नेपाली खेलकुद कहिल्यै राजनीतिमुक्त हुन सकेन। शरदचन्द्र शाहको पञ्चायती काल होस् वा २०४६ पछि वा २०६३ को आन्दोलनपछि किन नहोस्, खेलकुद राजनीतिक हस्तक्षेपबाट कहिल्यै जोगिएन। राज्यको प्राथमिकतामा नपरे पनि राज्य चलाउनेहरूले खे्ककुदलाई आफ्नो अनुकूल प्रयोग गरिरहे। राजनीतिक नेताले खेलकुदलाई आफ्ना दोयम दर्जाका कार्यकर्ता भर्तीकेन्द्रका बनाइरहे। मौका मिल्दा चुनावीलगायत राजनीतिक अभियानमा खेलकुदलाई दुरुपयोग गर्न राजनीतिक नेताले अप्ठेरो मानेनन्।
नेपाली राजनीतिको फोहोरी प्रतिस्पर्धाले खेलकुदलाई कहिल्यै आफ्नो सही भूमिका निर्वाह गर्न दिइएन। खेलकुदलाई कहिले मण्डले, कहिले कांग्रस, कहिले एमाले त कहिले राजावादीको पेवा बनाइयो। साँचो अर्थमा खेलकुदलाई कहिल्यै राज्यका लागि समर्पित हुन दिइएन। खेलकुदलाई राष्ट्रिय गौरव र एकताको अभियानमा लाग्नै दिइएन। खेलकुदमा राजनीतिक नियुक्ती लिँदा खेल विकासको भाषण दिएर कहिल्यै नथाक्ने नेतृत्व साँचो अर्थमा आफ्नो स्वार्थभन्दा माथी उठेको नेपाली खेलाडीले अनुभव गरेका छैनन्।
राजनीतिले देशलाई बिभिन्न भाषा, वर्ग, जात, धर्म, क्षेत्र र समुदायमा खण्डित गरेका अवस्थामा खेलकुद एकतामा बाँध्ने प्रभावकारी माध्यम बन्न सक्थ्यो। सबै जात, भाषा, धर्म, क्षेत्र र वर्गका नेपाली खेलकुदको नाममा एक हुन तयार हुन्छन्। खेलकुदबाट भावनात्मकरूपमा देशलाई एक पंक्तिमा उभ्याउन सकिन्छ। यस्तो भएका थुप्रै उदाहरण छन्। नेपालमै १९९९ मा आठौँ दक्षिण एसियाली खेलकुद (साफ) आयोजना हुँदा सम्पूर्ण राष्ट्रलाई खेलले एक बनाएको थियो।
नेपाली खेलकुदलाई नेतृत्व गरिरहेका र गर्न चाहनेमा भने राष्ट्रिय एकता र गौरवको त्यस्तो भावना फैलाउने भित्री चाहना देखिँदैन। सरकार परिवर्तनपिच्छे राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेतृत्व परिवर्तन हुन्छ। राखेपमा नियुक्ती गर्दा खेलकुद बुझेको भन्दा राजनीतिकरूपमा आफ्नो दलप्रति प्रतिबद्ध कार्यकर्ता खोज्ने परम्परा नबदलिएसम्म खेलकुदले राजनीतिक विखण्डनको कुचक्रबाट उम्कने कल्पना गर्न सकिन्न।
यता, पछिल्ला दिनमा खेलकुद आफैँमा बिभाजित हुन थालेको छ। हरेक राजनीतिक दलले आफ्ना भातृ संस्थाका नाममा फरक खेल संस्था गठन गर्न थालेका छन्। एकीकृत नेकपा (माओवादी)ले नेपाल गणतान्त्रिक खेलकुद महासंघ गठन गरेको दुई वर्ष नाघिसकेको छ। नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद महासंघ गठन भइसकेको छ। नेकपा (एमाले) त यसमा अरू दलभन्दा उक पाइला अगाडि देखिएको छ। पार्टी राजनीतिमा चिराचिरा परेको एमालेको खेलकुदमा पनि स्पष्ट दुई धार देखिएको छ। एमाले स्थायी कमिटी सदस्य केपी शर्मा ओली र रक्षा मन्त्री विद्या भण्डारी पक्षकाले एक महिना अघि मदन भण्डारी स्मृति खेलकुद एकेडेमीका नाममा संस्था गठन गरेर खेलकुदमा सक्रिय हुन खोज्नेबित्तिकै अध्यक्ष झलनाथ खनाल पक्षले पनि नेपाल खेलकुद महासंघ गठन गरेर पार्टीको झगडा खेलकुदमा भित्र्याएका छन्।
खेलकुदमा राजनीतिको प्रवेश सही रूपमा भए यस क्षेत्रको विकासका लागि फलदायी हुने थियो। तर इबी साध्न र राजनीतिक स्वार्थ पूर्र्ति गर्न खोलिएका यस्ता राजनीतिक संगठनबाट नेपाली खेलकुदले सकारात्मक आश गर्न सक्दैन। राजनीतिक दलका इसारामा नाच्ने सरकार र उसैको राखेप तथा विदेशी डलर र सयरमा लिप्त ओलम्पिक कमिटीबाट आशा गर्नुभन्दा खेलाडी र खेलकर्मी आफै नेपाली खेलकुदलाई जगाउने अभियानमा लाग्नु उचित हुनेछ।