सन् १९९२ तिर यो पंक्तिकार कीर्तिपुर क्याम्पसमा पढ्दा नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पाउने भोट आकलन गर्दा टाउको गन्ती गर्ने चलन थियो। तराई मूलका सबै विद्यार्थीले नेविसंघलाई भोट हाल्ने तर पहाडी मूलका विद्यार्थीका हकमा पार्टी सदस्यता तथा दलको कार्यक्रममा हुने सहभागितालाई आधार माने गरिन्थ्यो। त्यस्तै अनुभव जनकपुर क्याम्पसमा पढ्दा पनि रह्यो।जनकपुरमा मदेसी विद्यार्थी धेरै हुन्थे भने पहाडी निकै कम। त्यसबेला जनकपुरमा पढ्ने झन्डै ९० प्रतिशत मदेसी कांग्रेस समर्थक हुन्थे भने २० प्रतिशत जति पहाडी विद्यार्थीमात्र नेविसंघ समर्थक हुन्थे। यस्तो तादात्म्य थियो मदेसी र नेपाली कांग्रेसबीचमा। मदेसको कम्युनिस्टसँगको सम्बन्ध निकट नहुनुको कारण भने बेग्लै छ। भारतको चर्को विरोध गरेर नेपालमा कोरा राष्ट्रियताको पाठ पढाउँदै झाँगिने उद्देश्यले स्थापना भएका कम्युनिस्ट पार्टीले भारतको उत्तर प्रदेश र बिहारका बासिन्दासँग भाषा थर र वर्ण मिल्ने तराईबासीलाई समेत शंका गर्ने भएकाले मदेसीहरूको तिनलाई समर्थन न्यून थियो।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले भन्ने गर्थे- मधेस नेपाली कांग्रेसको चुरोहो। त्यसको कारण २०१५ सालको संसदीय निर्वाचनमा तराईमा कांग्रेसले पाएको अपार सफलतामात्र थिएन बरु पार्टीले तराईका बासिन्दाबाट पाएको सामिप्य र भौतिक सहयोग पनि थियो। सामान्यतः पार्टीको वैज्ञानिक निरन्तरताका लागि तराईमा चुनावी सफलतापछि मधेसको केन्द्रीय पार्टी पंक्तिमा उल्लेख्य सहभागिता अपेक्षित थियो। तर, तराईको जनसंख्याको अनुपातमा स्वयं बीपीकै केन्द्रीय समितिमा समेत मधेसीको उपस्थिति निकै कम रहेको थियो।
प्रजातन्त्रको पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराईको केन्द्रीय समितिमा महेन्द्रनारायण निधि, महेश्वर सिंह, महन्थ ठाकुर र शेख इद्रिसभन्दा अरू मधेसी नेताले स्थान पाएको देखिएन। तर पनि भट्टराईकै नेतृत्वमा भएको २०४७ सालको संसदीय निर्वाचनमा झापालाई अपवाद मान्ने हो भने तराईका करिब करिब सबै जसो निर्वाचन परिणाम काग्रेसका पक्षमा गयो। पहाडी मूलका उल्लेख्य नेताले तराईबाट चुनाव जिते तर मधेसीलाई पहाडमा पार्टीले चुनावको टिकट पनि दिएन। तराई मूलका पहाडमा बसेर संगठन गरेका मानिस कांग्रेसमा नभएका ठान्ने हो भने सर्लाहीका रैथाने मधेसी रामजीवन सिंह पेसाले शिक्षक भएर पनि दोलखामा निकै मनपराइएका कांग्रेसी नेता थिए। उनले टिकट पाए सजिलै चुनाव जित्ने अवस्था थियो दोलखामा। रणनीतिक दृष्टिमा सिंहलाई चुनाव लडाउँदा निकै फाइदा हुने हुँदाहुँदै पनि कांग्रेसले त्यसो नगरेर उनलाई किन पछि माथिल्लो सदनमा मनोनीत गर्यो बुझ्न सकिँदैन।
गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा पनि कांग्रेसको तराई दृष्टिकोणमा खासै परिवर्तन आएन। सभापतिले स्वेच्छाले ३१ सदस्यीय केन्द्रीय समिति बनाउदा पनि मधेसीको उपस्थिति १० वटा पनि पुगेन। सन् १९९६ को पार्टी अधिवेशनमा चुनिएका ६१५ महासमिति सदस्यमध्य मधेसको उपस्थिति अपेक्षा गरेजति थिएन भने जम्मा ९ जना मात्र दलित रहेको वास्तविकताको स्मरणले नेपाली कांग्रेसले जातीय तथा क्षेत्रीय अनुपातलाई पटक्कै स्थान नदिएको देखियो। काग्रेसको भातृ संस्थाको अवस्थामा ताŒिवक फरक देखिँदैन। विदेशमा नेपाली कांग्रेसको प्रतिनिधिमूलक संस्था नेपाली जनसम्पर्क समितिको अवस्था झन् दयनीय छ। झन्डै ५० देशमा गठन भएको जनसम्पर्क समितिमा एउटा च्याप्टरको नेतृत्व पनि तराई मूलका व्यक्तिले नगर्नु संयोगमात्र अवश्य पनि होइन। तर्ककालागि थरगोत्र, जातजाति हेरेर पार्टी संगठन हुँदैन भन्न सकिएला तर आफूजस्तै आफ्ना प्रतिनिधि होउने भन्ने विश्वव्यापी मानवीय चाहनालाई पनि उपेक्षा गर्न सकिँदैन। सबै पक्ष र समूहको मुहानमा हात नहाली सही अर्थमा राष्ट्रिय दल बन्न नसक्ने वास्तविकता भुल्न सकिँदैन। पार्टीमा मधेसको न्यायोचित उपस्थिति हुन नसकेको परिस्थितिमा मनोनयन गर्ने स्थानमा समेत पार्टीले तराईलाई उपेक्षा गरेपछि मधेस आन्दोलनपछि नेपाली कांग्रेसका धेरै हस्तीले पार्टी परित्याग गरेर तराई केन्द्रित दल गठन गरेका थिए।
राष्ट्रिय पार्टीले उपेक्षा गरेको ठहर गर्दै पहिलो संविधान सभामा तराईले मधेस केन्द्रित दलहरूलाई पत्यायो। तर, तराईको उर्लदो राप ताप्न विभिन्न दलबाट आएका सुविधाभोगी नेताले मधेसको भलो गर्नु सम्भव थिएन। लोभीपापीको समूहले तराईको समस्या सम्बोधन गर्न नसक्ने ठहर गर्दै मधेसका जनताले गत संविधान सभामा फेरि राष्ट्रिय दललाई नै पत्याए। कांग्रेस फेरि प्रथम भयो। विगतबाट पाठ नसिकेर मधेसलगायत अन्य सीमान्तकृत पक्ष तथा समूहलाई फेरि पनि बेवास्ता गर्दै जाने हो भने नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न कठिन हुन्छ।
तराई र पहाडबीच द्वन्द्वको कारक विश्वासको संकटमात्रै हो। मधेस आन्दोलनले तराईमा नवीन तरंग ल्यायो। मधेस आन्दोलनले तराईवासीलाई राष्ट्रको मूल प्रवाहमा ल्यायो पनि। यद्यपि, पहाडी शासक वर्गमा मधेसीको राष्ट्रियतामा शंका गर्ने बानी हराएको देखिँदैन। नत्र, एमालेका अध्यक्ष केपी ओलीले सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र महतोलाई संघीयता सम्बन्धी छलफलमा बिहार र उत्तर प्रदेशको प्रसंग झिक्दा उनीहरूले ओलीलाई 'स्याबासी' दिने थिएनन्।
पहाडमा जन्मिएको भन्दा मधेसी हावापानीमा हुर्किएको नेपालीको राष्ट्रियता कमजोर भन्ने त कुनै आधार देखिन्न। बहसका लागि एउटा उदाहरण प्रस्तुत गरौँ। पंचायतकालमा धेरै भारतीयले नेपाली नागरिकताको प्रमााण पत्र पाए। तात्कालीन कानुन मुताविक प्रमुख जिल्ला अधिकारी तथा अंचलाधीश नागरिकताको प्रमाणपत्र दिने सर्वाधिकार सम्पन्न हाकिम थिए र उनीहरू प्रायः सबै पहाडी मूलका नै हुन्थे। तसर्थ, विदेशीलाई नेपाली बनाउने पहाडी थिए कि मधेसी? तथ्य के हो भने मधेसी वा पहाडी कोखमा जन्मेकै कारण कुनै एक व्यक्ति अर्कोभन्दा बढी राष्ट्रवादी हुनसत्तै्कन।
नेपालको वर्तमान सत्ता साझेदारी रमाइलो छ। राष्ट्रपति मधेसी अनि प्रधानमन्त्री पहाडी। तर, त्यसको उपज भने फरक छ। गुजरात दंगामा धेरै मुस्लिम मारिएपछि अब्दुल कलामलाई भारतको राष्ट्रपति बनाइए झैँ रामवरण यादवलाई मधेस आन्दोलनले राष्ट्रपति बनायो भन्दा अन्यथा हुँदैन। तत्कालीन राजनीतिक समीकरणका कारण गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहालमध्ये कसैले पनि राष्ट्रपतिको पद पाउने परिस्थिति नभएकोले मात्र रामवरण यादव राष्ट्रपति बन्न पाए भन्दा राष्ट्रपति पदको अवमूल्यन पक्कै हुँदैन।
नेपाली कांग्रेसको सभापतिमा सुशील कोइराला निवाचित भएपछि कांग्रेसका शुभेच्छुकहरूले उनलाई शेरबहादुर देउवा समूहका विमलेन्द्र निधिलाई महामन्त्री बनाउन आग्रह गरे। महन्थ ठाकुर, विजय गच्छेदारलगायतका मधेसी मूलका धेरै नेताले पार्टी छाडेका अवस्थामा तराईका हस्ती महेन्द्रनारायणका पुत्र विमलेन्द्र निधिलाई महत्वपूर्ण पदमा राख्दा पार्टीलाई तराईमा रणनीतिक महŒवको दीर्घकालीन फाइदा हुनुका साथै पार्टीमा कोइराला र देउवा खेमाको चिरा पनि सहजै हराएर जाने तर्क उनीहरूको थियो। तर, आर्थिक मामलामा पारदर्शी तथा भारतसँगको सम्बन्धमा खरो अडान राख्ने सभापति कोइरालाले दुवै मामिलामा विवादास्पद छवि भएको व्यक्तिलाई महामन्त्री बनाउनु संयोगमात्रै हो वा त्यसमा अन्य कुनै स्वार्थले काम गर्योव आउने दिनमा थाहा होला नै।
बारम्बारको मतदानमा तराई कांग्रेसको भोट बैंक भएको वास्तविकता उजागर गरेको अवस्थामा समेत पार्टीले सुनियोजितरूपमै भए पनि पार्टीमा तराईका नेतालाई स्थापित गर्न नसक्ने हो भने पहाड र तराईबीचको खाडल थप फराकिलो भएर मुलुक थप समस्यामा पर्ने वास्तविकता कांग्रेस नेतृत्वले महाअधिवेशनको पूर्वसन्ध्यामा बुझ्नु जरुरी देखिन्छ। मधेसीलाई राष्ट्रको मूलधारमा स्थापित गर्न नसक्ता संघीय नेपालको भविष्य झन् अन्योलपूर्ण हुनसक्छ। र यही सूत्र, अन्य सीमान्तीकृत जातजातिको हकमा पनि लागु हुन्छ।