहिले पार्टी कब्जाको राजनीति हाबी भएको छ। नौ महिनाअघि सम्पन्न अधिवेशनबाट पार्टी शक्तिमा पुगेका ओलीबिरुद्ध वरिष्ठ नेता माधव नेपाल लागिपरेका छन्। पार्टी नेतृत्वबीच कलहकै कारण अहिले युवा संघमा समानान्तर समिति बन्नपुगेको छ। राष्ट्रिय राजनीतिमा चासो र सक्रियता बढाएका नेपाललाई निस्तेज पार्न ओलीले पार्टी उपाध्यक्ष वामदेवलाई दलहरूसँग वार्ता गर्ने जिम्मेवारी सुम्पिएका छन्। ओली र गौतमबीच भएको सहमतिको राजनीतिक पाटो आफ्नो ठाउँमा छँदैछ, ओलीले पार्टी अध्यक्ष चुनिएपछि संसदीय दलको नेता छाड्ने र गौतमलाई सुम्पने भद्र सहमतिसमेत बनेको थियो, पार्टी अधिवेशनका क्रममा। ‘एक व्यक्ति एक पद' अनुसार त्यसबेला ओलीले संसदीय दलको नेता छाड्ने भनी गरिएको प्रचार अहिले फुस्सा साबित भएको छ। ओली पार्टी पदाधिकारीको कार्यविभाजन गर्न नसकेर रुमल्लिइरहेका छन् भने गौतम सत्ता राजनीतिको भरपुर लाभ लिइरहेका छन्। सत्ता राजनीतिको न्यानोमा रमाइरहेका गौतम, पार्टी सत्ताबाट टाढिएर छटपटिएका नेपाल र सत्ता राजनीतिको बागडोर सम्हाल्न आतुर ओलीका बोली र कामबाट सिंगो एमाले संविधान निर्माणमा इमानदार हुन नसकेको स्पष्ट देखिन्छ। सतहमा एमाले शीर्ष नेतृत्व संविधान निर्माणमा लागेको प्रचारित छ, तर प्रक्रियाबाट अघि बढ्न चाहने ओली र सहमतिको राजनीतिको वकालत गर्ने नेपाल दुवै पार्टी सत्ता कसरी कब्जा गर्ने भन्नेमै केन्द्रित छन्। खासमा संविधान निर्माण उनीहरूको प्राथमिकतामा छैन।
विपक्षी एमाओवादीभित्र पनि पार्टी सत्ताकब्जा गर्ने राजनीति लामो समयदेखि जारी छ। अध्यक्ष पुष्पकमल र वरिष्ठ नेता डा. बाबुरामबीचको द्वन्द्व पार्टीको बागडोर कसले लिने भन्नेमै अडेको छ। हेटौंडा महाधिवेशन हुँदै विराटनगर सम्मेलनपछि पनि एमाओवादीमा पार्टी नेतृत्वको विवाद मत्थर हुनसकेको छैन। पार्टी सत्ता नछाड्ने दाहालको मनस्थितिमा बाबुराम चातुर्यले पटकपटक आक्रमण गरिरहेको छ। विपक्षी मोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको अवस्थामा पनि दुई नेताबीचको आपसी संघर्ष सार्वजनिक हुँदै आएको छ। यस्तो परिस्थितिमा उनीहरूको प्राथमिकतामा पनि संविधान निर्माण पर्ने कुरा भएन!
पार्टीसत्तालाई राज्यसत्ता प्राप्तिको प्रमुख आधार मानिन्छ। यही कारण कोइराला, देउवा, ओली, गौतम, नेपाल, दाहाल तथा भट्टराई पार्टी कब्जाको राजनीतिमा उद्यत छन्। उनीहरूलाई पार्टीको बागडोर आफ्नै हातमा राख्नु छ, संविधान चाहिएको छैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस