विकासविद्हरू भन्ने गर्छन् – सडक उद्यम, व्यापार र व्यवसायीकरणको आधार हो। पोहोर मध्यपहाडी राजमार्गको उद्गम बिन्दु पाँचथरको चिवा भन्ज्याङ्गदेखि सिन्धुलीको खुर्कोटसम्मको यात्रा अनुभव र हालै काठमाडौंदेखि महोत्तरीको बर्दिबाससम्म बीपी राजमार्गको अवलोकनबाट भने सडक पूर्वाधारले जनसाधारणको यात्रा सहज बनाउनुका साथै उद्यम, व्यापार र व्यवसायीकरणमा खासै योगदान गरेको पाइएन। सडक सञ्जालमा जोडिन पाउँदा स्थानीय जनता खुसी भएको पाइन्छ। तिनले सुखसुविधा भएको भन्छन्। थाप्लोमा डोकोनाम्लोबाट मुक्ति र गाडीमा गुड्न पाएकामा दंग भेटिन्छन्। गुडेरै घर आगनमै आइपुग्ने प्याकेटका खाद्यान्नले स्थानीय अन्न उत्पादन घट्दै गएको छ।पूर्वाधार घरआँगनमै पुगेको छ, प्रविधि उपलब्ध छ, खेतबारी भने सबैतिर हराभरा हुनसकेको भेटिँदैन। धेरैजसो पाखा गरा बाँझा देखिन्छन्। गाउँका युवा खाडीमा छन् र हुनेखाने सहर पसेका छन्। गाउँमा बुढ्यौली पुस्ता रेमिटेन्सबाट आरामको जीवन बिताउँदैछन्। गाउँ रित्तिने क्रम जारी छ, खाडीमा काम गर्ने पतिकी पत्नी लालाबालासहित सदरमुकाम वा पायकको कुनै सहरमा डेरा बसेका छन् — ‘बोर्डिङ' पढ्न, पढाउन।
डोकोनाम्लोको बोझबाट मुक्ति पाएका खुसी हुनु स्वाभाविकै हो। पैदल हिँड्दाको सास्तीलाई गाडीको यात्राले बिर्साइदिएको छ। एक किसिमले उत्साह जगाउने काम भने गरेको छ सडक सञ्जालले। आवतजावत बढेको छ नातागोताबीच। सामान्यरूपमा सडकले उप्रेरकको भूमिका खेलिरहेको पनि भान हुन्छ — अब केही गरौँ भन्नेहरू प्रशस्तै भेटिन्छन्। तर आफैँमा उद्यम, व्यवसायको आधार बन्नसकेको छैन सडक? किन त? श्रमशक्ति गाउँमा छैन र जो गाउँमा छन् तिनमा पनि जाँगरको अभाव देखिन्छ। बाटो बनाउनेेहरू बाटो बनाउँदैछन्। कृषिका अनुदानहरू नेता र टाठाबाठाको खल्तीमा गइरहेको छ। धेरैलाई यसमा चासो र चिन्ता पनि देखिँदैन। मोटरमा गुड्न पाउनुलाई विकासको आधार मान्नेहरूको संख्या जो ठूलो छ।
नेपाल सरकार आफैँले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गअन्तर्गत ठाउँठाउँमा यातायात चल्न थालेका छन्। पहाडमा सडक यातायात चल्नुलाई नै पनि ठूलै उपलब्धि ठानिन्छ जुन स्वाभाविक पनि हो। भइरहेका पुराना र नयाँ खनेका बाटो खप्टेर मध्यपहाडीले नक्साङ्कन गरेका कच्ची बाटामा यातायात गुडेको समाचारमै सरकार रमाएको छ। अर्बौंको लगानीबाट के के उपलब्धि भए? लेखाजोखा आवश्यक ठान्दैनन् सरकारी निकाय। विकासे सरकारी अधिकारी पूर्वाधार विकासले आर्थिक सामाजिक क्षेत्रमा पार्ने प्रभावको आंकलन गर्नुपर्छ भन्ने सायद विचार गर्नै आवश्यक ठान्दैनन्।
जापानको करिब २६ अर्ब जापानी एन अनुदानमा बनेको बीपी राजमार्ग आउँदो महिना नेपाल सरकारलाई हस्तान्तरण गरिँदैछ । प्रतिकिलोमीटर औसत १५ करोड लगानी भएको राजमार्गले पूर्वी पहाडलाई राजधानीसँग जोड्ने काम गरेको छ। काठमाडौंलाई तराईसँग जोड्ने प्रारम्भिक योजनाको यो बाटो तातोपानीबाट चिनियाँ सामानलाई पूर्वी पहाड र तराई पुग्याउन सक्ने माध्यम बन्ने देखिन्छ। बीपी राजमार्गलाई मध्यपहाडी राजमार्गले उदयपुरको धुर्मी हुँदै खुर्कोट जोडेपछि र खुर्कोटमा सुनकोसीमा पुल बनेर रामेछाप, दोलखा सिन्धुलीसँग सडक सञ्जालमा आबद्ध भएपछि बीपी राजमार्ग पूर्वी नेपालका हिमाल पहाड अनि तराईको मेरुदण्ड बन्न पुगेको छ। दुई दशकअघि निर्माण सुरु भएको १६० किलोमीटरको यस राजमार्गले काभ्रे, सिन्धुली जिल्लामा धेरै विकास गरेको ठानिएको पाइन्छ। जापानले सडकसँगै विभिन्न योजनामा लगानी गरेको छ। सिँचाइ, कृषि, दुग्ध उत्पादन, प्रशोधनजस्ता काममा जापानले आर्थिक प्राविधिक सहयोग गरेको छ। जापानले किन विभिन्न प्रकारका आयोजनामा लगानी गरिरहेको छ त? प्रश्नमा, जापानी दूतावासका फस्ट सेक्रटरी हिसासी होसिनो भन्छन् – ‘हामीले निर्माण गरेको बीपी राजमार्गको लाभ सबैले लिनसकुन् र यहाँका जनताको जीवनस्तर उकास्न सकियोस् भन्ने हो।'
जापानी लगानीका तुलनामा यहाँको उद्यम, व्यवसाय फस्टाएको छ त? प्रश्न गहिरो छ। कतिपय भएका स्थानमा काम भएका छन्। तर व्यवसायीकरण भइसकेको छैन। भएका काम पनि सिन्डिकेट र कार्टेलिङको चंगुलमा फसेका छन्। उत्पादक किसानले वस्तुको उचित भाउ पाएका छैनन् भने सहरका उपभोक्ता तिनै उत्पादनको बढी मूल्य तिर्नुपरेको छ । उदाहरणका लागि सिन्धुली दुम्जाका प्राङ्गारिक तरकारी उत्पादक किसानको अवस्था हेरौँ। दुम्जाको कुशेश्वर बहुउद्देश्यीय उपभोक्ता सहकारीले बीपी राजमार्ग नजिकै आँपधारीमा बिक्री केन्द्र निर्माण गर्दैछ। जापानको गैरसरकारी संस्था जिएलएमआईको सहयोगमा २ वर्षअघि सुरु भएको प्राङ्गारिक कृषि कार्यक्रम कुशेश्वर दुम्जा गाविसका सबैजसो वडामा सञ्चालित रहेछ। जापानी महिला आकामा निसियामा आयोजनाको रेखदेखमा व्यस्त देखिन्छिन्। कृषि उत्पादनको बजार पहुँच, दुग्घ चिस्यान केन्द्र, सूचना केन्द्रजस्ता संरचना निर्माण भइररहेको बताइन्छ। तर पोहोर साल व्यावसायिक तरकारी खेतीमा उत्साहित किसान यस वर्ष भने हच्चिएका छन्। प्राङ्गारिक तरकारी बजारमा नबिकेको उनीहरूको गुनासो छ। रासायनिक मल र बिषादी हालेका तरकारीसँग प्रतिस्पर्धा गर्न नसकेको उनीहरूले बताए। दसैंअघि दुम्जाको काफ्लेचौरका किसानको ३ ट्रक बन्दाको बारीमै कुहियो। अहिले त्यहाँका किसान करेसाबारीमा बाहेक व्यावसायिक तरकारी खेती नगर्ने निचोडमा पुगेका छन्। दुम्जाबाट सर्लाही जोड्ने दुई वर्षअघि बनाएको सडक वर्षामा भत्किएपछि मर्मत गर्ने कोही भएनन्। कच्ची बाटोबाट किसानको बन्दाकोभी मुख्य सडकमा पुर्यापउन नसकेपछि बारीमै कुहिएको थियो।
सिन्धुली जुनारको राजधानी मानिन्छ। अहिले त्यहाँ जुनारसँग सम्बन्धित ३९ वटा सहकारी छन्। बीपी राजमार्ग बन्न थालेदेखि नै जापानले गहिरो चासो देखिएर लगानी गरेको थियो सिन्धुलीको जुनारमा। तीसको दशकदेखि जुनार खेतीलाई अभियानका रूपमा अगाडि बढाएको जापानको पछिल्लो योगदान कोल्टस्टोर निर्माणसम्म देखिन्छ। जाइकाको करिब ६० लाख रुपियाँ जिल्ला विकास समितिको १० लाख, स्थानीय निकायको १० लाख र किसानहरूको २० लाख गरी करिब १ करोडको लागतमा निर्माण भएको कोल्ट स्टोर ६ वर्ष अघिदेखि सञ्चालनमा छ। जापानी तीनपाते सुन्तलाको जरामा सिन्धुलीको रैथाने जुनारको कलमी गरेर उत्पादित विरुवा अहिले सिन्धुलीको मौलिक जुनार मानिन्छ। जापान र नेपालको चार दशकदेखिको लगानीका बीच पनि सिन्धुलीमा जुनार व्यावसायिकरूपमा भने खासै अगाडि बढ्नसकेको छैन।
जुनार केन्द्रीय सहकारी संघका अध्यक्ष दीपक कोइराला सिन्धुली जुनारको राजधानी बने पनि व्यवसायीकरण हुन नसकेको अनुभव सुनाउँछन्। कोइरालाका अनुसार सुरुमा २०३५ – ३६ सालदेखि २०४५ सालसम्मको अभियानका क्रममा सिन्धुलीमा ५००—६०० हेक्टरमा जुरान खेती फैलिएको थियो। त्यसपछि एक दशकसम्म सुस्तायो र २०५५ – ५६ देखि फेरि जुर्मुरायो। अहिले सिन्धुलीमा करिब १ हजार ६ सय हेक्टरमा जुनार खेती गरिएको छ। कोइरालाका अनुसार सिन्धुलीको कुल जुनार उत्पादन हुने क्षेत्रमध्ये अहिले १७–१८ प्रतिशत क्षेत्रफलमा मात्र उत्पादन हुनसकेको छ। त्यसो त बीपी राजमार्गले चौतर्फी बजार खोलेको आकलन गर्छन् कोइराला। ‘हामी हिमाली जिल्ला दोलखाको चरिकोट पनि जुनार पुर्याजउन सक्छौं, तराईका मैदानको बजारमा पुग्न पनि बेर लाग्दैन' कोइराला भन्छन् – ‘बीपी राजमार्ग र यस क्षेत्रमा निर्माण भएका अन्य मार्गले हिमाल, पहाड र तराईलाई जोडेका छन्।' जताजतै बजार विस्तार भएको र जुनारको माग उच्च भएको भए पनि खेती भने बढ्न सकेको छैन। विस्तार हुन नसक्नुका धेरै कारण छन्। एउटा कारण बिचौलियाको वर्चस्वलाई मानिन्छ। काठमाडौंको बजारमा किलोको ७५ – ८० रुपियाँ हुँदा सिन्धुलीका किसानले एक किलो जुनारको मोल १६ देखि २० मात्र पाउँछन्। बिचौलियाको प्रभुत्वका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि ठगिएका ठगियै छन्।
काभ्रे भकुन्डेबेसीमा जाइकाको सहयोगमा निर्मित दुग्घ चिस्यान केन्द्रले काभ्रे र सिन्धुलीका किसानबाट दूघ संकलन गर्छ र बनेपा, काठमाडौंसम्म पुर्यानउँछ। धुलीखेल—नेपालथोक बीपी राजमार्ग निर्माणसँगै जाइकाको सहयोगमा आकार लिएको चिस्यान केन्द्रमा दैनिक २ हजार किसानको दूध आउने जानकारी दिन्छन् कृषक दूध उत्पादन तथा प्रशोधन संस्थाका अध्यक्ष कृष्णप्रसाद खनाल। खनालका अनुसार, जाइकाको ७५ लाख, किसानको ६ लाख, काभ्रे जिल्ला विकास समितिको १० लाख रुपियाँको सहयोगमा निर्माण भएको चिस्यान केन्द्र ६ वर्षअघि सञ्चालनमा आएको हो। ‘बीपी राजमार्गले यस क्षेत्रमा आमूल परिवर्तन ल्यायो' खनाल भन्छन् ‘किसानमा उत्साह ल्याइदियो, स्थानीयलाई ठूलो आडभरोसा भयो।' खनालले भनेजस्तै बाटो निर्माणले उत्साह त ल्याएको देखिन्छ तर त्यसबाट उत्पन्न सम्भावनाको व्यावसायीकरण हुन नसकेको भने तथ्याङ्कले नै देखाउँछ। दुई हजार किसानबाट प्रत्येक दिन ५ हजार देखि ८ हजार लिटर दूध संकलन हुँदा एकजना किसानले दैनिक औसत बढीमा ४ लिटर दूध विक्री गर्दा रहेछन् भन्ने देखिन्छ। यसलाई व्यावसायीकरण भन्ने कि गुजारा?
अर्बौं खर्चेर बनाइएका पूर्वाधार जनताकै सेवा सुविधाका लागि त हुँदै हो। चिल्ला सडकमा मोटरमा गुड्न पाउनुलाई तत्कालीन आवश्यकता मान्न सकिएला तर त्यस्ता पूर्वाधार सर्वाङ्गीण विकास, उद्यम, व्यापार र व्यावसायीकरणका लागि आधार बन्न सक्नुपर्छ।