‘गोल-गोल’ भद्रगोल!
२० फागुन २०७१
•
१७ मिनेट पाठ
‘गोल-गोल’ भद्रगोल!
चर्चित हाँस्य व्यंग्यकार भैरव अर्यालले लेखेका ‘टाउको' निबन्धबाट जुराइएको शीर्षक हो यो। वार्ता, सहमति, प्रक्रिया, आन्दोलन आदि शब्दले नेताहरूको टाउको रिंगाउन र जनताको शिर झुकाउन थालेको धेरै वर्ष भइसक्यो। तैपनि नेताहरूले भैरव अर्यालले भनेजस्तै जनताको विश्वासको टाउकोलाई भकुन्डो बनाएर खेल्न छोडेका छैनन्। जनविश्वासलाई जतिसुकै भकुन्डो बनाएर खेले पनि चुनावमा विजयी बनाएर पठाएका नेताले यथासक्य चाँडो ‘गोल' गरुन् भन्ने चाहना जनताको हुन्छ/छ। तर राजनीतिक भकुन्डोको खेल कसरी बिग्रिँदै गइरहेको छ भने जतिबेला पनि नेताहरूले ‘गोल–गोल' भन्दाभन्दै ‘भद्रगोल' मात्र भइरहेको छ। राजनीतिको भद्रगोल सम्हालिएला र अन्य सबै विषय पनि सम्हालिएर जालान् भनेर कुरेका आशावादी मानिसहरूसमेत बिस्तारै निराश बन्दै गइरहेका छन्। राजनीतिक नेतृत्वलाई यसको चिन्ता हुने कुरा त भएन तर सीमित सकारात्मक सोचका व्यक्तिहरू पनि निराश बन्दै जानु मुलुकका लागि खतरनाक संकेत हो।आज फागु मनाइँदै छ। सायद गत माघ ८ गते नयाँ संविधान बनेको भए यो रंगीन पर्वको वातावरण निकै फरक हुन्थ्यो होला। तर पनि सबै दुःख बिर्सेर परम्परामा रमाउने हाम्रो संस्कार छ। संविधान प्राप्तिको अवसरबाट चुके पनि दशक लामो सशस्त्र द्वन्द्वको इतिहास नदोहोरियोस् भन्नेमा जनताको गहिरो सरोकार भने अझै छँदैछ। त्यसैले नयाँ संविधान निर्माणमा मुख्य ‘स्टकहोल्डर'हरूका बीचमा न्यूनतम सहमति होस् भन्नेमा कसैको विमति छैन। सहमति कायम गर्ने कसरी भन्ने सबालमा भने पर्याप्त विमति छन्। र, यसो हुनु स्वाभाविकै पनि हो।
माघ ८ गतेको समय सीमा गुज्रेपछि मुलुक अर्को चरणमा प्रवेश गरेको तथ्यलाई सबैले स्वीकार गर्न जरुरी छ। किनभने आगामी भद्रगोललाई रोक्न सक्ने राजनीतिक इच्छा शक्ति भएको नेता र दल दुवै हाम्रो मुलुकमा अहिले छैनन्। आसन्न राजनीतिक भद्रगोललाई रोक्ने हो भने पुनः सहमतिको कडीलाई अर्को एकपटक जोड्नैपर्ने अवस्था उत्पन्न भएको छ।
कहिले काँही विकसित राजनीतिक परिधिलाई नाघ्न कसैलाई पनि संभव नहुने  राजनीतिक शक्ति सन्तुलनकोे विशिष्ट अवस्था उत्पन्न हुन्छ। अहिले हाम्रो संविधान सभा यस्तै राजनीतिक शक्ति सन्तुलनको बिन्दुमा छ। यो सन्तुलनलाई ‘प्रक्रिया'को माध्यमबाट आफ्नो पक्षमा तानेर अगाडि बढ्न खोजेको सत्तापक्ष र आन्दोलनको माध्यमबाट सन्तुलनलाई आफ्नो पक्षमा ढल्काउन खोज्ने प्रतिपक्ष दुवै असफल भएका छन्। दलहरूसँग दुइवटा विकल्पमात्र देखिन्छन् – या त राजनीतिक सन्तुलनलाई रचनात्मक ढंगले उपयोग गर्दै संविधान निर्माण गर्नुपर्योे नभए विद्यमान सन्तुलनलाई दुर्घटनामा परिणत गर्नुपर्यो । संविधानभित्र रहेका दलहरूका लागि यी दुवै कुरा सम्भव भइरहेको छैन। संविधान सभाभन्दा बाहिर बसेका ससाना शक्तिहरू चाँडोभन्दा चाँडो यो सन्तुलन बिग्रियोस् र मुलुक अर्को द्वन्द्वको चरणमा प्रवेश गरोस् भन्ने चाहन्छन्। प्रष्ट छ, यस्तो चाहनाको उग्र दक्षिणपन्थी कित्तामा पूर्व राजा ज्ञानेन्द्रविक्रम शाह छन् भने उग्र वामपन्थी कित्तामा नेत्रविक्रम चन्दको माओवादी छ। प्रष्ट कुनै राजनीतिक अडान नभए पनि केही क्षेत्रीय र जातीय अतिवादी शक्तिले पनि संघर्षलाई संविधान सभाभन्दा बाहिर तान्न चाहेको देखिन्छन्। त्यसैले वर्तमान राजनीतिक सन्तुलनको केन्द्र संविधान सभामात्र छैन। यसलाई बुझेका दलहरूले बाहिरका शक्तिको हौवा देखाएर पनि परिणामलाई आआफ्ना पक्षमा पार्ने प्रयत्न गर्दैआएका छन्।
मुलुकको राजनीतिमा उत्पन्न यसप्रकारको शक्ति सन्तुलनलाई रचनात्मक ढंगले उपयोग गर्न सकिने पयार्प्त आधार भने छन्। तर विद्यमान राजनीतिक संरचनामा अडिएको राजनीतिक व्यवस्थाभन्दा उन्नतरूपको व्यवस्थाको खाका नभएको नेतृत्वले विशिष्ट शक्ति सन्तुलनलाई व्यवस्थापन गर्न सत्तै्कन। राजनीतिक सन्तुलनको आधारलाई मुलुकको दीर्घकालीन र उज्ज्वल भविष्यसँग जोडेरमात्र राजनीतिक शक्ति सन्तुलनलाई रचनात्मक ढंगले उपयोग गर्न सकिन्छ। त्यसका लागि कुनै पनि समुदाय वा सामाजिक संरचनालाई राजनीतिसँग जोड्दा त्यसका दूरगामी परिणामहरूको व्यापक आयाममा छलफल गरिनुपर्छ। राजनीतिक समस्यालाई राजनीतिक संवेदनशीलता र आदर्शबाट अलग गरियो भने त्यसले विकृति उत्पन्न गर्छ। त्यसविपरीत राजनीतिक दल तथा नेताले राजनीतिक समस्या र आदर्शप्रति सजग रहँदै सार्वजनिक निर्णयहरूलाई जन चेतनाको सापेक्षतामा प्रभावित पार्न सक्रिय भूमिका खेल्ने हो भने अहिले उठेका राजनीतिक सवालले नेपालको सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सक्छन्।    
लोकतन्त्रमा केही विशेष विषय राष्ट्रको समग्र हितभन्दा सीमित व्यक्ति वा समुदायसँग मात्र सरोकार राख्ने प्रकृतिका हुन्छन्। जस्तै जाति, धर्म, संप्रदाय, भाषा, क्षेत्र आदि। लोकतन्त्रभित्रका यस्ता विषयलाई राजनीतिकरण गर्नुका पछाडि सकारात्मक र नकारात्मक दुवै कारण हुन सक्छन्। उल्लेखित विषयको महत्वलाई राजनीतिमा स्थापित गर्न र त्यसलाई व्यापक समुदायको सरोकारको विषय बनाउन यस्ता विषयलाई राजनीतिकरण गर्दा कहिले काँही त्यसको उपयुक्त समाधान खोज्न मद्दत पनि गर्छ। तर अर्कोतिर उल्लेखित विषयको राजनीतिकरण गर्नुको अर्थ समाधान खोज्नुको साटो राजनीतिक गुटबन्दीको संकीर्ण विषय पनि बन्न सक्छ।
हाम्रो राजनीतिक धु्रवीकरणका केन्द्रमा पनि अहिले जात, धर्म, क्षेत्र र भाषा मुख्य बनेर आएका छन्। यिनै विषयमा केन्द्रित राजनीतिक धु्रवीकरणले नयाँ संविधान निर्माणको मार्ग अवरुद्ध गरिरहेको छ। नयाँ संविधानका यी विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा दलहरू ज्यादै विभाजित छन्। उल्लेखित विषयमा भिन्नभिन्न दलमात्र होइन, एउटै दलभित्र पनि विभाजनका गहिरा रेखा छन्। यसलाई वर्तमान राजनीतिक सन्तुलनको आधारमा हल गर्न सकिएन भने संविधान सभाको दुर्घटना अवश्यभांवी छ। यी विषयमा आन्दोलनकारी राजनीतिक शक्तिहरूबीचमा जति जति अन्तरविरोध बढ्दै गएको छ त्यति त्यति उग्र दक्षिण र वामको समवेत स्वर पनि बढ्दै जान थालेको छ। अहिले आइरहेका यसप्रकारका झिनामसिना भए पनि निकट भविष्यमा ठूलो स्वरमा सुनिने लक्षण देखिन थालेका छन् । एनेकपा (माओवादी), माओवादी, मधेसवादी तथा राजावादीका स्वरलाई एकै ठाउँमा राखेर विश्लेषण गर्ने हो भने संविधान सभाको गुरुत्व क्रमशः संविधान सभाबाहिर सरिरहेको बुझ्न कुनै कठिनाइ छैन। राजनीतिक वस्तुस्थितिले पनि त्यस्तै संकेत गरिरहेका छन्।
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर दिइएको पूर्व राजा ज्ञानेन्द्रको वक्तव्य र त्यसको पूर्वसन्ध्यामा एउटा दैनिक पत्रिकामा प्रकाशित एमाओवादी नेता बाबुराम भट्टराईको आलेख हेर्ने हो भने सम्भावित राजनीतिक परिणाम उल्टो दिशातर्फ घुम्न थालेको देखिन्छ। संयोगवश, प्रजातन्त्र दिवशको वरिपरि प्रकाशित बाबुरामको लेखले कांग्रेस–एमालेको अनुदारवादले क्रान्तिकारी ‘विद्रोह' वा ‘सैनिक तानाशाह' जन्माउने अनुमान गरेका छन्। बाबुराम भन्छन्– ‘कांग्रेस र एमालेको अत्यन्त अनुदारवादी नेतृत्व जसको अहिले सुशील कोइराला र केपी शर्मा ओलीले गरिरहेका छन् – यिनीहरूकै नेतृत्वमा लोकतान्त्रिक गणतन्त्र केही समय रह्यो भने त्यो आम हितविपरीत उभिने र देशमा ठूलो क्रान्तिकारी विद्रोहको परिस्थिति तयार भएर या त क्रान्तिकारी शक्तिले जित हासिल गरी नेपालमा नयाँ चरणको क्रान्ति सम्पन्न हुने या राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले त्यो नदिएमा लोकतान्त्रिक गणतन्त्र दलाल तथा नोकरशाही पुँजीपति वर्गको हातबाट फुत्किएर सैनिक वा अन्य प्रकारको अधिनायकत्वमा पतन हुने गम्भीर खतरा बनेको छ।' उनले भनेजस्तो क्रान्तिकारी विद्रोहको अवस्था त कहीँ कतै देखिँदैन। तर दक्षिणपन्थी अनुदारवाद भने क्रमशः बलियो वन्दै गएको सत्य हो। पूर्व राजाले आफूसँग भएका सम्झौता कार्यन्वयन गर्न दलहरूलाई गरेको आग्रहले पनि यसको राम्रै पुष्टि गर्छ। राजा भन्छन् – ‘तत्कालीन राजनीतिक दलहरू र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुसरण गर्दै त्यसलाई सहीरूपले कार्यान्वयनमा ल्याई मुलुकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ।' एमाओवादीको राजनीतिक धारणा र राजाको वक्तव्यले लोकतन्त्रको आगामी दिशाबारे धेरै कुरा प्रष्ट पार्छन्।
उदेकलाग्दो के छ भने, ऐतिहासिक संविधान सभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गरिसकेपछि पनि पूर्व राजाले उठाऐको कथित सम्झौताको प्रसंगलाई एमाओवादीले पनि परोक्षरूपमा समर्थन गरेको देखिन्छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजाको वक्तव्यमा टेकेर कांग्रेस–एमालेले पूर्व राजासँगको सम्झौताबारे स्पष्ट पार्नसमेत आग्रह गरे। लोकतन्त्रको सर्वोच्च निकाय संविधान सभाले गरेको ऐतिासिक गणतन्त्रको घोषणापछि कुनै अमुक पक्षसँग पहिले सम्झौता नै गरिएको भए पनि त्यसको राजनीतिक अर्थ र महत्व रहँदैन। तर राजनीतिक अन्तरविरोधको समयमा आउने यसप्रकारको शक्ति संघर्षले अन्ततः प्रतिगामी शक्तिलाई फाइदा पुग्ने निश्चित छ। आन्दोलनकारी शक्तिमा उत्पन्न अन्तरविरोधको व्यपस्थापन गर्न कसैले राजावादीको र कसैले उग्र वामपंथीको त्रास देखाउने उपक्रमले दलहरूलाई असान्दर्भिक बनाउँदै लगेको छ। त्यसले संविधान निर्माण गरेर ‘गोल' हान्ने बेलामा उल्टो भद्रगोल मच्चाएको छ।
संविधान सभालाई प्रक्रियामा प्रवेश गराइएको भए पनि सत्तापक्षले त्यसलाई निष्कर्षमा पुर्यानउन नसक्ने प्रष्ट देखिएको छ। अझ कांग्रेसको औपचारिक बैठकले सहमतिबाटै संविधान निर्माण गर्नुपर्ने निर्णय गरेपछि एमालेलाई आफ्नो पूर्ववत् अडान परिवर्तन गर्न दबाब परिरहेको छ। तर एमालेले सरकार छोड्नेजस्ता अभिव्यक्ति दिएर अर्को भद्रगोलको सुरु गर्न खोजेको देखियो। एमाओवादी र मधेसवादी दललाई बाहिर राखेर कांग्रेस र एमालेले संविधान निर्माण गर्न सक्दैनन् भन्ने एमाओवादीले राम्रैसँग बुझेको छ। उता एमाओवादी र मधेसवादी संविधान सभा छाडेर कुनै हालतमा पनि वाहिर जान सक्तैनन् भन्ने काँग्रेस/एमालेले पनि राम्रैसँग बुझेका छन्। अहिलेलाई सहमतिको बाध्यात्मक आधार यही हो। गत माघ ८ गते ‘गोल–गोल' भन्दाभन्दै भएको भद्रगोललाई सह्माल्ने हो भने पुनः दुवै पक्ष वार्तामा बस्नुपर्छ। न्यूनतम सहमतिको वातावरण बन्नेबित्तिकै एमाओवादी र मधेसवादी दललाई सरकारमा सामेल गरे सहमति खोज्न अझ सजिलो हुनेछ। आगामी जेठसम्ममा नयाँ संविधान जारी गर्न नसक्ने हो भने हाम्रो राजनीतिक भद्रगोललाई गोलमा परिणत गर्ने कार्य निकै चुनौतीपूर्ण हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस