पहाडीहरू एक दिन अगाडि मनाउँछन् वा मधेसीहरूको होली एक दिन पछि हुन्छ। फागु पूर्णिमा तराई – मधेसमा होलिका दहनको दिन हो। भोलिपल्ट होलिका दहनको खरानी छरेर शुद्ध भएपछि मात्र हिलोमाटो र रङअवीर सुरु हुन्छ। आजभोलि रमाइलो भने दुवै दिन गरिन्छ। औपचारिक बिदा एक दिनको मात्र भए पनि उत्सवको वातावरण कम्तीमा एक सातासम्म रहने गर्छ। र, होली मनाएपछि बेलुकी गाइने चैती र निर्गुण गीतपछि मात्र समाप्त हुन्छ।तराई मधेसमा भाषा, धर्म एवं संस्कृति धेरै छन्। विभिन्न समुदायका आआफ्नै चलन एवं जीवनशैलीको विविधताले गर्दा नेपालका अन्य भागमा जस्तै तराई मधेसमा पनि प्रत्येक दिन कतै न कतै चाडबाड मनाई रहिएकै हुन्छ। यति बिघ्न विविधता भए पनि तराई मधेसको सभ्यतालाई भने स्पष्टतः दुई समूहमा बाँडिएको छ। धर्म, भाषा, जीवनशैली एवं राज्य व्यवस्थाले जोडेको भए पनि नारायणी पूर्वको मैथिलसभ्यता र त्यसभन्दा पश्चिमको अवध सभ्यताका जराहरू लिखित इतिहासभन्दा धेरै गहिरा छन्।
सभ्यताको परिभाषा सहज छैन। अन्य दिव्य व्यक्तिहरूजस्तै महात्मा गान्धी पनि ठट्टा गर्न असाध्यै मनपराउँथे। एकदिन एउटा पश्चिमाले उनलाई सोधेछ – ‘गान्धीजी पश्चिमा सभ्यताका बारेमा तपाईको के विचार छ?' बिनासंकोच गान्धीले जवाफ दिएछन् – ‘ओहो, त्यो त बढो राम्रो प्रस्तावना हो।' हुन पनि सन् १६४८ को वेस्टफालिया बन्दोबस्तपछि पश्चिमाहरू राज्य केन्द्रित संस्कृति प्रवर्द्धनमा लागे। र, संस्कृतिहरूको संगम हुनुपर्ने सभ्यताको अवधारणा ओझेलमा पर्न गयो। असीमित विविधता हुँदाहुँदै पनि भारतीय उपमहाद्विपका ठूला राष्ट्रहरू समेत सभ्यताको साटो संस्कृतिकै कुरा गर्न रुचाउँछन्। फलतः सांस्कृतिक द्वन्द्वले सहअस्तित्वको संस्कारलाई कमजोर तुल्याउँदै जान्छ।
मैथिल सभ्यताको संवाहक मैथिलीमात्र होइन। भोजपुरी भाषा र संस्कृति झन् बढी जीवन्त छ। बज्जिकाको जोसले उत्साह बढाउँछ। सल्हेस संस्कृतिको गौरवशाली परम्परा छ। संस्कृतिहरू जति समृद्ध भए सभ्यता त्यति नै धेरै सुदृढ हुन्छ। सैकडौं वर्षदेखि स्वशासनको अधिकार नपाएको भए पनि मैथिल सभ्यतालाई समयको तारन्तार आक्रमणले समेत हराउन सकेको छैन। शैव, शाक्त, वैष्णव र सन्यासी होउन् वा बौद्ध, मुसलमान एवं इसाई मैथिल सभ्यताले केही संकोचसहित सबैलाई स्वयंमा समाहित गरेको छ। मैथिल हुनका लागि ‘म मैथिल हुँ’ भनेर भनिराख्नु पर्दैन। त्यसो हुनुले स्वयं बोल्छ। र, जतिसुकै म त मैथिल होइन भने पनि त्यो मेटिँदैन। सभ्यताको शक्ति नै त्यही हो।
अवध सभ्यताको विगत मैथिलभन्दा रत्ति भर पनि कम विशद छैन। मैदान, जंगल, पहाड एवं गंगा, जमुना र सरस्वतीको पवित्र भूमिमा सम्राज्यहरू बने र बिग्रे। गौतम बुद्धले यस क्षेत्रलाई अबध अर्थात् बधसमेत वर्जित क्षेत्रका रूपमा घोषणा गरे। धर्म, भाषा र जीवनशैलीको विविधता त वाजिद अली शाहको पालासम्म पनि कायम थियो। भनिन्छ, गोरखालीहरूले इस्ट इन्डिया कम्पनीलाई खुसी पार्न ‘लखनउ लुट’ नमच्चाउँदासम्म अवधको साँझले पेरिसको सौन्दर्यलाई माथ गर्थ्यो।
कहिले के भयो? र, किन महाभारत पर्वत शृंखला एवं विध्यांचल पहाडीबीचका दुई सभ्यता स्खलित हुँदै गए? वाह्य कारण देखाउन सजिलो छ। पश्चिम एसियाका एकलधर्मी लडाका, समुद्र पारीबाट आएका शासक व्यापारी एवं पहाडबाट झरेका समूहहरूले पटकपटक गरेका आक्रमणलाई वेवास्ता गरेर आत्मपरीक्षण गर्न गाह्रो छ। मूल दोष भने स्वयंभित्र छ। मिथिला र अवधले आफ्ना छोरीहरूलाई कुमारी बनाएर पूजा त गर्योि तर नारीका रूपमा तिनलाई समानता र सम्मान दिन सकेन। एउटा पांग्रा छोटि्टएको रथ धेरै अगाडि त जाँदैन।
दिवसहरूको अरू असर खासै नभए पनि तिनले पुरानै कुरालाई नयाँ ढंगले सोच्ने निहुँ भने सिर्जना गर्ने रहेछन्। मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने घोषणा संयुक्त राष्ट्र संघले सन् १९७७ तिरै गरेको हो। औपचारिक पात्रोमा अर्को एउटा कर्मकाण्ड थपिनुवाहेक दिवसको सार्थकता साबित हुनसकेको छैन। विडम्बना, त्यसो नभएसम्म समाज अगाडि पनि बढ्दैन।
महिला महत्ताः
जस्तो भए पनि एउटा छोरो पाउनै पर्ने मान्यताले गर्दा परम्परागत समाजमा मानवीय लैङ्गिक अनुपात विद्रुप बन्दै गइरहेको छ। अर्थशास्त्री अमर्त्य सेनले एसियाका हराएका दस करोड महिला तथ्यलाई औँल्याएर भारत र चीनजस्ता विशाल देशमा निदाएको बहाना गरिरहेको योजनाविद् एवं राजनेतालाई झकझकाएका मात्र हुन्, नभए आधुनिक चिकित्सा उपकरणको दुरुपयोग गर्दा बालिकाहरूको भ्रूण हत्यालाई बेपत्ता बढाएको यथार्थ भारतको हरियाणादेखि चीनको हेनानसम्म कसलाई थाहा छैन र? असर देखिन भने केही समय लाग्ने रहेछ।
दक्षिण भारतमा प्रचलित राम कथाअनुसार राजा दशरथको ज्येष्ठ सन्तान राम नभएर पुत्री शान्ता थिइन। सम्राट दशरथले पुत्रीलाई अंगदेशका राजालाई सुम्पेका थिए। शान्ताको विवाह कालन्तरमा उनका धर्म मातापिताले ऋङ्ग ऋषीसँग गरिदिए। सम्राज्यको उत्तराधिकार सुनिश्चित गर्न सम्राट दशरथले पुत्र प्राप्ति यज्ञ गराउन खोज्दा त्यो अनुष्ठान पूरा गर्न सक्ने विद्वान् उनले आफ्ना ज्वाइँ भन्दा अरु कोही जति खोजे पनि भेटेनन्। शान्ता आफ्ना पतिसँग अयोध्या आइन्। यज्ञ सम्पन्न भयो। अवधमा खुसियाली व्याप्त भयो। शान्ता पुनः अंग देश फर्किइन्। सम्राट दशरथले उनलाई खोजेनन् र अयोध्याको सुख शान्ति पनि समाप्त भयो। सम्राट दशरथले पुत्र विगोगमा प्राण त्याग गरे।
छोरीको मान गर्न नजानेको अवधले बुहारीको सम्मान राख्न पनि जानेन। मर्यादा पुरुषोत्तम कहलिने लोभमा रघुकुलभूषण रामले अग्निपरीक्षाबाट गुजि्रएकी अयोध्याकी महारानीलाई गर्भावस्थामा वनवास पठाए। महावीर लव एवं योद्धा कुशको कथा सबैलाई थाहै छ। महारानी सीताले धर्तीमातालाई गुहारेर अन्तर्ध्यान हुनुपर्ने बाध्यताका बारेमा भने खासै चर्चा हुँदैन। धार्मिक पुनर्व्याख्या आस्था हुनेहरूले आआफ्नै किसिमले गर्ने गर्छन्। तर, शान्ता र सीतालाई सम्मान गर्न नसक्ने समाजको जेजस्तो अवस्था हुनुपर्ने हो त्यही हविगत अवधको भएको छ।
दोष त मिथिलाको पनि छ। छोरीको बिहेपछि माइतीको जिम्मेवारी सकिन्छ भन्ने मान्यताले दिगो सभ्यता निर्माण हुनसत्तै्कन। र, पोथी त मिथिलामा पनि बिहान–बेलुका अवधी भाषाकै पाठ गरिन्छ जहाँ गृहस्थ बनेर रहन नसकेका गोस्वामी तुलसीदासले ‘ढोल, गँवार, शुद्र, पशु, नारी' जति सबैलाई प्रताडनका अधिकारी घोषित गर्दै सभ्यतालाई कुहाउने विष छर्केका छन्।
मिथिला र अवधको पुनर्जागरणका लागि महिलाको महिमा पुनःस्थापित हुनु जरुरी छ। तराई–मधेसका स्वघोषित उच्च जातिकाहरूले महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्नु सबभन्दा बढी जरुरी छ। जनजातिहरूमा नारीको अवस्था अपेक्षाकृत सहज छ। यद्यपि, समस्या भने अन्य समूहमा पनि छ। समाजका अग्रणीले जे गर्छन् बाँकीले पनि त्यही पछ्याउने हुँदा अग्रसरता त सचेतहरूले लिनुपर्ने हो।
मुक्तिको बाटो
बेनजिर भुट्टो नभई दिएकी भए के मलाला युसुफजाईको उदय सम्भव हुन्थ्यो? प्रश्न निरर्थक लाग्नसक्छ। यथार्थ के हो भने जति नै गाली गरे पनि समाजलाई दिशा निर्देश राजनीतिले नै गर्छ। साउदी अरबमा मलालाजस्ता बालिकाहरूको कल्पना शक्ति नै कुण्ठित तुल्याइन्छ। होली सुन्दर सपना देख्ने दिन पनि हो। कल्पना गरौँ त, अयोध्याको राजसिंहासनमा रघुकुलका रामको साटो साम्राज्ञी शान्ता भइदिएकी भए रामायण कस्तो लेखिन्थ्यो? र, भारतीय उपमहाद्विपका सभ्यताहरू कुन उचाइमा पुगेका हुन्थे? अवध र मिथिलाका राजनीतिकर्मीले राजनीतिमा महिला सहभागिता बढाउन अब अरू ढिलाइ गर्नुहुन्न। पुरुष युवा उसै पनि सबैजसो देशबाहिरै जो छन्। नाराका रूपमा भट्ट्याएर गैससकर्मीहरूले महिलाविरुद्ध हुने हिंसा अन्त्य गरिनुपर्ने विषयलाई गोष्ठी र कार्यशालामा सीमित गरिदिएका छन्। खासमा भने यो संस्कृति, राज्य व्यवस्था एवं अर्थराजनीतिसँग सोझै जोडिएको पूर्णतः राजनीतिक कार्यसूची हो। धर्म कमजोर तर आधुनिकता विकृत, कानुन बलियो तर कार्यान्वयन फितलो एवं उपभोग बढी तर उत्पादन कमजस्ता अवस्था कायम रहेसम्म असल नियतले मात्र पुग्दैन। विभेद र असमानताले कमजोरहरूको अवस्था झन् दयनीय बनाउँछ। तनाव, वितृष्णा एवं निराशाले हिंसा निम्त्याउँछ। आशा बढाउने त फेरि पनि राजनीतिक गतिविधिले नै हो। रातारात सम्पादक, न्यायाधीश, प्राध्यापक वा सचिव बन्न गाह्रो छ तर राजनीतिक दलको नेतृत्व पंक्तिमा महिलालाई पुर्यायउन लैङि्गक पूर्वाग्रहको अदृश्य तगारो हटाई दिएमात्रै पनि पुग्छ।
धमिरा लागेको धर्म, कुहिएको समाज र लुट्ने छुट पाएको अर्थतन्त्रमा मात्र बालिकाको बलात्कार वा महिलाको अनुहारमा तेजाव छ्याप्ने तथा दाइजोका लागि बुहारीलाई जिउँदै जलाउनेजस्ता विद्रुप घटना हुँदा पनि विरोधका स्वरहरू झिनो स्वरमा मात्र उठ्छन्। राजनीति समाजबाट विमुख भयो भने न स्वतन्त्रता कायम रहन्छ न त सभ्यता नै जीवन्त रहिरहन सक्छ। महिला नेतृत्व एवं महिला नीति केन्द्रित राजनीतिक दलहरूको प्रादुर्भाव बेगर अवध र मिथिलाको भविष्य सुनिश्चित हुन असम्भव नभए पनि कठिन भने छ।
शान्ताको माइतीले उनलाई बिर्सेपछि अवधमा सुखचैन कसरी रहनसक्छ? अर्कातिर समृद्धिरूपी जगज्जननी जानकीको माइतीमा हजारौँ सीता उपेक्षित भई रहेसम्म तराई–मधेसको भविष्य अँध्यारो रहिरहनेछ। ‘होरी खेले रघुवीरा' गाएरमात्र पुग्दैन। ‘रंग खेलैए शान्ता दैया, अवीर उडावै सीता मैया' गाउन पनि उत्तिकै जरुरी छ।
चीनमा माओ त्सेतुङले सांस्कृतिक क्रान्तिको अवधारणालाई नै बदनाम गरिदिए। नत्र, समाज नबदलिएसम्म राजनीतिक क्रान्तिको कुनै अर्थ हुँदैन भन्ने त स्वतः सिद्ध नै छ। जुन समाजमा एक्ली महिला सार्वजनिक यातायातमा ढुक्क भएर चड्न सक्तिनन्, घरछेउको चिया पसलमा गफ गर्न जान सक्तिनन् वा समाज र धर्मका ठेकेदारहरूलाई चुनौती दिन सक्तिनन् त्यहाँ लोकतन्त्र दिगो रहन गाह्रो हुन्छ। समतामूलक समाजका लागि अग्रसरता त फेरि पनि राजनीतिक दलहरूले नै लिनुपर्नेछ। त्यसपछि सायद थप्नुपर्ला – ‘जोगिरा सरर्र ...'