शिशु मन्त्रालयका प्रौढ चुनौती
१३ फागुन २०७१
•
१३ मिनेट पाठ
शिशु मन्त्रालयका प्रौढ चुनौती
मन्त्रालय सातवर्षे, मन्त्री भने ९ जना। शान्ति तथा पुनर्निर्माणमन्त्री नरहरि आचार्य आजकाल आफ्नो मन्त्रालयबारे यस्तै स्पष्टीकरण दिने गर्छन्। सात वर्षअघि मात्र अस्तित्वमा आएको यो मन्त्रालयलाई उनी शिशु मन्त्रालयको संज्ञा दिन्छन् र फरकफरक राजनीतिक पार्टीका मानिसले मन्त्रालयको नेतृत्व गरेकाले यसले आशातित काम गर्न नसकेको टिप्पणी पनि गर्छन्। कानुन तथा न्याय मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका आचार्यसामु अहिले शान्ति मन्त्रालयले गर्नैपर्ने कामको ठूलो थुप्रो छ।कांग्रेसभित्र एमाओवादीप्रति लचिलो नेताका रूपमा चिनिने उनले शान्ति प्रक्रियाको काम फत्ते गरेर त्यसको जस लिनुपर्नेछ र सँगै यो मन्त्रालयको औचित्यसमेत साबित गर्नुपर्नेछ। सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग हालसालै गठन भएको पृष्ठभूमिमा उनी मौजुदा शान्ति तथा पुनर्स्थापना मन्त्रालयको भूमिकाबारे बोल्न थालेका छन्। उनी शान्ति मन्त्रालयले समाजमा शान्ति स्थापनाको बृहत् भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउन थालेका छन्। उनी समाजमा विकसित भइरहने सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक द्वन्द्व समाधानमा मन्त्रालयले भूमिका खेल्न्नुपर्ने धारणा राख्छन्।
दशक लामो माओवादी सशस्त्र द्वन्द्वमा मारिएका, बेपत्ता, घाइते, विस्थापित तथा प्रभावितको व्यवस्थापन, राहत तथा त्यसबेला भएका भौतिक संरचना पुनर्निर्माणजस्ता गर्नैपर्ने काममा पैसाको खोलो बगेको तर त्यसअनुसार काम नभएको धरातलीय यथार्थ लुकाएर लुक्न सक्दैन। सशस्त्र द्वन्द्वका बेला कति मानिस मारिए? कति विस्थापित भए? अंगभंग हुनेको संख्या कति हो? द्वन्द्वप्रभावितका नाममा कस्ता–कस्ताले राज्यकोषबाट राहत पाए? कति भुक्तभोगी अहिले पनि राहतको आसमा सिंहदरबार धाइरहेका छन्जस्ता यावत प्रश्नको जवाफ दिनसक्ने अवस्थामा यो मन्त्रालय देखिँदैन। किनकि, मन्त्रालयले आकार लिनुअघि नै सिर्जना भइसकेका कतिपय ‘प्रौढ चुनौती' थेग्नु उत्तिकै कठिन कार्य हो।
माओवादी हिंसाबाट प्रभावित कांग्रेसजन आचार्यसँग दिनहुँजसो ठोक्किन आइपुग्छन्। उनी सिंहदरबार रहँदा होस् वा जिल्ला भ्रमणका क्रममा होस्, माओवादी सशस्त्र द्वन्द्वको घाउमा मलमपट्टी लगाइमाग्नेहरूको भिड लागिहाल्छ उनका अघिल्तिर। उनी कांग्रेसजनसामु स्पष्टीकरण दिने गर्छन्– शान्ति मन्त्रालयको जिम्मेवारी कांग्रेसको हातमा नपरेकाले यस्तो भएको हो। शान्ति मन्त्रालय गठनलगत्तै कांग्रेसका रामचन्द्र पौडेल शान्ति मन्त्री थिए। अहिले नरहरि नवौँ मन्त्री बन्न पुगेका छन्। यसबीच माओवादी र एमालेका मन्त्रीले यो मन्त्रालय सम्हाले। पार्टीगत नाता र पहुँचका भरमा माओवादी द्वन्द्वप्रभावितका नाम लेखिएको गुनासा प्रशस्त सुनिन्छन्। मन्त्रालयले तयार पारेका तथ्यांकले पनि पार्टी पहुँचले काम गरेको संकेत गर्छ। हचुवाका भरमा तथ्यांक संकलन भएको देखिन्छ। मन्त्रालयको रेकर्डमा माओवादी सशस्त्र द्वन्द्वका बेला २० हजार ७ सय २२ मानिस मारिएका छन्। बेपत्ता १ हजार ५ सय ३०, विस्थापितको संख्या करिब ८ हजार र अंगभंग हुनेहरू पनि ८ हजारभन्दा बढी छन्। के तथ्यांक सही छ त? मन्त्रालयकै अधिकारीहरू आफ्ना तथ्यांकमा विश्वास गर्दैनन्। उनीहरू आफ्ना कमजोरी स्विकार्छन्। गलत तथ्यांककै आधारमा राज्यकोषको पैसा बाँडिरहेको दोष उनीहरू विभिन्न कार्यदलमाथि थोपर्छन्। कर्मचारीका अनुभवमा जुन पार्टीको मन्त्री बन्यो, त्यसकै कार्यकर्ताले राहत पाउने संस्कार बस्न पुग्यो। त्यसो त सत्यतथ्य पत्ता लगाउन २०६४ यता गठित ५ वटा कार्यदलले तथ्यांक मिथ्यांक भएको प्रमाण दिन्छ।
आचार्य आफैँले नरबहादुर पुनको संयोजकत्वमा गठन गरेका ‘द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाका विवरण प्रशोधन तथा राहत प्रदान गर्न सुझाव पेस गर्नेसम्बन्धी कार्यदल, २०७१' एक महिनादेखि विगतका खातापाता पल्टाउँदैछ। द्वन्द्वप्रभावितको विवरण संकलन गर्दैछ। २०६४ साउनमा गठित श्रीकान्त रेग्मी संयोजकत्वको कार्यदल, २०६५ कात्तिकमा गठित गोविन्दप्रसाद पाण्डे नेतृत्वको कार्यदल, २०६६ भदौमा गठित मोतीप्रसाद पौडेल कार्यदल र २०६८ कात्तिकमा गठित दीपेन्द्रकुमार पुन मगरको कार्यदलले गरेका काम र लिएका विवरण केलाएर सत्यतथ्य जाँच्नु कम चुनौतीपूर्ण काम होइन। पछिल्ल्ाो कार्यदलले विगतका कमजोरी केलाउँदै ठोस प्रतिवेदन दिने अपेक्षा राखेका छन् आचार्यले। यही प्रयोजनले विकासक्षेत्रस्तरीय शान्ति भेला पनि आयोजना गर्दैछ मन्त्रालय। अघिल्ल्ाो साता सुदूरपश्चिमको डडेलधुरामा शान्ति भेला आयोजना भएको छ। र, अब सबै विकास क्षेत्रमा यस्ता कार्यक्रम हुनेछन्। सबै क्षेत्रमा शान्ति सभा गर्ने, विगतका सबै प्रतिवेदन केलाउने र स्थानीय तहमा त्यसको प्रमाणीकरण गर्ने नीति कार्यदलको छ।  तीनमहिने अवधि पाएको कार्यदलले समयमै आफ्नो काम सम्पन्न गर्ला? संशय छन्।
संशय यसकारण कि डडेलधुराको कार्यक्रममा मुखरित द्वन्द्वपीडितका गुनासाले द्वन्द्वप्रभावितका नाममा विगतमा प्रशस्त कमजोरी रहेको औंल्याउँथ्यो। मन्त्री आचार्य आफैँ उपस्थित उक्त कार्यक्रममा रुखबाट लडेर घाइते भएका र खोलामा बगेर मरेकाहरुका परिवारले पनि द्वन्द्वको नाममा राहत पाइरहेको जानकारी दिएका थिए। कैलालीका शान्ति समिति संयोजक हरिकृष्ण पाण्डे भन्दै थिए– ‘बेपत्ता सूचीमा भएका मानिस आफैँ मोटरसाइकलका पछाडि श्रीमतीलाई राखेर राहत थाप्न जिल्ला कार्यालय आउँदा पक्राउ परे।' पाण्डेका अनुसार तिनका परिवारले १ लाख लिइसकेका थिए र अर्को २ लाख लिने प्रयासमा थिए। यता कैलालीकै रामचरण चौधरीचाहिँ आफ्नो नाम पीडितको सूचीमा पर्न नसकेको भन्दै चिन्तित देखिन्थे। नेपाली कांग्रेस, कैलालीका सचिव चौधरीको गुनासो छ– ‘२०५७ असार १ गते माओवादीले मलाई मर्यो, भनेर छाडेका थिए। हेलिकप्टरमार्फत काठमाडौं जान पाएँ र बचेँ। ‘त्यसबेला अपरेसन गरेर हात, खुट्टामा राखेको स्टिल निकाल्नुपर्नेछ, म आफँै निकाल्न सक्ने अवस्थामा छैन, प्रभावितको सूचीमा राख्नै मान्दैनन्'– उनी थप्छन्।
डडेलधुरास्थित नागरिककर्मी वरुण पनेरुका अनुसार २०५८ साल असोज २९ का दिन कक्षा ८ मै पढ्दा सेनाले माओवादी कमान्डरको आरोपमा अशोक पनेरुलाई पक्राउ गर्योि। जबकि उनी बिरामी भएर घरमै सुतिरहेका थिए। पाँच वर्ष कारागारमा बित्यो उनको। अहिले उनी शारीरिक रूपमा अशक्त छन्। तर उनले सरकारबाट एकसुका पनि राहत पाएका छैनन्। उता दार्चुलाका राजेन्द्र बडू सेनालाई सघाएको आरोपमा माओवादीबाट लुटिए। कञ्चनपुरमा विस्थापित भए। उनी भन्छन्– ‘राहतका लागि स्थानीय शान्ति समितिदेखि मन्त्रालयसम्म धाउँदा पनि केही पाइएन।' द्वन्द्वपीडितको राहत पाउन राजनीतिक दलको कार्यकर्ता हुनैपर्ने बुझाइले घर गरेको छ यतिखेर उनमा। उता राहत झन्झटिलो भएकै कारण आफूले पहल गर्न छाडेको बताउनेहरु पनि उत्तिकै भेटिन्छन्। २०५८ सालमा शीर्ष गाविसका पूर्वअध्यक्ष तारीसिंह बोहराको घर माओवादीले बम पड्काएर पूरै ध्वस्त पारे। तर जति पहल गर्दा पनि केही नलागेपछि उनले पहल गर्नै छाडिदिए।
पछिल्लो कार्यदलले दिएको म्यादमा कैलाली, डडेलधुरामा आवेदन गर्नेको संख्या डेढ, दुई सय हाराहारी छ भने बाजुराजस्ता जिल्लाबाट ४/५ हजार संख्यामा निवेदन आउने आँकलन गर्दैछन् कार्यदलका सदस्य। कार्यदलले जिल्लास्थित शान्ति समितिमा भर पर्नुपर्ने हुन्छ। मन्त्रालयको आफ्नै संरचनाभित्र नरहेका त्यस्ता समिति नागरिक समुदायका नाममा गठन हुने, राजनीतिक व्यक्ति बस्ने र आलोपालो गरी समितिको संयोजन गर्ने गरी गठन भएका छन्। त्यस्ता समिति आफैँ सशक्त भूमिका खेल्ने अवस्थामा छैनन्। शान्ति समितिको कार्यालय जहाँ करारमा नियुक्त सचिव, कम्प्युटर प्राविधिक र एक जना सहायक हुन्छन्। त्यो खासमा जिल्ला प्रशासनअन्तर्गत छ। प्रमुख जिल्ला अधिकारीको प्राथमिकतामा समिति कहिल्यै नपर्ने तर शान्ति समितिको बजेट भने प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासनका लेखापालका लागि अतिरिक्त आम्दानीको अर्को स्रोत हुने गरेको सचिवहरूको अनुभव छ। हेर्दा सबैको जस्तो देखिने तर कसैको पनि हुन नसकेको शान्ति समितिको आडभरोसामा कार्यदलले प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ। विगतमा द्वन्द्वप्रभावित हुनबाट छुटेको भन्दै दाबी गर्ने ठूलो संख्याका निवेदकमध्येबाट खास प्रभावित पहिचान गर्ने र द्वन्द्व प्रभावितको कृत्रिम आवरणमा राज्यकोषबाट लाभ लिइरहेकाहरूको पैसा कटौती गर्ने चुनौती कार्यदलसामु छ। पार्टी र पहुँचका आधारमा द्वन्द्वप्रभावित तोकिने विगतका रोगबाट कार्यदल मुक्त हुन सक्यो भने मात्र त्यसले सही काम गरेको ठहरिनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस