एनेकपा(माओवादी) नेतृत्वको मोर्चाले फेरि आन्दोलनको घोषणा गरेको छ। अब पनि आन्दोलन गरिरहनुपर्ने कारणको औचित्य स्पष्ट पार्न भने एमाओवादीलाई निक्कै हम्मे पर्ने निश्चित छ।आन्दोलनका कार्यक्रम घोषणा गरिसकेपछि बसेको ३० दलीय मोर्चाको बैठकमा समेत आन्दोलनको औचित्यमा प्रश्न उठेको र औचित्य स्पष्ट पार्न संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड'लाई धौ धौ परेको थियो। यस्ता सवाल नागरिक स्तरबाट पनि आउने नै छन्। फलस्वरूप, आन्दोलन आक्रामक (अफेन्सिभ) रूपमा अगाडि बढ्ने विश्वास गर्न सकिँदैन। यो आन्दोलन रक्षात्मक (डिफेन्सिभ) चरित्रकै हुनेछ। दुनियाका कुनै पनि ‘डिफेन्सिभ' आन्दोलनले केही नयाँ र निकासका लागि सहयोगी हुने परिणाम दिन सकेका छैनन्। त्यसकारण एमाओवादी नेतृत्वको यो आन्दोलनले केही परिणाम हात पार्ला वा निकास निकाल्ला भन्ने विश्वास त के अपेक्षा पनि गर्न सकिदैन।
आफूले बाटो बिराएपछि त्यसर्मा पश्चाताप गरेर जनताको साहनुभूति लिनका लागि मात्र ‘डिफेन्सिभ' आन्दोलन थालिने गरेको पाइन्छ। तर, यही साहानुभूति जगाउने बिश्वासका साथ थालिएका यस्ता चरित्रका आन्दोलन झनै प्रत्युत्पादकसमेत हुनसक्ने खतरा सँगसँगै रहन्छ। नेपालका सन्दर्भमा सेनापति कटुवाल प्रकरण र त्यसपछिको एमाओवादीको ‘नागरिक सर्वोच्चता'को नाराका साथ सुरु भएको आन्दोलन यस्तै चरित्रको आन्दोलन थियो। त्यो उसको राजनीतिक यात्रामा एउटा प्रत्युत्पादक घटना बन्न पुग्यो। भर्खरैमात्र सकिएको ३० दलीय मोर्चाको आन्दोलनको चरित्र पनि ‘डिफेन्सीभ' नै थियो तापनि त्यसले संविधान सभामा थालिएको प्रक्रिया स्थगित गरी वार्तामा बस्न अन्य दललाई तयार बनायो। यस अर्थमा त्यो आन्दोलन पूरै प्रत्युत्पादक भने भएन। तर, वार्ताका लागि तयार भएको अवसरलाई ऊ आफैँले उपयोग गर्न रुचि नदेखाएर त्यो प्रतिरक्षात्मक स्वरूपको आन्दोलनलाई झनै असान्दर्भिक बनाइदिएको छ।
सत्तापक्षले ‘सहमति गरौँ' भनेकै छ। सहमतिबाट संविधान जारी गर्ने भनेर नै संविधान सभामा थालिएको प्रक्रिया रोकेर राखेकै छ। दलहरूले केही नगरे आफूले विष पिएर भए पनि संविधान निर्माणको कामलाई अगाडि बढाउने प्रतिज्ञा गर्ने सभामुख पनि सहमतिको प्रतिक्षामा मौन प्रायः रहेकै हुन्। यसभन्दा सहमतिका लागि उपयुक्त वातावरण के हुन सक्छ? तीस दलीय मोर्चाले यो प्रश्नको के जवाफ दिने हो आन्दोलनका क्रममा? अनि उसले के प्राप्त गर्नका लागि आन्दोलनको घोषणा गरेको हो? संवादको टेबलमा एकपटक बसिसकेपछि त्यहाँ संविधानका अन्तरवस्तुमा सहमति खोज्ने कि वार्ताको वातावरण बनाउनुस् भनेर निस्कने? वातावरण नबनेको भए किन संवादमा गएको त? संवादमा बसिसकेपछि वातावरण कसरी बिग्रियो? यस्ता तमाम प्रश्नको जबाफ दिन नसक्ने अबस्थामा थालिएको आन्दोलन प्रतिरक्षामा सीमित हुन पुग्नेछ। कुण्ठाबाट निर्देशित भएर गरिएको आन्दोलनले कुनै उभार ल्याउन सत्तै्कन। वीपी कोइरालाले जनमत संग्रहपछि राजाविरुद्ध आन्दोलन गर्न आफ्नै साथीले दिएको दबाब पनि मानेनन्। ‘राजाले मलाई थुने, राजाका विरुद्ध आन्दोलन चलाउँदा मेरो राजनीतिक कुण्ठाले त्यो आन्दोलन थालिएको देखिन्छ, त्यसैले जनतालाई राजाले लिएको कदम बेठीक छ भन्ने अनुभूति गराएर उनीहरू आफैँ आन्दोलनमा आउने वातावरण बनाउनुपर्छ' भन्दै बीपीले आन्दोलनको प्रतिवाद गरेका थिए।
आन्दोलन भनेको निर्णयाधिकार प्राप्त गर्ने अन्तिम अश्त्र हो। निर्णय प्रक्रियामा आफ्नो सहभागिता अस्वीकार गरिएको अथवा सहभागिताको औचित्य नरहेको अबस्थामा आफ्नो निर्णायक हैसियत स्थापित गर्न आन्दोलन गरिन्छ। अहिले ३० दलीय मोर्चाको अवस्था के छ? निर्णाणक प्रक्रियामा उनीहरू छन् कि छैनन्? संविधान सभा अन्तिम निर्णय गर्ने थलो हो। त्यस थलोमा सहमतिका आधारमा संविधान बनाउने विषयमा प्रमुख दलहरूबीचमा सैद्धान्तिक सहमति बनेर संवाद थाल्न सत्तापक्षले अपिल गरिरहेको छ। त्यसभन्दा बाहेकको कुनै संरचनामा पनि एमाओवादी नेतृत्वको प्रभावकारी प्रतिनिधित्वबिना छलफल र निर्णय भएको वा हुने अवस्था पनि छैन। शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री र मोर्चाका संयोजकलाई संवादवाट प्रारम्भिक निकास खोज्न अधिकार दिएको पनि छ। ती दुई नेता संवादबाट सहमति खोज्ने काममा इमानदारीपूर्वक लाग्ने हो भने सहमति असंभव पनि छैन। प्रधानमन्त्री र मोर्चा संयोजकबीचको भेटवार्तापछि आएका समाचार भने दुनियाँ हसाउँने खालका छन्। ‘प्रधानमन्त्रीले आन्दोलन रोक्न भने तथा मोर्चा संयोजकले संविधान सभाको प्रक्रिया फिर्ता लिन भने' समाचारमा आएको यत्ति हो। अहिले यो ‘तुँ तुँ, मै मै' गर्ने बेला हो र? यसको आवश्यकतै छैन। सिधै विषयमा प्रवेश गरेर सहमतिमा पुग्ने बाटो अवलम्बन गर्ने हो भने दुवैका यी सर्त आफैँ असान्दर्भिक भइहाल्नेछन्।
संविधानका अन्तर्वस्तुका विषयमा पूर्वका ३ जिल्ला झापा, मोरङ र सुनसरी तथा पश्चिम नेपालका कैलाली एवं कञ्चनपुरलाई पहाडसँग राख्ने कि तराईसँग भन्ने विवाद नै समस्याको चुरो हो भनेर संवादमा सहभागी नेताहरूले भनेका छन्। एमाओवादीले उत्पीडितको पक्षमा संविधान बन्नुपर्छ भनेर अमूर्त कुरा गरेर विषयवस्तुलाई चपाइरहेको छ। उत्पीडितको पक्षमा संविधान बनाउनका लागि के के विषय संविधानमा राखिनुपर्छ भन्ने बुँदागत र स्पष्ट जबाफ भने उसले दिन खोजेकै छैन। तराई केन्द्रित दलले ५ जिल्ला तराईसँग राख्नुपर्छ भन्ने अडान लिएका छन्। तीस दलीय मोर्चालाई निरन्तरता दिन एमाओवादीले त्यो अडानमा साथ दिएको छ। तीस दलीय मोर्चाको निरन्तरतामा एमाओवादीको कुन दीर्घकालीन हित जोडिएको छ भन्ने पनि प्रष्ट छैन। वैद्य माओवादीसँग एकता पनि गर्ने र ३० दलीय मोर्चालाई पनि निरन्तरता दिने कार्य आउने दिनमा एमाओवादीका लागि त्यति सहज हुने देखिँदैन। मधेस केन्द्रित दलहरूको अडानलाई साथ दिएर संविधान बन्ने प्रक्रियालाई नै अप्ठेरोमा पार्ने उसको निर्णय उसैका लागि अहितकर हुने देखिएको छ।
विवादका ५ जिल्लालाई कता राख्ने भन्ने विषयमा सहमति खोज्ने प्रयास गर्नु जायज हो। तर, त्यसैका निहुँमा संविधान निर्माणको कामलाई नै अबरुद्ध राख्नु उचित होइन। संघीय आयोग बनाएर निकास खोज्नेदेखि केन्द्र शासित क्षेत्रका रूपमा राख्ने वा त्यहीँका जनतालाई निर्णयाधिकार दिन जनमत संग्रह नै गर्ने विकल्पमा जान सकिन्छ। यी विकल्पमा छलफल नगरी एकोहोरो हठ गर्ने र हठ पूरा गर्न आन्दोलनको घोषणा गर्नु त राजनीतिक कुण्ठाबाट निर्देशित हुनु नै हो। आफ्नो आन्दोलनको औचित्य स्पष्ट पार्ने क्रममा प्रचण्डले ‘केपीसँग मिलेर सुशील कोइराला सत्तामा बसिरहन चाहन्छन्' भनेर दोषारोपण गरेका छन्। यो पनि कुण्ठाले भरिएको अतिशयोक्ति नै हो। संविधान बनेपछि राजीनामा दिन्छु भनेर कोइरालाले प्रधानमन्त्री हुनासाथ भनेका थिए। मिलेर संविधान बनाउने हो भने सुशीललाई सत्तासँग जोड्न आबश्यक नै पर्दैन। त्यसमाथि कोइरालाको विकल्प ओली भएकाले पनि सत्ताका हकमा यी दुई प्रतिस्पर्धी हुन्। यी र यस्ता अभिव्यक्तिले एमाओवादीभित्रको कुण्ठालाई प्रकट गरिरहेको छ। सत्ता र शक्तिभन्दा बाहिर रहनुपर्दाको कुण्ठालाई आधार बनाएर आन्दोलन गर्नु संकट झनै लम्याउनु हो।
आन्दोलनमा दुःख पाउने जनताले नै हो। जनताको चाहनाको व्याख्या दलहरूले आफ्नै अनुकूलमा गर्ने गर्छन्। तर, उनीहरूले भोग्ने सास्तीलाई कम गर्न भने दलहरूले पटक्कै ध्यान दिएको पाइदैन। पाँच जिल्लालाई के गर्ने भन्ने विवाद सुल्झाउन नसकेर देशभरका जनतालाई सास्ती दिने आमहड्तालसम्मका कार्यक्रम ल्याउनुलाई जनताको चाहना बुझेको भनेर मान्न सकिँदैन। यस्तो आन्दोलनले संविधान निर्माणको कामलाई ढिलो गराउनुबाहेक केही अर्थपूर्ण परिणाम दिने अवस्था छैन। चाडो संविधान बनाएर देशलाई आर्थिक समृद्धिको मार्गमा हिडाउनु पर्ने बेलामा बिभिन्न बहानामा संविधान निर्माणमा विलम्ब किन?