संघीयताको खेल
२२ मंसिर २०६६
•
७ मिनेट पाठ
संघीयताको खेल
माओवादीले ' नागरिक सर्वोच्चता' को नाममा चलाएको दोस्रो चरणको आन्दोलनमा सिंहदरबार घेर्नेदेखि गणराज्य घोषणा गर्नेसम्मका कार्यक्रम राखेको थियो। चौतर्फी विरोधपछि माओवादीले गणराज्य घोषणा कार्यक्रम तत्कालका लागि स्थगित गर्‍यो। तर गोपालले भने अध्यक्षलाई जानकारी दिएर किरात राज्य घोषणा गरिदिए। गोपालको किरात राज्यले आकार पाउला नपाउला तर मौसमअनुसार गोपाल, खुम्बुहुँदै किरात बन्नपुगेजस्तै जातीय संघीयताको मामला सजिलो छैन। गोपाल खुम्बुबाट किरात बनेका छन् तर उनका पुराना साथीले खुम्बुवान मुक्तिमोर्चा पुनर्गठन गरेका छन्। माओवादी दस्तावेजमा खुम्बुवान छैन। त्यहाँ किरात छ। कोरा राजनीतिक नारा र आफ्नो ' सशस्त्र विद्रोह'लाई ऊर्जा दिन बनाइएका जातीय मोर्चा माओवादीकै निम्ति टाउको दुखाइ बन्दैछ। गोपाल त उदाहरणमात्रै हुन्।

पूर्वी पहाडका राई, लिम्बुहरूको समर्थन पाउन घोषणा गरिएका प्रदेश र वानहरूको साँध, सिमानाको मुद्दा अहिले चर्कँदै गएको छ। पूर्वी पहाडकै उदाहरण लिने हो भने अरुण वारिपारिको सिमाना धरानमा आइपुगेर अडिन्छ। सर्दुखोला र सेउतीखोलाबीचको धरान नगरपालिकाले ओगटेको भूखण्ड विवादको केन्द्रमा छ। लिम्बुहरू सेउतीपारि सर्दुसम्म लिम्बु क्षेत्रको हुनुपर्छ भन्छन् भने राईहरू सेउतीसम्म किरात त्यसपछी लिम्बुक्षेत्र सुरु हने अडानमा छन्। विवादको केन्द्रमा रहेको विजयपुरलाई केन्द्र शासित क्षेत्रमा राखेर देव गुरूङले समस्याको समाधान निकाल्ने प्रयास गरेका थिए। तर गुरूङको खाका आफैँ विवादास्पद छ। गुरूङको खाकामा माओवादी केन्द्रिय समिति सहमत हुन नसकेपछि गणराज्य घोषणालाई प्रचारात्मक आन्दोलनकारूपमा लैजाने र सी विभाजन विज्ञहरूले गर्ने भन्न माओवादीले थालेको हो।

संघीयताको विषय विज्ञहरूको समितिले टुंगो लगाउनुपर्ने निर्णय पहिले काग्रेसले गरेको हो। केहीसाता अघि काग्रेसले राज्य पुनर्संरच्ाना आयोगले संघीयताको टुंगो लगाउनुपर्ने सुझाव दिएको थियो। माओवादी पनि अब काग्रेसकै सुझावमा आइपुगेको छ। दुवै पार्टीले यो निर्णय गर्नुको कारण भने पार्टीभित्र निर्णय गर्न नसक्नुनै हो। काग्रेसले संघीयता विषयमा निर्णय गर्न नसकेपछि विज्ञहरूको समिति भनेको हो। माओवादीको विज्ञ समिति पनि पार्टीभित्र संघीयता विवाद चर्किदै गएपछि अघि सारिएको अश्त्र हो। त्यसैले माओवादी लचिलो भएर विज्ञ समितिको पक्षमा गएको अर्थ लगाउनु गलत हुनेछ।
माओवादीले प्रचारात्मक कार्यक्रमका नाममा गणराज्य घोषणा गर्ने भनेको छ। माओवादी प्रचारात्मक अभियानका नाममा संघीय गणराज्य घोषणा गर्दै जाने र सिमाना छुट्टयाउने काम विज्ञहरूको जिम्मामा छोडने बेइमानी गर्दैछ। कतै काग्रेस र माओवादी संघीयताको मामला विज्ञ सम्मिलित आयोगको जिम्मा लगाएर संविधानसभाको म्याद थप्ने कसरत त गरिरहेका छैनन्? अहिलेसम्म गठन नभएको र तत्काल गठन हुने संभावना नदेखिएको आयोग बनेर जेठअघि प्रतिवेदन दिने सम्भावना देखिँदैन।

माओवादीका कथनी र करनीमा प्रशस्त अन्तर्विरोध छन्। २०५८ सालमा ९ वटा जातीय मोर्चा गठन गरेको माओवादीले मोर्चाहरू थप्दै १५ पुर्‍याएको छ। वर्गसंघर्षको कम्युनिष्ट सिद्धान्त त्यागेर जातीय राजनीतिबाट अघि बढेको माओवादीलाई सुरुका दिनमा त्यसले लाभ पुग्यो। तर अहिले जातीय संघीयता पार्टीभित्रै पेचिलो मुद्दा बन्दै गएको छ।

माओवादीका लिम्बुवान, किरात, मधेश, कोचीला, थरुवान, मगरात, तमु, नेवा र ताम्सालिङ सबै मोर्चाभित्र परस्पर विरोधी धार विकसित भएका छन् । माओवादीले गठन गरेको मधेशी मोर्चाबाट सस्थापक जयकृष्ण गोइत मात्र होइन प्रचण्डका विश्वासपात्र भनिने मातृका यादवसमेत अहिले मूलपार्टीबाट अलग्गिएका छन्। प्रचण्डका अर्का विश्वासपात्र लक्ष्मणसिंह थारू माओवादीविरुद्ध हतियार उठाउने धम्की दिदैछन्। थारूलाई माओवादीले अनमिनलाई बुझाउनुपर्ने आधुनिक हतियार जिम्मा लगाएको बताइन्छ।

यसैसाता सुनसरीको इटहरीमा कोचिला राज्य परिषद् अस्तित्वमा आयो। परिषद्ले युवा दस्ता सार्वजनिक गरेको छ र कोचिलाको सिमाना सुनसरी, मोरङ्ग, झापा र इलामसम्म हुनुपर्छ भनेको छ। परिषद्को दाबी लाग्ने हो भने लिम्बुवान, खुम्बुवान, किरात, मधेश सबैको आकार खुम्चने छ। परिषद्का पदाधिकारीमा काग्रेस, माओवादी र एमालेका नेता, कार्यकर्ता छन्। माओवादी साच्चिकै विज्ञहरूबाट संघीयताको खाका कोर्ने निचोडमा पुगेको हो भने त्ात्काल विज्ञ आयोग गठन गर्न अघि सर्नुपर्‍यो, प्रचारात्मक भनिएको गणराज्य घोषणा कार्यक्रमबाट पछि हट्नुपर्छ।
अर्को समाचार
पुरानै संरचनामा निर्वाचन गर्नु संघीयता तुहाउने खेलः भट्टराई
३० मंसिर २०७३
•
२ मिनेट पाठ
पुरानै संरचनामा निर्वाचन गर्नु संघीयता तुहाउने खेलः भट्टराई
सिन्धुली–नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले हालको राष्ट्रिय राजनीतिको मुख्य कार्यभारनै संविधान संसोधन रहेको बताएका छन्। महोत्तरीको बर्दिबासमा कार्यक्रम गरि सिन्धुलीहुदै काठमाण्डौ जाने क्रममा नयाँ शक्ति नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले असन्तुष्टिलाई संसोधन गरेर राजनीतिक गतिरोधलाई अन्त्य गर्नुपर्ने बताए।

सत्तामा रहेका पार्टीहरु पुरानै ठाउँमा फर्केको भन्दै संयोजक भट्टराईले सत्तामा रहेका पार्टीले परिवर्तनका एजेन्डा, गणतन्त्रको मर्म, संघीयताको मर्म बिर्सदै गएकाले संविधान संसोधनको साटो उल्टै खतरनाक राष्ट्रिय धुर्बीकरण बढ्न सक्ने बताए।

आफूहरुको अग्रगामी एजेन्डा बिदेशीले ल्याइदिएको र प्रतिगामी एजेन्डा स्वदेशकै चाहाना भन्दै एमालेले दक्षिणपन्थी एजेन्डा अगाडि सारेको भट्टराईको आरोप छ। आफुहरु संविधान संसोधन गरेर सबैको भावना समेट्ने पक्षमा सहजीकरण गरेको भन्दै हाल सरकारले ल्याएको संसोधन प्रस्तावले पनि सबैको भावना नसमेट्ने भट्टराईको जिकिरी थियो।

सरकारले संघीयतालाई कार्यन्वयन नगर्ने र पुरानै संरचनामा निर्वाचन गर्ने कुराले संविधानलाई कार्यन्वयन नगर्ने र संघीयताको मुद्धालाई तुहाउने दिशातिर गएको उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस