विराटनगरका घर, पर्खाल टहरा र रुख विरुवा अहिले धमाधम भत्किँदैछन्, काटिँदैछन। विराटनगर अहिले आधुनिक र फराकिलो बन्ने चरणको प्रसव वेदनामा छ। विराटनगरमा कहीँ स्वतःस्फूर्तरूपमै तोडफोड हुँदैछ भने कतै बाध्यता र विवशताले गर्दा तोड्नुपरेको छ। चिनियाँ कम्युनिस्ट क्रान्तिका नेता माओ त्सेतुङले भनेका थिए- 'विनाश नै नवनिर्माणको जग हो। यता नेपालमा सहरको विकासका लागि विनाशको शैली माओका अनुयायी बाबुराम भट्टराईले स्थापित गरेका हुन्। विराटनगर पनि अहिले त्यसैको चपेटामा परेको छ।
इतिहासलाई संयोगहरूको गाथा पनि भनिन्छ। आजभन्दा ठीक दुई सय वर्ष अगाडि नेपालको राजनीतिक नक्साको रेखाङ्कन बेलायतीले गरेेर नेपाली पक्षलाई दिए। युद्धमा हारेको नेपाली पक्षले अंग्रेजसँग तराईका अरू भाग पनि देऊ भन्ने हैसियत गुमाइसकेको थियो, पाएन। सुगौली सन्धिबाट नेपालको राजनीतिक सीमांकन भए पनि त्यसपछि बिस्तारै दशकसम्म किस्ताबन्दीमा नेपाल केही फैलिन थाल्यो र अहिलेको आकार पायो। यस क्रममा नयाँ मुलुक फिर्ता पाएको घटना सायल पछिल्लो हो।
इतिहासकारहरू काठमाडौं दरवारका आलाकाँचा शासकको अदूरदर्शिताका कारण अंग्रेजसँग अपमानपूर्ण सुगौली सन्धि गर्नुपरेको ठान्छन्। दुई सय वर्षपछि गणतन्त्र नेपालको नयाँ राजनीतिक नक्सा अर्थात् प्रदेश निर्माणमा ६ सय एक सभासद् सातवर्ष देखि जुटेका पनि सफल भएका छैनन्। प्रश्न स्वाभाविकरूपमा उठ्छ के आज पनि नेपाललाई प्रदेश निर्माण गर्ने जिम्मेवारी पाएका सभासद् आलाकाँचा नै हुन्? अंग्रेज–नेपाल युद्धपछि बनेको नेपालको भूगोलले भावी दिनमा कस्तो रूप र आकार लेला भनेर अहिले भन्न भने गाह्रो छ।
नेपालको संविधान निर्माण र सरकारको काम कारबाही अब खासै चर्चाको विषय रहेन। अब दुई सय वर्षअगाडि राजनीतिक आकार लिएको नेपाललाई छाडेर सय वर्ष अगाडि नेपालको भूगोलमा उदाएको विराटनगरको प्रसंग उठाऊँ। संयोगले विराटनगर र विश्वेश्वरप्रसाद कोइरालाको जन्म एकै समयमा भयो। सयवर्ष अगाडि एकातिर प्रवासमा जीवन बिताइरहेका पिताजी कृष्णप्रसाद कोइरालाकी धर्मपत्नी दिव्या कोइरालाको कोखबाट बीपी कोइराला जन्मदै थिए भने, अर्कोतिर पिताजीले आफ्ना सहकर्मीसँग मिलेर गोग्राहामा बसाएको नयाँ सहरले विराटनगरको नाम पाउँदै थियो। त्यही ऐतिहासिक समयको स्मरणमा नेपाली कांग्रेसले आफ्ना नेता बीपीको शतवार्षिकी मनायो भने विराटनगर पनि आफ्नो शतवार्षिकी मनाइरहेको छ।
विराटनगर र बीपी जन्मदा प्रथम विश्वयुद्धको समय थियो। युरोपका चारवटा साम्राज्य विश्ववाट समाप्त हुने तरखरमा थिए र भए। तर यता नेपालमा राणाहरूको एकसय चार वर्षको जहाँनिया शासन समाप्तिका लागि भने बीपीको यौवन पर्खनु पर्योन। बीपीको नेतृत्वमा राणाहरूको वंशसत्ता समाप्त भयो, प्रजातन्त्र आयो। बीपी विराटनगरबाट २०१५ सालको संसदीय निर्वाचनमा उठे, जिते र प्रधानमन्त्री भए र लगत्तै राजतन्त्रको कोपभाजनमा पनि परे। थुप्रै साथी र सहकर्मी गुमाए। तीमध्ये कैयौँ सहिद भए। बीपी फेरि जेल परे, प्रवास गए र जीवनपर्यन्त देशमा प्रजातन्त्र फर्केको हेर्न पाएनन्।
बीपीको लोकतन्त्र पुनर्स्थापनाको लडाइँ र विराटनगरको विकासबीच प्रत्यक्ष सम्बन्ध रहन पुग्यो। काठमाडांैका शासक र प्रशासकमात्र होइन विदेशी दातृ निकाय पनि विराटनगरसँग पूर्वाग्रही भए राजनीतिक कारणले। यही विराटनगरमा यतिखेर एसियाली विकास (एडीबी) बैंक पौनेतीन अर्ब रुपियाँ लिएर विकास गर्न आएको छ। सहरमा त्यसैको चर्चा छ। प्रत्येक घरमा एडीबीले विराटनगरको कायापलट गर्दैछ भन्ने उत्साह जगाएको छ। पौनेतीन अर्बको विकासको पर्खाइमा विराटनगर अहिले विरूप भएको छ। अहिले विराटनगरवासीले देखेको सपना हो- घर अगाडिको बाटो चौडा हुन्छ, सडक पेटी बन्छ र सुविस्ताले बच्चा, बूढापाका पैदल बाटामा हिँड्न पाउनेछन्। आधुनिक ढल र नाला निर्माणले मच्छरदेखि मेनेनजाइटिससम्म नियन्त्रित हुने आशा पालाएको छ विराटनगरमा।
आधुनिक सहर निर्माण गर्न अहिले विराटनगरमा अगाडि सारिएको अभियानबाहेक पनि साइकल लेन, पार्क, खेलकुद मैदान जस्ता संरचना जोडिन्छन्। आईटी पार्क, खुला मैदान, सांस्कृतिक बौद्धिक विकासका केन्द्रजस्ता सोचले सहरको आधुनिकीकरणमा सहयोग पुग्छ। विकास भनेको कंक्रिट भत्काउने र कंक्रिटबाट निर्माण गरिने वस्तुमात्र हो भन्ने मानसिकताले नेपालको सहरी विकास प्रभावित भएको देखिन्छ। यथार्थमा यो सोच गलत हो। यो त माओ र स्टालिनको सोच हो। तसर्थ एकछिन अडिएर आधुनिक सहर विकासको सम्पूर्णतामा नेपालका सहरहरू निर्माण भएका छन् कि छैनन् भनेरसोच्ने समय यही हो। अहिले नै विराटनगरवासीले एडीबीको पौनेेतीन अर्बको विकास पाउन तोडफोड र पुनर्निर्माणमा झन्डै ६ अर्ब लगानी गर्नुपर्योौ भन्ने चर्चा छ।
स्थानीय निकायको निर्वाचन नहुँदा जनप्रतिनिधि छैनन्। तर पनि विकासका लागि कर्मचारी प्रशासनलाई विराटनगरवासीले विश्वास गरेका छन्। नेपालमा कर्मचारी प्रशासनको विकास हाँक्ने क्षमतामा प्रश्न उठेको आज होइन, धेरै वर्ष भयो। यही आर्थिक वर्षको पुँजीगत खर्चको प्रतिशत हेर्दा पनि यो स्पष्टै देखिन्छ। तर पनि विराटनगर तोडफोड अलपत्र पर्दैन यस्तै मानसिकता छ विराटनगरवासीमा। यो राज्यसँग अद्भूत विश्वासको प्रकट हो।
विकासमा जनसहभागिता र राजनीतिक नेतृत्वलाई अपरिहार्य ठानिन्छ। व्यक्तिको सम्पत्ति तोड्नैमा सीमित गराउने विकास मोडल चल्दैन, कहीँ चलेको छैन। तसर्थ राज्यपक्ष उदार र पारदर्शी हुनु जरुरी छ। यस्तो उदार र पारदर्शी विराटनगर विकासको 'मास्टर प्लान' के हो र त्यो कस्तो छ? त्यसलाई अगाडि सारेर जनताको भरोसा र विश्वास लिन सकिन्छ। अहिले विराटनगरमा एडीबीको सहयोगमा अगाडि बढाइएको विकास योजनाको लागत सुरुमा साढे छ अर्ब थियो पछि बैंकले असमर्थता देखाएपछि पौनेतीन अर्बमा झर्योइ। योजनाको आधा लागत काटिँदा अहिले निर्माणाधीन संरचनामा कहाँ कसरी काटियो र त्यसको अन्तिमरूप कस्तो छ भनेर जनतालाई जानकारी दिन सरकारले संकोच मान्नुपर्ने कुनै कारण देखिँदैन।
सबैभन्दा खुसीको संयोग त के छ भने विराटनगर नगरपालिकाबाट संसद्मा प्रतिनिधित्व गर्ने एउटै राजनीतिक दलका तीनजना प्रतिनिधि छन्। विकास र राजनीतिको चुरो पनि तिनले बुझेकै हुनुपर्छ। जनताले यिनै तीनजनासँग विराटनगर विकासको सन्दर्भमा बुझ्न र थाहा पाउन चाहेका छन्। विराटनगर कस्तो बन्दैछ भनेर थाहा पाउन मैले गरेको कैयौं प्रयास अझै टुँगोमा पुग्नसकेको छैन। मैले कैयौँ साथीभाइ र आफन्तहरू आफ्नो घरअगाडि कस्तो र कत्रो बाटो, ढल, फुटपाथ र नाला बन्दैछ भन्नेमा अनभिज्ञ पाए। एकातिर आफ्नो पैसा लगानी गरेर निर्माण गरेको घर र पर्खाल भत्काउनु परेको छ भने अर्कोतिर आगामी दिनमा त्यहाँ कस्तो संरचना बन्दैछ भन्ने पनि अन्योल छ। यस्तो अन्योलमा बस्नुपर्दा नगरवासी तनावग्रस्त छन्। र, यही तनावले आक्रोसको रूप लियो भने विराटनगरको राजनीतिक वस्तुस्थिति नै बदलिने सम्भावना बढ्दै जानसक्छ। विगतमा कुनै पनि विदेशी सहयोगका ठूला आयोजना कार्यान्वयन गरिएका थिएनन् विराटनगरमा। त्यसैले एडीबी अहिले 'भगवान्'झैँ अवतरित भएको छ विराटनगरमा। यहाँका जनताका अपेक्षा र आकांक्षा आकासिएका छन्। अनि भविष्यमा यही अपेक्षा र आकांक्षाअनुरूप विकास नभए त्यसले जनआक्रोशको रूप लिन सक्छ। नगरको विकासमा कर्मचारीको भूमिका सीमित भएर जनप्रतिनिधिको भूमिका बढी हुनुपर्छ। विकास प्रशासनको नेतृत्व गर्नेले पनि बुझ्नुपर्ने के हो भने जनताको चित्त बुझाउने काम तिनको नभएर जनप्रतिनिधिको हो। तर विराटनगरमा सबै जिम्मा कर्मचारीलाई दिएर राजनीतिक नेतृत्व पन्छिन खोजेको सन्देश प्रवाह भएको छ।
विगतमा विदेशी सहयोग र अनुदानबाहेक पनि विराटनगरले आफ्नो हैसियत बनाएको थियो तराईका सहरमध्ये अलग तर सशक्त नगरका रूपमा। त्यसैले त मिथिलाका मधेसी र लिम्वुवानका जनजाति पनि आफ्ना सन्तानलाई राम्रो शिक्षादीक्षाका लागि विराटनगर पठाउँथे। राजस्थानका मारवाडी र बंगालका व्यापारी पनि विराटनगर आए पैसा कमाउन। युवा आए राजनीति गरेर देश परिवर्तन गर्न। विराटनगरसँग राज्य र विदेशीले अपनत्व नदेखाउँदा पनि विविध जाति, भाषा, संस्कृतिबीचको एकता र आपसी सौहार्दले नेपालमा आफ्नो गौरवशाली इतिहास निर्माण गर्न सकेको हो।
विदेशी अनुदान र सहयोगबाट कुनै पनि देशको विकासमा मद्दत पुग्छ कि त्यसले देशको ऊर्जा र अवसर मासेर बिस्तारै परजीवी बनाउँछ भन्ने बहस विश्वव्यापीरूपमै चलेको छ। नेपालको सामाजिक क्षेत्रको पूर्वाधार विकासमा विदेशी सहयोगको सकारात्मक भूमिका रहेको स्वीकार गर्न अप्ठेरो मान्नु पर्दैन। तर उत्पादन वृद्धिको क्षेत्र र भौतिक पूर्वाधार विकासमा विदेशी सहयोगले नेपालमा अपसंस्कृति र भ्रष्टाचार पनि भित्रिन पुगेको तर्क बलियोसँग अगाडि आएको छ। एडीबीको सहयोगमा नेपालमा चलेका परियोजनाहरूको विफलताको कथा र व्यथा यहाँ राखेर अहिले नै विराटनगरवासीलाई निराश पार्नु मेरो पनि हितमा छैन। मेरो घर अगाडि पनि बाटो चौडा हुँदैछ र आधुनिक ढल अनि नाला बन्दैछ।
तर बीपी कोइरालाले विदेशी सहयोगले देशमा 'भुइँफुट्टा' वर्ग निर्माण गर्छ भनेर काठमाडांै मात्रलाई उदाहरणका रूपमा अगाडि सारेका पक्कै होइनन्। यहाँनेर विराटनगर सहरको विकासमा संलग्न कर्मचारीतन्त्रलाई पनि चुनौती छ र बीपीको विदेशी सहयोग सम्बन्धी विचारलाई असत्य साबित गर्ने अवसर पनि आएको छ चार दशकपछि। किनभने विराटनगर र बीपीको शतवार्षिकीलाई पृथक राखेर हेर्न नसकिने संयोग जो जुटेको छ।
एसियाली विकास बैंकबाट तयार भएको विराटनगरको ढल, नाला र बाटो विस्तारको प्राविधिक पक्षमा विस्तारले जान यहाँ सम्भव छैन। तर तिनमा त्रुटि छ र सुधारका संभावना अझै पनि देखिन्छ खासगरी 'सिभरेज फुटपाथ'को सन्दर्भमा। अनि त्यस्तै व्यक्तिको स्वतन्त्रता र सम्पत्तिको रक्षा राज्यले गर्छ भन्ने सिद्धान्तबाट नेपालको संविधान र लोकतन्त्र चलेको छ। संविधान र लोकतन्त्रविपरीत विराटनगरवासी माथि हैकम चलेको छैन भनेर पुष्टि गर्ने जिम्मेवारी पनि कम चुनौतीपूर्ण छैन। यस पक्षलाई सम्बोधन गर्ने काम राजनीतिक नेताको हो। न्यायालय व्यक्तिको सम्पत्ति रक्षा गर्न उत्रेमा अहिले विराटनगरमा अगाडि बढेको एडीबी योजनाले थप चुनौतीको सामना गर्नुपर्नेछ। जस्तो २०५७ सालको नगरपरिषद्ले सडकको मापदण्ड तोकिसकेपछि त्यही नगरपालिकाले घरको नक्सा पास गर्दा नगरपरिषद्को निर्णयविपरीत वा मिचेर इजाजतपत्र दियो भने घरधनीको के दोष?
अन्त्यमा, विदेशी सहयोग र ऋण प्रवाहका परियोजनामा निरन्तर असफलताको दोष लागेको छ एडीबीलाई नेपालमा। विभिन्न असफल योजना अगाडि सार्दै एडीबीले नेपालमा प्रभावशाली हुन नसकेको आत्मनिरीक्षण गरेको छ भर्खरै। बीपीको घरआँगनमा विदेशी सहयोगमा पहिलोपल्ट विकास आएको छ। यो दृश्य पनि कम रोचक छैन। अब हेर्नु छ, बीपी ठीक कि विदेशी अनुदानमा आधारित योजना उचित?