एमाले, राजनीति र प्रतिक्रिया
२७ फागुन २०७१
•
१६ मिनेट पाठ
एमाले, राजनीति र प्रतिक्रिया
राजनीतिमा 'क्रिया'भन्दा बढी 'प्रतिक्रिया' चल्छन्। क्रियाको थालनी जहिले पनि थोरै जनाबाट हुन्छ र धेरैले त्यसको सही वा गलत पक्षको सम्भावनाबारे प्रतिक्रिया दिन थालिहाल्छन्। यस्ता प्रतिक्रियाले 'क्रिया'को सार्थकता वा निरर्थकताका बारेमा अभियन्तालाई सजग र सावधान पनि बनाउँछन्।त्यसैले लोकतान्त्रिक समाजमा कुनै दल, सरकार वा कुनै पनि सरोकारवाला निकायको क्रियामाथि विविध आयामबाट प्रतिक्रिया जनाइन्छन्। यस्ता प्रतिक्रिया सकारात्मक, नकारात्मक र उपदेशमूलक पनि हुन सक्छन्। यस अर्थमा कुनै पनि कार्य प्रतिक्रिया रहित हुन सक्तैन। र, प्रतिक्रियाको व्यापक आयामले क्रियाको सान्दर्भिकतालाई पनि केही हदसम्म प्रमाणित गर्छ।




'मोसन' अर्थात चालसम्बन्धी न्युटनको नियम नै छ- प्रत्येक क्रियाको बराबर तर विपरीत प्रतिक्रिया उत्पन्न हुन्छ। विज्ञानमा चालसम्बन्धी न्युटनको तेश्रो नियमको रूपमा यो प्रख्यात छ। राजनीति समाज र राज्य व्यवस्थाको चाल वा गति हो। त्यसमा उत्पन्न हुने प्रतिक्रियाको राजनीतिक महत्व अर्को 'क्रिया'मा रूपान्तरित हुन्छ। त्यसैले राजनीतिमा प्रतिक्रियाको महŒव आवश्यकताभन्दा अलि बढी नै स्थापित छ। राजनीतिमा तीखातीखा प्रतिक्रिया भावी क्रियाका आधार बनाइन्छन्। यति हुँदाहुँदै पनि राजनीतिक दलको मुख्य कर्म प्रतिक्रिया भने होइन। प्रतिक्रिया त आफ्नो दलद्वारा अगाडि सारिएको 'क्रिया'को कार्यान्वयनका लागि हुनुपर्छ। त्यसो भएन भने पूरै दल प्रतिक्रियात्मक बन्न जान्छ। र बिस्तारै त्यसले छुट्टै दल बन्नुको सान्दर्भिकता गुमाउँछ। संविधान सभाको पहिलो निर्वाचन यता नेकपा (एमाले)को राजनीतिक कार्यक्रम नै मूलत प्रतिक्रियामा सीमित रहँदै आएको छ। एमालेको राजनीतिक कार्यक्रम र उसले निर्धारण गरेका नीतिको आलोकमा चालु दशकको उसको मूल्यांकन गर्ने हो भने उसको मुख्य कर्म नै प्रतिक्रिया व्यक्त गर्नुरहेको देखिन्छ। आफ्नो दलको नीति र कार्यक्रमबाट सार्थक हस्तक्षेप गर्न यो दल असफल देखिँदैआएको छ।

ग्रामीण तहमा एमालेको बलियो सांगठनिक आधार रहँदारहँदै पनि उसले संविधान सभाको पहिलो निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेन। त्यसका लागि उसले आन्तरिक मूल्यांकनमा तत्कालीन माओवादीलाई प्रमुख दोषी ठानेको थियो। तत्कालीन अवस्थामा एक दृष्टिबाट उसको दाबीलाई सही मान्न पनि सकिएला। तर यथार्थ त्यस्तोमात्र नभएर आफ्नै कारण नै प्रधान हुन्छ। त्यसका लागि एमालेको नीति, कार्यक्रम, वस्तुस्थितिको सही आकलन र सांगठनिक तयारी आदि पक्ष नै मूलभूतरूपले जिम्मेवार थिए र छन्। वास्तवमा कुनै निर्वाचनमा कुन दलले कति स्थान प्राप्त गर्योआ भन्नेभन्दा उक्त दलले केकस्ता राजनीतिक र आर्थिक विषय उठाएको छ भन्ने प्रमुख हो। र, त्यसपछि मात्र निर्वाचनको परिणाम हो। कहिल ेकाँही यस्तो नवउदारवादी लोकतन्त्रको पुँजीवादी संरचनामा मुलुकको हितमा रहेका र प्रगतिशील राजनीतिक/आर्थिक विषयले नराम्रो पराजय पनि भोग्न सक्छन्। तर थोरै प्रतिनिधिले पनि प्रगतिशील विषयका पक्षमा प्रभावकारी भूमिका खेल्न सक्छन्। त्यसविपरीत जति नै धेरै संख्या भए पनि राजनीतिक स्पष्टता र कार्यक्रम भएन भने उक्त दलको भूमिका प्रतिक्रियात्मकमात्र रहन्छ। संविधान सभाको दोस्रो निर्वाचनमा दोस्रो दल बनेपछि पनि एमालेको भूमिका मूलतः प्रतिक्रियात्मकमात्र रहन गएको छ। सरकार र संविधान सभामा राजनीतिक विषयका दृष्टिले उसको उपस्थिति कांग्रेसको लाचार छायाका रूपमा मात्र देखिएको छ।

दोस्रो संविधान सभाको निर्वाचनमा एमालेले प्राप्त गरेको मत अघिल्लो निर्वाचनभन्दा खासै धेरै छैन। दोस्रो निर्वाचनमा पहिलोमा भन्दा लगभग तीन लाख मतसंख्यामात्र एमालेले थपेको छ। थाहा भएकै कुरा हो– एमालेमा थपिएको मतदाता संख्याको कारण जेसुकै भए पनि उसले प्राप्त गरेको स्थान भने एनेकपा (माओवादी)मा आएको विभाजनले गर्दा हो। तर दुवै संविधान सभामा उसको उपस्थिति संख्या जस्तोसुकै रहेको भए पनि एमालेका लागि राजनीतिक भूमिका खेल्ने ठाउँ पर्याप्त थियो र छ। तर एमालेले त्यो भूमिकाको उपयोग गर्न सकेको भने देखिएन। बरु, आफ्नो क्रियात्मकभन्दा प्रतिक्रियात्मक चरित्रलाई बढाउँदै लगेको छ। फलस्वरूप, उसको राजनीतिक प्रभावकारिता क्षीण हुँदै गएको छ भने अन्य दलको उद्देश्यमा मात्र उसको उपयोग हुनेगरेको देखिएको छ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा अवतरण गरेपछि परम्परागत लोकतन्त्रको संस्थापन पक्षको प्रतिनिधित्व नेपाली कांग्रेसले गर्थ्यो भने विद्रोही पक्षको प्रतिनिधित्व माओवादीले। यसैको प्रतिविम्बनस्वरूप स्वाभाविकरूपले शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता पनि नेपाली कांग्रेस र माओवादी बने। तर सन्तुलित ढंगले उक्त अवसरको एउटा निर्णायक र भरपर्दो शक्ति बन्न सक्ने बीचको अवसर एमालेलाई थियो। किनभने शान्ति प्रक्रिया नटुंगिदासम्म विश्वसनीय बीचको शक्ति ज्यादै महत्वपूर्ण हुन्छ। द्वन्द्व व्यवस्थापन र समाधानको बाटोमा संस्थापन र विद्रोही शक्ति कहिल्यै पनि सन्तुलित रहन सक्तैनन्। तिनका आग्रह शान्ति प्रक्रियाको सन्तुलनअनुरूप खुम्चिन मान्दैनन्। यस्तो राजनीतिक अवस्थाको सहजीकरण गर्न एमालेको भूमिका निर्णायक हुन्थ्यो। तर एमालेमा त्यस्तो राजनीतिक सुझबुझको अभाव देखियो। बरु, एमालेभित्र त शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता शक्तिहरूको पक्ष र विपक्षमा ध्रुवीकरण पो देखियो। जसले गर्दा एउटा पक्षले कांग्रेससँग मिलेर सरकारको नेतृत्व गर्न पुग्यो भने अर्को पक्षले माओवादीसँग मिलेर। नेपालको द्वन्द्व, शान्ति प्रक्रिया र त्यसको समाधानार्थ अपनाउनुपर्ने रणनीतिको सन्दर्भमा उसको राजनीति जोसँग पायो उसैसँग सरकारमा सम्मिलित हुने अवसरवादमा मात्र अभिव्यक्त भयो। यसले एमालेको सान्दर्भिकतालाई स्वतन्त्र राजनीतिक अर्थमा व्यर्थ साबित गरिदियो।

एमालेको मोटो सैद्धान्तिक खाका भने शान्ति प्रक्रियाका लागि सबैभन्दा प्रभावकारी सैद्धान्तिक प्रस्थापना बन्न सक्थ्यो। किनभने एमाले लामो पुँजीवादी प्रजातान्त्रिक अभ्यासबाट गुजि्रएको पार्टी थियो/छ। व्यवहारमा कैयौं समस्या भए पनि सैद्धान्तिकरूपमा उसले नव उदारवादी पुँजीवादसँग संघर्ष र प्रतिस्पर्धा गर्दै समाजवादमा संक्रमण गर्ने मान्यता राख्थ्यो/राख्छ। र, लोकतन्त्रका आधारभूत मान्यताका सन्दर्भमा कांग्रेसलाई विश्वासमा लिएर प्रगतिशील विषयहरूप्रति रहेको कांग्रेसको जडतालाई परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्था निर्माण गर्न सक्थ्यो। अर्कोतिर माओवादीको अतिवादी चिन्तनलाई लोकतन्त्रको मार्गमा तानेर सामाजिक रूपान्तरण र नयाँ संविधानका अन्तरवस्तुमा एकता कायम गर्न सक्थ्यो। तर दुवै ध्रुवमा एमालेको नेतृत्व प्रभावकारी देखिएन। लोकतन्त्रका आधारभूत विषयमा मात्र होइन, पुँजीवादी लोकतन्त्रका हरेक विसंगतिमा उसको दृष्टिकोण काँग्रेसको भन्दा कम होइन कतिपय प्रसंगमा त अझ बढी पनि देखियो। त्यसले गर्दा एमालेको राजनीतिक 'पोजिसन' क्रमशः दक्षिण ढल्किँदै गयो। उसको दक्षिण यात्राले यथास्थितिवाद झनै बलियो बन्यो। परिणामस्वरूप माओवादी र मधेसवादी दलहरूविपरीत ध्रुवमा केन्द्रीकृत हुन पुगे। यस्तो ध्रुवीकरणको प्रक्रियालाई रोकेर परिणाम दिने भूमिका मूलतः एमालेको हुनसक्थ्यो। तर एमाले एउटा राजनीतिक दलभन्दा बढी प्रतिक्रियात्मक समूहका रूपमा राजनीतिक लाभ खाने जमातमात्र देखियो।

दोस्रो संविधान सभाको निर्वाचनपछि एमाले दोस्रो ठूलो राजनीतिक दल बन्यो। पहिलो संविधान सभाको परिणामले झस्काएको एमालेले नयाँ संविधान निर्माणको सर्तमा स्वाभाविक प्रतिपक्षको भूमिकालाई अस्वीकार गरेर कांग्रेससँग सत्ता साझेदारी गर्ने निर्णय गर्योि। उक्त निर्णय आफैँमा गलत थिएन तर निर्णयको केन्द्रमा एमालेको प्रयत्न राम्रो मन्त्रालय लिनेमात्र देखियो। अझ आश्चर्यलाग्दो त के देखियो भने काँग्रेससँग गठबन्धन गर्नेबित्तिकै संविधान आफैँ निर्माण हुन्छ र सरकारको नेतृत्व हातपर्छ भन्नेमा मात्र एमालेको ध्यान गयो। राजनीतिक सवालहरूमा सन्तुलन कायम नगरीकन नयाँ संविधान निर्माण हुन सक्तैन भन्ने सत्यलाई पन्छाएर एमालेलेसंविधानका आफ्ना संपूर्ण पूर्व मान्यतालाई कांग्रेससँग समाहित गर्यो्। शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता आदि विषयमा रहेका उसका पूर्व अडान सरकारी यात्रासँगै कांग्रेसमा समाहित भए। यसबाट चाँडो संविधान निर्माण हुने र सरकारको नेतृत्व गर्ने बाटो खुल्ने उसको विश्वास थियो। भयो त्यसको उल्टो, यसले झनै प्रतिपक्षी दलहरूलाई ध्रुवीकृत गरिदियो र एमालेको सरकारको नेतृत्व लिने अवसरलाई पनि झन् टाढा हुत्याइदियो।

एमाओवादी नेतृत्वमा रहेको ध्रुवीकृत शक्तिलाई विश्वासमा लिने र कांग्रेसलाई राजनीतिक विषयमा प्रतिपक्षी नजिक ल्याउने जिम्मेवारी एमालेको थियो। तर प्रतिपक्षीहरूप्रति कांग्रेसभन्दा बढी असहिष्णु र आलोचक बनेपछि एमालेलाई ढाल बनाएर कांग्रेसले आफूलाई मुख्य प्रहारबाट बचायो। आजको सहमतिको बाटो एमाले हुँदै कांग्रेससम्म पुग्नुपर्नेमा एमालेको कर्महीन प्रतिक्रियाले गर्दा उसको राजनीतिक पहलकदमी गुम्न पुगेको छ। सरकारमा सम्मिलित दलका नाताले उसको सबैभन्दा पहिलो क्षमता प्रतिपक्षीको विश्वास जित्नु हुन्थ्यो तर एमाले नेतृत्वले प्रतिपक्षीलाई निरन्तर लखेटिरह्यो। काग्रेस सम्भवतः यही राजनीतिक अवस्थाको पर्खाइमा थियो। अहिले अवस्था कसरी विकसित बनेको छ भने पुनः प्रतिपक्षी र कांग्रेस एक ठाउँमा उभिएपछि एमाले 'जोकर फाल्टु' हुँदैगएको छ। आफ्नो भूमिकालाई समयमै सन्तुलनमा नराखेका कारणले एमालेको भूमिका दोस्रो ठूलो दल भए पनि पुनः किनारामा पुग्ने देखिन थालेको छ।

अन्त्यमा, एमालेको नयाँ नेतृत्वमा आएका केपी ओलीको प्रतिक्रिया स्पष्ट हुने गर्छ। राजनीतिमा प्रतिक्रियामात्र प्रष्ट भएर पुग्दैन, जिम्मेवारी र परिणाम झनै प्रष्ट हुनुपर्छ। यसै पनि एमालेको मूल चरित्र प्रतिक्रियात्मक मात्र भयो भन्ने आरोप पहिलेदेखि नै छ। र, वर्तमान अध्यक्ष केपी ओली हिजोसम्म प्रतिक्रियामात्र व्यक्त गरे पुग्ने पदीय दायित्वमा थिए तर आज उनको भूमिका बदलिएको छ। उनको बदलिएको भूमिकाले एमालेलाई बदल्छ कि बदल्दैन भन्ने नै मुख्य विषय हो। ओलीको तीखो प्रतिक्रियाका धेरै मान्छे 'फ्यान' छन्। तर अहिले उनको जिम्मेवारी भने नयाँ संविधानका जटिल समस्यालाई पार लगाउने हो। बाहिर एमाओवादीसहितको मोर्चा छ र भित्र कांग्रेस। पालैपालो दुवैतिर फर्केर तीतोमात्र पोख्ने कि समाधानमा दत्तचित्त भएर लाग्ने? कमरेड ओलीको नेतृत्व समाधानमुखी होस्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस