संविधान निर्माणको लामो बाटो!
०२ चैत्र २०७१
•
१८ मिनेट पाठ
संविधान निर्माणको लामो बाटो!
नेपालमा संविधान निर्माण कार्य कठिन र जोखिमपूर्ण हुँदैगएको छ। नेपाली जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको पृष्ठभूमि, विचार र वर्गीय स्वार्थमा मूलभूत अन्तर भएकैले संविधान निर्माण हुन नसकेको देखिए पनि विगत सात वर्षदेखि सबै राजनीतिक दलले दोष भने प्रदेश निर्माणलाई दिएका छन्। यस्तो अन्योलपूर्ण र अराजक अवस्थामा एकपटक २०६२ /६३ तिर नेपालका राजनीतिक दलहरूको अवस्था र प्रभावतिर फर्केर संविधान निर्माणको जटिलता बुझ्ने जमर्को गरौं।राजतन्त्र र गणतन्त्र
एक दशकअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले संसद्वादीहरूलाई अक्षम भन्दै राजनीतिक सत्ता नियन्त्रणमा लिए। नेपाली कांग्रेस र नेकपा (एमाले) २०४६/४७ को संयुक्त जनआन्दोलनबाट प्राप्त संसदीय लोकतन्त्रको रक्षा गर्न असफल भए। झन्डै डेढ दशक राजकाज चलाएपछि जनताको नजरमा भ्रष्टाचार र कुशासनको वाहक देखिन पुगेका यी दुई दललाई लोकतन्त्र फर्काउने आन्दोलनमा जनसमर्थन प्राप्त भएन।
तत्कालीन राजा ज्ञानेन्द्रको ‘सफ्ट कु’प्रति २०४६ /४७ को परिवर्तनका कारक सहरिया मध्यमवर्ग निरपेक्ष बसे। तर पार्टीका नेता र कार्यकर्ता निरपेक्ष बस्ने वा डराएर राजनीतिबाट पलायन हुने अवस्था थिएन जस्तो २०१७ सालमा राजा महेन्द्रले सेनाका बलमा सत्ता खोस्दा भएको थियो। मानसिकरूपले तत्कालीन राजा ज्ञानेन्द्रको कुसँग दलका नेताहरूले समर्पण गरे पनि विरोधको राजनीति अगाडि बढाउने बाटो भने बन्द भएको थिएन। यस्तो अवस्था कांग्रेस एमालेका लागि झनै चुनौतीपूर्ण भयो र यहीँबाट छटपटी पनि सुरु भयो।  
 गुमेको राजपाट फर्काउन कांग्रेस एमालेलगायत सातदलले तत्कालीन राजालाई दबाब दिनेगरी विरोध कार्यक्रम सुरु गरे। तर दबाबमूलक आन्दोलन प्रभावकारी हुन सकेन। अर्थात् ‘सफ्ट कु’ नै कांग्रेस एमालेका लागि पर्याप्त हुन्छ भन्ने तत्कालीन दरवारिया सोचाइ सही प्रमाणित हुँदैथियो। सहरिया मध्यमवर्गीय युवा कांग्रेस एमालेले अपनाएको अर्थराजनीतिकै कारण डेढ दशकमा पूर्णतः राजनीति निरपेक्षा भइसकेका थिए। बहुसंख्यक जनतासँग सहरिया मध्यमवर्गको सम्बन्ध न राजनीतिक थियो न आर्थिक र सामजिक नै। त्यस्तै यतिखेरसम्म कांग्रेस र एमालेका नेतामा संविधान सभा, प्रदेश निर्माण र गणतन्त्रजस्ता राजनीतिक कार्यसूची सपनामा पनि सोच्ने सामर्थ थिएन। यिनै पार्टीका केही उत्साही कार्यकर्ताले यस्ता विषयमा बोल्दा वा नारा लगाउँदा पार्टी कारबाहीमा पर्ने वा कसैको ‘एजेन्ट’ ठानिने अवस्था सामान्य थियो तिनताका।
नेपालको तत्कालीन राजतन्त्रले कांग्रेस—एमाले र सहरिया मध्यमवर्गको अवस्था एवं क्षमता बुझेर गरेको सफ्ट कु सफल नै थियो। तर समाज विकासको क्रम र राजनीतिक ‘स्पेस’ सधै सहर केन्द्रितमात्र हुँदैन भन्ने राजतन्त्रले बुझ्न सकेन। लोकतान्त्रिक अभ्याससँगै बृहत् जनसमुदाय र भूगोललाई पनि त्यसले प्रभाव पार्छ भन्ने तत्कालीन राजाले बुझ्न सकेनन्। झन्डै डेढ दशकको लोकतान्त्रिक अभ्यासले माओवादीलाई आफ्नो राजनीति फैलाउने अवसर दिएको थियो र यो फैलिएको पनि थियो।  यही कुरा कांग्रेस एमालेका नेताले ढिलो बुझे र राजतन्त्रले अस्वीकार गरेको उनका सहकार्यका  हातहरु माओवादीतर्फ बढाए। राजतन्त्र धरापमा पर्योा।  
नयाँ शक्तिसँगको सहकार्य
कांग्रेससँग लामो अनुभव छ — नेपालमा एक्लै राजनीतिक आन्दोलन गर्न संभव छैन भन्ने। विसं २००७ सालको क्रान्तिमा राणाविरुद्ध राजा र भारतको सहयोग जरुरी भयो कांग्रेसलाई। त्यस्तै २०१७ सालपछि लोकतन्त्र पुनःस्थापनाका लागि एक्लै गरिएका सबै शान्तिपूर्ण र सशस्त्र संघर्षमा कांग्रेसलाई असफलता बेहोर्नु पर्यो्। कतिसम्म भने बीपी कोइराला जस्ता नेताको नेतृत्व हुँदा पनि बहुदल र निर्दल बीचको जनमतसंग्रहमा समेत २०३७ सालमा कांग्रेसको पराजय भयो। झापाको ‘वर्ग शत्रु सफाया’ आन्दोलनको असफलतापछि कम्युनिस्टले पनि एक्लै गरेको असफल आन्दोलनका तीता अनुभव सँगालिसकेका थिए। अझ नेपालका कम्युनिष्टहरूमा एक्लै आन्दोलनबाट यस देशमा स्थापित हुनसकिन्छ भन्ने विश्वास कहिल्यै पलाएको देखिएको छैन। यस अर्थमा नेपालमा प्रत्येक आन्दोलनले नयाँ राजनीतिक शक्तिको खोजी गर्छ भन्ने इतिहासले प्रमाणित गरेको छ।
कांग्रेस एमालेको राजतन्त्रसँग ‘राष्ट्रिय मेलमिलाप’ गर्ने योजना सफल नभएपछि नयाँ राजनीतिक शक्ति अर्थात् माओवादीसँग सहकार्यको आरम्भ भयो। संसद्वादीले सहकार्य सुरु गर्दा माओवादीसँग सबै थोक थियो। माओवादी नेताको रहस्यमय र चुम्वकीय गुण थियो। माओवादी लडाकुले तत्कालीन शाही सेनासँग भिड्ने क्षमता प्रदर्शन गरेर कांग्रेस एमालेलाई मात्र होइन विश्वलाई नै चकित पारेका थिए। शाही सेनाबाट लोकतन्त्रको रक्षासमेत माओवादी लडाकुले गर्छन् भन्ने भरोसा कांग्रेस एमालेका नेतामा थियो तिनताका। गाउँका ‘शोषक र सामन्त’ डराएर दुलो पसेका थिए। गरिब, सीमान्तकृत वर्ग र वर्णमात्र होइन महिला पनि मुक्ति आन्दोलनमा होमिएका थिए। पानी चल्ने र नचल्ने, जनै लाउने र नलाउने, पैसा हुने र नहुनेबीच द्वन्द्व चर्किएको थियो। अर्थात् नेपाल गाउँगाउँमा जागेको थियो। हज्जारांै वर्षदेखि जातिप्रथाले निर्माण गरेको नेपालको सामन्ती सामाजिक संरचना छिन्न भिन्न हुन लागेकै थियो।
नयाँ शक्तिसँग सहकार्य कसरी गर्ने र कति गर्ने भन्नेमा कांग्रेस भने सतर्क थियो। नयाँ राजनीतिक शक्तिसँग सहकार्य गर्दा नेपालमा पुरानो शक्तिले पराजय बेहोर्नु परेका उदाहरण कांग्रेस नेता सामु थिए। राणाहरू यसरी नै गएका थिए र पालो राजतन्त्रको थियो। त्यो पनि गयो। यो ऐतिहासिक पृष्ठभूमिबाट हेर्दा अब पालो नेपाली कांग्रेसको देखिन्छ। कांग्रेसले अहिले कल्पना पनि गर्न सकेको देखिँदैन भविष्यमा आफ्नो राजनीतिक अस्तित्व रक्षाकै लागि संघर्ष गर्नुपर्ने दिन पनि आउनसक्छ भनेर। भारतमा भारतीय कांग्रेसको वर्तमान हविगत देखेर नेपाली कांग्रेसको ‘सिन्डिकेट’ चलाउनेहरूलाई यस्तो डर लाग्नुपर्ने हो। पक्कै आएको होला।
निराश बनाए माओवादीले
विगतमा कांग्रेस एमालेका आन्दोलन धेरै हदसम्म राजनीतिक परिवर्तनका लागि थिए। तसर्थ यी दुवै दलले जनतालाई चुनावका बेला गरेका वाचा पूरा नगरेर निराश बनाएका थिए। गिरिजाप्रसाद कोइरालाले आन्दोलनपछि सत्ताको नेतृत्व गर्दा  के गर्ने आफूलाई केही थाहा नभएको कुरा कैयौंपटक इमानसाथ भनेका छन्। तर माओवादी आन्दोलन राजनीतिकमात्र थिएन, व्यवस्था परिवर्तनका लागि मात्र भनेर पनि बुझिएको थिएन। यो नेपाली गामीण समाजको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको अभ्याससँगै अगाडि बढेको आन्दोलन थियो। अनी त्यस्तै संसद्वादीहरूबाट भएको भ्रष्टाचार र अस्थिरताविरुद्ध आशा र विश्वासको आन्दोलन पनि थियो।  त्यही भएर त कांग्रेस एमाले समर्थक मध्यमवर्गीय परिवारका युवा पनि २०६२/६३  को आन्दोलनपछि माओवादीको विजय जुलुसमा सहभागी भएका थिए। अर्थात् परम्परागत भ्रष्ट र भारदारी सत्ताको आमूल परिवर्तनको संवाहक बनेको थियो माओवादी। तर भयो के?
एनेकपा (माओवादी)ले समग्र सामाजिक आर्थिक रूपान्तरणको कार्यसूचीलाई हिंसात्मक संघर्षका क्रममा सँगै लगे तर खुला राजनीतिमा आएपछि बेवारिस बनाएर छाडे। कांग्रेस एमाले बिस्तारै बिग्रिए। अर्थात् राजनीतिबाहेक अरू सबै गर्न जान्ने भए। बिग्रदा पनि कांग्रेस एमालेका वैकल्पिक नेताले आशा र भरोसा दिलाउँथे। माओवादी थोकमै बिग्रियो। जुन सहरले कांग्रेस एमालेलाई राजनीतिकरूपले चटक्कै छाडेको थियो माओवादी त्यही सहरिया हुन हतारिए। सहरिया र सम्भ्रान्त हुने होडमा कांग्रेस एमालेलाई उछिनेर माओवादी धेरै पर पुग्यो आफ्नो परिवेशबाट। माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धेरै पछिमात्र रोल्पाको सम्झना आयो। तर त्यसबीच प्रचण्डले राजधानीमै आधुनिक रोल्पा निर्माण गरिसकेका थिए, छन्।
संविधान बनेन, बन्दैन
संविधान बनेन, बन्दैन पनि। संविधान बन्न पहिलो सर्त एमाओवादी नेता प्रचण्डलगायत यस पार्टीको लोकतन्त्रीकरण जरुरी छ। माओवादी पार्टीमा लोकतान्त्रिक चरित्र नै छैन, प्रचण्ड त्यस्तो चाहँदैनन् पनि। प्रचण्डका अभिव्यक्ति र ‘बडी ल्याङ्ग्वेज’ अलोकतान्त्रिकमात्र हैन प्रतिकृयावादी छ। उनले विवेक र संयम प्रायः गुमाएको देखिन्छ बोलीमा। यो संविधान नबन्ने प्रमुख कारणमात्र होइन नेपालको सम्पूर्ण अर्थराजनीतिक रूपान्तरणका लागि पनि अवरोधपूर्ण स्थिति हो। यस्तो अवस्थामा  कसैगरी संविधान बने पनि चल्दैन, चलाउन गाह्रो हुन्छ। कांग्रेस एमालेले माओवादीलाई लोकतान्त्रिक रुपान्तरणमा सहयोग गर्न भने सक्छन्, सहकार्य गर्न सक्छन्।
संविधान निर्माणमा दोस्रो अवरोध कांग्रेस एमाले गणतन्त्र र संघीय शासन पद्धतिप्रति बोलीमा बाहेक व्यवहारमा इमानदार नहुनु हो। यी दुवै पार्टीका नेताको मानसिकतामा परिवर्तनै भएको छैन नयाँ परिवेशको राजनीतिमा। यी अझै पनि गणतन्त्र, संघीयता र समावेशीकरण हाम्रो एजेन्डा होइन भनेर भन्छन्। अनि कसरी पत्याउने यिनीहरू संविधान बनाउन इमानदार छन् भनेर?
संविधान निर्माणमा तेस्रो ठूलो अवरोध सभासद र नेपाली जनतालाई पूर्णतः उपेक्षा गरेर ठूला पार्टीका शीर्ष नेताले चलाएको सिन्डिकेट प्रथा पनि हो। विगतमा पार्टी र देशको नीति निर्माणमा देखिएको ‘सिन्डिकेट’ प्रथा नै अहिले संविधान निर्माणमा पनि चलाइएको छ। आगामी दिनमा यही सिन्डिकेट प्रथा सबैभन्दा घातक र अस्थिर राजनीतिको कारक बन्नेछ। संविधान निर्माणमा कुनै मधेसी, जनजाति, आदिवासी, नागरिक समाजको सक्रियता यो सिन्डिकेटलाई चाहिएको छैन। युवा, महिला र दलितलाई संविधान निर्माणबाट पूर्णत अलग्गै राखिएको छ।
यही कारण कांग्रेस एमाले मानसिकरूपले संविधान निर्माण गर्न अहिले तयार छन् भनेरे विश्वास गर्ने आधार कमजोर छ। संविधान निर्माण गर्ने आधारमध्ये सबैभन्दा ठूलो पक्ष जनताको निरन्तरको विश्वास र भरोसा हो। तर दुई दलको दुई तिहाई बहुमत भएको गठबन्धनले गरेको शासन हेर्दा यिनले विगतको गल्तीबाट कुनै शिक्षा लिएको देखिँदैन। प्रधानमन्त्री स्वयं  आफ्नो नेतृत्वको सरकारसँग असन्तुष्ट रहेको कुरा बालुवाटारको नीलो बैठकमा मात्र सीमित रहेको छैन। प्रधानमन्त्री कोइरालाले जीवनको उत्तरार्धमा पाएको देश र संविधान निर्माणको अवसर खेर जाँदा कांग्रेस र कोइराला परिवारको अवस्था कस्तो होला अहिले अनुमान गर्न पनि गाह्रो छ।  देशभर सरकारको कार्यशैली र क्षमता बारे प्रश्न उठ्न थालेका छन्। जनअसन्तुष्टि फैलिएका बेला सानो झिल्काले पनि आन्दोलनको रूप लिन सक्छ र संविधान बन्ने र बनाउने विषय नै असान्दर्भिक र निरर्थक हुनसक्छ।
    अन्त्यमा
‘देशमा बेइमानी, भ्रष्टाचार र छलकपट छ। समाजवाद, साम्यवाद, संविधानवाद र कल्याणकारी राज्यको नाममा चलाइएको मनपरीतन्त्रले जनता आहत भएका छन्। सरकार, व्यवस्था, न्याय, स्वतंत्रता, राष्ट्रिय एकता निरर्थक झै छन् र सारांशमा भन्नुपर्दा देश नै छैन भन्ने बुझ्नु पर्नेहुन्छ।’
         जयप्रकाश नारायण (सन् १९७५मा)
जयप्रकाश नारायण अर्थात ‘जेपी’ नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि परिचित नाम हो। उनले आजभन्दा चार दशक पहिले भारतका सन्दर्भमा गरेका चित्रण नेपाली समाजमा अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ। त्यसैले भन्नुपर्ने हुन्छ — ‘लङ लङ वाक टु गो’ नेपालमा संविधान निर्माणका लागि।
अर्को समाचार
पुनर्निर्माण, नवनिर्माण कि राष्ट̭ निर्माण?
०५ भदौ २०७२
•
१३ मिनेट पाठ
पुनर्निर्माण, नवनिर्माण कि राष्ट̭ निर्माण?
लामो राजनीतिक संघर्ष र द्वन्द्वपश्चात हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको संघारमा छाँै। यहीबीचमा महाभूकम्पले भौतिक, आर्थिक तथा सामाजिक जीवनलाई समेत तहसनहस पारिदिएको छ। तर यो बीचमा नयाँ सम्भावना पनि उजागर भएका छन्। लामो राजनीतिक टकराव र महाभूकम्पले हाम्रो चेतनामाथि व्यापक हस्तक्षेप गरेको छ।परिणाम, हामीले नयाँखाले बहस थालेका छौँ। बहसको केन्द्रमा छ– पुनर्निर्माण र नवनिर्माण। विभिन्न दलका शीर्ष नेता र योजनाविद्हरुले पुनर्निर्माण तथा नवनिर्माणका नयाँनयाँँ मोडल अगाडि सारेका छन्। तर कुरामा धेरै नवीनता देख्न सकिएको छैन। खतरा यो छ कि कतै हामी पुरानै कुरालाई दोहोर्याडइरहेका त छैनौं? संविधानमार्फत शान्ति, स्थायित्व र समृद्धिमा फड्को मार्न लागेको अवस्थामा पुनर्निर्माण र नवनिर्माणको सैद्धान्तिक आधार के हो? के यसलाई समग्र राष्ट्र निर्माणकै प्रक्रियामा जोडेर लैजान सकिँदैन? हरेक कुरालाई विवादमा तानेर देशलाई 'ट्रायल एन्ड एरर' मा राख्नु जोखिमपूर्ण हुनसक्ने भएकाले सबैजना सचेत भई यसको सैद्धान्तिक आधार खोज्नु अनिवार्य छ।

राजनीतिक शास्त्रमा राज्य निर्माण (नेसन बिल्डिङ) भनेको राष्ट्रिय पहिचानको निर्माण हो भने राष्ट्र निर्माण (स्टेट बिल्डिङ) भनेको राज्यको संस्थागत पुनर्सरचना र विकास हो। यसरी हेर्दा एउटा पहिचान हो भने अर्को पहिचानलाई उठाउने सामर्थ्य हो। राष्ट्र निर्माणका २ वटा तरिका छन्। एउटा यसको उत्पत्ति तथा विकासका सम्बन्धमा मान्दै आएको इतिहासको मौलिक बाटो। अर्को अन्तर्राष्ट्रिय साझेदारी तथा सहयोगको बाटो हो। नेपालको सन्दर्भमा अहिले हामी भने दोबाटोमा उभिएका छाँै। हामीले हाम्रै इतिहास पनि निर्माण गर्नु छ। छिमेकसंँग पनि स्वाभिमानसाथ उभिनु छ। तर यतिले मात्र पुग्दैन। हामीले नयाँ र तेस्रो बाटो पनि समात्नुपर्छ। आजको सन्दर्भमा मौलिक योजना तथा अन्तर्राष्ट्रिय सहयोगमार्फत राष्ट्रिय एकता र समृद्धिको बाटो नै हो। देशमा गणतन्त्र बहाली भएपश्चात उठेका जातीयता तथा क्षेेत्रीयतामा आधारित संघीयताको बहसहरुलाई हेर्दा अनेकताभित्रको एकतालाई मजबुद बनाउँदै राष्ट्रिय अखण्डता कायम गर्नु अर्को चुनौती देखिन्छ। यो कमजोरी सुधार्दै राष्ट्र निर्माण गर्न पुनर्निर्माण तथा नवनिर्माणको पनि पुनर्परिभाषा गरिनुपर्छ।

यो परिवेशमा पुनर्निर्माण भन्ने शब्दले मात्र अहिलेको समस्यालाई सही तरिकाले सम्बोधन गर्न सक्दैन। किनभने १० वर्ष खर्च गरी जस्ताको तस्तै बनाउने भनेको हामी १० वर्ष लगाएर अहिलेकै ठाउँमा पुग्नेे नै हो। त्यसैले अहिलेको पहिलो आवश्यकता पुनर्संरचना हो। पुनर्निर्माण होइन। यसमा भौतिक, सामाजिक, आर्थिक तथा वातावरणीय हरेक पक्षमा पुनर्संरचना जरुरी छ। यसले हामी २० वर्षमा कहाँ पुग्ने भन्ने दूरदृष्टि, गन्तव्य तथा भिजन निर्धारण गर्छ। त्यतिबेलाको भौतिक संरचना, यातायात तथा सञ्चार, व्यापार तथा व्यवसाय, कूटनीति, बसाइसराइ तथा खुला आवतजावत जस्ता महत्वपूर्ण पक्षहरुको आंकलन गर्न सक्नुपर्छ। समस्याको सही पहिचान नगरी विगतमा झैँ हतारमा काम गर्दा एक कदम अगाडि दुई कदम पछाडिको यात्रा हुने भएकाले यसतर्फ सम्पूर्ण राज्यको ध्यान जानु जरुरी छ। अनिमात्र पुनर्निर्माण सम्भव र सार्थक हुन्छ।

विशेषगरी प्राकृतिक प्रकोपपश्चात संकटकाल, संक्रमणकाल र पुनर्निमाणकाल गरी तीन चरण हुन्छ। अहिले उद्धार, राहत र संक्रमणकालीन आवासको पहिलो चरण समाप्त भइसकेको अवस्था छ। रिलिफ र रिकभरीबीचको ग्याप (ट्रान्जिसन) लामो भए त्यसले अर्कै समस्या निम्त्याउने भएकाले चाँडोभन्दा चाँडो प्रभावकारी संयन्त्र निर्माण गरी युद्धस्तरमा काम गर्नुपर्छ। हाम्रो देशको सन्दर्भमा अधिकांश भग्नावशेषमा ढुंगा, माटो जडानको संरचना भएकाले स्थानीय स्तरमै व्यवस्थापन गर्न सकिन्छ। संकटकालीन अवस्थामै भवनहरुको सुरक्षा जाँच गरी स्टिकर प्रदान गर्ने व्यवस्था हुनुपर्छ। महिला, बालबालिका तथा वृद्धहरुको सुरक्षा तथा मानव अधिकारको रक्षा पनि पहिलो संकटकालीन तथा संक्रमणकालीन चुनौती हो। साथै अपांगतामैत्री वातावरण निर्माण पनि प्राकृतिक प्रकोपपछिको महत्वपूर्ण पक्ष हो।

महाभूकम्पपछि विशेषगरी संकटकाल, संक्रमणकाल र पुनर्निर्माणकाल गरी तीनवटा चरण हुन्छन्। अहिले उद्धार, राहत र अस्थायी बासस्थानको पहिलो चरण समाप्त भइसकेको छ। अव पुनर्संरचना, पुनर्निर्माण र पुनर्स्थापनाको अर्को चरणमा प्रवेश गर्नुपर्छ। सामान्यतया हामी पुनर्संचरना भन्नाले विभिन्न संघ/संस्था तथा कर्मचारीको पुनर्संयोजन, पुनर्निर्माण भन्नाले भौतिक सम्पदाको पुनर्स्थापना र पुनर्स्थापना भन्नाले मानवीय स्वास्थ्यको पुनर्ताजगीको कुरा बुझ्छौं। कसैकसैले यिनीहरुलाई पर्यायवाची शब्दका रूपमा पनि प्रयोग गरेको पाइन्छ। यस्तो धारणा परिवर्तन गरी समयसापेक्ष पुनर्परिभाषित गरी तीन चरणमा कार्यान्वयन गर्नु उपयुक्त हुन्छ :

पुनर्संरचना

अहिले राज्यको सम्पूर्ण ध्यान राज्यको पुनर्संरचनामै केन्द्रित भए तापनि मुख्य एजेन्डा प्रदेशको संख्या र साँध सिमानामै अल्झेको छ। साथै शासकीय स्वरूपमा पनि यथेष्ठ बहस भइरहेको भए पनि सामाजिक तथा आर्थिक क्षेत्रको पुनर्संरचनातर्फ भने त्यति ध्यान दिएको देखिँदैन। खासगरी पुनर्संरचना भन्नाले अहिलेको भन्दा नयाँखाले प्रभावकारी संरचना हो। पुनर्संरचना गर्दा देशले अवलम्बन गर्न लागेको राजनीतिक तथा आर्थिक व्यवस्था र हालसालैका विज्ञान तथा प्रविधिको प्रयोग जस्ता पक्षलाई केन्दबिन्दुमा राख्नुपर्ने हुन्छ। सामान्यतया देहायबमोजिम ५ प्रकारका पुनर्संरचना गर्न सकिन्छ :

• राज्यको पुनर्संंरचना : यसमा राज्यलाई द्रुतगतिमा विकास गर्न र सम्पूर्ण जनतालाई राज्यको पहँुचमा पुर्यााउन भूगोल, पहिचान तथा सामर्थ्यका आधारमा पुनर्संरचना गर्नुपर्ने हुन्छ।

• भौतिक संरचनाको पुनर्संरचना : भ्ाौतिक पूर्वाधारको पुनर्संरचनामा खासगरी पानी, विजुली, यातायात र सञ्चार जस्ता सार्वजनिक क्षेत्रको पुनर्संरचना पर्छन् जसमा भविष्यको आवश्यकतालाई सम्बोधन गर्नसक्ने सञ्जालहरु निर्माण गर्नुपर्ने हुन्छ।

• कृषि,उद्योग तथा व्यावसायिक पुनर्संरचना : यो भनेको समग्र आर्थिक क्षेत्रको पुनर्संरचना गर्नु हो। यसमा भविष्यमा हुन सक्ने चुनौती तथा अवसरलाई सम्बोधन गर्दै परम्परागत गुजारामुखी व्यवसायबाट व्यावसायिक ढाँचामा अवतरण गर्न सक्ने पुनर्संरचना आवश्यक हुन्छ।

• सामाजिक तथा आर्थिक पुनर्संरचना : यसमा सामाजको विद्यमान प्रारूपमा नकारात्मक असर नपर्ने गरी देश सुहाउँदो र दिगो आर्थिक सामाजिक प्रणाली विकास गर्ने कुरा पर्छ।

• संस्थागत पुनसंरचना : यसमा राज्यका माथिदेखि तलसम्मका विभिन्न निकायमा थपघट तथा राजनीतिक र कर्मचारी संयन्त्रमा फेरबदलका कुरा आउँछन्।

पुनर्निर्माण

सामान्यतया भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिपछि भत्किएका बस्ती तथा टोलको फेरि निर्माण गर्नुलाई पुनर्निर्माण भनिन्छ। यसमा एउटा त त्यही ठाउँमा बस्ती निर्माण गरिन्छ भने केही ठाउँमा बस्ती स्थानान्तरण पनि गरिन्छ। पुनर्निमाणको सन्दर्भमा भौतिक पूर्वाधार निर्माण तथा त्यसको आर्थिक, सामाजिक तथा वातावरणीय अन्तरसम्बन्धलाई सम्बोधन गर्न सक्नुपर्छ। पुनर्निर्माणका मर्मतसंहार, सुधार, पुनसंयोजन, पुनः नवीकरण, जस्ताको तस्तै निर्माण जस्ता चरण हुन्छन्।

नवनिर्माण

त्यही ठाउँ तथा अन्य स्थानमा बस्ती स्थानान्तरण गरी नयाँखाले संरचना निर्माण गरिने कार्य नै नवनिर्माण हो। नवनिर्माण पुनर्निर्माणभन्दा एक स्टेप अगाडि जान्छ। यसमा भविष्यको दूरदृष्टि लगाई सयौँ वर्षपछाडिसम्म काम लाग्ने तथा त्यसलाई स्तरोन्नति गर्न सकिने, पुनप्रयोग गर्न सकिने तथा सजिलै हटाउन सकिने किसिमका प्रविधि प्रयोग गरिन्छ।

पुनर्स्थापना

सामान्यतया पुनर्स्थापनाअन्तर्गत सामाजिक, आर्थिक, वातावरणीयलगायत विविध पुनर्स्थापनाका कार्यक्रम समेट्नुपर्छ जसको सफल कार्यान्वयनले देशलाई दिगो शान्ति तथा समृद्धितर्फ लैजान सकिन्छ। यसअन्तर्गत भूउपयोग परिवर्तन तथा भौतिक पुनर्स्थापना, पुनर्वास तथा सामाजिक पुनर्स्थापना, व्यावसायिक तथा आर्थिक पुनर्स्थापना, वातावरणीय पुनर्स्थापना, शारीरिक पुनर्स्थापना, मनोसामाजिक पुनर्स्थापना जस्ता पक्ष पर्छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस