मानिस निरन्तर बदलिँदै छ। समयको प्रवाहमा निश्चित् कालखण्डका निश्चित बिन्दुमा उल्लेख्य घटना भइरहेका हुन्छन्। तर ती घटना स्वयंले मानिसको विकासक्रममै भने रातारात भएको कुनै ‘जादु'को प्रतिनिधित्व गर्दैनन्। समयका ती बिन्दुले मानव जातिकै विकासको कुनै ‘मुहूर्त'को प्रतिनिधित्व पनि गर्दैनन्। आजको ‘बौद्धिक क्षमतावान' भनिने मानव प्रजातिका सबै सदस्यमा एकैपटक एकै किसिमको परिवर्तन आएको हैन।विकासक्रमको जुनसुकै कालखण्डमा पनि कुनै समुदाय एउटा आयाममा ‘अगाडि' देखिन्छ भने अर्को समुदाय अर्को आयाममा। विभिन्न आयाममा आज पश्चिमाहरू ‘अघि' देखिएका छन् भने पूर्वीयाहरू ‘पछि'। तर केही शताब्दीअघि मात्र पनि पूर्वीयाहरू धेरै मामलामा ‘अघि' थिए रे! अबको शताब्दीमा पूर्वीयाहरूले पश्चिमालाई पुनः '‘पछि पार्ने' सम्भावना देखापर्न थालेको छ भन्छन् जान्नेसुन्नेहरू। यसरी विभिन्न समुदाय र भौगोलिकतामा बाँडिएका मनुवाहरू कहिले को र कहिले को ‘अघिपछि' जस्तो देखिए पनि मानव जाति सम्पूर्णतामा भने निरन्तर अघि नै बढिरहेको छ।
बाँच्नका लागि गरिने यत्नका दैनिक चुनौतीलाई स्वीकार्ने मात्र नभएर, जीवनको सत्यलाई बुझ्ने प्रयत्न पनि मानिसले गर्दै आएको छ। यिनै प्रयत्नले गर्दा आध्यात्मिक चिन्तन, दर्शनदेखि विज्ञानप्रविधिसम्ममा मानिस डुब्नसकेको छ। जीवनलाई बुझ्ने यी प्रयत्नका क्रममा पृथ्वीको विभिन्न भागमा भिन्नभिन्न दार्शनिक मान्यता विकसित भए। पूर्वीयाले प्राप्त गरेको विभिन्न दर्शनको गहिराइले आज पनि सर्वव्यापी मान्यता पाइरहेकै छ।
मानिसको चिन्तनबाट प्राप्त ज्ञानलाई अभिव्यक्त गर्ने माध्यम अनेक भए पनि शब्दहरू सम्भवतः सबैभन्दा सहज र प्रचलित माध्यम हुन्। सहस्राब्दीयौंदेखि शब्दहरूको ठूलो भण्डारको सिर्जना भएको छ। शब्दका अर्थहरू परिवर्तित हुने क्रम चलिरहला। कुनै बेला भने खास अर्थ जनाउने शब्दहरू नै स्वयं परिवर्तित हुन पुग्लान्। तर पनि केही शब्द यस्ता हुन्छन् जसले हजारौँ वर्षको आँधीबेहरी छिचोलेर बाँचिरहेका छन् र तिनमा निहित मौलिक धारणालाई पछ्याउन आज पनि सम्भव भएको छ।
पुराना दरबारहरूभित्रका शक्तिसंघर्ष, छिमेकी राज्यहरूबीचको प्रतिस्पर्धा र लडाइँदेखि लिएर पश्चिमाबाट भएको उपनिवेशीकरणजस्ता अनेक उथलपुथलबाट गुजि्रयो एसिया महादेश। त्यस्तो अस्थिरताको अवधिमा जनजीवन असामान्य रहने नै भयो। गहन दार्शनिक सोचमा भन्दा मानिसहरू कसरी ज्यान जोगाउने भन्ने प्रयत्नमै बढी लागे होलान् ती अस्थिर कालखण्डमा। समकालीन विश्वकै विविध घटनाक्रमलाई हेर्दा पनि सहजै अनुमान लगाउन सकिन्छ, व्यापक अस्थिरताको बेलामा जनजीवन कस्तो होला भनेर? त्यस्तो बेला दार्शनिक मान्यताको प्रभाव कर्मकाण्ड र अन्धविश्वासका रूपमा मात्र धुमिल भएर जनजीवनमा अनूदित भए होलान्। पूर्वीय संस्कृतिका धेरै मौलिक अवधारणा सीमित संख्यामा रहेका असल गुरुहरू वा विभिन्न रूपमा रहेका गुरुकुल, विहार, गुम्बाले मात्र जोगाएर राखेहोलान्। बितेका दुईतीन शताब्दीदेखि बिस्तारै अंग्रेजी अनुवादका माध्यमबाट पाश्चात्यकरण हुँदै फेरि यता भित्रिएका ‘पुनः अनुवादित' र ‘पाश्चात्यकृत' अवधारणाहरूले बजार जमाइरहेको देखिन्छ अचेल। अंग्रेजीमा अनुवाद हुँदा संस्कृत, पालीजस्ता पुरातन दक्षिण एसियाली मूलका वा तिब्बती मूलका शब्दहरूमा निहित मौलिक अर्थ नै केही हदसम्म गुम्ने सम्भावना हुन्छ। ती शब्दलाई फेरि पूर्वीया भाषामा रूपान्तरण गर्दा हुने अनावश्यक जटिलताका कारण तिनको स्वत्व, तिनमा अन्तर्निहित मौलिक अर्थ धुमिल हुने सम्भावना जहिले पनि हुने नै भयो। इमानदार र समर्पित लेखक अनुवादकका कृतिमै पनि एउटै शब्दका अनेक अर्थ लाग्नु वा खास अर्थ जनाउन अनेक शब्द प्रयोग गर्नुपर्ने आवश्यकता हुनु अनौठो हैन। एकजना असल बौद्ध गुरुको कृति अनुवाद गर्न खोज्दा यस यथार्थको सीमित अनुभव आफँै पनि गरिरहेकोछु यतिबेला।
‘शब्द ब्रह्म'बारे यसरी घोत्लिइरहँदा हाम्रै देशका अनेक भाषाभाषिका मानसपटलमा आइरहेकाछन्। कुनै पनि एउटै भाषा आफैँमा पूर्ण हुर्न सत्तै्कन। मानिसको जीवन अत्यन्त बहुआयामिक छ, जटिल छ र विविधताका हिसाबले समृद्ध छ। जीवनको बुझाइलाई निर्देशित गर्ने सामाजिक गतिविधिले हो। त्यसैले संस्कृतिको पनि सिर्जना गर्छ। कुनै एउटा समुदायको सांस्कृतिक मान्यतामा हुर्केको मानिसले जीवनको अन्तर्यलाई अभिव्यक्त गर्दा सामान्यतः उसको आफ्नो दृष्टिकोणको सीमाभित्र रहेरै गर्ने हो। त्यो सीमालाई उसको आफ्नै हुर्काइका अनुभवले निर्धारण गरेका हुन्छन्। कुनै एउटा भाषाले मात्र जीवनको गहिराइलाई, मानिसको अनुभूतिलाई अस्तित्वको अनेका आयामलाई कसरी अभिव्यक्त गर्न सक्छ र? तर भाग्यमानी छौँ हामी नेपाली – सानो नेपालमा यति धेरै संस्कृति, यति धेरै भाषाभाषी, अभिव्यक्तिका यति धेरै माध्यम र सबै भाषालाई जोड्दा यति ठूलो शब्दभण्डार छ हामीसित।
विभिन्न कालखण्डमा, विभिन्न सामाजिक परिदृश्यमा, विभिन्न ऐतिहासिक पृष्ठभूमिमा सिर्जना भएका हुन्छन् शब्दहरू। कतिपय शब्दले बोकेका भाव अरू कुनै शब्दमा सोझै अनूदित हुन गाह्रो हुन्छ। ती शब्दहरूलाई तिनका अन्तर्य र सौन्दर्यसहित जोगाउन सक्ता नै हाम्रो भाषिक सम्पन्नता जोगिने हो। नेपालमा यति धेरै भाषाहरू छन्। कुनै एउटा भाषाले अभिव्यक्त गर्न नसक्ने भाव अर्को भाषामा सहजै अभिव्यक्त हुनसक्छ। नेपालको एउटा भाषाले अर्को भाषाबाट शब्दहरू टिप्ने हो भने सबै भाषा झन्झन् परिष्कृत र सम्पन्न हुन सक्छन्। नेवाः भाषामा ‘माकु' भनिने स्वादलाई नेपालका अरू कुनै भाषामा कसरी अभिव्यक्त गर्ने? ‘पिइसे चों भनिने अनुभूतिलाई अन्य भाषामा कसरी भन्ने? दैनिक जीवनमा प्रयोग हुने यस्ता सरल शब्दमात्रै हैन अत्यन्त गहिरा, सघन जीवन सत्यलाई अभिव्यक्त गर्ने शब्दहरू विभिन्न जनजातिका श्रुतज्ञानबाट निस्केर लोकसाहित्यमा पौडिइरहेका होलान्। ती निधिलाई देख्न नसक्नु हाम्रो अत्यन्त लज्जास्पद कम्जोरी हो। कुनै पनि समुदायले आफ्नो विकासक्रममा आर्जन गरेको जीवन सत्यलाई त्यही समुदायको भाषाले जति सुन्दर ढङ्गले अर्को भाषाले अभिव्यक्त गर्न सत्तै्कन। नेपालका सबै भाषाभाषीले नेपालकै अर्को भाषाबाट समृद्ध हुन खोज्नु सिंगै देशको संस्कृतिलाई माथि उठाउने यज्ञ हो। यसो गर्नु पक्कै पनि जानीनजानी गरिने आयातित भाषाको कुरुप प्रयोगभन्दा स्वाभाविक, उत्तम र प्रगतिशील कदम हुनेछ। यसले राष्ट्रियताको प्रवर्धन गर्नेमात्रै हैन, पृथ्वीको कुनै भागमा मानिसले कुनैबेला प्राप्त गरेको ज्ञानको प्राकृतिक, सांस्कृतिक जीवित अभिलेख भएर मानव सभ्यताकै रक्षा गर्ने काम पनि गरिरहेको हुनेछ। तर सबै भाषालाई तिनका मौलिक सौन्दर्यसहित जोगाउने यत्न गरिएमात्र यो सम्भव हुन्छ। नेपालमा प्रचलित भाषाहरूमा अपेक्षाकृत कान्छो मानिने खस भाषाले अन्य भाषाबाट नै पोषण प्राप्त गर्दै ‘नेपाली' बनेको हो। नेपालका अन्य भाषालाई सम्मान र संवर्धन गर्ने हो भने यो अझै समृद्ध हुनसक्छ। भाषिक पहिचानको सवाल यस अर्थमा पनि अत्यन्त महत्वपूर्ण छ। कुनै पनि एउटा भाषामात्र भाले बन्नखोज्दा कुरा बिग्रिन्छ।
विविधतालाई विभेद बन्न नदिनु, सामाजिक न्याय कायम गर्नु, एकापसमा भिन्नता हैन समानताको प्रवर्धन गर्ने यत्न गर्नु भनेको देशलाई माया गर्नु नै हो। नेताका भाषण र पार्टीका घोषणापत्रमा हैन व्यवहारमै राष्ट्रिय एकता तथा मानवताका निम्ति भाषाहरूको सम्मान गर्नु आवश्यक छ। परम्परागत सत्ता राजनीतिको कुनै पनि अभ्यासले यसो हुन दिनेछैन। सत्तामा रहेका हुन्, वा सत्तापेक्षी विपक्षी, परम्परागत राजनीतिका खेलाडीको काम नै टुक्य्राउने हो। त्यसैले जनताको वैकल्पिक एकताबद्ध अभियानलाई गति दिनु व्यावहारिक आवश्यकता नै भइसकेको छ।
बुद्ध नेपालमा जन्मेका थिए भनेर हामीले धेरै भनिसक्यौँ। बुद्धका शिक्षा नेपालमा जीवित छन् भनेर देखाउन भने अझै बाँकी छ। ‘यथाभूत ज्ञान दर्शन' भनेर उनले भनेका थिए रे! वर्तमानको सत्यलाई आफू अनुकूलमात्र हुने गरी (अप)व्याख्या नगरी मरिसकेको विगतको चिहान खन्न र जन्मिंदै नजन्मिएको आगतको सपनामा महल बनाउन उद्यत नभई जीवित वर्तमानको यथार्थमा रहेर सत्कर्म गर्न सक्तैनौ भने, रागद्वेषको कुचक्रबाट मुक्त हुने इच्छासम्म पनि राख्दैनां भने, सम्यक अभियन्ता हुन चाहँदैनौ भने बुद्धका वचन कसरी बाँच्लान् हाम्रा बीचमा!