भ्रष्टाचारको बदलिँदो परिभाषा
२६ माघ २०७१
•
१३ मिनेट पाठ
भ्रष्टाचारको बदलिँदो परिभाषा
गत मंसिर १९, २९७१ मो व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले गम्भीर तथ्य खुलासा गरे। कार्कीका अनुसार अहिले अख्तियारले एक हजार जना राजनीतिक व्यक्तिको बारेमा 'इन्टेलिजेन्स सर्भे' गरिरहेको छ। तर त्यस्ता व्यक्तिले अहिले बैंकमा थोरैमात्र पैसा राख्दारहेछन्। ससुराली र आफन्त पनि कंगाल नै हँुदारहेछन्। तर विदेश पढ्ने छोराछोरीले वैधानिक च्यानलबाट महिनाको एक–दुईहजार डलर पठाउने गर्छन्। यसले गर्दा भ्रष्टाचारको छानबिन चुनौतीपूर्ण बनेको छ।प्रमुख आयुक्तको यसै भनाइले पनि के स्पष्ट पार्दछ भने, भ्रष्टाचार निवारणका लागि विद्यमान परिभाषा नै निकै साँघुरो छ। अहिले भ्रष्टाचारको दायरा फराकिलो भएको छ। त्यसैले विद्यमान परिभाषाभित्र सीमित रहेर भ्रष्टाचार नियन्त्रणको अभियान सञ्चालन गर्नु कठिन छ। त्यसैले बद्लिँदो सामाजिक परिवेशसँगै भ्रष्टाचारको परिभाषा पनि परिवर्तन गर्नु आवश्यक छ।
राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक संरचनाको स्वरूपमा परिवर्तन आएसँगै भ्रष्टाचार र अनियमितताको परिभाषामा समेत परिवर्तन भएको देखिन्छ। यद्यपि, कतिपय परिभाषा शासकहरूले आफ्नो अनुकूलताअनुसार बनाएका छन्।
इतिहासको सूक्ष्म अध्ययन गर्ने हो भने, पृथ्वीनारायण शाहको पालामा घुस लिने र दिने दुई कार्यलाई भ्रष्टाचारको परिभाषाभित्र राखिएको देखिन्छ। त्यो समयमा लेनदेनमा प्रत्यक्षरूपमा संलग्न हुने कार्यलाई भ्रष्टाचार मानिन्थ्यो। यसको अर्थ 'अन द स्पट' हुने अनुचित लेनदेन नै भ्रष्टाचार हो। त्यो बेला अदृश्यरूपमा हुने आर्थिक हिनामिना, नीतिगत अनियमिततालगायतका सवाल भ्रष्टाचारको परिभाषाअर्न्तगत थिएन। यसैगरी शाह खलकबाट १९०३ सालमा राणा खलकमा राजनीतिक शक्ति गएसँगै भ्रष्टाचारको परिभाषामा परिवर्तन भयो।
उक्त समयमा त तल्लो तहका कर्मचारी र कामदारलाई कानुन लाग्दथ्यो भने राणाहरू कानुनभन्दा माथि थिए। राणा शासनकालमा भ्रष्टाचारको परिभाषा कस्तो थियो भन्नेबारे पूर्व सचिव खेमराज नेपालले आफ्नो पुस्तक 'समाज संस्कार र शासन'मा एउटा रोचक तथ्य उल्लेख गरेका छन्। उनी लेख्छन्, 'राणाकालमा कुमारीचोक अड्डाबाट स्थलगत अन्तिम लेखापरीक्षण हुने व्यवस्था थियो। जुद्ध शमशेर प्रधान मन्त्री हुँदा महोत्तरीका बडाहाकिम राम शमसेर थिए। कुमारीचोकको हिसाब जाँचकीले बडाहाकिम कार्यालयको हिसाब जाँच गर्दा अनियमित तरिकाले खर्च गरेको पाएछन्। अनियमित खर्च गर्नेलाई स्थलगत जरिवाना गर्ने त्यसबखतको प्रावधानअनुसार ती जाँचकीले मोरु १ बडाहाकिम राम शमशेरलाई दण्ड तोकेछन्। रैतीको छोरो जाँचकी भएर राणा बडाहाकिमलाई दण्डजरिवाना तोकेकोमा उनलाई रिस उठेछ। उनी काठमाडौँ आएर तत्कालीन प्रधान मन्त्री श्री ३ जुद्ध शमशेरलाई रैतीका छोराले हामी राणा बडाहाकिमलाई दण्ड तिराउन भएन, सरकार हाम्रो मानइज्जत नै गयो भनेर जाहेर गरेछन्। त्यसपछि जुद्ध शमशेरले आदेश दिए, आइन्दा राणा बडाहाकिमलाई कुमारीचोकले दण्ड गर्यो  भने त्यो जरिवानाको रकम एक तहमुनिकाले तिर्नु।' यही एउटा घट्नाबाट नै त्यो समयको भ्रष्टाचारको परिभाषा स्पष्ट हुन्छ।
यसैगरी, २००७ सालको राजनीतिक परिवर्तनसँगै २००९ मा नेपालमा भ्रष्टाचार निवारणसम्बन्धी पहिलो ऐन बन्यो। यो ऐन २०१० साल असार १ गतेबाट लागु भएको थियो। उक्त ऐनको दफा २ (घ) मा सरकारी कर्मचारीले सरकारी कामकारबाही गर्दा जानीजानी सरकारी ओहदाको दुरूपयोग गरी अधिकार पाएभन्दा बढी रकम ठाडै आफैले या अरूमार्फत् लिए, खाएको तथा अरू किसिमको अनुचित फाइदा उठाएकोलाई घुस वा भ्रष्टाचार भनिएको छ। यसलाई हेर्दा त्यस समयमा सरकारी निकायहरूमा काम गर्ने कर्मचारीले गरेका गैरकानुनी र आर्थिक लेनदेनका कामलाई मात्र भ्रष्टाचार मानिन्थ्यो। राजा महेन्द्रले २०१७ साल चैत २७ गते भ्रष्टाचार निवारण ऐन जारी गरेका थिए। सो ऐनले राजनीतिक क्षेत्रमा हुने आर्थिक अनियमिततालाई भ्रष्टाचारको परिभाषाभित्र समेटेको थियो।
विसं २०५९ असार ५ गते जारी भएको भ्रष्टाचार निवारण ऐन २०५९ ले भ्रष्टाचारको परिभाषालाई समयअनुसार फराकिलो पारेको देखिन्छ। यस ऐनले अकुत सम्पत्तिलाई भ्रष्टाचारको परिभाषाभित्र समेट्यो। कुनै व्यक्तिसँग अकुत सम्पत्ति छ, तर त्यसको स्रोत देखाउन सक्दैन भने त्यो भ्रष्टाचार हो भन्ने तथ्यलाई त्यस ऐनले स्थापित गर्यो्। यसैगरी, भ्रष्टाचारको बारेमा मुद्दा दायर गर्नको लागि हदम्याद नलाग्ने व्यवस्था सोही ऐनले गर्योर। यसैकारण राजनीतिक तहका 'ठूला माछा' समेत भ्रष्टाचारको दायराभित्र आए र जेल गए। यद्यपि, यस ऐनले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई भ्रष्टाचारको परिभाषाभन्दा बाहिर राख्यो। यही छिद्रको सहारामा अहिले सामान्यभन्दा सामान्य निर्णय पनि मन्त्रिपरिषद्मा लगेर गराउन थालिएको छ। भ्रष्टाचारले यही बाटोमार्फत् प्रश्रय पाउन थालेको छ।  
यो ऐन जारी भएको १२ वर्षको बीचमा समाजमा व्यापक परिवर्तन आइसकेको छ। सामाजिक संरचना र विकास त्यस समयको जस्तो छैन। प्रविधिको अकल्पनीय विकास भयो। यसले भ्रष्टाचारको परिभाषालाई समेत अपर्याप्त र अपूर्ण बनाइदिएको छ। अहिले कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरे पनि त्यो पैसा आफ्नो, परिवारको, नातेदारको वा नजिकका व्यक्तिको बैंक खातामा समेत राख्नछाडेका छन्। बैंक खातामा 'ब्यालेन्स निल' देखाउने गरिन्छ। कमाएको तर आफूसँग नराखेको पैसालाई अख्तियारले छानबिन गर्नसक्ने अवस्था छैन। यस अवस्थामा अब भ्रष्टाचारको परिभाषालाई थप फराकिलो बनाउनु जरुरी छ। यसको लागि केही ठोस कदम चाल्नुपर्छ। सबैभन्दा पहिला त भ्रष्टाचार निवारण ऐन २०५९ को तत्काल संशोधन आवश्यक छ। यो ऐन संशोधन गर्दा केही सवालमा ध्यान दिनु आवश्यक छ।
पहिलो, भ्रष्टाचार निवारण ऐन २०५९ मा मन्त्रिपरिषद्को निर्णयमा अख्तियारले छानबिन र अनुसन्धान गर्न नमिल्ने व्यवस्था छ। यसले गर्दा धेरै ठूला भ्रष्टाचारका घट्नाबारे छानबिन हुनसकेको छैन। सहसचिवस्तरमा गर्नुपर्ने निर्णयसमेत मन्त्रिपरिषद्मा लैजान थालिएको छ। त्यसैले तत्काल भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन गरी मन्त्रिपरिषद्को कामकारबाहीलाई समेत अख्तियारले छानबिन गर्नसक्ने बनाउनुपर्छ। सार्वजनिक निकायका अधिकारीलाई कानुनतः उनीहरूले गर्नुपर्ने निर्णय आफैले नगरेर मन्त्रिपरिषद्मा पठाएको छ भने त्यसलाई भ्रष्टाचारजन्य क्रियाकलाप अन्तर्गत राखी कारबाही चलाउनुपर्छ। प्राप्त अधिकार प्रयोग नगर्नु पनि अख्तियारको दुरूपयोग नै हो।
दोस्रो, भ्रष्टाचारलाई दिने वा लिने वा अकुत सम्पत्ति कमाउने अथवा जम्मा पार्नेमात्र होइन अब कुनै विकास निर्माणका काम भएको छ र यदि त्यो तोकिएअनुसारको गुणस्तरको बनेको छैन भने त्यसमा प्रत्यक्ष वा परोक्षरूपमा संलग्न सबैलाई कारबाहीको दायराभित्र ल्याउनुपर्छ। पछिल्लो समय यस्तोखालको अनियमितता निकै बढेको छ।
तेस्रो, हरेक निकायका प्रमुखलाई आफूअन्तर्गतका निकायबारे जिम्मेवार बनाउनेगरी कानुन संशोधन गर्नुपर्छ। आफूअन्तर्गतका कर्मचारी, नेता वा कार्यकर्ताले कुनै आर्थिक अनियमितता गरेमा त्यसको जिम्मेवारी तालुक निकायको प्रमुखले लिनुपर्छ। किनकि आफूअन्तर्गतका अधिकारीहरूको निरिक्षण गर्ने जिम्मेवारी तालुक निकायको प्रमुखको हुन्छ।
चौथो, भ्रष्टाचारविरुद्धको अन्तर्राष्टिय महासन्धिमा समेत उल्लेख निजी क्षेत्र, गैरसरकारी संघ–संस्था, सेना, न्यायालयलाई भ्रष्टाचार निवारण ऐनको दायराभित्र ल्याउनुपर्छ। भ्रष्टाचारको अनुसन्धानलाई देशभित्रमात्र सीमित नराखी अब अन्तर्राष्टिय सञ्जाल निर्माण गरी छानबिनको दायरालाई बढाउनु आवश्यक छ। यसैगरी, कुनै पनि मन्त्री वा उच्च राजनीतिक पदाधिकारीका स्वकीय सचिव तथा सहयोगीलाई पनि सार्वजनिक पदधारण गरेको अधिकारीको परिभाषाभित्र राख्नु जरुरी छ। र, उनीहरूको गतिविधिलाई समेत छानबिन गर्नु जरुरी छ। अब सूक्ष्म र बृहत् दुवै उपयाबाट अध्ययन गरी भ्रष्टाचारको परिभाषा र नियन्त्रणका दायराभन्दा बाहिर रहेका विविध आयाम तथा सवाललाई पनि समेट्नेगरी भ्रष्टाचार निवारण ऐन २०५९ संशोधन गर्नुपर्छ। त्यसपछिमात्र भ्रष्टाचार निवारणको काम प्रभावकारी रूपमा अगाडि बढ्नसक्छ। र, अनुभव गर्नसकिने तर कारबाही गर्ननसकिने अहिलेको जस्तो दण्डहीनताबाट मुक्ति मिल्छ।
अर्को समाचार
भ्रष्टाचारको बदलिँदो परिभाषा
२८ पौष २०७०
•
१४ मिनेट पाठ
भ्रष्टाचारको बदलिँदो परिभाषा
समानुपातिक सभासद् सिफारिस गर्ने क्रममा सबै पार्टीमा भाँडभैलो भयो। पार्टीमा लामो समय योगदान पुर्या्एका, त्यागी र आदर्शको राजनीति गरेका नेता/कार्यकर्तालाई प्रायः दलले पाखा लगाए। यसको बदलामा आफन्त, नातेदार, पैसावाल र व्यापारीहरुलाई समानुपातिक सभासद्मा सिफारिस गरे। नेकपा एमालेले राज्यलक्ष्मी गोल्छासँग तीन करोड रुपियाँ लिएर उनलाई सभासद्मा सिफारिस गरेको घटना सार्वजनिक भयो। नेताका आफन्त, नातेदार र पैसावाला व्यक्तिहरुलाई सभासद्मा सिफारिस गरेको भन्दै राप्रपा नेपाल फुट्यो। शीर्ष नेताका आफन्त, नातेदार र पैसावाला व्यापारीहरुलाई सभासद् बनाएको भन्दै नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले पार्टी निर्णयविरुद्ध “नोट अफ डिसेन्ट” लेखे। फोरम लोकतान्त्रिकमा प्रत्यक्ष निर्वाचित सभासद्सहित ४ जनाले राजीनामा दिए। 
यसैगरी एनेकपा माओवादीमा अध्यक्ष नजिकका र पैसावालाले मात्र सभासद्को अवसर पाएको भन्दै वरिष्ठ नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ संघर्ष गरिरहेका छन्। सद्भावना, संघीय सद्भावना र फोरम गणतान्त्रिकका अध्यक्षले आ–आफ्ना श्रीमतीलाई सभासद् बनाएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीले पैसा लिएर सभासद् बनाएको भन्दै विभिन्न जिल्लामा पार्टी कार्यालय तोडफोड गरे। 
समानुपातिक सभासद् छनौट गर्ने क्रममा सार्वजनिक भएका यी केही घटनाक्रमले मात्रै पनि भ्रष्टाचारको विद्यमान परिभाषामा पुनर्विचार गर्नुपर्ने टड्कारो आवश्यकता औल्याउँछ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ मा भ्रष्टाचार कसुरबारेको नेपाली परिभाषा उल्लेख छ। जसको भाव हुन्छ– “कुनै पनि सार्वजनिक निकायमा कार्यरत् व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थ र लोभका कारण सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत प्रयोगमा उपयोग गर्नु भ्रष्टाचार हो।” उक्त ऐनले सार्वजनिक पद धारण गरेका व्यक्तिले गर्ने गैरकानुनी क्रियाकलापलाई भ्रष्टाचार भनी परिभाषित गरेको छ। यसै परिभाषाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबारे छानविन गर्ने र मुद्दा दायर गर्ने काम गरिरहेको छ। 
तर पछिल्लो समय सार्वज्ानिक भएका समानुपातिक सिफारिस गर्ने जस्ता विभिन्न घटनाक्रमले भ्रष्टाचारको विद्यमान परिभाषामा व्यापक परिवर्तन र परिमार्जनको आवश्यकता खड्किएको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई मात्र भ्रष्टाचारको परिभाषाभित्र राख्दा ठूलो ठाउँ भ्रष्टाचार नियन्त्रणको दायरा भन्दा बहिर रहेको छ। अनियमितरूपमा सार्वजनिक कार्यालयको एउटा पियन नियुक्त गर्नुलाई भ्रष्टाचार गरेको भनी कारबाही गरिने कानुन भएको मुलुकमा देशको नीति नियम निर्माण गर्ने अझ यसपालि त संविधान निर्माण गर्ने व्यक्तिहरुको चयन गर्ने क्रममा भएको खुलेआम अनियमितता र नातावादलाई भ्रष्टाचारको परिभाषा भन्दा बाहिर राखेर हेरियो भने त्यसले ठूलो दुर्घटना निम्त्याउँछ। त्यसैले यतिखेर नेपालमा भ्रष्टाचारलाई हेर्ने, विश्लेषण गर्ने र त्यसको नियन्त्रणका लागि गरिने साँघुरा परिभाषालाई व्यापक बनाउनु आवश्यक छ। 
नेपालको भ्रष्टाचार नियन्त्रण ऐनले भ्रष्टाचारको कारणका रूपमा सार्वजनिक पद धारण गर्नुलाई लिइएको छ। तर भ्रष्टाचारका कारणहरुबारे गरिएका विभिन्न अध्ययन हेर्ने हो भने यो निकै कमजोर परिभाषा हो। मानवशास्त्री लरिसा लोमिनाजले बीसौं शताब्दीको मध्यतिर चिलीमा गरेको एक अध्ययनअनुसार राजनीतिक नेतृत्व तथा कर्मचारीतन्त्रका व्यक्तिहरुले आफ्नो परिवार, नातेदारहरुको अपेक्षा र चाहना पूरा गर्नका लागि बढी भ्रष्टाचार गर्ने गरेको भेटेका थिए। अध्ययनका क्रममा भ्रष्टाचारमा संल्ाग्न भएका व्यक्तिहरुले आफ्नो परिवार तथा नातेदारको अपेक्षा पूरा गर्नका लागि भ्रष्टाचार गर्नुपरेको बताएका थिए। यसैगरी भारतका पूर्व केन्द्रीय सतर्कता आयुक्त एन भित्तलले सेवाबाट निवृत्त भएपछि इन्डिङ करप्सन नामक पुस्तक लेखेका थिए। उक्त पुस्तकमा पनि उनले भारतमा भ्रष्टाचार मौलाउनुमा पारिवारिक अपेक्षा र दबाबको महत्वपूर्ण हात रहेको औल्याएका छन्। समाजशास्त्री एल्थासले आफ्नो पुस्तक द सोसोलोजी अफ करप्सनमा भ्रष्टाचारको समाजशास्त्रबारे उल्लेख गरेका छन्। भ्रष्टाचार सामाजिक कारणले हुने उनको निष्कर्ष छ। 
अर्का विद्वान् एसएस गिलले सामाजिक संरचनात्मक पक्ष, सामाजिक बनोट, ऐतिहासिक प्रवृत्तिले भ्रष्टाचार निम्त्याउँछ भन्नेे सवाल उठाएका छन्। उनी आफ्नो पुस्तक द प्याथोलोजी अफ करप्सनमा भन्छन्– “भ्रष्टाचारलाई व्यक्तिको स्वार्थको उपजका रूपमा लिनु गलत हो किनकि व्यक्तिको स्वार्थ पनि सामाजिक संरचनाकै उपज हो। त्यसैले भ्रष्टाचारको कारण खोज्नका लागि व्यक्तिको स्वार्थमा मात्र नअल्भि्ककन सामाजिक संरचनामा पुग्नुपर्दछ।” यसैगरी, अर्का विद्वान् हे उडका अनुसार आधुनिक समाजमा भ्रष्टाचारको जरो राजनीतिक वृत्तमा रहेको छ। राजनीतिक पद प्राप्त गर्नका लागि गरिने निर्वाचनमा हुने व्यापक खर्च, पार्टी कार्यकर्ता, नेता तथा अन्यलाई पार्टीमा राखिराख्नका लागि गरिने खर्च र अपारदर्शी आय–व्ययले भ्रष्टाचारलाई संस्थागत गरिरहेको हुन्छ। 
नेपाली समाजमा हेर्ने हो भने पनि अधिकांश साना र ठूला भ्रष्टाचारमा परिवारको हात छ। राजनीतिक दलका नेता तथा कार्यकर्ताको प्रत्यक्ष संलग्नता छ। निर्वाचनमा गरिएको खर्च उठाउनका लागि व्यापारी, दलाल र तस्करहरुलाई पद बेच्नुपर्ने अवस्थामा नेपालका राजनीतिक दलका शीर्ष नेता पुगेका छन्। व्यापारीसँग नाजायज किसिमले लिएको रकमको साँवा–ब्याज पदमा पुगेपछि उनीहरुको फाइदाअनुसारको कानुन बनाएर तिर्नु परिरहेको छ तर नेपालको विद्यमान भ्रष्टाचार निवारण ऐनले यस्ता सवाललाई आफ्नो परिभाषाभित्र समेट्न सकिरहेको छैन। नेपालको भ्रष्टाचारको परिभाषाले यसलाई व्यक्तिगत सवालको रूपमा मात्र लिएको छ। व्यक्तिको मनोविज्ञान, लोभ, चाहनाले निम्तिने गलत कार्यका रूपमा मात्र भ्रष्टाचारलाई परिभाषित गरिएको छ। यो आफैँमा साँघुरो र अपर्याप्त परिभाषा हो। 
एउटा वास्तविकता के हो भने व्यक्तिको चाहना, लोभ, मोह, सबै सामाजिक संरचनाको उपज हो। हामी कस्तो समाजमा बस्छांै? कस्तो सामाजिक संस्कार, रीतिरिवाज र मूल्य/मान्यतामा हामी रहेका छौं भन्ने कुराले हाम्रो सोचाई, बुझाई र चाहना निर्माण गर्छ। भ्रष्ट व्यवहार पनि सामाजिक संरचनाको उपज हो। भ्रष्टाचारको परिभाषामा यस्ता सवाल पनि समेट्नु आवश्यक छ। 
राजनीतिक दल, यसका नेताहरुले इमानदारितालाई पाखा लगाउँदै आफन्त र पैसा तिर्न सक्नेलाई समानुपातिक सभासद्का लागि सिफारिस गरे भन्ने घटनालाई पनि हामीले यस्ौअनुसार हेर्नुपर्छ। राजनीतिक दल तथा तिनका शीर्ष नेताहरुले पैसामा पद साट्नुमा हे उडले भने जस्तै निर्वाचनमा हुने व्यापक खर्च, कार्यकर्ता र नेता जोगाउन पैसा नभई नहुने अवस्थाको उपज हो। भर्खरै सम्पन्न संविधान सभाको निर्वाचनमा हरेक दलले करोडौं रुपियाँ खर्च गरे। सो पैसा उठाउनका लागिसमेत यस किसिमका पैसा लेनदेनका घटना भएका हुन्। 
राजनीतिक क्षेत्र दिन/प्रतिदिन भ्रष्टाचारको आहालमा डुब्नुमा दलका कार्यकर्ता, नेता तथा निर्वाचनमा हुने व्यापक खर्चको भूमिका महत्वपूर्ण हुन्छ। पार्टी सरकारमा जानेबित्तिकै मन्त्री हुने व्यक्तिले पार्टीको खर्च उठाइदिनुपर्छ। पार्टीको खर्च चलाइदिनुपर्छ। मन्त्री नहुने नेता र अन्य पद नपाउने कार्यकर्तालाई पालिदिनुपर्दछ। पार्टीको कार्यक्रममा देश दौडाहा गर्ने शीर्ष नेतालाई हेलिकप्टरको खर्च व्यवस्था गरिदिनुपर्दछ। परिवारका व्यक्तिहरुले आफू, आफन्त र नातेदारलाई जागिर लगाउने, ठेक्कापट्टा पारिदिनेलगायत् नाजायज काम गर्न दबाब दिन्छन्। नियमले आउने आम्दानीले नेतालाई आफ्नै खर्च धान्नसमेत अपर्याप्त हुने अवस्थामा यस्ता नाजायज माग पूरा गर्नका लागि नेताले भ्रष्टाचार नगरी सुखै पाउँदैन। त्यसैले बाध्य भएर भ्रष्टाचार गरेर पार्टीको र आफ्नो निर्वाचन खर्च उठाउँछ। अनि सबैको आवश्यकता र माग पूरा गर्छ। 
नेपालको इतिहासदेखि हँुदै आएका भ्रष्टाचारका विभिन्न घटना हेर्ने हो भने यस्ता विभिन्न सामाजिक संरचनात्मक कारणहरु जबर्जस्तीरूपमा देखिएका छन् तर नेपालको कानुनले भ्रष्टाचारका यस्ता सवाललाई आफ्नो परिभाषाभित्र समेट्न सकेको छैन। भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ मा सार्वजनिक पद धारण गरेको व्यक्तिको स्वार्थ र लोभका कारण भ्रष्टाचार हुन्छ भनिएको छ। यसैको आधारमा मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्दै अख्तियारले गरिरहेको अनुसन्धान र मुद्दा दायर गर्ने कामले भ्रष्टाचारको न्युनीकरण गर्नका लागि खासै योगदान गर्न सकेको छैन। यसले भ्रष्टाचार नियन्त्रणलाई समग्रतामा नभई अंशमा मात्र ध्यान दिएको देखिन्छ। त्यसैले यदि भ्रष्टाचार नियन्त्रणका लागि साँच्चै प्रतिबद्ध हुने हो भने भ्रष्टाचारको बदलिँदो परिभाषा समेट्नु पहिलो सर्त हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस