व्यवस्थापिका संसद्का प्रमुख तीन दल माओवादी, एमाले र कांग्रेसबीच सहमतिका लागि छलफल हुन थालेको पाँच महिना भइसकेको छ। सरकार परिवर्तनपछि संसद्मा गतिरोध सुरु भएपछि निरन्तर सहमति बैठकहरू भइरहेका छन्। कहिले शीर्ष नेताबीच त, कहिले कार्यदल तहमा छलफल हुँदै आएका छन्। वार्ता सुरु हुँदा सधैँ नै तीनै दलका नेता अब सहमति हुन्छ भन्छन्। वार्ता चलेको एक/दुई दिन हुन पा'छैन, फेरि तिनै नेताका मुखबाट सहमति नहुने सुन्नु नेपालीको नियति नै भएको छ। यो नटुंगिने क्रमबाट जनता आजित भएका छन्। पटकपटक सहमतिको स्वाँग गरे पनि दलहरूबीच असहमति र अविश्वासका पहाड चुलिँदै गएको छ।
कैलालीको डुढेझारीमा माओवादीको अगुवाइमा भएको वन अतिक्रमण हटाउन सरकारले बल प्रयोग गरेपछि असमझदारी पुनः बढेको छ। सरकारमा रहेका प्रमुख दल कांग्रेस र एमालेमात्र होइन माओवादीका नेतासमेत राजनीतिक गतिरोध अन्त्य गर्न आतुर रहेको बताउँछन्। बजेट पेस र पारित गर्न सहमति हुन्छ। जनतामा अब त सहमति हुने हो कि भन्ने झिनो आशा पलाउन नपाउँदै तिनीहरू पुनः सिंगौरी खेल्न थाल्छन्। प्रधानमन्त्री माधवकुमार नेपाल हुन् या विपक्षी नेता पुष्पकमल दाहाल या कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला हुन् वा अरू कुनै नेता, आफ्नो राजनीतिक कद बिर्सेर मुख छाड्छन्। जिम्मेवार नेताका गैजिम्मेवार अभिव्यक्तिले प्रमुख दलबीच तीक्तता बढाइरहेको छ।
माओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको भनिएको 'सिंगापुर सहमति' नेपाली राजनीतिमा असमझदारी र अविश्वासको पोको बनिरहेको छ। दाहालले उपचारमा रहेका कोइरालालाई महत्वका साथ सिंगापुर गएर गरेको भेटवार्ता झन्-झन् रहस्यमय बन्दैछ। सिंगापुरबाट फर्कंदा दाहालले कोइरालासित वार्ता भएको उल्लेख गर्दै वर्तमान सरकार ढल्ने प्रतिक्रिया दिएका थिए। कोइरालाले दाहालसित सरकारबारेमा कुरा नभएको, बरु प्रमुख दलका शीर्ष नेता रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणबारे सहमति भएको हो भने। केही सञ्चार माध्यमले कथित खुफिया प्रतिवेदनको हवाला दिंदै दुई नेताबीच राष्ट्रपति रामवरण यादवलाई बिदा गरेर कोइराला राष्ट्रपति र दाहाल प्रधानमन्त्री हुने सहमति भएको समाचार दिएका थिए। राष्ट्रपतिलाई हटाउने सहमति भयो र त्यो सम्भव छ भनेर त कल्पना पनि गर्न सकिन्न। तैपनि, त्यस प्रचारबाट दलहरूबीच संशय र आशंका बढेको छ। एमाले अध्यक्ष झलनाथ खनालले समेत 'सिंगापुर र हस्तिनापुरमा होइन मुलुकभित्रै सहमति हुनुपर्छ' भनी गरेको कटाक्षले आशंका बढेको पुष्टि हुन्छ। उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणसमेत त्यही अविश्वासको भुमरीमा फसेको छ। सरकारको नेतृत्व परिवर्तन गर्न संयन्त्र निर्माणको प्रसंग उठाइएको हो भने तीन दलबीच त्यस्तो सहमति बन्न सक्तैन र बन्नु पनि हुँदैन। तर, अवरुद्ध राजनीतिक गतिरोधलाई अन्त्य गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन, समयमै संविधान निर्माण गर्न तथा दलहरूबीच बेलाबेलामा आउने समस्या समाधानका लागि राजनीतिक संयन्त्र गठन गर्न खोजिएको हो भने त्यो सही कदम हुनेछ।
कोइराला फर्केको केही दिनसम्म सिंगापुर वार्ता निकै चर्चामा रहे पनि अहिले सेलाएको छ। सिंगापुर सहमतिको प्रसंग सेलाए पनि राजनीतिक संयन्त्र निर्माणले गति लिनुपर्ने हो। संयन्त्र निर्माण सरकार परिवर्तनका लागि हो कि भन्ने शंका एमालेको सरकार पक्ष र कांग्रेसको एउटा समूहलाई लागेकाले त्यसको झिनै स्वरमा भए पनि विरोध भइरहेको छ। त्यसैले गर्दा संयन्त्र निर्माणको प्रसंगसमेत थाती रहेको छ। संविधानतः ६ महिनामा नयाँ संविधान जारी भइसक्नुपर्छ। राजनीतिक गतिरोधका कारण त्यस अवधिभित्र संविधान निर्माण भइसक्ने कुनै लक्षण छैन।
दलहरूकै कारण पटकपटक संविधान निर्माण कार्यतालिका बदलिएको छ। मुलुकमा कतिवटा संघ बनाउने, के आधारमा बनाउने भन्ने विषयमा दलहरूबीच मतभेद छ। कार्यकारी प्रमुख प्रधानमन्त्री हुने कि राष्ट्रपति भन्नेलगायतका महत्वपूर्ण सबालमा सहमति हुनु जरुरी छ। संविधान जारी हुनुअघि नै माओवादी सेनाको समायोजन र पुनःस्थापन भइसक्नुपर्छ। माओवादी सेनालाई शिविरमा राखेर संविधानसभाबाट नयाँ संविधान जारी हुन सक्तैन। प्रमुख तीन दलबीचको गम्भीरताको कमी र अविश्वासले समयमै सेना समायोजन र संविधान निर्माण हुन सकेन भने जनतामा ती दलप्रतिको विश्वसनीयता समाप्तमात्र भएर जानेछ। त्यसतर्फ दलहरूले बेलैमा सोचून्।