नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका रूपमा एक वर्ष पूरा गरेका छन्। संविधान सभाको दोस्रो निर्वाचनपछि सत्ता सम्हालेका कोइरालाको कार्यकाल उपलब्धिमूलक रहेको दाबी सायद उनी आफैँले पनि गर्नसक्ने अवस्था छैन। किनभने सरकारको ठोस उपलब्धि यही हो भनेर देखाउन मिल्ने केही छैन। कांग्रेस र नेकपा (एमाले) जस्ता प्रतिद्वन्द्वी दलहरूको संयुक्त सरकार वर्षदिन टिक्यो। कुनै ठूला विवादमा परेन।अहिले यसैलाई सबैभन्दा ठूलो उपलब्धि मानिँदैछ। राजनीतिक संक्रमणबाट गुजि्रएको मुलुकमा सरकारको स्थायित्व पक्कै पनि अर्थपूर्ण रहन्छ। तर बितेको एक वर्षमा सरकारको नेतृत्व कांग्रेसले गरेको देखियो त? संविधान सभाको सबैभन्दा ठूलो दल कांग्रेसले नेतृत्वदायी भूमिका खेल्यो त? कुन अवस्थामा यो पार्टी? कांग्रेसजनका लागि अहिले यो विवेचनाको विषय बन्नुपर्ने हो। एमालेको इशारामा चल्नु र वैशाखीमा टिक्नुबाहेक अरू के हासिल भयो? संविधान निर्माण कार्य प्रक्रिया र सहमतिको राजनीतिमा अलमलिएको छ। एमाओवादी र मधेसी दल सडकमा पुगेका छन्। बहुमतबाट संविधान बनाउने एमाले ‘प्रेस्त्रि्कप्सन' मा चलेकाले कोइराला सरकारको आयु थपिएको छ। माघ ८ सम्म संविधान बनाइसक्ने र त्यसपछि सरकार प्रमुख, राष्ट्रपति, सभामुख सबै परिवर्तन गर्ने कांग्रेस–एमाले सम्झौताको जगमा बनेको यो सरकार परिवर्तित अवस्थामा अब कतिन्जेल टिक्छ, भन्न सकिने अवस्था छैन। एमाले अध्यक्ष केपी ओलीको चाहना र निर्देशनमा अहिलेसम्म चल्दै आएकोे सरकार तदनुरूपै चल्ने र टिक्ने देखिन्छ। शान्ति प्रक्रियाको नेतृत्व र लोकतान्त्रिक आन्दोलनहरूको अगुवाइ गरेको कांग्रेसको पछिल्लो एक वर्षमा भने सत्तासुखबाहेक अरू केही थपिएन। सत्ता सञ्चालनमा ऐन, कानुन, विधि र नियमहरू पन्छाएर भागबन्डामा रमाउने प्रवृत्तिलाई निरन्तरता दिइयो।
सुशील कोइराला नेतृत्वको सरकारको प्रसंग छाड्ने हो भने पनि उनको नेतृत्वको कांग्रेस पार्टीसमेत सामान्य अवस्थामा छैन। पार्टीभित्रका विवाद थामथुम गर्नेबाहेक अरू केही हुन सकेको देखिँदैन। कांग्रेसलाई एकातिर महाधिवेशन गर्नैपर्ने बाध्यता छ, अर्कोतिर संविधान निर्माणको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व छ। पार्टी र सरकारको नेतृत्व सम्हाल्ने एवं पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी पनि कोइरालामा छँदैछ। उनले पार्टी नियन्त्रण अन्यत्र जान नदिने राजनीतिक प्रपञ्च पनि गर्नु नै छ। आफ्नै पक्ष र परिवारभित्रैका सदस्यको राजनीतिक महत्वांकाक्षा पनि नियन्त्रणमा राख्नुपर्ने अर्काे बाध्यता छ कोइरालामा। अर्थात्, सुशील कोइराला अहिले चौतर्फी चुनौतीमा छन्।
विसं २०६७ असोजमा सम्पन्न कांग्रेसको १२ औं महाधिवेशनलाई ‘एकता महाधिवेशन' भनिएको थियो। प्रजातान्त्रिक कांग्रेससँग एकीकरण भएपछिको पहिलो अधिवेशन भएका कारण एकता अधिवेशनको नारा औचित्यपूर्ण थियो। तर, महाधिवेशन सम्पन्न भएको पाँच वर्ष पुग्न लाग्दा पनि कांग्रेस यथार्थमै एकीकृत हुन सकेको छैन। आन्तरिक राजनीतिका सबै महत्वपूर्ण घडीमा कांग्रेस संस्थापन र प्रजातान्त्रिक कांग्रेस पक्षमा विभाजित हुने गरेको देखिन्छ। सत्ता सञ्चालन र संविधान निर्माणमा पनि त्यस्तो विभाजन देखिन्छ। संविधान निर्माणकै क्रममा कांग्रेसभित्रको दुई धार स्पष्ट देखिँदैछ। संस्थापन पक्ष एमालेसँगको सत्ता साझेदारीमा रमाएको छ भने वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष एमाओवादी र मधेसीसँग मिलेर जाने राजनीतिको वकालत गरिरहेको छ। आउँदो १३ औँ महाधिवेशनमा पनि यिनै दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ। संविधान सभा निर्वाचनमा उम्मेदवार तोक्ने, मन्त्रिपरिषद गठनलगायत घटनाक्रममा पनि देखिएकै हो– कांग्रेस एक भइसकेको छैन।
प्रजातान्त्रिक कांग्रेसको ‘ह्याङओभर' बाट शेरबहादुर देउवा मुक्त हुन सकेका छैनन् । कांग्रेस कार्यकर्ताले कोइराला नेतृत्वको संस्थापन पक्षलाई पार्टी सञ्चालनको जिम्मेवारी दिएका हुन् भन्ने राजनीतिक संस्कार देउवा पक्षबाट प्रदर्शन हुन सकेन। यता कोइरालाले पनि आफूलाई सिंगो कांग्रेसको सभापति होइन, गुटको नेताकै रूपमा प्रस्तुत गरिरहेका छन्।
महाधिवेशन प्रभावित पार्न पार्टीका इमानदार कार्यकर्ताभन्दा पनि आआफ्ना समर्थकलाई प्रतिनिधि बनाउने रणनीति जिल्ला–जिल्लामा अपनाइएको देखिन थालेको छ। कांग्रेसको सांगठनिक आधार क्रियाशील सदस्य हुन्। प्रत्येक महाधिवेशनको मुखमा पार्टीमा सक्रिय कांग्रेसजनलाई सदस्यता दिने गरिन्छ। आउने महाधिवेशनका लागि यसपटक पुस मसान्तभित्रै सक्रिय सदस्यको नामावली केन्द्रमा आइपुग्नुपर्ने निर्देशन थियो। तर, दुवै पक्षका नेताले आआफ्ना मान्छेलाई मात्र सक्रिय सदस्यता दिने रणनीति अपनाएका कारण कांग्रेसको जग नै धर्मराएको छ। अर्को पक्षलाई निषेध गर्ने अभ्यासकै कारण कतिपय जिल्लामा सक्रिय सदस्यता वितरणसमेत प्रमुख चुनौती बन्न पुगेको छ। सक्रिय सदस्यहरूमध्येबाटै क्षेत्रगत आधारमा महाधिवेशन प्रतिनिधि चुनिने प्रावधान कांग्रेसको विधानमा छ। महाधिवेशन प्रतिनिधि नै पार्टी नेतृत्वका मतदाता हुने भएकाले दुवै पक्ष तलदेखि नै नियन्त्रण र निधेषको रणनीतिमा उत्रिएको हुनुपर्छ। सक्रिय सदस्यता वितरणको टुंगो लागेपछि मात्र क्षेत्रीय एवं जिल्ला अधिवेशनहरू हुन सक्छन्। सक्रिय सदस्यता वितरण नियन्त्रण र निषेधमुखी बनाउने कि उदारतापूर्वक पार्र्टीमा कार्यकर्ता थप्दै जाने? कांग्रेसका जिम्मेवारहरूले सोच्नुपर्ने विषय हो।
पार्टीमा सक्रिय सदस्यता वितरणजस्तो सामान्य र नियमित कामसमेत अहिले पेचिलो बनेको छ। यता कांग्रेसका भ्रातृसंगठनहरूको ७–८ वर्षसम्म पनि महाधिवेशन हुन सकेको छैन। तत्काल महाधिवेशन गर्ने मनस्थितिसमेत कांग्रेस नेतृत्वमा देखिएको छैन। कांग्रेस एकीकरण भएलगत्तै भ्रातृसंगठनको निर्वाचन गर्ने भनिएको थियो। तर पार्टी ‘एकता महाधिवशेन' सम्पन्न गरेर अर्को महाधिवेशनको संघारमा आइपुगेको करिब एक दशकको यात्रामा समेत नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघजस्ता महत्वपूर्ण भ्रातृसंगठन तदर्थवादको सिकार बनिरहे। पटकपटक विघटन र पुनर्गठन झेल्दै आएका भ्रातृसंगठनहरूमा संस्थापन वा देउवा कुन पक्षको वर्चस्व रहने भन्ने राजनीतिक हिसाबकिताबकै कारण अधिवेशन हुन नसकेको स्पष्टै छ। नेविसंघ विघटन र गठनको संघारमै छ। कांग्रेसमा भ्रातृसंगठनको यस्तो दुर्दशा किन? यसको उत्तर पार्टी सभापति कोइराला र वरिष्ठ नेता देउवाले दिनुपर्दैन?
भ्रातृसंगठन कब्जा गर्ने दुवै पक्षको चाहना र अभ्यासकै कारण अधिवेशन हुन नसकेको हो। लोकतान्त्रिक पद्धतिमा राजनीतिक संगठनहरूको आवधिक निर्वाचन पनि उत्तिकै महत्वपूर्ण हुन्छ। लोकतान्त्रिक पार्टीका भ्रातृ संगठनहरू लामो समयसम्म तदर्थ रूपमा सञ्चालन हुनुलाई राम्रो मानिन्न। प्रजातान्त्रिक सेनानी संघको अधिवेशन अन्तिम समयमा रोकिएको घटना र दलित संघ, ट्रेड युनियन कांग्रेस, प्रेस युनियन र शिक्षक संघको अधिवेशनमा देउवा पक्ष प्रभावशाली बनेकाले संस्थापन पक्ष भ्रातृसंगठनको अधिवेशन सम्पन्न गर्नबाटै पछि हटेको अर्थ लागिरहेको छ। यही पृष्ठभूमिमा नेविसंघ, तरुण दल, महिला संघजस्ता कांग्रेस पार्टी जीवनमा महत्व राख्ने भ्रातृसंगठन पार्टी नेतृत्वको सिकार बन्न पुगे। भ्रातृसंगठनमा आफ्ना मान्छे मात्र रोज्ने रोगले पार्टीलाई कमजोर बनाउँछ। राजनीतिक पार्टीहरूमा प्रत्येक वर्ष नयाँनयाँ कार्यकर्ता थपिँदै गयो भने त्यसले पार्टीमा रक्तसञ्चारको काम गर्छ। त्यस्ता राजनीतिक पार्टी जीवन्त र जुझारु हुन्छन्। तदर्थवादमा पार्टी र भ्रातृसंगठन चलाउँदा संगठन मुक्त हँुदै जाने खतरा रहन्छ। पार्टीको १३ औं महाधिवेशन अघि भ्रातृसंगठनहरूको अधिवेशन गराउनु कांग्रेसको अहिलेको आवश्यकता हो। यसका लागि कोइरालाले पार्टी सभापतिका हैसियतमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ भने देउवाले पार्टीमा प्रतिपक्षीको भूमिकाबाट अलग हुन सक्नुपर्छ।