गत माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ औँ स्थापना दिवस मनायो। सो कार्यक्रममा प्रधान मन्त्री सुशील कोइरालाले भ्रष्टाचार बढ्दै गएको भन्दै निकै चिन्ता व्यक्त गरे। ‘म बारम्बार भ्रष्टाचार नियन्त्रणको कुरा गर्छु, तर ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले भ्रष्टाचार बढिरहेको देखाउँछ,' उनले भने, ‘एक्लो व्यक्ति तात्तिएर केही नहुने रहेछ।'प्रधान मन्त्री कोइरालाले आफ्नो हरेक सार्वजनिक वक्तव्यमा भ्रष्टाचार नियन्त्रणको सवाललाई यसैगरी उठाउन र भ्रष्टाचार बढेकोमा चिन्ता व्यक्त गर्न छाड्दैनन्। तर भ्रष्टाचार किन बढ्छ? यसका कारण केके हुन्? भ्रष्टाचारसँग अन्य संरचनात्मक सवालको केकस्तो कार्यकारण सम्बन्ध रहेको हुन्छ? भन्नेबारे पर्याप्त छलफल, अनुसन्धान र बौद्धिक विचारविमर्शमा प्रधान मन्त्री अगाडि आउन सकेका छैनन्। त्यसैले उनले भनेजस्तै ‘एक्लो व्यक्ति तात्तिएर' केही पनि हुनसकेको छैन।
राज्यको प्रकृतिले भ्रष्टाचारको मात्रालाई निर्धारण गर्ने विभिन्न अध्ययनले देखाएका छन्। लामो समयसम्म संक्रमणबाट गुजि्रएको समाजमा भ्रष्टाचारको मात्रा बढी हुन्छ। राज्यको प्रकृति र भ्रष्टाचारको बारेमा गहिरो अध्ययन गरेका समाजशास्त्री स्मिलोभका अनुसार अस्थिर राज्यव्यवस्था र संक्रमणकालीन अवस्थाबाट गुजि्ररहेका देश तथा समाजमा भ्रष्टाचारको मात्रा निकै बढी हुन्छ। संक्रमणकालीन अवस्थामा समाजमा मूल्य–मान्यता, राज्यप्रणाली, कानुनी ढाँचा र राज्यसंयन्त्रको क्रियाकलाप अत्यन्तै अस्थिर हुन्छन्। व्यावसायिकता ओझेलमा परेको हुन्छ। उत्तरदायित्व र जवाफदेहीपनाको अभाव हुन्छ। सार्वजनिक स्रोतमा पहुँच राख्नेहरूले बेलगाम रजाइँ गर्न थाल्दछन्। गैरकानुनी सम्पन्नतालाई वैधानिक बनाउनका लागि चलखेल निकै हुन्छ। शक्तिशालीहरूको मिलेमतोमा अदृश्य बाँडफाँट गतिशील बन्नपुग्छ। समाजशास्त्री स्मिलोभ भन्छन्, ‘संक्रमणकालीन अवस्था जति बढ्दै जान्छ त्यत्ति नै भ्रष्टाचारका घट्ना पनि बढ्दै जान्छन्।' नेपालको राजनीतिक भ्रष्टाचारको इतिहासलाई अध्ययन गर्दा संक्रमणकालीन अवस्थामा त्यसको दर–दायरा र मात्रा बढेर गएको देखिन्छ। परम्परागत शैलीका शासन व्यवस्थादेखि आधुनिक र प्रजातान्त्रिक शासनमा समेत यही अवस्था देखिन्छ।
संक्रमणकालीन अवस्थामा भ्रष्टाचार कसरी बढ्छ भन्नेबारेमा केही तथ्य हेरौँ। इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार भीमसेन थापाको पतनपछि नेपाल राजनीतिक संक्रमणमा परेको थियो। विसं १९०० को पुसमा माथवरसिंह थापा प्रधान मन्त्री भएपछि उनका विरोधी गुटका चौतारिया गुरुप्रसाद शाहले राज्यकोषको १२ लाख रुपैयाँ अनियमित ढंगले लिएर भागेका थिए। त्यसबेला मात्र होइन त्यसपछिको हरेक संक्रमणकालीन अवस्थामा भ्रष्टाचारको दर र दायरा दुवै बढेर गएको छ।
विसं २००७ मा निरंकुशताबाट प्रजातन्त्रको उज्यालो बाटोमा नेपाल लागेको थियो। उक्त अवधिमा निकै ठूलो रकम भ्रष्टाचार भएको थियो। प्रजातन्त्रको स्थापनापछि पनि नेपालको राजनीति अस्थिरता र संक्रमणबाट गुजि्रएको थियो। यसबीचका झन्डै सात वर्षको अवधिमा गठन गरिएका मन्त्रिमण्डलले करिब १५ करोड रपैयाँ भ्रष्टाचार गरेको भन्दै २०१४ साल भदौ १७ गते तत्कालीन प्रधान मन्त्री डा. केआई सिंहले राष्ट्रिय धन असुल गर्ने प्रतिबद्धता सार्वजनिक गरेका थिए। संक्रमणकालको फाइदा उठाउँदै तत्कालीन राजनीतिक व्यक्तिहरूले भ्रष्टाचार गरेका उनको भनाइ थियो। तर यसबारेमा छानबिन गर्न नपाउँदै उनको मन्त्रिमण्डल विघटन भयो। यद्यपि, यसले संक्रमणकालीन अवस्थामा कुनरूपमा भ्रष्टाचार हुन्छ भन्ने तथ्यलाई स्पष्ट पारेको छ।
विसं २०४७ को परिवर्तनपछि पनि नेपालको राजनीतिले अस्थिरता र संक्रमणबाट मुक्ति पाएन। २०४८ सालको आमनिर्वाचनबाट स्पष्ट बहुमत पाएको नेपाली कांग्रेसले तीन वर्षमै मध्यावधि निर्वाचन घोषणा गर्योी। त्यसपछि २०५१ सालमा भएको मध्यावधिमा नेकपा एमाले ठूलो दल भए पनि बहुमत पाउन सकेन। त्यसपछि भने नेपालको राजनीति झनै अस्थिरतामा भासियो। विसं २०५१ देखि २०५६ सम्मको अवधिमा ५ वटा सरकार गठन भए। त्यस समयमा नेपालमा भ्रष्टाचार झाँगिएर गयो। यसैबीचमा सांसद किनबेचका घटनापनि हुनपुगे। निःशुल्क भन्सारमा सांसद तथा अन्य व्यक्तिलाई पजेरो ल्याउन छुट दिइयो। यस्ता घट्नाले राजनीतिक भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत पुग्यो।
सशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन माओवादी र नेपाल सरकारबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो। त्यसपछि पटकपटक गरी गत चैत ९ गतेसम्ममा कूल ४६ करोड १० लाख ६७ हजार रुपैयाँ माओवादीलाई दिइयो। आर्थिक नियमअनुसार सामान्यतया अघिल्लो पटक लिएको पेश्की फर्स्यौट नगरी त्यही कामको लागि अर्को पेश्की दिइन्न। तर एमाओवादीले सो रकमको हालसम्म पनि पेश्की फर्स्यौट गरेको छैन। संक्रमणकालीन अवस्थाको गलत फाइदा उठाउँदै एमाओवादीले यस्तो सुविधा लिएको थियो। एमाओवादीलाई रकम दिनुअघि २०६३ कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले माओवादी लडाकुका अस्थायी शिविर व्यवस्थित गर्न तीन महिनाका लागि आर्थिक प्रशासनसम्बन्धी नियमावली २०५६ का विभिन्न नियम र एउटा परिच्छेद निलम्बन गरेको थियो। उक्त निर्णयले माओवादीलाई शिविरका लागि सरसामान खरिददेखि हरेक कामका लागि कुनै प्रचलित नियम र प्रक्रिया पालना गर्नुपरेन। संक्रमणकालीन अवस्थाको आडमा गरिएको राजनीतिक भ्रष्टाचार थियो त्यो। स्मिलोभ भन्छन्, ‘राजनीतिक भ्रष्टाचार भनेको संक्रमणकालीन अवस्थाको साइड इफेक्ट हो।' नेपालको भ्रष्टाचारलाई गम्भीररूपमा अध्ययन गर्दा संक्रमणकालीन अवस्थाको ‘साइड इफेक्ट' कै रूपमा यसलाई लिन सकिन्छ।
संक्रमणकालीन अवस्थामा दुई किमिसले भ्रष्टाचार बढेको देखिन्छ। पहिलो, यस्तो समयमा अपारदर्शिता हाबी हुन्छ। आमनागरिक र ‘वाचडग' हरूको ध्यानसमेत संक्रमणकालले अन्यत्रै मोडिदिएको हुन्छ। पारदर्शिताका न्यूनतम सवालसमेत सरकारले मानेको हुँदैन। यस्तो समयमा राजनीतिक दल, त्यसका नेता–कार्यकर्ता, नेतृत्वको परिवारका सदस्य, कर्मचारी, दलाल, व्यापारी सबै जसरी हुन्छ कमाउनको लागि प्रयासरत रहन्छन्। सबैले स्थिरतामा भविष्यबारे सोच्ने गर्दछन्। तर संक्रमणकालीन अवस्थामा त भोलि के हो के हो? भन्ने सोच प्रायः मान्छेमा हाबी हुन्छ। त्यसैले जहिले देशमा अस्थिरता र संक्रमण सुरु हुन्छ त्यहीबेला हरेक व्यक्तिमा कमाउने भावना बढेर जान्छ। र, भ्रष्टाचार बढ्छ।
दोस्रो, यस समयमा कानुनी शासन कमजोर हुन्छ। उच्च राजनीतिक व्यक्तिले आफ्नो चाहनाअनुसारको अल्पकालीन कानुनहरू निर्माण गरी वा वाचडगको जिम्मा पाएको निकायलाई पदाधिकारीविहीन बनाएर अनियमितता र भ्रष्टाचार गर्ने गर्छन्। २०६३ पछिको संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै तत्कालीन विद्रोही माओवादीको लागि भनेर आर्थिक प्रशासनसम्बन्धी नियमावली २०५६ का विभिन्न नियम र एउटा परिच्छेद निलम्बन गरियो। उक्त समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पदाधिकारी विहीन बनाइएको थियो। जसले गर्दा आर्थिक अनियमितताका लागि आधार तयार हुनपुग्यो।
इतिहासलाई समान्य आँखाले सरसर्ती हेर्दासमेत संक्रमणकालीन अवस्थाले भ्रष्टाचारलाई सधैँ बढाएको देखिन्छ। देशमा जति संक्रमणकालीन अवस्था लम्बिँदै जान्छ त्यत्ति नै भ्रष्टाचारजन्य घट्ना बढ्दै जान्छन्। भ्रष्टाचार झन् ‘क्रोनिक' बन्दै जान्छ। यस्तो अवस्थामा राज्यको कार्यकारी प्रमुखले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी उपचारात्मक विधिबाट मात्र खोज्नको लागि अख्तियारलाई दबाब दिएर भ्रष्टाचार नियन्त्रण हुनसक्दैन। अख्तियारले अँगालेको शैली र अहिलेको जस्तो प्रयासले भ्रष्टाचारको जरोसम्म पुग्नै सकिन्न। यसको लागि प्रधान मन्त्रीले वर्तमान संक्रमणकालीन अवस्थाको छिटोभन्दा छिटो अन्त्य गरी देशलाई एउटा दिशा प्रदान गर्ने काम गर्नुपर्छ। यसो भएमा मात्र भ्रष्टाचार नियन्त्रण गर्ने प्रधान मन्त्रीको तीव्र चाहना चाँडो पूरा हुने आधार तयार हुन्छ। अहिले देशले भोगिरहेको विभिन्न नामका राजनीतिक संक्रमणको अन्त्य गर्नसक्दा भ्रष्टाचार आधा घट्छ।