हुनुपर्ने समयभन्दा झन्डै एक दशकपछि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भयो। प्रधानमन्त्री सुशील कोइरालाको सरकारको वर्ष दिनको उपलब्धिमा यो पनि जोडिने भयो तर, आयोग गठनप्रति सामान्य जनताले चासो देखाएनन् र चासो हुनुपर्ने कारण पनि सायद केही छैन। आयोगको अर्थ र औचित्य म्याद गुज्रेको ओखतीजस्तो भएको छ यतिखेर। किनभने सामान्य व्यक्तिका लागि यतिखेर ‘सत्य' अरू नै छ र त्यसलाई निरुपण होइन स्थापित गर्नुपर्ने अवस्था छ।हिजोआज नेपालको राजनीति नागरिकसँग जोडिएको हुँदैन। राजनीति नागरिकसँग नजोडिनु अर्थ हुन्छ – राज्य र नागरिकबीचको सम्बन्ध चुँडिएको छ। राजनीतिमात्र होइन आर्थिक, सामाजिक र सांस्कृतिकलगायत सेवा र सुविधाको सम्बन्ध पनि नागरिक र राज्यबीच छिन्नभिन्न अवस्थामा छ। सरकारले गर्छु भनेको काम बेलैमा नगर्दा समय गुज्रेपछि गरेको काम अर्थहीन हुन्छ भन्ने ज्ञान नेताहरूलाई यस घटनाबाट भएको हुनुपर्छ। संविधान निर्माण पनि त्यस्तै हुँदैछ।
झन्डै एकदशक पहिले माओवादी र सातदलबीच बाह्र बुँदे सहमति भयो र संविधान निर्माणका लागि संविधान सभालाई माध्यम बनाइयो। तर दुईपटक भएको संविधान सभा निर्वाचन भइसक्ता र पटकपटक नेताहरू आफँैले तोकेको समयमा समेत संविधान जारी गर्न नसकेका कारण संविधान सभाले पनि अब आफ्नो औचित्य गुमाउँदैछ। यसले औचित्य गुमाउँदै जानुको कारण बितेको दस वर्षमा सामान्य नागरिकको राजनीतिलाई बुझ्ने र अपेक्षा गर्ने प्रवृत्तिमा आएको व्यापक परिवर्तन नै हो। नेपालमात्र होइन विश्वकै इतिहास साक्षी छ प्रत्येक दस वर्षपछि राजनीतिले एक सय असी डिग्रीको कोल्टे फेर्ने गरेको छ। अहिले नेपालमा फेरि राजनीतिक उकुसमुकुस छ र लाग्छ, राजनीतिले कोल्टे फेर्न खोज्दैछ।
विराटनगरमा फागुन चार गते नेपाली कांग्रेस जिल्ला कार्यालयको सभा भवनमा कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको उद्घोष यसको उदाहरण हो। पौडेल नेपाली राजनीतिमा आउनसक्ने नयाँ आयाम र मान्यताका बारेमा आफ्ना कार्यकर्तालाई भन्दै थिए – भारतको ‘आम आदमी पार्टी'को उदाहरण दिएर। पौडेलले जनतासँग नजोडिएको राजनीति भावी दिनमा असान्दर्भिक हुने खतरा रहेकोले कांग्रेस कार्यकताले ‘धनबल र बाहुवल'को राजनीति त्याग्नुपर्ने भाषण ठोके। पौडेलको भनाइसँग सर्वसाधारण जनता सहमत हुनसक्छन् तर, कांग्रेस कार्यकर्ताले बदलिँदो नेपालको राजनीति बुझ्न अझै धेरै समय लाग्ने देखिन्छ। किनभने पौडेलको भाषण अवधिभर सभाहलमा कुनै गम्भीरता देखिएको थिएन।
आउने दिनमा भ्रष्टाचार नियन्त्रणको विषय, नागरिकको जीवनलाई सहज र सुविधायुक्त बनाउने राजनीति अगाडि नबढाउँदा नेपाली कांग्रेस पनि भारतीय कांग्रेसजस्तै असान्दर्भिक हुनेतर्फ पौडेल आफ्ना कार्यकर्तालाई सचेत गराउँदै थिए। तर जनप्रतिनिधिविहीन अवस्थामा रहेका स्थानीय निकायका नाममा राज्यको ढुकुटी पार्टी सहमतिबाट प्रयोग गर्ने अभ्यास भएका ठालु कार्यकर्ताले दिल्लीमा अरविन्द केजरीवालको आम आदमी पार्टीको संदेश बुझ्न सक्लान्जस्तो देखिँदैन।
राजनीति अहिले सबैभन्दा बढी फलदायी व्यवसाय बनाइएको छ। अनि यस्तो व्यवसायमा सुधार गर्नखोज्नु आफ्नै पार्टीभित्र अप्रिय हुनु हो। त्यस्तो आँट गर्ने व्यक्तिले भविष्यमा पार्टी सभापति, महामन्त्री र केन्द्रीय सदस्यजस्ता पद गुमाउन सक्ने खतरा पनि बेहोनुृपर्ने हुन्छ। स्थानीय स्तरमा पनि अहिले पार्टीको पद प्राप्त गर्न लेनदेनविना सम्भव देखिँदैन। चीनमा एउटा प्रचलित कथन छ ‘सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार नियन्त्रण गर्दा पार्टीको सत्तामाथि नियन्त्रण समाप्त हुने खतरा छ, नियन्त्रण नगर्दा देश भित्रैभित्रै धमिराले खाएजस्तो भएर कुनै समय पनि ढल्ने निश्चित छ '। चिनियाँ कम्युनिस्ट पार्टीले सत्तामा नियन्त्रण कायम राख्नुलाई पहिलो प्राथमिकतामा राखेको छ। अनि भ्रष्टाचारलाई बिस्तारै सम्बोधन गर्ने रणनीति लिएको छ। नेपालका राजनीतिक दलहरूको स्थिति चीनको भन्दा पृथक तर भयावह छ।
जनताबाट चुँडिएपछि राजनीतिक पद्धति नै असान्दर्भिक हुन्छ भने राजनीतिक दल टिक्ने कुरै भएन। जस्तो माओवादी सशस्त्र विद्रोहले संसदीय व्यवस्थामाथि आक्रमण गर्योत र व्यवस्था टिक्न सकेन, तर धन्य पार्टीहरू टिके असान्दर्भिक भएनन्। भारतलगायत दक्षिण अमेरिकी देशमा अहिले ऐतिहासिक भूमिका निर्वाह गरेका पार्टीहरू जनताबाट तिरस्कृत हुँदैछन् र नयाँ पार्टीहरूको उदय भइरहेको छ। यस अर्थमा कांग्रेस नेता पौडेल ठीक समयमै राजधानीबाट तराई झरेको देखिन्छ। तर जब त्यही कांग्रेसी सभामा पौडेलले सभासद्ले निर्वाचन क्षेत्र विकासका लागि पाएको एक करोड रुपियाँ पार्टी संगठन मजबुत बनाउने रणनीतिअन्तर्गत खर्च गर्नुपर्छ र खासगरी कांग्रेस कमजोर भएको क्षेत्रमा त्यस रकमले प्राथमिकता पाउनुपर्छ भने त्यहीँनेर आम आदमी पार्टीको उत्थान, विकास र उपलब्धिको गुह्य पौडेलले नबुझेको देखियो।
राज्यको ढुकुटीबाट लिने रकमले पार्टी होइन नागरिक र राष्ट्र बलियो हुनुपर्छ भन्ने सोच नभईकन भारतको दिल्लीमा अरविन्द केजरीवालको उदयलाई बुझ्न सकिँदैन। भारतमा सत्तारुढ भाजपा र भारतीय कांग्रेसको दिल्लीमा पतनको कारण राज्यलाई अत्यधिक पार्टीकरण गरेर भएको हो भन्ने सामान्यज्ञान पौडेललगायत नेताहरूलाई हुनुपर्ने हो। कांग्रेस उपसभापतिले बदलिँदो युगअनुरूप कांग्रेस नेता र कार्यकर्ताको रूपान्तरणको विषय त उठाए तर उनको सोचमा स्पष्टता आवश्यक रहेकोमात्र हैन देशलाई पार्टीकरण गर्ने सोचबाट उनी पनि मुक्त नरहेको देखियो। तर पनि विचारको खडेरी परेको बेला कांग्रेस नेता पौडेलले विराटनगरबाट परिवर्तित समयअनुरूप बहस अगाडि सारेका छन्। त्यसका लागि उनलाई धन्यवाद दिनुपर्छ।
अर्को सत्य के पनि हो भने माओवादी र सातदलले बाह्र बुँदेमार्फत् प्रतिबद्धता गरेको संविधान निर्माण प्रक्रिया अर्थात् संविधान सभा अब नेपाली जनताको मानसपटलबाट विस्मृतितर्फ जाँदैछ। संविधान सभा र संविधान निर्माण प्रक्रिया अब उत्साह र युग परिवर्तनको विषय नभएर बोझिलो, देश तथा जनताका लागि अनावश्यक झन्झट बेहोरे झैँ हुनथालेको देखिन्छ । अझ राजधानीमा विगत एक दशकदेखि भएको संविधान निर्माणको तमासाले नागरिक र राज्यबीचको सम्बन्ध चुँडिएको मात्र होइन घृणाको अवस्थामा पुगेको छ। नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक सबै क्षेत्र प्रगति उन्मुख होइन अधोगतितर्फ लागेको स्पष्टै देखिन्छ।
सामान्य नागरिकका लागि सत्य भनेको देशको शासनतन्त्र र राजनीतिक पद्धति नागरिकसँग जोडियोस् भन्ने हो। प्रधानमन्त्री सुशील कोइरालाले समेत राज्य र नागरिकबीच सम्बन्ध निकट नरहेको अनुभव गरेको बताएका छन्। शासनतन्त्र भ्रष्ट छ र मंत्री भ्रष्ट छन्। तर प्रधानमन्त्री त्यही शासनतन्त्रमा र तिनै भ्रष्टहरूसँगै मन्त्रिपरिषद्मा बसिरहेको छु भनिरहेका छन। यस्तो विडम्बना नेपालको लोकतन्त्रमा बाहेक अन्यत्र बिरलै देख्न र सुन्न पाइएला।
देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीकै अवस्था सुशासनका सम्बन्धमा निरीह देखियो। देशभित्र राजनीतिको विकृतरूप देखेर नेपालीहरू देशबाहिरका राजनीतिक परिवर्तन र नागरिकसँग जोडिएको राजनीति देखेर दंग पर्छन्। आफ्नो देश नेपालमा पनि केही सकारात्मक परिवर्तन भइहाल्छ कि भन्ने आशामा बाँच्छन्। भारतका प्रधानमन्त्री नरेन्द्रदास मोदी र दिल्लीको मुख्यमन्त्रीमा अरविन्द केजरीवालको विजयमा पनि देशवासी उत्सव मनःस्थितिमा पुग्ने कारण यही हो।
इमानदार व्यक्ति पनि राजनीतिमा सफल हुनसक्छ भन्ने सन्देश आम आदमी पार्टीका नेता केजरीवालको दिल्ली विधान सभाको विजयले दिएको छ। नेपालमा वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई यही सुविधा प्राप्त छ। अन्यथा, एमालेका खड्ग ओलीले धेरै पहिले नै खुट्टा उचालिसकेका थिए प्रधानमन्त्री हुनलाई।
दिल्लीमा आम आदमी पार्टीसँग स्वच्छ छवि र इमानदार एक दर्जन नेता र तीन हजार कार्यकर्ता छन्। अरविन्द केजरीवालले तिनको नेतृत्व गरेका छन्। नेपालका प्रधानमन्त्री कोइरालासँग केजरीवालको भन्दा ठूलो समूह छ। सयकडौँ सभासद् र आठ दर्जन केन्द्रीय सदस्य अनि लाखांै कार्यकर्ता पनि छन्। तर कोइराला पार्टी र सरकारमा नैतिक शक्ति स्थापित गर्न असमर्थ भएको त उनकै अभिव्यक्तिमा स्पष्ट ध्वनित हुन्छ। प्रधानमन्त्री कोइरालाले नेपाली जनतालाई भ्रष्टतन्त्र र लुटतन्त्रबाट मुक्त गर्ने नेतृत्व दिने हिम्मत गर्नै सकिरहेका छैनन्। यही कारणले लोकतन्त्रमा पनि केहीले मात्र राज्यबाट सेवा सुविधा प्राप्त गर्ने र अधिकांश नागरिकले अभाव, वञ्चना र भ्रष्टतन्त्रबाट पीडित हुनुपर्ने अवस्था छ। नेपाली नागरिक अहिले यही कटु सत्य भोगिरहेका छन्।
दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवाल भन्थे – ‘राजनीतिको फोहरमा नपसी त्यसको सफाइ' सम्भव छैन। केजरीवाल फोहरमा पसे। केजरीवालले भारतीय राजनीतिमा थुप्रिएको फोहर कति सफा गर्न सक्छन् विश्वले उनलाई हेर्नेछ र नेपालीले पनि हेर्नेछन्। प्रधानमन्त्री कोइराला पनि विगतमा देशको राजनीति फोहरी र माफियाकरण भयो भन्थे। आफ्नै सरकारविरुद्ध पनि स्वच्छ राजनीतिका लागि अभियान चलाउँथे। तर अहिले राजनीतिको फोहर सफा गर्न वाग्मती सफाइ अभियानले रोकेजस्तो अवस्थामा देखिन्छन् कोइराला। संविधान निर्माण नभई राजनीतिको फोहर पनि सफा गर्नु ुहँुदैन भन्ने मनोविज्ञानले कामगरेको देखिन्छ। भन्नैपर्छ राजधानीको वाग्मती नदीभन्दा कैयौँ गुना फोहर सिंहदरबार भित्रै थुप्रेको छ। प्रधानमन्त्री कोइराला स्वयं त्यसै भन्दैछन्। देशभरका जनता त्यही भोग्दैछन्। अनि यो फोहरको स्रोत, दुःखसाथ भन्नुपर्छ शासक र प्रशासकको सिन्डिकेटहो। यातायतको सिन्डिकेटबाट सामान्य जनताले केही सास्ती र दुःख बेहोर्नुपरेको छ तर सिन्डिकेट भने सर्वत्र छ।
शासक र प्रशासकबीच सिन्डिकेटको नीतिगत मिलेमतोबाट नेपाली जनताले दुःख पाएका हुन्। भ्रष्टाचार र कुशासनको मूलस्रोत त्यही हो। नेपालमा अहिले चलेजस्तै सिन्डिकेट विगतमा भारतीय कांग्रेसले भारतको शासन पद्धतिमा चलाइको थियो। परिणामस्वरूप कैयौ मंत्रीहरू जेल पुगे र अहिले भारतीय कांग्रेस ओरालो लागेको छ । भर्खरै दिल्ली निर्वाचनमा पूर्वप्रहरी अधिकृत तथा एउटा गैरसरकारी संस्थाकी संचालिका किरण वेदीलाई मुख्यमन्त्रीको उमेदवारका रूपमा भाजपाले अगाडि सारेर त्यही मार्ग अवलम्बन गर्योि। फलस्वरूप, लज्जाजनक पराजय भोग्नु पर्योा।
नेपालमा भारदार, शासक, प्रशासक र धेरैजसो आफन्तबीच अढाइ सय वर्षदेखि शासन वृत्त फसेको छ। नेपाल एकीकरण गरिएको भनिएको अढाइ सय वर्षपछि पनि बीपी कोइरालाले भनेझैँ ‘एउटा प्रशासनिक इकाइ मात्र हो' नेपाल राष्ट्र बन्नसकेको छैन भन्ने उनको कथन तर्कसंगत छ। राजधानीमा पनि सीमित व्यक्तिबीच भागबन्डा हुन्छ, जिल्लाजिल्लामा पनि सीमित व्यक्तिले राजनीति, अर्थनीति, सामाजिक पदवी र सरकारी सेवा सुविधा कब्जा गरेका हुन्छन्। केन्द्रमा होस् वा जिल्लामा सामान्य नागरिक र सरकारबीच कुनै सम्बन्ध छैन।
आफ्ना कार्यकर्ता र प्रिय पूर्वप्रशासकलाई कृपा र दानमा राज्यको पद र सुविधा दिएरमात्र नागरिक र राज्यबीचको सम्बन्ध स्थापित गर्न सकिँदैन। लोकतन्त्रमा त राज्यले सामान्य जनतालाई प्राथमिकतामा राख्नुपर्ने हो। तर अहिले राज्यको प्राथमिकतामा सामान्य नागरिक तेस्रो दर्जामा छन् । पहिलोमा शासक वर्ग, दोस्रोमा प्रशासक अनि बल्ल तेस्रोमा नागरिकको स्थान देखिन्छ। यसे अवस्थामा परिवर्तन नगर्ने हो भने दिल्लीमा आम आदमी पार्टीप्रतिको जनआकर्षणजस्तै नेपालमा पनि वैकल्पिक राजनीतिक शक्तिको उदय हुनसक्छ। हुनु पनि पर्छ।
सरकारको कस्तो लाचारी! तेलको मूल्य घट्दा सार्वजनिक सवारीको भाडा समायोजन हुनमात्रै पनि दुई महिना लाग्यो।