अपराध, सजाय र मानवता
२८ फागुन २०७१
•
११ मिनेट पाठ
अपराध, सजाय र मानवता
मार्च महिनामा अन्तर्राष्ट्रिय महिला दिवस पर्छ। यही महिनामा, अझ महिला दिवसकै अघि–पछि महिला र बालबालिकामाथि जघन्य अपराधका खबर यत्रतत्र छरिएका छन्। मान्छेको अनुहार भएका नराधमहरूको कुकृत्यका कारण मानिसमा आक्रोश छ। खपिनसक्नुको पीडा छ।यस्तो लाग्छ– कतै पनि बालिकाहरू सुरक्षित छैनन्, कुनै बच्चा सुरक्षित छैन। महिला सुरक्षित छैनन्। अर्थात् मानवता सुरक्षित छैन। सिंगो मानवसभ्यता लज्जित भइरहेको छ। मान्छेको शरीर र अनुहार लिएका घिनलाग्दा पशु यताउता छाडा हिँडिरहेकै छन्। कतिबेला तिनले कोमाथि आक्रमण गर्छन्, कसैलाई थाहा छैन।

यस्तोबेलामा सबैका मनमा एउटा सरल तर अत्यन्त ठूलो प्रश्न उठिरहेको छ– अब के गर्ने? यही प्रश्नले धकेलेर होला, फेसबुकमा एकजना पूर्वसांसद महिला मित्रले सोध्नुभएको रहेछ– बलात्कारीलाई कस्तो सजायँको बन्दोबस्त गर्नु पर्ला? फुर्सदको बेला, हल्का ढंगले फेसबुक चलाइरहेको मलाई यो प्रश्नले रोक्यो। त्यहीँ टक्क अडिएर मनमनै प्रश्न गर्न थालेँ, ५–६ वर्षकी अवोध बालिकाहरूमाथि निरन्तर भइरहेको अपराधका निम्ति कस्तो सजाय हुनुपर्छ? यस्तो अपराधलाई के भन्ने? पाशविक? तर यस्तो त कुनै पशुले पनि गर्दैन। पशुले पनि नगर्ने अपराध गर्ने नराधमको कल्पनामात्र गर्दा पनि सिंगै शरीर घृणाले भरिन्छ। त्यस्तालाई के सजाय दिने? मृत्युदण्ड? त्यो नै सबैभन्दा ठूलो सजायँ होला र? मृत्यु त झन् सानो सजाय होला यस्ताका लागि! के गर्दा सजायँ पर्याप्त भएको जस्तो लाग्ला त?

गम्दागम्दै मनमा आउन थाल्यो, त्यस्ता नराधमलाई त खसी पार्नु पर्छ। अनि कालकोठरीमा जाक्नुपर्छ। कालकोठरीमा जाकेर पुग्दैन, कालकोठरीमा थुनिनुको पीडाबोध उसलाई निरन्तर भइरहोस् भनेर अरु उपाय पनि अपनाउनुपर्छ। मान्छेको शरीरभित्रको अमान्छे हो भन्ने प्रत्याभूति गराउन अरुसँग कुरा गर्न निषेध गर्नुपर्छ। हरेक दिन एकचोटी साङ्लाले बाँधेर र जिउमा 'बलात्कारी'को ट्याग झुन्ड्याएर बजार घुमाउनुपर्छ। सबैको गाली सुनाउनुपर्छ। उसको जस्तै उमेर, आर्थिक, सामाजिक स्थिति, शिक्षा, समुदायका अन्यले गरिरहेको प्रगति देखाउँदै, सुनाउँदै ऊप्रति भने सारा दुनियाँको कति घृणा छ भन्ने हरपल थाहा दिइरहनुपर्छ। मर्न खोज्ला त्यो पिशाच, मर्न दिनुहुन्न। मृत्युदान मागेर घ्वाँघ्वाँ रोएछ भने बरु त्यो रेकर्ड गरेर ऊजस्तै अन्य अपराधीलाई देखाउनुपर्छ, सुनाउनुपर्छ! तर सोचेभन्दा पनि निच हुनसक्छ त्यो अपराधी– यो सबै बेइज्जती पचाउन पनि सक्ला। त्यस्तो रहेछ भने त्यसलाई बरु शारीरिक यातना नै पनि दिनुपर्ने होला!

यस्तो यातना त साह्रै अमानवीय हुन्छ भन्ने भयो भने नि? उसका लागि सबैभन्दा सानो र मानवीय सजाय भनेकै मृत्यदण्ड हुनसक्छ। मृत्यु उसको निम्ति दण्ड हैन ठूलो दया हुन्छ, मुक्ति हुन्छ। अन्य कुनै कारणले गर्दा ऊ यतिसम्म दयाको अधिकारी भएछ भने मात्र हो मृत्युदान दिने!

कल्पना गरिरहेँ, कुनै पनि सजाय उसका लागि सानो नै लागिरह्यो। अचानक बिउँझेझैँ भएँ र छक्क पर्दै सोधेँ आफैलाई– सजायका यति धेरै तरिका मेरो मनमा कसरी आउन सक्यो? साम्य हुनै नसक्ने तहको यो क्रोध कसरी जन्मियो? जीवनको रक्षाका निम्ति दीक्षित मानिसलाई पनि त्यस्ता नरपिशाचहरूलाई दिनसकिने सम्भाव्य सजायका कुनै पनि कल्पनाले किन सन्तुष्टि दिनसकिरहेको छैन? जतिजति सोचेँ, आफ्नै मन अशान्त र व्याकुल भइरह्यो, आफ्नै मुटुको ढुकढुकी बढिरह्यो, आफ्नै रक्तचाप बढिरह्यो।

दण्डप्रियता र दण्डहीनताका बारेमा युगौँदेखि बहस भइरहेको छ। किनकि दुष्टताको इतिहास सायद मान्छेको इतिहासभन्दा पनि लामो छ। मानिसले आफूभित्र हुर्किन खोज्ने विभिन्न हानिकारक भावलाई त ध्यानपूर्वक देख्नमात्रै सक्दा पनि तिनलाई हटाउन सक्ला, तर आफूबाहिरको दुष्टताप्रति कस्तो व्यवहार गर्ने? ›ौपदीले दुशासनको छाती फुटाएर त्यसको रगत पिउने चाहना राख्नु अस्वाभाविक थियो र? ›ौपदीले पाएका दुःखहरूलाई हेर्दा त्यो अस्वाभाविक नलाग्न पनि सक्छ। तर केबाट प्रेरित थियो त्यो आग्रह? मोटो, बाक्लो, गह्रौँ 'म' वा 'अहं'बाट कि न्यायस्थापनाको आकांक्षाबाट?

मानवसंसारको कुनै पनि युग अपराधबाट मुक्त छैन। तर अपराध नियन्त्रणमा लिन भने साँच्चैका न्यायपूर्ण र असल राज्यमात्र सफल हुन्छन्। अपराध नियन्त्रणका निम्ति हजारौँ वर्षसम्म प्रयोग गरिएको उपाय हो दण्ड। अहिले पनि हामी भन्ने गर्छाैं– दण्डहीनताले नै समाजमा अपराध मौलाएको छ। तर दण्ड नै सर्वोपरि हो कि हैन, म अलमलमा छु यतिबेला। हृदय र मस्तिष्क एकै ठाउँमा छैनन् अहिले। आमा, दिदी–बहिनी, श्रीमती, छोरीहरूलगायत घरभित्रका महिलाको स्नेह, बुद्धि, मेहनत, करुणा र बलिदानले सहज बनाएको हो म र मजस्ता सबै पुरुषको जीवन। जब एउटी अबोध बालिकामाथि कुनै 'पुरुष'शरीरधारी अधम प्राणीबाट यति जघन्य अपराध हुन्छ, मेरो जीवन, मेरो पुरुषता, मेरो अस्तित्वमाथिको अपराध हुन्छ त्यो। मलाई पनि ›ौपदीलाई जस्तै रगत पिउने आकांक्षा हुनु स्वाभाविक हुन्छ। सकेदेखि आफैले नै घोक्र्याउँदै त्यस्ता नरपिशाचलाई रौरव नरकमा लगेर जाकिदिने चाहना जाग्छ। यो मेरो (सायद मजस्ता धेरैको) हृदयको आवाज हो। तर विवेकले सोध्छ– सजायको आवश्यकता झन्झन् कम हुने समाज निर्माण गर्न योगदान दिनु पर्दैन तैँले?

क्रोधलाई जति शान्त बनाएर हेर्दा पनि लाग्छ, सजायको आवश्यकता जहिले पनि हुन्छ होला मान्छेको समाजमा। हो, मलाई थाहा छ– बदलाको भावनाले निर्देशित सजाय आफूमात्रै कुरूप हुने हैन, त्यसले अरु कुरूपतालाई पनि जन्माउन सक्छ। त्यो कुरूपतामा न्याय र अन्याय, सत्य र असत्य, सही र गलतजस्ता कुरा बीचका सबैसबै सीमा मेटिन सक्छन्। र, यो पनि थाहा छ मलाई– यसो भयो भने एउटै चिजमात्र बाँकी रहन्छ– हिंसा। निकट विगतका द्वन्द्वहरूमा प्रकट भएका हिंसाका विभिन्न रूपमा यो प्रवृत्ति राम्रैसँग देखिएको पनि हो। तर दण्डहीनताले निश्चय पनि प्रश्रय पाउनु हुँदैन। दण्डको प्रयोजन भने बदलाको भावनालाई सन्तुष्ट पार्नेभन्दा मानिसभित्रको दुष्टतालाई निरोध गर्नेतर्फ लक्षित हुनुपर्छ।

समाजलाई निरन्तर बढी जाग्रतावस्थातर्फ उन्मुख गराइरहने अभियानको जहिले पनि आवश्यकता भइरहनेछ। यस्ता अभियान सम्यक हुन्छन्। साँघुरो स्वार्थबाट मुक्त हुनुपर्छ यस्ता अभियान। एकजना बलात्कारीलाई छुटाउन भनेर सबै 'प्रमुख' भनिने दलका ठूलै नेताहरूले गरेको यत्नको कथा सुनेको थिएँ केही समयअघि। तर यिनै महारथीहरू परपीडक मानसिकताका साथ 'दण्ड' दिने नाममा आफूइतरका मानिसलाई सिध्याउन पनि पटक्कै अप्ठेरो नमानेका कथा पनि थोरै छैनन्।

हामी मानिस हौँ। हाम्रो हृदय पनि छ र विवेक पनि। यी दुवैको बीचको सन्तुलन नभई कुनै पनि अभियान सम्यक हुनसक्दैन। त्यो समाज नै उन्नत समाज हो जहाँ दण्डको आवश्यकता ज्यादै कम हुन्छ। तर त्यसतर्फ उन्मुख हुनैका लागि पनि अहिलेको परिस्थितिमा दण्डविहीनता बाधक हुन्छ। अपराधका कानुनी, राजनीतिक, सामाजिक, मनोवैज्ञानिक अनेक पक्ष हुन्छन्। यी सबै आयामबाट सन्तुलित किसिमले सम्बोधन नगरी अपराधको निरोध र नियन्त्रण हुनसक्दैन। अपराध निरोधका निम्ति हुनुपर्ने जस्तो शिक्षा सायद अझै पनि हाम्रो समाजले पाउन सकिरहेको छैन। थरिथरिका साँघुरा स्वार्थबाट ग्रस्त मानसिकताले यस्तो शिक्षालाई जहिले पनि निषेध गरिरहेको हुन्छ।

अब ढिलो नगरौँ। मानवतालाई जोगाउन गर्नुपर्ने सबै कुरा गरौँ।
अर्को समाचार
हसिनालाई मृत्युदण्डको सजायपछि बंगलादेशको कडा सन्देश : भारतले सुपुर्दगी गर्नैपर्छ
०८ मंसिर २०८२
•
३ मिनेट पाठ
हसिनालाई मृत्युदण्डको सजायपछि बंगलादेशको कडा सन्देश : भारतले सुपुर्दगी गर्नैपर्छ
अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको सजाय सुनाइएको केही दिनपछि बंगलादेशको अन्तरिम सरकारले उनको सुपुर्दगीका लागि भारतीय विदेश मन्त्रालयलाई पुनः औपचारिक पत्र पठाएको छ।

ढाका ट्रिब्युनको एक विस्तृत रिपोर्टअनुसार रोहिङ्ग्या मुद्दाका लागि उच्च प्रतिनिधि खलीलुर रहमान भारतीय राजधानीबाट फर्किएलगत्तै नयाँदिल्लीमा नयाँ कूटनीतिक नोट पठाइएको अधिकारीहरूले पुष्टि गरेका छन्। विदेश मामिला सल्लाहकार तौहिद हुसेनले आइतबार पत्रकारहरूसँग कुरा गर्दै ढाकाले शेख हसिनाको फिर्ती सम्बन्धमा भारतसँग पुनः औपचारिक संवाद थालेको बताए तर विस्तृत विवरण भने खुलाउन चाहेनन्।

बंगलादेशको युनाइटेड न्युजले उद्धृत गरेको नयाँदिल्लीस्थित एक कूटनीतिक स्रोतका अनुसार खलीलुर रहमानले बिहीबार भाग लिएको कोलम्बो सुरक्षा सम्मेलनअन्तर्गत राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको सातौं बैठक सकिनासाथ नोट भर्बल भारतलाई पठाइयो।

यसै साताको सुरुआतमा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले गत वर्षको जुलाई–अगस्ट अशान्तिका क्रममा मानवता विरुद्धको अपराधका मुद्दामा शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको थियो। त्यस्तै, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन पाँच वर्षको कैद सजायबाट दण्डित भएका छन्। उनी राज्य साक्षी समेत हुन्।

फैसलापछि ढाकाले भारतलाई दुवै दोषी व्यक्तिलाई बिना ढिलाइ हस्तान्तरण गर्न आग्रह गरेको ढाका ट्रिब्युनले जनाएको छ। सल्लाहकार तौहिद हुसेनका अनुसार मुद्दाको निष्कर्षपछि परिस्थिति फेरिएको हुँदा बंगलादेशले औपचारिक रूपमा भारतलाई आफ्नो वर्तमान धारणा अवगत गराएको छ।

‘यो दुई देशबीचको विद्यमान प्रत्यर्पण सन्धिअन्तर्गत भारतको पनि दायित्व हो’, बंगलादेश विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै ढाका ट्रिब्युनले लेखेको छ। विज्ञप्तिमा अझ भनिएको छ, ‘मानवता विरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिहरूलाई आश्रय दिनु कुनै पनि देशका लागि अनुचित आचरण मात्र होइन, न्याय प्रणालीप्रति गम्भीर उपहास पनि हो।’

यसैबीच, भारतले न्यायाधिकरणको निर्णयलाई स्वीकार गरेको र बंगलादेशसँग रचनात्मक रूपमा संलग्न रहिरहने प्रतिबद्धता व्यक्त गरेको छ। विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नजिकको छिमेकीका रूपमा भारत बंगलादेशी जनताको शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरताका लागि समर्पित छ।’ नयाँदिल्लीले यस्ता उद्देश्यहरूलाई अघि बढाउन सबै पक्षसँग मिलेर काम जारी राख्ने जनाएको छ।

ढाकामा आयोजित एक कार्यक्रममा सुरक्षा विश्लेषक तथा बंगलादेश शान्ति तथा सुरक्षा अध्ययन संस्थानका अध्यक्ष ए.एन.एम. मुनिरुज्जमानले भारतले बंगलादेशको कानूनी प्रक्रियालाई सम्मान गर्नुपर्ने बताए। उनको अनुसार शेख हसिनाको मुद्दा ‘सबै अन्तर्राष्ट्रिय मापदण्ड र कानूनी प्रक्रियाबाट गुज्रिएको’ भएकाले ती मापदण्डको सम्मानस्वरूप उनलाई बंगलादेश फर्कन आवश्यक छ। दुई देशबीचको प्रत्यर्पण सन्धिमा समेत यस्ता मुद्दालाई समेट्ने प्रावधानहरू रहेको उनले जोड दिए।

अन्तर्राष्ट्रिय कानूनी मान्यताअनुसार औपचारिक अनुरोध आएपछि राष्ट्रहरूले दोषी ठहरिएका व्यक्तिहरूलाई फिर्ता गर्ने अपेक्षा रहने उल्लेख गर्दै उनले भारतले सन्धिको अक्षरशः पालना गर्दै ढाकाको अनुरोधमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। एनआई
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस