दुई वर्षअघि २०६९ पुस ५ का दिन रसुवाको लाङटाङ क्षेत्रमा स्थानीय जनताले ज्वालामुखी विस्फोट भएको आंशका गरे। जङ्गलमा धुवाँको मुस्लो देखिएको थियो तर स्थानीयले ज्वाला दन्किएको भने। स्थानीयकै हवाला दिएर प्रहरीले आफ्नो माथिल्लो तहमा सूचना गर्योा र घटनास्थलतर्फ प्रहरी खटाएको जानकारी दियो। सेनाको स्थानीय तहले पनि ज्वालामुखीकैे शंका गर्योल। केन्द्रबाट सेनाको हेलिकप्टर गयो। स्थलगत निरीक्षणपछि जङ्गलमा डँढेलो लागेको पत्तो लाग्यो। अर्थात्, हल्ला फिँजिएको करिव ६ घन्टापछि ज्वालामुखीको भय हट्यो, डँढेलो लागेको वास्तविकता खुल्यो। ज्वालामुखीको त्रासका पछाडि त्यसदिन मुलुकमा प्रलय हुन्छ भन्ने हल्ला रहेको थियो। अन्धविश्वासीहरूले फैलाएको प्रलयको होहल्लाले जङ्गलको आगोलाई ज्वालामुखी बनाइदियो।प्राकृतिक प्रकोपका सन्दर्भमा नेपालमा शान्ति सुरक्षाको जिम्मेवारी लिएको गृह मन्त्रालय अघि सर्नुपर्ने कानुनी र व्यावहारिक पक्ष छन्। अरूले नगर्ने सबै काम गर्नुपर्ने गृह मन्त्रालयलेे प्राकृतिक प्रकोप हेर्ने जिम्मेवारी बिसाउन चाहेको र पाएको छैन। सहायता र उद्धारका लागि गृह र त्यसअन्तर्गतको प्रहरी संगठनको भूमिका त यसै पनि रहन्छ। तर, घटनाको यथार्थ बुझ्ने, वैज्ञानिक कारण खोज्नेजस्ता काम गृह प्रशासनको दक्षताको विषय होइन। कथित ज्वालामुखीको हल्लापछि गृह मन्त्रालयले खानी तथा भूगर्भ विभागका विज्ञ र राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिकबाट जानकारी लिने प्रयास गरेको थियो। दुवै निकायका विज्ञले नेपालमा ज्वालामुखी फुट्न सत्तै्कन भन्ने विज्ञानसम्मत जानकारी दिएका थिए। गृहका प्रशासकले वैज्ञानिकका भनाइ पत्याएनन्। नेपालको भूबनोटका आधारमा नेपालमा ज्वालामुखी हुन सक्तैन भन्ने उनीहरूको जिकिर थियो। तर प्राविधिक पक्षलाई गृहका कर्मचारीको प्रशासनिक मानसिकताले स्वीकार गर्न सकेन। सेनाको प्रत्यक्ष विवरण भने नपत्याउने कुरा भएन। त्यस दिन पारिलो घाम लागेको थियो, आकाश सफा थियो, हेलिकप्टरबाट स्थलगत निरीक्षण संभव हुनसक्यो।
अस्ति फागुन १९ गते पनि पहिरोले कर्णाली नदी थुनिएको हल्ल्ाा फैलियो। प्रहरीकाअनुसार स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कर्णालीको प्रमुख सहायक नदी लिमी अर्थात् डोल्पा कर्णालीमा पानीको वहाव स्वात्तै घटेको आधारमा स्थानीय जनतले पहिरो गएको शंका गरेर खबर गरेका रहेछन्। स्थानीयको हवाला दिएर प्रहरीमार्फत् गृह मन्त्रालयमा कर्णाली थुनिएको सूचना पुग्यो। अनलाइनहरूमा कर्णाली थुनिएका ‘हेडलाइन' बनाउने होडै चल्यो। गृह मन्त्रालयको प्रकोप व्यवस्थापना महाशाखाले कर्णाली नदी किनाराका हुम्लादेखि बर्दीयासम्मका बस्तीलाई सुरक्षित बनाउन मातहतका निकायलाई उर्दी जारी गर्योु। त्यस क्षेत्रका जिल्ला प्रशासन कार्यालय र प्रहरी निकायले काम पाए। उनीहरू नदी किनाराका बस्तीमा क्षति हुन नदिन सक्रिय भए। सुर्खेतमा हेलिकप्टर तैनाथ थियो। कुहिरोमा लुकेको कर्णालीको आकाशमा हेलिकप्टर विचरण गर्न पाएन। अर्थात् मौसमले साथ दिएन। नदी थुनिएको हल्ला चलेपछि गृह मन्त्रालय किनारामा बस्तीलाई सुक्षित बनाउन अग्रसर भयो। त्यसलाई अन्यथा भन्न पटक्कै मिल्दैन। गत वर्ष जुरेको पहिरोले सुनकोसी थुनेको पृष्ठभूमिमा गृह प्रशासनले आपतकालीन उपाय अपनाउन अग्रसर भएको हुनुपछ। स्वाभाविकरूपमा गृह प्रशासनले प्रहरी परिचालन गर्यो ।
पाँच दिनदेखि हिउँमा पुरिएको हुम्लामा पहिरो गए नगएको निधो गर्ने सहज उपाय निश्चय पनि थिएन। कुहिरो र हिमपातका कारण हेलिकप्टर उड्ने सम्भावना थिएन। के त्यसो भए पहिरो गए नगएको निर्क्योल गर्ने अरू उपाय थिएनन् त?
प्रशासकहरूले आफूले जानेको र गरिआएको उपाय अपनाए। तिनले विज्ञान, प्रविधि र मुलुकभित्र उपलब्ध विज्ञको राय सल्लाह लिएको देखिएन। विपदका बेला आकस्मिक निर्णय लिनुकोे अर्थ अन्धाधुन्ध निर्देशन दिनु होइन। दोष गृह मन्त्रालयको मात्र छैन। प्रकोपको आकलन र सम्बोधन गर्ने संरचना अहिलेसम्म बनाउन नसक्ने नीति निर्माता मुख्य दोषी छन्। हाम्रो प्रशासनिक संयन्त्र विज्ञान र प्रविधिको प्रयोगमा चुकेको देखियो।
पंक्तिकार भूगर्भशास्त्रको विद्यार्थी र पेसाले पत्रकार भएकाले कर्णाली थुनिएको सूचना स्वभाविकरूपमा बढी चासोको विषय भयो। हिउँले पुरिएको कर्णालीको हुम्लाबाट सही सूचना आउँने सभावना थिएन। अनुमानका कुरामात्र भइरहेको थियो। अनि, मैले पानी जन्य प्रकोपको जिम्मेवार जलउत्पन्न विभागका अधिकारीबाट जानकारी लिने प्रयास गरे। मातहतका निकायलाई बस्ती खाली गराउने निर्देशन दिने गृह मन्त्रालयले अपराह्नसम्म पुल्चोकस्थित विभागमा कर्णाली थुनिएको खबरसम्म पनि गरेको रहेनछ। विभागका जिम्मेवार अधिकारीले अनभिज्ञता प्रकट गर्दै बर्दियास्थित आयोजना कार्यालयका अधिकारीको सम्पर्क नम्बर दिए। बर्दीया राजापुरमा कार्यरत विभागका प्राविधिक आत्मराम रायले पनि थाहा पाएका थिएनन्। उनी भन्दै थिए – ‘पानी परेकोले २ दिन अघिसम्म केही बाढीजस्तो थियो, आजदेखि पानीको सतह घटेको छ, सामान्य हुँदै छ कर्णाली'। रायको भनाइबाट बर्दियामा अनुभव हुने गरी कर्णालीको पानीको सतह घटेको रहेनछ भन्ने स्पष्ट हुनछ। उनी बाढी पछिको सामान्य अवस्था बताउँदै भन्दै थिए – ‘कर्णाली कतै थुनिएजस्तो लाग्दैन।'
पहिरो गएर नदी थुनिएको अवस्थामा पानीको सहत घट्छ। कर्णाली जलाधार क्षेत्रमा ठाउँठाउँमा नदीको पानीको सतह नाप्ने गजहरू राखिएका छन्। ती गजहरूको विवरणका आधारमा विश्लेषण गर्नुपर्ने थियो। अत्यधिक चिसोमा नदी आफै हिउँ बन्ने र पानीको वहाव कम हुने ज्ञान प्रशासकहरूमा सायद भएन। हामीकहाँ विज्ञान तथा प्रविधि नामको सिंगो मन्त्रालयै छ। जल तथा मौसम विभाग, खानी विभाग, जलउत्पन्न विभागमा विज्ञहरूको कमी छैन। जापान, चीन र भारतका भूउपग्रहहरूले हिमाल, पहाड जताततै आकाशबाट आँखा गाडिरहेका छन् र लगाातार तस्बिर लिइरहेका हुन्छन्। कर्णाली क्षेत्रमा ठाउँठाउँमा सेस्मिक सेन्टर छन्। रुख हल्लदाँको गति पनि रेकर्ड गर्ने सेस्मोग्राफमा पहिरोको हलचल अवश्यै रेकर्ड हुन्छ। रेकर्ड भएका भिन्नभिन्न कम्पनको विश्लेषण गरेर पनि पहिरो गए नगएको किटान गर्नसकिने थियो। त्यसका लागि खानी विभागअन्तर्गत भूकम्प मापन केन्द्र नै छ र यसको संजाल मुलुकभर फैलिएको छ। यद्यपि, पहिरोले नदी थुनिएकै भए पनि आत्तिई हाल्नुपर्ने अवस्था चाहिँ थिएन। प्राविधिज्ञको सहयोग र प्रविधिको प्रयोगले जानकारी लिन सजिलो बनाउँछ।
मानौ, मंगलबार लिमा नदी पहिरोले थुनिएकै थियो। सबैभन्दा पहिले त पहिरोले थुनिएको हो वा होइन एकिन गर्नपर्थ्यो। घटनास्थलसम्म पुग्न नसकेको अवस्थामा पनि पहिरो कत्रो छ? कस्तो भूअवस्थितिमा नदी थुनिएको छ,? कति गहिरो ताल बनेको छ र कस्ता प्रकारका ढुंगामाटोले ताल पारेका छन्? यस्ता कुरा पत्ता लगाउन सकिने हुन्छ। त्यसका लागि प्राविधिक विश्लेषण आवश्यक हुन्छ। कर्णाली थुनिएर त्यहाँ ताल बनेको थियो भने पनि त्यो ताल फुट्दा बर्दियामा कति बाढी आउँछ? हिमाली क्षेत्रमा नदीहरू ससाना हुन्छन् । तल चिसापानीमा देखिएको जस्तो विशालकाय छैन हुम्लामा कर्णाली। कति पानी थुनिएको छ? त्यो फुट्दा कहाँसम्म क्षति गर्छ? सबैभन्दा पहिला त्यसको लेखाजोखा हुनुपर्ने होइन र? तालको सहत बढ्दै जाँदा तल्लो तटमा खतरा बढ्दै जाने हो। तर खतरा तत्काल हुन्छ कि केही समय लाग्छ? हुम्लाको पानी बर्दिया आइपुग्न कति घन्टा लाग्छ? थाहा पाउने ज्ञान हामीसँगै छ। त्यो ज्ञानको प्रयोग हुनुपर्योि प्रकोप व्यवस्थापनमा।
नेपालमा सन् १९९० देखि प्रकोपको वैज्ञानिक व्यवस्थापनका कुरा हुन थालेका हुन्। संयुक्त राष्ट्रसंघले प्रकोप न्यूनीकरण दशक घोषणा गरेको थियो। प्रकोपका बारे त्यसै बेलादेखि छलफल, गोष्ठीहरू हुन थालेका हुन्। तर प्रत्येक वर्षातमा औसत ४ सयको ज्यान बाढीपहिरोमा जाने गरेको देखिन्छ। त्यसपछिको शरदकालमा प्रकोप न्यूनीकरणका नाममा कार्यक्रम र कार्यपत्रमाथि छलफल गरिन्छ। हिउँदमा हामी सुस्ताउँछौ। र अर्को वर्षको भयावह प्रकोपको प्रतीक्षामा हुन्छौँ।
नेपालको भूवनोट, जमिनमुनि भइरहेका भौगर्भिक हलचल, ठाडो भिरालोपन, मनसुनका ४ महिनामा वर्षने अत्यधिक वर्षाले यहाँ बाढी पहिरोको उच्च जोखिम भएको संकेत गरिरहेको छ। जुनसुकै बेला आउनसक्ने भूकम्पको उच्च जोखिम त छँदैछ। हिमनदी विस्फोटको भय पनि छ। तर प्रकोप व्यवस्थापन नीति र कार्यक्रम कहाँ छ? कसले गर्ने हो विपद व्यवस्थापनको काम? को हो यसका लागि जिम्मेवार? एक दशकदेखि प्रकोप व्यवस्थापन प्राधिकरण, विपद व्यवस्थापन सचिवालय स्थापना गर्नेजस्ता अवधारणा आए। गृह मन्त्रालयका अधिकारीहरूका अनुसार हालसालै प्रकोप व्यवस्थापन केन्द्रको नाममा एउटा प्रतिवेदन गृहबाट मन्त्रिपरिषद्मा पठाइएको छ। नयाँ संरचनामा नयाँ कुरा के के छन्? त्यसमा गृह प्रशासनकै एकलौटी कायम राखिएको छ कि अन्य निकायको भूमिकालाई पनि महत्व दिइएको छ?
प्रकोप न्यूनीकरणका तीनवटा पक्ष हुन्छन्। प्रकोप पूर्वको तयारी, उद्धार र पुनर्स्थापना तथा पुनर्निर्माण। गृह प्रशासनले गर्ने मुख्य काम उद्धार र आकस्मिक सहयोग हो। प्रकोप पूर्वको अध्ययन गर्ने, नागरिकलाई सुरक्षित स्थानमा मात्र बसोबास गर्ने दिने र प्रकोप पीडितको पुनर्स्थापनामा राज्यका फरकफरक निकायको जिम्मेवारी र भूमिका हुनुपर्छ। प्रस्तावित केन्द्र गृह प्रशासनको कर्मचारीतन्त्रबाट मुक्त, अधिकार सम्पन्न, प्रविधि र स्रोत युक्त बन्नसक्यो भनेमात्र कर्णाली थुनिएको हल्ला र हल्लाकै भरमा जारी हुने निर्देशनहरू बिस्तारै घट्दै जानेछन्।