राजदूतको योग्यता
२७ माघ २०७१
•
१४ मिनेट पाठ
राजदूतको योग्यता
सरकारले दीपकुमार उपाध्यायलाई भारत र अर्जुन कार्कीलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा मनोनयन गर्यो । उपाध्याय नेपाली कांग्रेसका केन्द्रीय नेता हुन् भने कार्की गैरसरकारी क्षेत्रमा कार्यरत एमालेका कट्टर समर्थक। दुई शक्तिशाली मुलुकमा राजनैतिक व्यक्तिलाई आफ्नो प्रतिनिधि बनायो नेपालले। कतिपय नियोग नेतृत्वविहीन भएको वर्तमान अवस्थामा कुन देशमा कस्तो राजदूत पठाउने भन्ने विषयको बहस सान्दर्भिक छ। परराष्ट्र मन्त्रालयका कर्मचारी भन्छन्– विदेश सेवाका तालिम प्राप्त कर्मचारीमध्येबाट राजदूत नियुक्ति गर्नसके कूटनीति थप प्रभावकारी हुन्छ। पार्टीका नेता सोच्छन्– बाहिरका दक्ष व्यक्तिलाई राजदूत बनाउनसके मुलुकलाई बढी फाइदा हुन्छ। दुवैथरिको भनाई आआफ्नो स्थानमा ठीक देखिन्छ। तर के गर्दा मुलुकलाई बढी लाभ हुन्छ त्यता सोच्नु आवश्यक छ।विगतमा एमालेको सिफारिसमा नियुक्त भएका साउदी अरबका राजदूत हमिद अन्सारीले एक नेपाली कामदारले क्षतिपूर्तिबापत् पाएको रकम हडप्न खोज्नु र एमाओवादीको कोटामा कतार पुगेका राजदूत मायाकुमारी शर्माले कूटनैतिक मर्यादा कायम राख्ननसकेका कारण सरकारले उनीहरूलाई फिर्ता बोलायो। त्यसपछि, पार्टीको सिफारिसमा नियुक्त भएका व्यक्ति आफ्नो डिप्लोम्याटिक कर्तव्य पालना गर्न असफल भएकाले राजनैतिक बृत्तबाट राजदूत नियुक्त गर्नु हुँदैन भन्ने कुरा उठ्यो। पार्टीले कमजोर व्यक्तिलाई राजदूत बनाउँदा राजनैतिक समूहबाट कूटनैतिक मनोनयन नगराँै भन्ने आवाज उठ्नु अस्वाभाविक होइन। साथै, बाहिरबाट राजदूत बनाइँदा आफ्नो भाग खोसिने सोचले परराष्ट्रका कर्मचारीले आफ्नो अनुकूल प्रचार गर्नुलाई पनि अन्यथा भन्न मिल्दैन।
अन्य कतिपय देशले पनि राजनैतिक बृत्त तथा विदेश सेवाका कर्मचारी दुवै पक्षलाई सन्तुलन गर्दै राजदूत बनाउँछ। सामान्यतः राजनीतिज्ञको चिनजान विदेशी समकक्षी नेताहरूसँग हुने भएकाले राजनैतिक राजदूतले आफ्नो व्यक्तिगत पहल र पहुँचका बलमा निकै ठूला काम गर्नसक्छन्। तर कर्मचारीतन्त्रको सम्पर्क तुलनात्मकरूपमा कमजोर हुने भएकाले तिनको पहलमा ठूला प्रकृतिका राजनैतिक निर्णय हुनसक्दैन भन्ने स्थापित मान्यता छ।
अन्य मुलुकमा कस्तो अवस्थामा कुन प्रकृतिका व्यक्तिलाई नियोग प्रमुख बनाइन्छ त्यसको समीक्षा गरौँ। राष्ट्रपति बन्नेबित्तिकै बाराक ओबामाले चीनसँगको खर्बौं डरलको ब्यापारघाटा न्यून गरी संयुक्त राज्य अमेरिकाको आर्थिक अवस्था सुदृढ गर्ने नीति लिए। यान्त्रिक जागिरे व्यक्तिले चीनसँगको व्यापार सन्तुलन मिलाउनेजस्तो कठोर काम गर्ननसक्ने देखे ओबामाले। त्यस्ता उपल्लो श्रेणीको काम फत्ते गर्न मुलुकलाई बृहत्तर हिसाबले बुझेका ‘पोलिटिकल फिगर'लाई चीनमा राजदूत नियुक्त गर्नुपर्ने ठहर गरे उनले। र, रिपब्लिकन पार्टीबाट निर्वाचित युटहा राज्यका गभर्नर जन हन्सम्यानलाई डेमोक्रेटिक पार्टीका राष्ट्रपति ओबामाले चीनका लागि राजदूत नियुक्त गरे। अर्को दलका भए पनि ओबामाले व्यापारिक पारिवारिक पृष्ठभूमि र चिनिया भाषा राम्रो जानेका हन्सम्यानलाई नियुत्तल्क गर्दा देशले धेरै लाभ लिनसक्ने देखे। छोटो समयमै हन्सम्यानले सफलता हासिल गरे। पछि, रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार बन्न हन्सम्यानले राजदूतबाट राजीनामा गरी अमेरिका फर्किय। हन्सम्यानपछि वासिङ्टन राज्यका पूर्व गभर्नर तथा आफ्नै क्याबिनेटका वाणिज्य मन्त्री गेरी लोकेलाई राजदूतका रूपमा बेइजिड पठाए ओबामाले। चिनिया भाषाका ज्ञाता एवं चिनियामूलका लोकेले व्यक्तिगत सम्पर्कलाई समेत उपयोग गर्दै चीनसँगको व्यापार घाटा सन्तुलन गर्न सफल भए। उनको कार्यकालको समाप्तिपछि अमेरिकाले मोन्टाना राज्यबाट ३५ वर्ष सिनेटमा प्रतिनिधित्व गरेका वरिष्ठ राजनीतिज्ञ तथा सिनेट अर्थ समितिका सभापति म्याक्स बोकसलाई चीनमा आफ्नो राजदूत बनायो। अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुस सिनियरले समेत चीनमा नियोग प्रमुखमा काम गरिसकेको यथार्थले अमेरिकाले त्यहा राजनीतिक व्यक्तिलाई मात्र राजदूत बनाएको देखियो। अमेरिकाका लागि चीन अति महत्वपूर्ण देश भएकाले कर्मचारीबाट होइन बरु उच्चपदस्थ तथा चीनका नेतृत्वसँग व्यक्तिगत सम्पर्क भएका नेतालाई नै त्यहाँ राजदूत बनाउनुे अमेरिकाको नीति देखियो।
अब यसै सन्दर्भमा अमेरिकाको भारत नीति हेरौँ। परराष्ट्र सेवाका कर्मचारीलाई मात्र भारतमा राजदूत बनाउने परम्परा अमेरिकाले बसालेको थियो। क्यारियर डिप्लोम्याट न्यान्सी पावेल तथा पिटर बर्लिग त्यसका उदाहरण भए। विगतमा अमेरिकाले प्रवेश अनुमति नदिएको नरेन्द्र मोदी भारतको प्रधान मन्त्री भएपछि परिस्थिति जटिल बन्यो। त्यसमाथि भारतको कनिस्ठ डिप्लोम्याटलाई न्युयोर्कमा कूटनैतिक मर्यादाविपरित खानतलासी गरिनुले अमेरिका–भारत सम्बन्धमा ठूलो दरार पर्योक। आर्थिक शक्ति बन्न लम्कँदो भारतसँगको सम्बन्ध सरलीकरण गर्ननसके आफैलाई घाटा लाग्ने देख्यो अमेरिकाले। बिग्रँदो सम्बन्ध सुधार्न कर्मचारी राजदूतले नसक्ने बरु राजनैतिक सुझबुझ भएको व्यक्ति भारत पठाउनुपर्ने ठहर गर्दै राष्ट्रपति ओबामाले आफ्नै सहायक विदेश मन्त्री भएर काम गरिसकेका रिचर्ड बर्मालाई भारतका लागि प्रतिनिधि बनाए। हिन्दीमा पारंगत तथा भारतीय मूलका बर्मालाई दिल्ली पठाउँदा उनले व्यक्तिगत पहल र राजनैतिक चातुर्यलाई उपयोग गरे।
अब नेपाल–अमेरिका सम्बन्ध हेरौँ। नेपाल र अमेरिकाको सम्बन्ध पारम्परिक निरन्तरताभन्दा माथि उठ्नसकेको छैन। आर्थिक शक्ति तथा सामरिक महत्वमा पर्ननसकेको नेपालमा पठाउने राजदूत कर्मचारी भए पुग्ने ठहर गर्योत अमेरिकाले। त्यसै नीतिअनुरूप कर्मचारीमात्र नियोग प्रमुख भए काठमाडौँमा। अमेरिकामात्र होइन संसारका सबै देशले सामरिक महत्वका संवेदनशील देशमा सधैँ राजदूत नियुक्त गर्दा राजनैतिक व्यक्तितव खोज्छन् भने सामान्य शिष्टाचारमात्र कायम राख्नुपर्ने मुलुकमा परराष्ट्र सेवाका ‘क्यारियर एम्बेस्डर' नियुक्त गर्छ। विदेश सेवाबाहिरका जनरल एस के सिन्हा र प्राध्यापक विमल प्रसाद लैनचौर प्रमुख हुँदा नेपाल–भारत सम्बन्ध सौहार्द्र रहेको सबैले महसुस गरेकै हो। भारतले पोलिटिकल एम्बेस्डर काठमाडौँ पठाउने हो भने नेपाल–भारत सम्बन्धको तिक्तता सहजै न्यून हुनेछ। क्यारियर डिप्लोम्याट र पोलिटिकल दूतको भिन्न सोचले परिस्थिति फरक बनाउँछ।   
देशको पूर्वाधार निर्माण तथा आर्थिक विकासको मेरुदण्डको रूपमा रहेका  अन्तर्राष्ट्रिय सहायता, वैदेशिक रोजगारी, उच्च शिक्षा र तालिमलगायतका गतिविधिलाई परराष्ट्र नीतिले प्रत्यक्ष असर पार्ने भएकोले सबल विदेश नीति आवश्यक हुन्छ। सफल विदेश नीतिका लागि योग्य व्यक्तिलाई राजदूतमा नियुक्त गर्नु आवश्यक हुन्छ। साथै, अन्य मुलुकलेझैँ नेपालले पनि सामरिक दृष्टिले महत्वपूर्ण देशमा पोलिटिकल एम्बेस्डर नियुक्ति गर्नुपर्ने हुन्छ भने परम्परागत सम्बन्धको निरन्तरताका लागि क्यारियर डिप्लोम्याटको नियुक्ति पर्याप्त हुन्छ। ठूला दाता, धेरै नेपालीलाई रोजगारी दिने तथा धेरै संख्यामा नेपाली बसोबास गर्ने मुलुकसँगको सम्बन्ध राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण हुने भएकाले त्यस्ता मुलुकमा नेपालले राजनैतिक व्यक्तिलाई राजदूत बनाउनुपर्छ। सम्बन्धित देशको उच्च राजनैतिक घराना तथा उदीयमान नेतासँग व्यक्तिगत सम्पर्क भएका व्यक्तिलाई आफ्नो दूत बनाउनसके अझ राम्रो हुन्छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यक्तिगत सम्बन्ध भएको अथवा सम्पर्कसूत्र स्थापना गर्नसक्ने तथा रसियन भाषा जानेको नेपालीलाई मस्कोमा राजदूत बनाउनसके नेपालले त्यहाँबाट ठूलो सहयोग पाउनसक्छ। त्यही कुरा अमेरिका, चीनलगायतका मुलुकमा पनि लागु हुन्छ।
तर, राजनैतिक व्यक्तिलाई नियुक्त गर्ने नाममा क्षमताविहीनलाई पदमा बसाउँदा हमिद अन्सारी र मायाकुमारीको पुनराबृत्ति हुने आशंक रहन्छ। देशको प्रतिनिधित्व गर्ने मुख्य व्यक्ति भएकाले व्यक्तिगत योग्यता, कूटनैतिक ज्ञान, राष्ट्रिय महत्वका व्यक्तिसँगको निजी चिनजान र स्थानीय तथा अन्तर्राष्ट्रिय भाषामा आफ्नो कुरा प्रष्टसँग राख्नसक्ने क्षमता अति महत्वपूर्ण हुन्छ। राजदूतको हैसियतले व्यवहार गर्नुपर्ने अधिकांश व्यक्ति विदेशी हुने भएकाले उनीहरूले बुझ्नेगरी त्यहाँको स्थानीय अथवा अंग्रेजी भाषामा आफ्नो कुरा राख्ननसक्ने व्यक्ति कूटनैतिक पदमा पुग्नु उचित मान्न सकिन्न। भाषिक असक्षमताका कारण हाम्रा राजदूतले विदेशी समकक्षीसँग आफ्नो कुरा राख्न सक्दैनन् भन्ने गुनासो नयाँ होइन। तसर्थ, आगामी दिनमा एम्बेस्डर नियुक्त गर्दा कूटनैतिक क्षमताका अतिरिक्त भाषिक दक्षतामा समेत ध्यान दिनैपर्ने देखिन्छ। अंग्रेजी भाषाको दक्षता जाँच गर्न संयुक्त राज्य अमेरिकाबाट सञ्चालित टोफल अथवा बेलायतले लिने आईईएलटीएस टेस्टले संसारभर मान्यता पाएको छ। कूटनैतिक पदमा नियुक्तिको सिफारिस हुनुपूर्व नै सम्बन्धित व्यक्तिले अंगे्रजीको परीक्षणमा उल्लिखित दुईमध्ये कुनै एउटा टेस्टमा निश्चित अंक प्राप्त गर्नैपर्ने कानुनी बाध्यता तय हुनसके परराष्ट्र नीतिमा सुधार हुनुका साथै हाम्रा राजदूतहरूले आफ्नो दायित्व सहज निर्वाह गर्नसक्थे।
अर्को समाचार
प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन
२३ मंसिर २०७५
•
२ मिनेट पाठ
प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन
काठमाडौँ- सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिको आजको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उहाँहरुको नाम सर्वसम्मतिले स्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि राजदूतमा डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो। उनीहरुमध्ये आचार्यसँग पूर्वमन्त्री एवं पूर्वराजदूत भएको अनुभव छ भने पाण्डेले पनि यसअघि राजदूतको जिम्मेवारी सम्हाली सकेका छन्।

परराष्ट्र मन्त्रालयका सहसचिव ढकालले यसअघि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी डेढ वर्ष सम्हालेका समितिलाई जानकारी दिए। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकलगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएकी डा शाक्यले मुलुकको राष्ट्रिय हितलाई सर्वोपरी राखेर सरकारको विकास र समृद्धिको लक्ष्यलाई आधार बनाएर आफूले कार्यसम्पादन गर्ने बैठकसमक्ष प्रतिबद्धता जनाए।

चारैजना प्रस्तावित राजदूतले मुलुकको राष्ट्रियहित र स्वाभिमानलाई उच्च सम्मान गर्दै आर्थिक कूटनीतिकका माध्यमबाट मुलुकमा पर्यटन प्रवद्र्धन तथा नयाँ प्रविधिका साथसाथै वैदेशिक लगानी भित्र्याउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने अठोट व्यक्त गरे। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस